Connect with us

Uncategorized

सीटीईभीटीले नर्स, हेल्थ असिस्टेन्ट,फार्मेसी, ल्याब लगायतका विषयमा ३०६७ जनालाई छात्रवृत्ति दिने

Published

on

काठमाडौं, भाद्र २६। प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (CTEVT) ले शैक्षिक सत्र २०७७/०७८ मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति छनोटका लागि दरखास्त आह्वान गरेको छ । सीटीईभीटीले शुक्रबार गोरखापत्रमा एक सूचना निकाल्दै छात्रवृत्ति कोटामा विभिन्न विषय अध्ययनका लागि असोज १९ भित्र आवेदन दिन  अनुरोध गरेको छ ।

सीटीईभीटीका अनुसार सीटीईभीटीकै आंगिक, साझेदार, सामुदायिक तथा निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरुमा डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्नाका हुने विद्यार्थीहरुको संख्या जतिसुकै भएतापनि प्रत्येक शैक्षिक कार्यक्रममा नेपाली नागरिकलाई कोटा संख्यामा छात्रवृत्ति दिइनेछ । जसअनुसार २० स्वीकृत कोटाको प्रत्येक शैक्षिक कार्यक्रममा १, ३० मा २, ४० मा ३ र ४८ मा ४ जनाले निःशुल्क छात्रवृत्ति पाउनेछन् ।

परिषद्का अनुसार हालसम्म प्राप्त विवरणअनुसार ७ वटै प्रदेशमा गरी निशुल्क कोटाको कुल संख्या ३ हजार ६७ रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ३४८, प्रदेश २ मा ४०६, बागमतीमा ८९४, बाममतिमा २५६, प्रदेश ५ मा ५२६, कर्णाली प्रदेशमा २८५ र सुदूरपश्चिम प्रदेशमा ३४३ जनाको कोटा रहेको छ । त्यसमध्येबाट आरक्षणतर्फ समेत निश्चित कोटा छुट्याइएको छ ।

PDF file काे  लागि यँहा click गर्नुहोस्

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Uncategorized

नेपालगञ्जमा एकैदिन १५ जना कोरोना भाइरसका संक्रमित

Published

on

काठमाडौं । नेपालगञ्जमा आइतबार  एकैदिन १५  जना कोरोना भाइरसका संक्रमित  भेटिएका छन्।

आइतबार नेपालगन्जमा १५  र पर्सामा १ जना कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार नेपालगञ्जमा संक्रमण देखिएकामध्ये ८  जना पुरूष र ७  जना महिला छन्। उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन्।

शुक्रबार नेपालगञ्जमा एक जनामा कोरोना देखिएको थियो।

शुक्रबार संक्रमण देखिएका व्यक्तिकै सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ।

संक्रमितको उपचारका लागि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोभिड १९ अस्पताल तयार गरिएको छ।

नेपालगन्जका मेयर धवलशमशेर राणाले संक्रमितहरूको ट्राभल हिस्ट्री पत्ता लगाउने प्रयास भइरहेको जानकारी दिए।

यससँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ७५   पुगेको छ । जसमध्ये  १६  जना उपचारपश्चात निको भएर घर फर्किसकेका छन् ।

Continue Reading

Uncategorized

स्वास्थ्यकर्मिहरुको रोकिएको स्तरवृद्धि सुरु गर्न माग

Published

on

काठमाडौं । निजामती कर्मचारीहरुको अधिकारिक ट्रेड युनियन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको   विभागीय कार्यसमितिले   लामो समय देखि रोकिएको स्तरवृद्धिलाई यथाशिघ्र सुरुवात गर्न माग गरेको छ ।

विभागीय कार्यसमितिका अध्यक्ष नवराज के सि ले आइतबार एक विज्ञप्ती जारी गर्दै स्तरवृद्धिलाई यथाशिघ्र सुरुवात गर्न माग गरेका हुन् ।

के सि ले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी प्रति सम्मान व्यक्त गर्दै सुरक्षाको लागि चाहिने सामाग्री नियमित आपूर्तिको लागि सम्बन्धित निकायमा माग समेत गरेका छन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार