Connect with us

समाचार

हेल्थ असिस्टेन्टहरुलाई स्वास्थ्य मन्त्रालय तथा सिंहदरबार प्रबेश निषेध : वार्ताका लागि पहल

Published

on

काठमाडौं, २६  पौष । कर्मचारी समायोजनको लागि स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको संगठन संरचनाको बिरोधमा हेल्थ असिस्टेन्ट संघ नेपालको अगुवाइमा भैरहेको मन्त्रालय केन्द्रित धर्ना तथा घेराउ कार्यक्रम रोक्न  सरकारले  हेल्थ असिस्टेन्टहरुलाई स्वास्थ्य मन्त्रालय तथा सिंहदरबार प्रबेश निषेध गरेको छ।

मन्त्रालयले प्रवेश निषेध गरे पछि मंगलबार  स्वास्थ्य मंत्रालय परिसरमा भएको कार्यक्रम बुधबार र बिहिबार माइतीघर मण्डलामा भएको छ। हेल्थ असिस्टेन्टहरुको  मन्त्रालय केन्द्रित धर्ना तथा घेराउ कार्यक्रममा  मंगलबार प्रहरीले  हस्तक्षेप गरेको थियो ।

देशभरीबाट अाएका सैयाैं हेल्थ असिस्टेन्टहरू माइतिघर मण्डलामा दिनभर नारा लगाएर तथा प्ले कार्ड प्रदशन गरेर  प्रतावित संगठन संरचनाको विरोध गरिरहेका छन् । वार्ताका लागि पहल भैरहेकाे संघका कार्यवाहक अध्यक्ष दीपेन्द्र खड्काले जनाएका छन्  साथै उनले वार्ता सफल नभए हेल्थ असिस्टेन्टहरू सामूहिक राजिनामा दिने तयारीमा रहेको जानाकारी गराए।

हेल्थ असिस्टेन्ट संघका मागहरु 

१. कर्मचारीलाई कार्य/जिम्मेवारी दिदा सेवा प्रवेश गरेको नियुक्ति पत्रमा उल्लेखित पद अनुसार मात्र दिनु पर्ने।
२. स्थानीय तहमा कर्मचारी खटाउदा वा समायोजन गर्दा तहगत रुपमा नभई जिम्मेवारी तथा कार्य प्रकृति हेरी Chain of Command र Hierarchy मा कुनै असर नहुने गरि सेवा प्रवेश गरेको नियुक्ति पत्रमा उल्लेखित पद अनुसार मात्र गर्नु पर्ने । (किनकि हाल सम्म सरकारी सेवामा कार्य सम्पादन गर्न तोकिएको न्युनतम शैक्षिक योग्यता/तालिम प्राप्त गरि नियमानुसार भएको नियुक्ति पत्रमा उल्लेखित पद अनुसारको कार्य सम्पादन गर्न पाईने व्यवस्था छ )
३. स्थानीय तहको लागि प्रस्तावित संगठन संरचनामा शाखा र उपशाखा तथा इकाई प्रमुख पदीय जेष्ठता र शैक्षिक योग्यताको आधारमा हुनुपर्ने।
४. कर्मचारी खटाउदा सेवामा रहँदाको ऐन नियममा उल्लेखित सेवा ,सुविधा र सुरक्षाको सर्तमा कुनै परिवर्तन नहुने गरि खटाउनु पर्ने।
५. संघीय निजामति सेवाको गठन ,संचालन र सेवाका सर्तहरुको व्यवस्था गर्न बनेको विधेयकमा केहि संशोधन गर्नु पर्ने दफा / उपदफामा यस संघले तयार परेको प्रस्ताव अनुरुप हुनुपर्ने | (समग्र स्वास्थ्य सेवा प्रणालीलाई फाइदा पुग्ने गरि तयार पारिएको ।)
६. Non Academic तालिमलाई निरुत्साहित गरी कर्मचारीको शैक्षिक योग्यताको बाटोलाई स्पष्ट तय गरिनु पर्ने।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

