Connect with us

समाचार

स्वास्थ्य मन्त्रालयमा भैरहेको हेल्थ असिस्टेन्टहरुको आन्दोलनमा प्रहरी हस्तक्षेप

Published

on

काठमाडौं, २४ पौष । कर्मचारी समायोजनको लागि स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको संगठन संरचनाको बिरोधमा हेल्थ असिस्टेन्ट संघ नेपालको अगुवाइमा भैरहेको मन्त्रालय केन्द्रित धर्ना तथा घेराउ कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । हेल्थ असिस्टेन्ट संघ नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष दिपेन्द्र खड्काले मन्तब्य राख्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरीको हस्तक्षेप पछि कार्यक्रम केहि समय रोकिएको थियो। प्रहरीको हस्तक्षेप पछि केही समय रोकिएको कार्यक्रम होहल्ला नगर्ने सर्तमा पुन सुचारु भएको थियो।

पुन संचालन भएको कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले प्रहरी प्रशासन लगाएर शान्तिपूर्ण आन्दोलन नदबाउन आग्रह गर्दै दबाए आन्दोलन झन कडा पार्ने चेतावनी दिए। उनले सम्पूर्ण जिल्लामा कार्यरत साथीहरु लाई सशक्तरुपमा आन्दोलनमा सहभागि हुन अनुरोध समेत गरेका छन्।

संघका उपाध्यक्ष मेघनाथ चापागाईले कार्यक्रममा बोल्दै हेल्थ असिस्टेन्टहरुले नयाँ संरचनामा शैक्षिक योग्यता र लोकसेवाको प्रक्रियाको आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनुपर्नेमा केही व्यक्तिको स्वार्थमा बनाइएको संगठन संरचना खारेजीको माग गरेका छन्।

कार्यक्रममा नयाँ संगठन संरचना बनाउदा पटक पटक सुझावसहितको ज्ञापन पत्र बुझाउदा पनि हाम्रो माग सुनुवाई नभएपछि मन्त्रालय केन्द्रित आन्दोलन गर्न बाध्य भएको संघका उपाध्यक्ष प्रकाश परियारले जिकिर गरे ।



हेल्थ अस्सिस्टेन्ट संघ नेपालको माग सहित को ज्ञापन पत्र

कर्मचारी समायोजनको लागि स्वास्थ्य मन्त्रालयले मिति २०७५/०९/२२ मा पुन प्रस्ताव गरेको संगठन संरचना प्रति यस संघ को गम्भीर ध्यानाकर्षण भएको छ।सिंगो स्वास्थ्य सेवा प्रणाली लाई नै धरासायी बनाउने गरि प्रस्तावित दरबन्दी संरचनाले कर्मचारी बीच मनमुटाब हुनुको साथै स्वास्थ्य सेवा प्रवाहमा नै गम्भीर असर पर्ने कुरा निश्चित छ।
स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ (१) अनुसार स्तर वृद्दी भएका स्वास्थ्य सेवाका प्राविधिक कर्मचारीहरुले सोहि दफा ९ को ४ मा उल्लेख भए वमोजिम जुन तहबाट स्तर वृद्दी भएको हो सोहि तहको काम गर्नु पर्नेछ भनि स्पष्ट व्यवस्था गरेको छ साथै सि.अ.हे.व. अधिकृत छैठौ तह ( विशेष पदस्थापना समेत )सेवा निवृत्त हुँदा चौथो तह अ.हे.व. पदको दरवन्दी खालि हुनुको साथसाथै सरुवा प्रावधानमा सि.अ.हे.व. अधिकृत छैठौ तह ( विशेष पदस्थापना समेत ) मा चौथो वा पाँचौ तहमा कार्यरत अ.हे.व./ सि.अ.हे.व.ले निजको स्थानपूर्ति गर्ने स्पष्ट व्यवस्था रहेको छ। स्वास्थ्य सेवामा सहायक दोस्रो,तेस्रो,चौथो र पाँचौ तहमा सेवा प्रवेश गरेका कर्मचारीहरुलाई केवल स्तारवृद्दीलाई मात्र आधार बनाई माथिल्लो तहको जेष्ठता मानि जिम्मेवारी दिएमा राज्यले कस्तो जनशक्ति बाट स्वस्थ्य सेवा प्रवाह गर्न खोजेको हो भन्ने कुरा घाम जस्तै छर्लंग हुनेछ र स्वास्थ्य नीति २०७१ तथा नेपालको संबिधान २०७२को नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिईने कुरा केवल कागजमा मात्र सिमित रहनेछ। तसर्थ स्वास्थ्य सेवा जस्तो अति संवेदनशील क्षेत्रमा शैक्षिक योग्यता र लोकसेवा को प्रकृयाका आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनु बढी वैज्ञानिक र प्रक्रिया सम्मत हुन्छ । कर्मचारीको सेवा र सुविधाको लागि दिइएको स्तर वृद्दी अनुसारको जिम्मेवारी दिनु भनेको दिर्घकालिन समय सम्म स्वास्थ्य सेवालाई धरासायी बनाई नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पाउने संविधान प्रदत मौलिक हकबाट वंचित गरिएको हुनेछ ।
तसर्थ स्वास्थ्य सेवाका कर्मचारी समायोजन गर्दा तथा दरबन्दी संरचना बनाउदा निम्न अनुसार गर्नु हुन राय सुझाव पेश गरिन्छ साथै हाम्रो मागको सुनुवाई नभएमा यस संघ कडा आन्दोलन गर्न वाध्य हुनेछ ।
१. कर्मचारीलाई कार्य/जिम्मेवारी दिदा सेवा प्रवेश गरेको नियुक्ति पत्रमा उल्लेखित पद अनुसार मात्र दिनु पर्ने।
२. स्थानीय तहमा कर्मचारी खटाउदा वा समायोजन गर्दा तहगत रुपमा नभई जिम्मेवारी तथा कार्य प्रकृति हेरी Chain of Command र Hierarchy मा कुनै असर नहुने गरि सेवा प्रवेश गरेको नियुक्ति पत्रमा उल्लेखित पद अनुसार मात्र गर्नु पर्ने । (किनकि हाल सम्म सरकारी सेवामा कार्य सम्पादन गर्न तोकिएको न्युनतम शैक्षिक योग्यता/तालिम प्राप्त गरि नियमानुसार भएको नियुक्ति पत्रमा उल्लेखित पद अनुसारको कार्य सम्पादन गर्न पाईने व्यवस्था छ )
३. स्थानीय तहको लागि प्रस्तावित संगठन संरचनामा शाखा र उपशाखा तथा इकाई प्रमुख पदीय जेष्ठता र शैक्षिक योग्यताको आधारमा हुनुपर्ने।
४. कर्मचारी खटाउदा सेवामा रहँदाको ऐन नियममा उल्लेखित सेवा ,सुविधा र सुरक्षाको सर्तमा कुनै परिवर्तन नहुने गरि खटाउनु पर्ने।
५. संघीय निजामति सेवाको गठन ,संचालन र सेवाका सर्तहरुको व्यवस्था गर्न बनेको विधेयकमा केहि संशोधन गर्नु पर्ने दफा / उपदफामा यस संघले तयार परेको प्रस्ताव अनुरुप हुनुपर्ने | (समग्र स्वास्थ्य सेवा प्रणालीलाई फाइदा पुग्ने गरि तयार पारिएको ।)
६. Non Academic तालिमलाई निरुत्साहित गरी कर्मचारीको शैक्षिक योग्यताको बाटोलाई स्पष्ट तय गरिनु पर्ने।

