Connect with us

विचार

नियन्त्रण

Published

on

१९ मङ्सिर,निरज के.सि। 

स्वतन्त्रको यात्रा हो यो जीवन
बगैँचाको फुलबारी हो यो जीवन
हो त्यसैले
फतफतिरहने महत्वकाँक्षालाई
मन र शरीर थकाउने तनाबलाई
मष्तिस्क जलाउने ईर्ष्य लाई
जीवनको रंग हराउने रिसलाई
नियन्त्रण गरौँ
अनि
जति सकिन्छ बेस्सरी हासौँ।
जति सकिन्छ बेस्सरी नाचौँ।

प्रकृतिको कानुनमा चलेको छ जीवन यहाँ
कर्मको गोरेटोमा हिँडेको छ जीवन यहाँ
हो त्यसैले
दौडिरहने मनलाई
पर्खिरहने तनलाई
व्याकुल बनाईरहने धनलाई
छटपटिरहने चैनलाई
नियन्त्रण गरौँ
अनि
जति सकिन्छ मनको कुरा बेस्सरी बाडौँ।
जति सकिन्छ मस्तिष्कको चिन्तन बेस्सरी खोलौँ।

आफ्नै प्रशासनमा चलेको छ जीवन यहाँ
आफ्नै सेवामा बाँचेको छ जीवन यहाँ
हो त्यसैले
पाचन यात्रा विगार्ने खानपिनलाई
मस्तिष्क थिच्ने नकारात्मक सोचलाई
आयु छोटयाउने रोगलाई
अंग अंग पोल्ने ब्लड प्रेसरलाई
नियन्त्रण गरौ
अनि
जति सकिन्छ व्यायम बेस्सरी गरौँ।
जति सकिन्छ सकारात्मक बेस्सरी सोचौँ।

(के.सि जनस्वास्थ्यकर्मी हुन् )

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विचार

कोभिड–१९ महामारी नियन्त्रणमा खटिनि योद्दाहरुलाई जोखिम भत्ता दिनु उचित कि अन्य सुविधा

Published

on

हेटनारायण रम्तेल, जेठ ५  काठमाडौं ।  विश्व कोभिड–१९ को महामारी विरुद्ध जुधिरहेको छ । यो मानव जातिको अस्थित्वको लडाई हो । नेपाल पनि यस महामारीको उच्च जोखिम क्षेत्रका रुपमा रहेको छ । यस लडाईमा नेपालमा स्वास्थ्य सेवाका मात्र करीव ९० हजार बढी सरकारी र निजी क्षेत्रका कर्मचारी क्रियाशिल रहेको अनुमान छ । यस अभियानमा जुध्ने चिकित्सक स्वास्थ्यकर्मी लगायतका कर्मचारीको मनोवल उच्च राख्न मौद्रिक तथा गैरमौद्रिक अतिरिक्त सुविधा अनिवार्य छ ।

व्यवसायिक धर्मलाई शिरोधार्य गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र केही निजामती यो लडाइको अग्रमोर्चामा रहेका छन् । उनीहरुलाई यो महाविपत्ति रोक्न सबैले साथ र सहयोग दिएका छन् । यसै वीच कोभिड विरुद्ध लड्ने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई उत्साहित गर्नका लागि “कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७” आएको छ । यसले काममा थप क्रियाशिल हुन उत्प्रेरित  गरेको छ ।

आदेशका बारेमा सामाजिक संजालमा आएका अभिव्यक्ति, अनलाइन समाचार तथा वहसले स्वास्थ्यकर्मीलाई एकहदसम्म विभाजन र निरासा सृजना गरेको छ । राज्य एकातिर चरम आर्थिक संकटबाट गुज्रेको छ भने महाविपत्तिमा खटेका कर्मचारीलाई उत्साहित गर्ने दायित्वबाट टाढा रहन पनि सक्दैन । यो वेला भत्ताको समेत व्यवस्थाले राज्यलाई आर्थिक भार थपिने छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ लाई कार्यान्वयन गर्न थप कार्यविधी वा व्याख्या हुने कुरा स्यंम आदेशमा नै उल्लेख छ । स्वास्थ्यकर्मीहरुका सबै ट्रेड युनियन, हित समुह तथा निजामती ट्रेड  युनियनले समेत चासोपुर्ण रुपमा थप वहसमा ल्याएकाले समाधानको वाटो छिटो र सहज हुने देखिन्छ । यसमा देखिएका राम्रा पक्ष र सुधार गर्नपर्ने पक्षका वारेमा छलफल गरी राम्रालाई स्वीकार गर्दै कमीकमजोरीलाई निरन्तर सुधार गर्नु संलग्न तथा सरोकारवालाको दायित्व हो ।

आदेशलको दफा २ (घ) मा कोभिड–१९ को संक्रमणको उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न रहने जनशक्तिलाई प्रदान गर्ने भत्ता निएकाले यो अभियानमा संलग्न सबै कर्मचारीले कोभिड–१९ जोखिम भत्ता पाउने कुरा पुष्टि गर्दछ । दफा २(छ)११ सम्वन्धित कार्यालय प्रमुखले कोभिड–१९ को संक्रमणको रोकथाम नियन्त्रण तथा उपचारमा प्रत्यक्ष वा अप्रत्क्ष रुपमा संलग्न रहेको भनी प्रमाणित गरेको कर्मचारी भनिएकाले स्वास्थ्यको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतका सवै विभागहरु, केन्द्रहरु, अस्पतालहरु अन्य स्वास्थ्य कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी तथा पालिका तहका अस्पतालहरुमा सम्वन्धित गाउँपालिका वा नगरपालिका प्रमुखले मातहतका कर्मचारीलाई परिचालन गर्ने व्यवस्था छ । जोखिम भत्ता कसले पाउने भन्ने विषय दफा ३ कर्मचारीको कार्यस्थल तोकिएको छ । यसले जोखिमका सबै क्षेत्रका कर्मचारी समेट्ने प्रयास भएको छ ।

आदेशको दफा ५ मा कोभिड–१९ को संक्रमणको पहिचान रोकथाम नियन्त्रण तथा उपचारमा संलग्न जनशक्तिलाई जोखिम भत्ता बापतको रकम मन्त्रालय वा विभागले उपलव्ध गराउने उल्लेख छ । दफा ६ मा स्रोतको व्यवस्थापन र परिचालनका बारेमा उल्लेख छ । दफा ७ मा सतप्रतिशत, ७५ प्रतिशत र पचास प्रतिशत जोखिम भत्ता र यो भत्ता पाउने आधार तोकिएका छन् ।

निजी क्षेत्रको सामाजिक जिम्मेवारी यो वेलामा पुष्टि हुनुपर्छ । सरकारी निकाय आफै आर्थिक रुपमा कमजोर भएको सन्दर्भमा कोभिड–१९ को जोखिमभत्ता सरकारसंग भर परेर हुँदैन । स्रोत साधनले भ्याएसम्म आफ्नो स्रोतको परिचालन गर्नु वुद्धिमानी र सामाजिक उत्तरदायित्व हुन्छ ।
भत्ता सम्वन्धमा स्थानीय तहका स्वास्थ्य संस्थालाई जोखिम भत्ता प्राप्त गर्न सक्ने कार्यक्षेत्रमा प्रष्टसंग नसमेटेको र स्रोतको सुनिश्चितता नभएको गुनासो छ । समान काममा समान भत्ता नभएको र तजविजी अधिकारले सवैलाई न्याय गर्न सक्ने÷नसक्ने सुचिश्चित नभएको अस्पष्ट छ । भत्ता दोहोरो नपर्ने गरी भनी उल्लेख हुँदा दुर्गम भत्ता वा अन्य प्रकृतिका भत्तामा दोरोहो भनेको या कोभिड – १९ को सन्दर्भमा दोहोरा भएिको स्पष्ट हुनु आवश्यक छ ।

समाधानका उपाय
एकातिर राज्य आर्थिक रुपमा निरन्तर खस्कने अवस्था छ भने अर्कातिर महामारीको संकटको वेला खटिएका कर्मचारीलाई प्रोत्साहित गर्न आवश्यक पनि छ । राज्यको स्रोत साधनका आधारमा मौद्रिक तथा गैरमौद्रिक उत्प्रेरणका स्रोत अपनाउन उपयुक्त हुनेछ ।
स्थानीय तह अन्तरगत रहेका स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रलाई देखिने गरी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ मा जोखिमको दायरामा ल्याउनु पर्छ । जोखिम भत्ता अपुग गाउँपालिका, नगरपालिका तथा प्रदेश सरकारले माग गरेमा वजेट उपलव्ध गराउने कुरा सुनिश्चित हुनुपर्छ । सुविधा दिँदा समान कार्यस्थलका लागि समान सुविधा सुनिश्चित हुनुपर्छ । दोहोरा भत्ता भन्नाले कोभिडको सम्दर्भमा हो या अन्य समेत आकर्षित हुने प्रष्ट खुल्नुपर्छ ।

कोभिड १९ विरुद्धको अभियानमा खटिएका चिकित्सक स्वास्थ्यकर्मी तथा अन्य सेवाका कर्मचारीका परिवारलाई एकैपटक स्वास्थ्य विमाको दायरामा ल्याउन सकिन्छ । भावी दिनमा सरकारले लगानी गर्ने  जलविद्युत आयोगजना तथा विभिन्न सरकारको लगानी रहेका कम्पनिमा  कोरोना विरुद्धको अभियानमा संलग्न कर्मचारीलाई शेयर दिने सुनिश्चिता गरेमा उत्साहित हुन सक्छन् । योग्यता वृद्धि गर्न चाहनेका लागि छात्रवृतिको अवसर दिने वा विगतमा दिएको प्राविधक ग्रेड झै जोखिम ग्रेड दिने जस्ता स्किम हुन सक्छन् ।महामारीको वेलामा सार्वजनिक विदाका दिन समेत काममा खटिएकाले सोको अभिलेख राखी पछि विदा दिने वा अतिरिक्त भत्ता वा सट्टा विदाको व्यवस्था हुन सक्छन् । महामारीमा खटिएका कर्मचारीले संचयकोष र नागरिक लगानी कोषबाट ऋण लिएका भए केही महिनाको व्याज मिनाहा गर्ने स्किम हुन सक्छन् ।

अन्त्यमा, कोभिड–१९ ले मानव सभ्यता चुनौति दिएको छ । सवैको समन्वय र सहकार्य आवश्यक छ । राज्य आर्थिक रुपमा ओरालो गतिमा रहेकाले कर्मचारीलाई मौद्रिक स्रोतले मात्र उत्साहित गर्न कठिन होला यसका लागि मौद्रिक तथा गैरमौद्रिक उपकरणको प्रयोग हुन आवश्यक छ ।
धन्यवाद ।

Continue Reading

विचार

त्यो तीन पानिको महिमा

Published

on

डा शम्भु खनाल। मनको शान्ति र अनुहारको कान्ति उडेको जस्तो देखिने कालो कालो अनुहारमा अरुण ऊपत्याका जस्तै खाल्टो परेको गाला , सुकेर हड्डी देखिएका हातहरु , पेट डम्म  सुन्निएको , खुट्टा सुन्निएको , लामो लामो सुस्केरा सहित श्वास   तान्ने प्रयासमा बेड न. ४ मा बेडको  छेउमा खुट्टा झुन्ड्याएर बसिरहेकी   अन्दाजी ४५ बर्षकी  महिला देखेर सुरुमा फेरी अर्को सोमरसको महिमाले जिर्ण तुल्याएको शरीरको अवस्था टुलुटुलु  हेरेर निरीह बस्नुपर्ने जस्तो लाग्यो ।  “कति  दिन भयो भर्ना भएको ?” मैले सोधे ।  ” २ दिन भयो ” , बिरामीको आफ़न्तिले उत्तर दिए ।  ” पेट सुन्निएको रहेछ ।  पहिले तिनपानी धेरै लिनुभएछ जस्तो छ ।  यो तिनपानिको महिमा अपरम्पार छ ।  ”

“डा. साब ।  मैले आज सम्म रक्सि कस्तो हुन्छ थाहा छैन ।  ” , लामो सुस्केरा तान्दै भनिन् ।  त्यसपछि भने मलाइ झस्यांग भयो ।  आफ्नै दिमाग पनि मन्द गतिमा अग्लो फलामे डन्डिमा झुन्डिएको सलाइनको बोत्तलबाट थोपा थोपा गरि झरिरहेको जस्तै सुस्त लाग्यो ।  कस्तो पुर्बाग्रह सहित र हेयले मैले त्यो पूर्वनुमान लगाएर मदिराको  महिमा ठानेको रहेछु ।  फाइल पल्टाएर हेर्दा पो बल्ल वास्तविक कुरो थाहा भयो। उनको त रोगको निदान नै हुन गर्हो परेको रहेछ ।  जे भये पनि कालेजोको समस्याका कारण उनको त्यो अवस्था भएकोमा भने संका थिएन। कुरो के भने रक्सिको कारण भने थिएन।

उनको  जिवन पल पल द्रुत हुँदै अन्त्यतिर लागिरहेको थियो र त्यो मन्द गतिमा प्रबेश गरिरहेको सलैनको थोपामा भने आयुको रफ्तार कम गर्ने तागत भने थिएन ।  प्रेसर निकै   कम भएर डोपामिन नामको औषधीले उनको रक्तसन्चारमा टेवा दिएको रहेछ ।  तर त्यो औषधीले २ दिन सम्म  पनि प्रेशर राम्रो सँग सुनिएको थिएन ।  कस्सो जीवन भने अडिएको थियो ।  केही दिनको बसाइपछि तिहार अगाडि बिदा मागिन ।  ” डा. साब ।  मलाई छुट्टी दिनुपर्‍यो ।  अब जे पर्ला घर जानुपर्‍यो ।  ” बिदा त मागिन ।  तर मलाई भने पठाउन आफ्नो धर्मले दिदैनथ्यो ।  डोपामिनको झिनो बलमा अडिरहेको जीवन घर पठाउदा इहलीला समाप्त हुने प्रबल सम्भावना थियो ।  तथापी बिरामीको इच्छाको  पनि कदर गर्नुपर्ने हुँदा घर पठाउनुपर्‍यो ।

यो सानो घटना भयतापनी मेरो लागि भने एउटा अन्तस्करनमा चसक्क पारेर छाप छोड्यो ।  धेरै जसो मदिराको महिमास्वरुप त्यस्तो देखिने हुँदा अरु कारण सुचीमा पछाडि परेर त्यस्तो प्रतिकृया आयो कि जस्तो पनि लाग्छ। रक्सी सेवान गरेर कालेजो बिग्रेकाहरु प्रती त्यती सहानुभुति  भने मलाई कहिलै नाअएको चाँही पक्कै हो ।  त्यस्तो सहानुभुति  नभए पनि उपचार  गर्न भने कहिलै आनाकानी भने गरेको छैन ।  आफु पूर्वग्राही भएर सोच्दा ब्यबहार पनि समान नहुने कुरो भने पक्क हो ।  ति बिरामीको अवस्था झट्ट हेर्दा भने रक्सिको कारण भनी नसोची पहिलाउनु भनेको मेरो गल्ती थियो  मेरो पुर्बाग्रह  थियो मेरो भ्रम थियो ।  र यो घटना मेरो लागि एउटा आँफैलाई बुझ्ने मौका थियो भन्ने लाग्छ ।  यस दिपावलिको अबसरमा मेरो सदबुद्धीको ग्राफ उकालो लागिरहोस् ।