कपिलवस्तु: गाउँको स्वास्थ्य चौकीमा विभिन्न रोगका विशेषज्ञहरु सहितको स्वास्थ्य शिविर

Published

on

कपिलवस्तु, भाद्र-१:-  कपिलवस्तु जिल्ला  वाणगंगा नगरपालिकाको पटना स्वास्थ्य चौकीले शनिबार  विभिन्न रोगका विशेषज्ञहरु सहितको स्वास्थ्य शिविर संचालन गरेको छ। स्वास्थ्य शिविरमा ९ सय ९९ जनाले विशेषज्ञ सेवा सहितको  स्वास्थ्य सेवाहरु पाएका छन् ।

स्वास्थ्य सेवा लिनेहरुमा अधिकांश मुटु र छातीको समस्या भएका विरामीहरु रहेको स्वास्थ्य चौकी प्रमुख काशीराम रेग्मीले जनाएका छन्  ।

पटना स्वास्थ्य चौकीआयोजक रहेको कार्यक्रममा  लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ संगको सहकार्य र सिद्धबाबा सुपरस्पेशलिष्ट हस्पीटल एण्ड रिसर्च सेन्टर बुटवलको प्राविधिक सहयोगमा मुटुरोग विशेषज्ञ, फोक्सो दम तथा छाती रोग विशेषज्ञ, मृगौला रोग विशेषज्ञ, मुत्ररोग विशेषज्ञ सेवा र जनरल फिजिसियन सेवा उपलव्ध गराइएको स्वास्थ्य चौकीले जनाएको छ ।

कार्यक्रममा  स्वास्थ्य चौकी प्रमुख काशिराम रेग्मीले स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम गर्न स्वास्थ्यचौकीका लागि बजेट छुट्याउन नगर कार्यपालिका समक्ष अपिल गरे । कार्यक्रमलाई सम्बोधन गर्दै वाणगंगा नगर कार्यपालिकाका मेयर मंगल थारुले पटना स्वास्थ्य चौकीले सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको प्रसंशा गर्दै नगरले स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

पटना स्वास्थ्य चौकीका अध्यक्ष तथा वडा अध्यक्ष राम विहारी चौधरीको अध्यक्षता वाणगंगा नगर कार्यपालिकाका मेयर मंगल थारुको प्रमुख अथित्यता  रहेको कार्यक्रममा  मृगौला रोग विशेषज्ञ डाक्टर शक्ति बस्नेत, फोक्सो दम तथा छाती रोग विशेषज्ञ यमन चन्द प्रधान,बरिष्ठ पेट/छाति तथा मुटुरोग विशेषज्ञ एबं जनरल फिजिसियन डा. दिनेश गौतम, वरिष्ठ मुत्र रोग विशेषज्ञ डा. सुवास चन्द चौधरी,स्वास्थ्य चौकी प्रमुख काशीराम रेग्मी लगायतको उपस्थिति थियो ।

Continue Reading

समाचार

गर्भजाँच नगर्ने र अस्पतालमा सुत्केरी नगराउनेलाई कपिलवस्तुकाे वाणगंगामा आमा समूहले कार्वाही गर्ने

Published

on

कपिलवस्तु असार २६ वाणगङ्गा नगरपालिका वडा नं १० पटना स्वास्थ्य चौकि  अन्तरगतको एक स्वास्थ्य अामा समुहले नेपाल सरकारको प्रोटोकल अनुसार ४ पटक गर्भ जाँच गर्न असहज वातावरण सिर्जना गरेमा, स्वास्थ्य संस्थामा प्रसूति गराउन नलगेमा, मादक पदार्थ सेवन गरि होहल्ला गर्ने गरेमा र महिला माथि कुनै किसिमका हिंसात्मक गतिविधि गरेमा रु १००० जरिवाना गराउने निर्णय गरेको छ। 