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading

जनस्वास्थ

स्वास्थ्य तर्फ ९० अर्ब ६९ करोडको बजेट, के के छन् महत्वपूर्ण कार्यक्रम

Published

on

काठमाडौं, जेठ १५ — बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडालेआर्थिक वर्ष २०७७/०७८ को बजेट  प्रस्तुत  गरेका छन्। स्वास्थ्यलाई केन्द्रित गरेर ल्याइएको बजेटमा स्वास्थ्य मन्त्रालयको बजेट वृद्धि गर्दै ९० अर्ब ६९ करोड बनाइएको छ ।यसअघि स्वास्थ्यको बजेट ६७ अर्ब रहेको थियो ।

महत्वपूर्ण कार्यक्रमहरु

१. कोभिड—१९ मा खटिने चिकित्सक र स्वास्थ्यकर्मीको ५ लाखको बिमा, कोरोना रोकथाम तथा नियन्त्रणका लागि ६ अर्ब

२. काठमाडौंमा ३ सय शैय्या र प्रत्येक प्रदेशमा ५० बेडको संक्रामक रोग अस्पताल खोल्न १२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन

३. उपत्यकाका ठूला अस्पतालमा २ सय ५० बेड आईसीयुसहितका थप गर्नको लागि १२ अर्ब ४६ करोड विनियोजन

४. ‘एक चिकित्सक एक स्वास्थ्य संस्था’सहित स्थानीय तहमा चिकित्सक कार्यक्रम प्रभावकारी बनाउन ५ अर्ब

५. राजमार्गमा निश्चित दुरीमा  ट्रमा सेन्टर स्थापना गर्ने

६. कान्ति बाल अस्पतालमा थप आईसीयु बनाइने

७. निजी अस्पतालले जिल्ला अस्पतालमा अनिवार्य विशेषज्ञ सेवा दिने व्यस्वस्था

८. विपद्का बेला निजी क्षेत्रका अस्पतालालाई उपयोगमा ल्याउन सकिने व्यवस्था

९. निरोगी नेपाल अभियान चलाइने

१०. राष्ट्रिय रोग निदान केन्द्रको स्थापना गर्ने

११. कोरोना उपचारका लागि तत्काल चाहिने औषधी उपकरणका लागि ६ अर्ब

१२. स्वास्थ्य पूर्वाधार विकास गर्न १२ अर्ब ४० करोड

१३. केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्क

१४. आगामी वर्ष नेपाल पूर्ण खोपमुक्त घोषणा गर्ने

१५. तीन वर्षदेखि सबैको स्वास्थ्य विमा र सबै स्थानीय तहलाई ४० प्रतिशत विमाको दायरामा ल्याउन ७ अर्ब

१६. स्थानीय तहमा २७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड

१७. प्रमुख प्रवेश नाकामा स्वास्थ्य जाँच गर्ने पूर्वाधार बनाउने

१८. सबै प्रदेशमा आधुनिक प्रयोगशाला

१९  महिला स्वयंसेविका सेविकाको यातायात भता दोब्बर बनाइने

२०. सबै राष्ट्र सेवकको १ लाखको कोरोना विमा गरिदिने

Continue Reading
Advertisement " />

प्रमुख समाचार