उही
ज्ञानको खोजकर्ता
समय : २०७३कात्तिक १९ गते ;९ बजे राती ।

साभर डा शम्भु खनाल को ब्लग  बाट

Continue Reading

विचार

दशैँमा सेतो कोटको व्यथा 

Published

on

२६ असोज। घटस्थापनाको  दिन ।  बिदाको दिन ।  रमाइलो दिन ।  दशैँ प्रारम्भ हुँदाको तिथि ।  जमराले अस्तित्व पाउने दिन ।  खुशीको चाड ।  उमङको चाड ।  स्कुल पढ्दाका  दिनहरु झल्झल्ती याद आउने कहिलेकसो अचेल ! तम्घासबाट एक दिनको बाटो हिंडेका दिनहरु स्‍मृतिमा अझै ताजा छन् ।

पहाड घर जाँदा सार्है रमाउने मन हुन्थ्यो ।  रौँदिको उकालो चढ्दा  आसिनपसिन हुन्थ्यो ।  साँझमा घर पुगिन्थ्यो ।  समय सँगै बिस्तारै  बिदा घट्दै गए ।  हेर्दा हेर्दै घटस्थापनाबाट सर्दै सर्दै सप्तमी कि अस्टमिमा घर जाने दिन आए ।  जती बिदा कटौती भए पनि देशको प्रगती त उस्तै होला !!

समय बित्दै गए ।  रितुहरु फेरिदै गए ।  दशैँहरु आउँदै जाँदै गरे । दसैं त सधैं उस्तै त हो । शरद रितुमा सधैं आउँछ अनि जान्छ पूरा   चहलपलसाथ  । मेरो लागि न त यो चाड पर सर्छ  न त अगाडि ।  न अरु कसैका लागि ।  परिवर्तन त केबल आफ्नो अवस्था र परिस्थितीमा हुने रहेछ ।  ।

बिदाका दिन कट्दै कट्दै  अचेल शून्य भएको छ ।  पहिले पहिले छुट्टीमा घर गइन्थ्यो ।  अचेल छुट्टीमा घरबाट छुट्टी माग्नुपर्छ ।

“ कहिलेको टिकेट लिइस् त बाबु ।  “  घरबाट  आमाले फोन गर्नुहुन्छ  बिहानै  ।  पूरा आशाका साथमा ।

“ छुट्टी मिल्दैन ममी ।  आउन सकिन्न जस्तो छ ।  “ म भन्छु ।  पूरा मलिन स्वरका साथमा ।

“ पाँच दिनको छुटी मिलाउनु जसरी भएपनि ।  भैरवस्थान जानुपर्छ सपरिवार ।  धेरै बर्ष भयो जाने भनेको ।”  द्रिढताका साथ स्वर सुनिन्छ ।

“ मिल्दैन ममी ।  छुट्टी भन्ने हुँदैन ।  काम छोड्न मिल्दैन ।  नाइट ड्युटि आदि छन् ।  तिहार र दशैँमा एउटा रोज्नुपर्ने अवस्था छ ।  “ म आफ्नो अवस्था सुनाउँछु ।

“ मिलाएसी जे पनि मिल्छ ।  जसरी भएपनि मिलाउनु ।  “ पूर्ण आदेशसरह सुनिन्छ अब ।  अब बुझाउन खोजेर सफल भइन्छ जस्तो लागेन ।

“मिल्यो भने आउँछु “ भनेर वार्तालाप मोड्छु ।  र अरु कुरा गरेर फोन काट्छु । मिल्ने त कुनै हालतमा  थिएन ।

दशैँ नजिकिँदै गर्दा यो गतिलो जिनिस पढिएछ जस्तो लाग्दैन हरेक वर्ष   ।  चाडपर्व  दिन रात भन्न नपाइने तर सबैलाई सानैदेखि   चाखलाग्ने जिनिस रहेछ  ” डाक्टर “ ।  रहर लागेर नै पढेको हो ।  अब जे छ त्यसलाई आत्मसात गर्नुको बिकल्प त छैन।