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका  निर्मला चौधरी, वडा अध्यक्ष राम बिहारी चौधरी, पटना स्वास्थ्य चौकिका प्रमुख  काशीराम रेग्मी, सुआहरा प्रतिनिधि श्री विन्दु भुसाल लगायत करिब ४५ घरधुरीका महिला प्रतिनिधि को उपस्थिति रहेको थियो बैठकले  अामा समुहको वैठक हरेक महिना गर्ने र हरेक बैठकमा स्वास्थ्य सम्बन्धी कुनै एक विषयमा छलफल गर्ने निर्णय समेत गरेको छ ।

कार्यक्रममा बोल्दै पटना स्वास्थ्य चौकीका प्रमुख काशीराम रेग्मीले स्वास्थ्य आमा समुहको सो निर्णयको प्रसंशा गर्दै आफु तथा स्वास्थ्य चौकीको तर्फ बाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

Continue Reading

समाचार

त्रिवि जनस्वास्थ्य केन्द्रीय विभागको प्रमुखमा डा.पौडेल नियुक्त

Published

on

काठमाडौं, असार २६ ।  त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तरगर्त स्थापना भएको जनस्वास्थ्य केन्द्रीय विभागको प्रमुखमा सहप्राध्यापक डा. आमोदकुमार पौड्याल नियुक्ति भएका छन् । मिति २०७६/०३/२० गते बसेको त्रि.वि कार्यकारी बैठकको निर्णय अनुसार (चलानी नम्बर: ५५८/०७५-७६) चार वर्षको लागि पूर्णकालीन अबधिको लागि प्रमुखमा नियुक्ति भएका छन ।

यस अघि त्रिविले जनस्वास्थ्यको केन्द्रीय विभाग गठन गरेको पाँच महिना पछि २०७५/११/२० गते तिन महिनाको लागि पौड्याललाई अस्थाई रुपमा विभागीय प्रमुखको रुपमा नियुक्ती दिएको थियो ।

२०७५/५/१७ गते बसेको त्रिवि कार्यकारी परिषदको बैठकले जनस्वास्थ्य क्षेत्रको सर्वोपरी विकास र सेवा विशिष्ठीकरणको लागि भन्दै जनस्वास्थ्य केन्द्रीय विभाग गठन गर्ने निर्णय गरेको थियो ।

विभाग गठन भएको पाँच महिना वितिसक्दा समेत विभागको प्रमुख नियुक्ति ढिलाई भएको भन्दै महाराजगञ्ज मेडिकल कलेजकोस्व.वि.यु ले तीन महिनासम्म डीन कार्यालय बन्द गरेको थियो ।

यस्तै नेपाल जनस्वास्थ्य संघ (नेफा)ले समेत त्रिवि पदाधिकारी तथा डीन कार्यालयलाई पटक पटक ध्यानाकर्षण गराएको थियो । पछि डीन कार्यालयको ताला खोल्न भएको सम्झौँतामा विभागीय प्रमुख तत्काल नियुक्ति गर्ने उल्लेख थियो । सोही अनुसार आइओएमका डीन प्राडा जगदीश अग्रवालले त्रिविलाइ विभागीय प्रमुखको निम्ति लिखित राय पेश गरेका थिए ।

पौड्यालले त्रिवि अन्तर्गत जनस्वास्थ्य बिभागमा विगत २७ वर्षदेखि  प्राध्यापन गर्दै आएका थिए ।पौड्याल पूर्णकालीन अबधिको लागि प्रमुखमा नियुक्ति भएसगै नेपालको जनस्वास्थ्य विधामा नयाँ आयाम थपिएको भन्दै नेपाल जनस्वास्थ्य संघका केन्द्रीय सदस्य कमल रानाभाटले प्रतिक्रिया दिएका छन् ।

 

Continue Reading
Advertisement " />

प्रमुख समाचार