Connect with us

समाचार

सुदुरपश्चिम: नेपाल जनस्वास्थ्य संघको चुनाबको लागि“प्रगतिशील प्यानलले सार्बजनिक गर्यो घोषणा पत्र

Published

on

धनगढी, ११ पुष । नेपाल जनस्वास्थ्य संघको  मिति २०७५/०९/२१ गते हुने प्रदेश स्तरीय चुनाबको लागि सुदूरपश्चिम प्रदेशमा  दुई प्यानलले उम्मेदवारी दर्ता गराएका छन्। नेपाल जनस्वास्थ्यकर्मी (पेशागत) समूह र नेपाल जनस्वास्थ्यकर्मी (प्रगतिशील) समूहले पौष २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

अध्यक्ष पदका लागि प्रगतिशील समूहबाट रमेश कुँवर र पेशागत समूहबाट दयाकृष्ण पन्तले उम्मेदवारी दर्ता गराएका हुन्।

प्रगतिशील समूहले आज पत्रकार सम्मेलन गरि आफ्नो घोषणा पत्र सार्बजनिक गरेको छ। पत्रकार सम्मेलनमा  समग्र सुदूरपश्चिम प्रदेशका जनस्वास्थ्यकर्मीहरुको पेशागत हकहितको लागि यो समूह कार्य  गर्ने,  देश संघियतामा गए पश्चात स्वास्थ्य क्षेत्रको संरचना,संगठन परिवर्तन लाई महत्वपुर्ण अवसरको रुपमा लिई  स्थानीय तह,प्रदेश सरकार संग आवश्यक समन्वय गरि महत्वपुर्ण नीतिगत व्यवस्था गर्ने  र प्रदेश सरकार बाट बन्ने ऐन,कानुन,कार्यविधि,योजना हरुलाई जनस्वास्थ्य मैत्री बनाउने  आफ्नो प्राथमिकतामा पर्ने अध्यक्षका उम्मेदवार कुँवर ले बताएका छन् । उनले आफ्नो घोषणा पत्रमा भएका प्रतिवद्धताहरु महत्पूर्ण र कम खर्चिला भएकोले आफ्नो कार्यकालमा पुरा गरेरै छाड्ने बताएका छन् ।

“ नेफा प्रगतिशील समुहको घोषणा पत्र : सुदूरपश्चिम प्रदेश ”
१. जनस्वास्थ्य क्षेत्रका (I)NGOs मा प्राविधिक स्वास्थ्य जनशक्तिको नीतिगत व्यवस्था ।
२. स्वास्थ्य संघ सम्बन्ध राख्ने हरेक प्रदेश स्तरीय समितिहरुमा नेफाको अर्थपूर्ण प्रतिनिधित्वको सुनिस्चितता गर्ने ।
३. जनस्वास्थ्य सेवा ऐनको मूल मर्म, गुणस्तरीय जनस्वास्थ्य सेवा र जनस्वास्थ्य संग सम्बन्धित मुलभूत बिषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
४. सुदूरपश्चिम प्रदेशको स्वास्थ्य संघ सम्बन्धित (स्वास्थ्य ऐन, जनस्वास्थ्य ऐन आदि) ऐन,कार्यविधिहरु बनाउन आवश्यक पैरवी र सहजीकरण गर्ने ।
५. प्रादेशिक स्वास्थ्य व्यवसायी परिषद् ,प्रादेशिक स्वास्थ्य अनुसन्धान परिषद्को लागि आवश्यक पहल गर्ने ।
६. जनस्वास्थ्य क्षेत्रका नवीनतम अभ्यासहरुको बिस्तारको लागि प्रदेश सरकार संग आवश्यक सहयोगको लागि पहल गर्ने ।
७. यस प्रदेशभित्र रहेका जनस्वास्थ्य क्षेत्रका प्रमुख मुद्दाहरुको उत्थान र समाधानको लागि पैरवी गर्ने ।
८. जनस्वास्थ्य क्षेत्रको वकालत गर्न केन्द्रको समन्वय र प्रदेश सरकारको सहयोगमा स्वास्थ्य क्षेत्रका प्राविधिक जनशक्तिको क्षमता अभिबृद्दी गर्ने ।
९. समुदाय स्तरमा संचालित जनस्वास्थ्यका कार्यक्रमहरुको प्रभावकारिता अध्ययन गरि प्रदेश सरकार संग नीति,योजना निर्माणमा सहजीकरण र पैरवी गर्ने ।
१०. जनस्वास्थ्य संघको पेशागत प्रतिबद्दता, पारदर्शिता तथा बैधानिकता मान्यता अनुरुप अघि बढ्ने ।
११. स्थानीय तह, प्रदेश र केन्द्रको जनस्वास्थ्य क्षेत्रको संरचनाहरुमा बैज्ञानिक ढंगले जनस्वास्थ्य तर्फका जनशक्तिको व्यवस्थापन र अन्य गतिबिधिहरुको लागि आवश्यक पहल गर्ने ।

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार