Connect with us

जनस्वास्थ

नेपाल जनस्वास्थ्य संघ प्रदेश नं ५ को अध्यक्षमा विशाल सुवेदी सहित प्रगतिशीलको प्यानल विजयी

Published

on

काठमाडौँ, २१ पुस । नेपाल जनस्वास्थ्य संघ प्रदेश कार्यसमिति प्रदेश नं ५  को अध्यक्षमा प्रगतिशील समूहबाट उम्मेद्धवार बनेका विशाल सुवेदी  विजयी भएका छन् ।

केही बेर अघि सम्पन्न मतगणनामा अध्यक्षका अर्का उम्मेद्धवार भुपराज ढकाल लाई ३० मतले हराउदै सुवेदी बिजयी भएका हुन् ।उनले कुल १०१ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा कृष्ण प्रसाद पोखरेल  विपक्षी उम्मेद्धार शैलेन्द्र पाण्डेलाई १९  मतले पछि पार्दै विजयी भएका  हुन् । विजयी भएका  पाण्डेको मत ९५  छ ।

सचिवमा उमेश चन्द्र घिमिरे ९३ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्धन्दी बाल कृष्ण कडेल ले ७७  मत मात्रै प्राप्त गरे । यस्तै सहसचिवमा राजेन्द्र रुचालले ७९  मतका साथ विजयी भएका छन् । उनका  प्रतिद्धन्दी सन्तोष भट्टराईले ७४ मत मात्रै प्राप्त गरेका थिए ।

 

यस्तै कोषाध्यक्षमा विनोदकुमार पोख्रेल ९२ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्धन्दी बनेकी शालिला गौतमले ६६ मत मात्रै प्राप्त गरेकी थिइन ।

सदस्यहरुमा खुल्ला तर्फ पिताम्बर पाठक  (९७), लेखनाथ न्याैउपाने  (९१), शिव कार्कि  (१०४ ) सरोज रिमाल (१०५) मत सहित विजयी भएका छन् । यस्तै समावेशी तर्फ नारायण प्रसाद चौधरी ९८  मत र बन्दना अर्याल  ११३  मतका साथ विजयी भएका छन् ।

जनस्वास्थ

लक्डाउनमा: बन्दीपुर अस्पतालमा पहिलोपटक गर्भवती महिलाको सफल शल्यक्रिया

Published

on

तनहुँ:   बन्दीपुर अस्पतालमा पहिलोपटक गर्भवती महिलाको सफल शल्यक्रिया भएको छ ।
बन्दीपुर गाउँपालिका–२ स्थाई घर भएकी राधिका भण्डारीको मङ्गलबार शल्यक्रिया बाट सफल प्रसुती भएको हो । सुत्केरी व्यथा लागेपछि सोमबार राति अस्पताल भर्ना भएकी भण्डारीको शल्यक्रिया गरि प्रसुती गराइएको  अस्पतालका मेडिकल सुपरिटेण्डेट डा डिबी क्षेत्रीले जानकारी दिए । डा क्षेत्रीका अनुसार आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा क्षेत्रीको नेतृत्वमा भएको शल्यक्रियामा  ऐनेस्थेसिया अशिस्टेन्ट प्रशान्त केसी, स्टाफ नर्स सीमा सापकोटा क्षेत्री लगायतको सहयोगमा गर्भवती महिलाको शल्यक्रिया गरिएको हो ।
कोभिड–१९ को जोखिमले गर्दा  बन्दाबन्दी  रहेको अवस्थामा घर नजिकैको अस्पतालमा शल्यक्रिया गराउन पाउँदा  खुशी लागेको राधिकाका श्रीमान् दुर्गाबहादुर भण्डारीले बताएका छन्  । निक साइमन्स इन्स्टिच्युटको सहकार्यमा विगत चार महिनादेखि बन्दीपुर अस्पतालमा आकस्मिक शल्यक्रियाकक्ष स्थापना भएको थियो । शल्यक्रियाकक्ष स्थापना भएको चार महिनापछि पहिलोपटक गर्भवती महिलाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

Continue Reading

जनस्वास्थ

झापाका एक जनामा कोभिड-१९ पोजेटिभ, जम्मा संक्रमितको संख्या ४९ पुग्यो

Published

on

काठमाडौं-झापाका एक जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ ।

शुक्रबार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पीसीआर ल्याबमा थ्रोट स्वाब परीक्षण गर्दा उनमा कोभिड १९ पोजेटिभ देखिएको हो ।

उनी विदेशबाट नेपाल आएका हुन् । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीकाअनुसार विपी प्रतिष्ठानको प्रयोगशालामा कोभिड-१९ पोजेटिभ देखिएका व्यक्ति झापाका ६२ वर्षका पुरुष हुन् । अधिकारीले उनी हाल अस्पतालको आइसोलेसनमा रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।

यससँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ४९ पुगेको छ । जसमध्ये ३९ जना विभिन्न अस्पतालमा उपचारमा रहेका छन् भने १० जना उपचारपश्चात निको भएर घर फर्किसकेका छन् ।

Continue Reading

जनस्वास्थ

कोरोना रोकथाम तथा नियन्त्रण गर्न अब सबै पालिकामा जनस्वास्थ्य अधिकृतको नेतृत्वमा टोली खटिने

Published

on

काठमाण्डौ – सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणलाई थप व्यवस्थित गर्न जनस्वास्थ्य अधिकृतको नेतृत्वमा हरेक पालिकामा टोली गठन गर्ने भएको छ ।

टोलीमा एक जना जनस्वास्थ्य अधिकृत सहित प्रयोगशालाको कर्मचारी र नर्स सम्मिलित तीन सदस्यीय टोली गठन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाको रोकथामका लागि हरेक गाउँपालिकामा एउटा, नगरपालिकामा दुई वटा, उपमाहानगरपालिकामा तीन वटा र महानगरपालिकामा ५ वटा टोली खटाइने जानकारी गराएका छन्  ।

यो टोलीमा पालिकामा उपलब्ध स्वास्थ्यकर्मीलाई परिचालन गरिने छ । तर अपुग भएमा अरु ठाउँबाट पनि खटाइने स्वास्थ्य  मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले ४८ जनालाई कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ भने सक्रमितमध्ये १० जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार