Connect with us

जनस्वास्थ

महाराजगञ्ज मेडिकल कलेजका प्रमुखको कार्यकक्षमा विद्यार्थीद्धारा ८ बुँदे माग राख्दै तालाबन्दी

Published

on

काठमाडौँ, २२ मंसिर । महाराजगञ्ज मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन सुरु गरेका छन्। विद्यार्थीहरुले क्याम्पस प्रमुख प्राडा प्रतावनारायण प्रसादको कार्यकक्षमा तालाबन्दी गरेका छन्। विगतमा गरिएका सम्झौँताको कार्यान्वनय नभएको भन्दै उनीहरुले क्याम्पस प्रमुखको कक्षमा तालबन्दी गरेका जनाएका छन् ।

तालाबन्दीमा महाराजगञ्ज मेडिकल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन संगै ने बि संघ, अखिल क्रान्तिकारी,अनेरास्वयु इकाई कमिटि निकटका विद्यार्थी सहभागी भएका थिए ।

विद्यार्थीका मागहरु  सरकारले तोकेको भन्दा बढी शुल्क लिने मिडिकल कलेज लाई कार्बाही गर्नु पर्ने, जनस्वास्थ्य विभाग गठन गर्नु पर्ने, विगतमा भएका सम्झौता कार्यन्वयन गर्नु पर्ने लगाएतका छन् ।

स्वतन्त्र विद्यार्थी युनियनको विज्ञप्ति

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

जनस्वास्थ

लक्डाउनमा: बन्दीपुर अस्पतालमा पहिलोपटक गर्भवती महिलाको सफल शल्यक्रिया

Published

on

तनहुँ:   बन्दीपुर अस्पतालमा पहिलोपटक गर्भवती महिलाको सफल शल्यक्रिया भएको छ ।
बन्दीपुर गाउँपालिका–२ स्थाई घर भएकी राधिका भण्डारीको मङ्गलबार शल्यक्रिया बाट सफल प्रसुती भएको हो । सुत्केरी व्यथा लागेपछि सोमबार राति अस्पताल भर्ना भएकी भण्डारीको शल्यक्रिया गरि प्रसुती गराइएको  अस्पतालका मेडिकल सुपरिटेण्डेट डा डिबी क्षेत्रीले जानकारी दिए । डा क्षेत्रीका अनुसार आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा क्षेत्रीको नेतृत्वमा भएको शल्यक्रियामा  ऐनेस्थेसिया अशिस्टेन्ट प्रशान्त केसी, स्टाफ नर्स सीमा सापकोटा क्षेत्री लगायतको सहयोगमा गर्भवती महिलाको शल्यक्रिया गरिएको हो ।
कोभिड–१९ को जोखिमले गर्दा  बन्दाबन्दी  रहेको अवस्थामा घर नजिकैको अस्पतालमा शल्यक्रिया गराउन पाउँदा  खुशी लागेको राधिकाका श्रीमान् दुर्गाबहादुर भण्डारीले बताएका छन्  । निक साइमन्स इन्स्टिच्युटको सहकार्यमा विगत चार महिनादेखि बन्दीपुर अस्पतालमा आकस्मिक शल्यक्रियाकक्ष स्थापना भएको थियो । शल्यक्रियाकक्ष स्थापना भएको चार महिनापछि पहिलोपटक गर्भवती महिलाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

Continue Reading

जनस्वास्थ

झापाका एक जनामा कोभिड-१९ पोजेटिभ, जम्मा संक्रमितको संख्या ४९ पुग्यो

Published

on

काठमाडौं-झापाका एक जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ ।

शुक्रबार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पीसीआर ल्याबमा थ्रोट स्वाब परीक्षण गर्दा उनमा कोभिड १९ पोजेटिभ देखिएको हो ।

उनी विदेशबाट नेपाल आएका हुन् । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीकाअनुसार विपी प्रतिष्ठानको प्रयोगशालामा कोभिड-१९ पोजेटिभ देखिएका व्यक्ति झापाका ६२ वर्षका पुरुष हुन् । अधिकारीले उनी हाल अस्पतालको आइसोलेसनमा रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।

यससँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ४९ पुगेको छ । जसमध्ये ३९ जना विभिन्न अस्पतालमा उपचारमा रहेका छन् भने १० जना उपचारपश्चात निको भएर घर फर्किसकेका छन् ।

Continue Reading

जनस्वास्थ

कोरोना रोकथाम तथा नियन्त्रण गर्न अब सबै पालिकामा जनस्वास्थ्य अधिकृतको नेतृत्वमा टोली खटिने

Published

on

काठमाण्डौ – सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणलाई थप व्यवस्थित गर्न जनस्वास्थ्य अधिकृतको नेतृत्वमा हरेक पालिकामा टोली गठन गर्ने भएको छ ।

टोलीमा एक जना जनस्वास्थ्य अधिकृत सहित प्रयोगशालाको कर्मचारी र नर्स सम्मिलित तीन सदस्यीय टोली गठन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाको रोकथामका लागि हरेक गाउँपालिकामा एउटा, नगरपालिकामा दुई वटा, उपमाहानगरपालिकामा तीन वटा र महानगरपालिकामा ५ वटा टोली खटाइने जानकारी गराएका छन्  ।

यो टोलीमा पालिकामा उपलब्ध स्वास्थ्यकर्मीलाई परिचालन गरिने छ । तर अपुग भएमा अरु ठाउँबाट पनि खटाइने स्वास्थ्य  मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले ४८ जनालाई कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ भने सक्रमितमध्ये १० जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार