Connect with us

जनस्वास्थ

हेल्थ असिस्टेन्टहरुले तलबी अध्ययन बिदामा जनस्वास्थ्यमा स्नातक(BPH) तह पढ्न पाउने

Published

on

४ पुष,  काठामाडौं। हेल्थ असिस्टेन्टहरुले लामो समयको  प्रयास पछि तलबी अध्ययन बिदामा जनस्वास्थ्यमा स्नातक(BPH) तह पढ्न पाउने भएका छन्।

हेल्थ असिस्टेन्ट संघ नेपालका उपाध्यक्ष  प्रकाश परियारको नेतृत्वको टोलिले   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गत असोज २१ गते उच्च शिक्षा अध्ययन बिदामा पढ्न पाउनुपर्ने माग सहितको पत्र बुझाएको थियो। पत्र बुझने क्रममा मन्त्रालयका उप प्रधान तथा स्वास्थ्य  मन्त्रि उपेन्द्र यादव,राज्य मन्त्रि डा. सुरेन्द्र कुमार यादव ,सचिब डा  पुष्पा चौधरी तथा प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेलले सकारात्मक प्रतिक्रिया दिएका थिए।
यो वर्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन बिदामा पढन पाउने व्यावस्था गरिएको र आगामी वर्षहरुमा अन्य प्रतिष्ठानमा पनि व्याबस्था गर्ने पहल भैरहेको संघका उपाध्यक्ष परियारले जनाएका छन्।

यो भन्दा अघि हेल्थ असिस्टेन्टहरु उच्च शिक्षा अध्ययन गर्न चाहेमा असाधारण बिदा लिनु पर्ने र सम्पूर्ण लागानी आफै गर्नु पर्ने बाध्यता रहेको थियो ।

यो वर्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जना हेल्थ असिस्टेन्टहरुले तलबी अध्ययन बिदामा जनस्वास्थ्यमा स्नातक पढ्ने अवसर पाएका छन्।प्रतिष्ठानले यसै वर्ष देखि जनस्वास्थ्यमा स्नातक पढाउन सुरु गरेको हो। प्रतिष्ठानमा यो वर्ष पढ्न अवसर पाउने हेल्थ असिस्टेन्टहरुमा सुरज खड्का, भूमिनन्द ढुंगाना, दिपेनद्र जोसी, बिनोद भट्ट र  निरन्जन बहादुर चन्द रहेका छन् । प्रतिष्ठानले परिक्षा गत मङ्सिर २२ गते गरेको थियो।

हेल्थ असिस्टेन्ट संघ नेपालले मन्त्रालयमा गत असोजमा बुझाएको पत्र

जनस्वास्थ

हेल्थ असिस्टेन्ट र प्रहरीबीच झडप पछि प्रहरीकाे नियन्त्रणमा रहेका हेल्थ असिस्टेन्ट रिहा

Published

on

काठमाडौं, २९ पौष। कर्मचारी समायोजनको लागि स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको संगठन संरचनाको बिरोधमा हेल्थ असिस्टेन्ट संघ नेपालको अगुवाइमा भैरहेको मन्त्रालय केन्द्रित धर्ना तथा घेराउ कार्यक्रम आइतबार प्रहरी संग झडप भएको छ।

हेल्थ असिस्टेन्टहरुले आफुहरुलाई स्वास्थ्य मन्त्रालयले मन्त्रालय प्रवेश रोक लगाएको भन्दै आफ्नो मन्त्रालयमा हामीले प्रवेश पाउनु पर्ने भन्दै मन्त्रालय प्रवेश गर्न खोज्दा प्रहरी संघ झडप भएको हो। झडपमा ३ जना साथिहरु घाइते भएको कार्यवाहक अध्यक्ष दिपेन्द्र खड्काले जनाएका छन्।

झडपका क्रममा प्रहरीले संघका उपाध्यक्षद्धय मेघराज चापागाईँ, प्रकाश परियार, कोषाध्यक्ष कमल राउत सहित १० जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा अनिल कुमार यादव, गिरिश त्रामु, राजेश ज्ञवाली, दिवान श्रेष्ठ, उमेश चन्द्र घिमिरे, सुनिलकुमार साह र हंशराज ढडुलियाल रहेका थिए।

प्रहरीकाे नियन्त्रणमा रहेका सम्पूर्ण हेल्थ असिस्टेन्टहरुलाई प्रहरीले रिहा गरेकोको कार्यवाहक अध्यक्ष खड्काले जनाएका छन्।

हेल्थ असिस्टेन्ट (एचए)संघ नेपालले (आज) आइतबार मौन र्‍याली निकालेको थियो । संघले निकालेको र्‍याली माइतीघरबाट बानेश्वर हुँदै पुनः माइतीघरमा आएर कोणसभामा परिणत भएको थियो । उनिहरुले ६ बुँदे माग राखेर पुस २४ गतेबाट आन्दोलन गर्दै आएका छन् ।

Continue Reading

जनस्वास्थ

नेपाल जनस्वास्थ्य संघ प्रदेश नं ५ को अध्यक्षमा विशाल सुवेदी सहित प्रगतिशीलको प्यानल विजयी

Published

on

काठमाडौँ, २१ पुस । नेपाल जनस्वास्थ्य संघ प्रदेश कार्यसमिति प्रदेश नं ५  को अध्यक्षमा प्रगतिशील समूहबाट उम्मेद्धवार बनेका विशाल सुवेदी  विजयी भएका छन् ।

केही बेर अघि सम्पन्न मतगणनामा अध्यक्षका अर्का उम्मेद्धवार भुपराज ढकाल लाई ३० मतले हराउदै सुवेदी बिजयी भएका हुन् ।उनले कुल १०१ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा कृष्ण प्रसाद पोखरेल  विपक्षी उम्मेद्धार शैलेन्द्र पाण्डेलाई १९  मतले पछि पार्दै विजयी भएका  हुन् । विजयी भएका  पाण्डेको मत ९५  छ ।

सचिवमा उमेश चन्द्र घिमिरे ९३ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्धन्दी बाल कृष्ण कडेल ले ७७  मत मात्रै प्राप्त गरे । यस्तै सहसचिवमा राजेन्द्र रुचालले ७९  मतका साथ विजयी भएका छन् । उनका  प्रतिद्धन्दी सन्तोष भट्टराईले ७४ मत मात्रै प्राप्त गरेका थिए ।

 

यस्तै कोषाध्यक्षमा विनोदकुमार पोख्रेल ९२ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्धन्दी बनेकी शालिला गौतमले ६६ मत मात्रै प्राप्त गरेकी थिइन ।

सदस्यहरुमा खुल्ला तर्फ पिताम्बर पाठक  (९७), लेखनाथ न्याैउपाने  (९१), शिव कार्कि  (१०४ ) सरोज रिमाल (१०५) मत सहित विजयी भएका छन् । यस्तै समावेशी तर्फ नारायण प्रसाद चौधरी ९८  मत र बन्दना अर्याल  ११३  मतका साथ विजयी भएका छन् ।

Continue Reading

जनस्वास्थ

महाराजगञ्ज मेडिकल कलेजका प्रमुखको कार्यकक्षमा विद्यार्थीद्धारा ८ बुँदे माग राख्दै तालाबन्दी

Published

on

काठमाडौँ, २२ मंसिर । महाराजगञ्ज मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन सुरु गरेका छन्। विद्यार्थीहरुले क्याम्पस प्रमुख प्राडा प्रतावनारायण प्रसादको कार्यकक्षमा तालाबन्दी गरेका छन्। विगतमा गरिएका सम्झौँताको कार्यान्वनय नभएको भन्दै उनीहरुले क्याम्पस प्रमुखको कक्षमा तालबन्दी गरेका जनाएका छन् ।

तालाबन्दीमा महाराजगञ्ज मेडिकल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन संगै ने बि संघ, अखिल क्रान्तिकारी,अनेरास्वयु इकाई कमिटि निकटका विद्यार्थी सहभागी भएका थिए ।

विद्यार्थीका मागहरु  सरकारले तोकेको भन्दा बढी शुल्क लिने मिडिकल कलेज लाई कार्बाही गर्नु पर्ने, जनस्वास्थ्य विभाग गठन गर्नु पर्ने, विगतमा भएका सम्झौता कार्यन्वयन गर्नु पर्ने लगाएतका छन् ।

स्वतन्त्र विद्यार्थी युनियनको विज्ञप्ति

Continue Reading
Advertisement " />

प्रमुख समाचार