छोराछोरी  डाक्टर भयो भनेर खुशी हुने मनहरु कति  धेरै छन् ।  चाडपर्व आउँदा मलिन हुन्छन् ।  तर अरुले लगाएको जुत्ता कत्तिको सजिलो छ भन्ने कुरा आँफै नलगाएसम्म बुझ्न् सकिन्छ जस्तो लाग्दैन । कागजमा मात्रै मिति मिलाएर ड्युटि गर्न नमिल्ने ।  के गर्नु ? न दशैँको ड्युटि पछि  गर्दिन्छु भनेर हुने ।  दशैँमा नागरिकता नबाँडे पनि हुन्छ ।  प्रशासन बन्द भए पनि केही फरक पर्दैन ।   ।  बैन्क पनि बन्द भए हुन्छ ।  केही दिन ढिला भएर केही हुँदैन ।  तर दशैँमा मान्छे बिरामी हुन्नन् भन्ने छैन ।  सिकिस्त हुदैनन् भन्ने पनि छैन।

अमेरिका भएको छोराछोरीको आशा भन्दा नेपाल भित्रै बढी आशा हुनु स्वाभाबिक नै हो ।  यति सानो नेपालमा पनि २०० कि मि तय  गर्न एक दिन नै लाग्छ ।  बुलेट ट्रेन हुन्थ्यो त बिहान बेलुका घरबाट आउन सकिन्थ्यो होला ।  भबिश्यमा कल्पनामा रमाउनु बाहेक अहिले कुनै उपाय छैन ।

सानोमा रामायण र महाभारत धेरै हेरिएछ ।  त्यसैले कहिले कसो त जादु र चमत्कारले चुट्की भरमा सबै समस्या समाधान गरेको कल्पना गर्न मन लाग्थ्यो  ।  आज पनि मलाई कल्पनामा डुब्न मन लाग्छ ।  नारद मुनीले श्रीक्रिश्णले त्यति धेरै गोपिनिहरुलाई समय कसरी दिन्छन् त भनेर खोजिनिती गर्दा हरेक गोपिनिसँग एकै समयमा श्रिक्रिष्न पाएका थिए रे ।  हजारौँ अवतार लिएर सबैसँग एकैसाथ समय ब्यतित गर्न सक्थे रे। भगवान राम पनि सबै प्रजाका घरमा  एकैपटक पुग्थे रे। मलाई पनि दुई जना मात्र हुन सके त काम नै फत्ते हुने ।  आँखा चिम्लिन्छु ।  ध्यान गर्छु ।  द्रिढ  इच्छा   गर्छु ।  र आँखा खोल्छु ।  सबै उस्तै छ ।  म एउटै छु ।  आँखा चिम्लिदैँमा सिरियलमा जस्तो चमत्कार के हुन्थ्यो र !!

………….  “ के छ बाबु ।  आउने भइस् ।  “ बुवाको फोन आउँछ ।

“ उम् ।  आउन सकिन यसपटक ।  पेशा नै त्यस्तै पर्‍यो ।  “ म भन्छु बाध्यता झल्काउँदै ।

“ त्यसो भनेर कहाँ हुन्छ ।  यतिका  महिना भइसक्यो ।  दशैमात आउन पर्‍यो  ।  ब्यक्तिगत जीवन मिलाउन नसके त सन्तुलन बिग्रिन्छ ।  “  दिब्यज्ञान  दिन खोज्दै हुनुन्छ बुवा ।
ब्यक्तिगत जीवनको स्वाद कस्तो हुन्छ ! तीन बर्ष भइसक्यो  त्यती मजाले चाख्न पाएको छैन ।  खानाको सन्तुलन मिलाउन त हम्मे हम्मे हुन्छ ।

“ अब नमिल्ने  कुरामा के कुरा गर्नु ।  ९९ प्रतिशत म आउन सक्दिन ,बुवा  ।  आदि…….. “  म भन्छु निराशाका साथ । ..”……….. ।

यी कुराहरु सोच्दै थिएँ ।  सम्झना हुन्छ झट्ट ।  आज त मेरो मनप्रिय साथी प्युठान  जान लागेको दिन ।  स्वास्थ्य शिबिर सन्चालन  गर्न र घुम्न । उनलाई भनेको त थिएँ हिंड्ने बेला कल गर्नु भनेर ।  शायद उनले बिर्सिछन् होला ।  मैले अलिक ढिला सम्झिएँ ।  उत्त्निखेर कल गर्ने प्रयास गरे ।  टावर लागेन ।  अनि  मेसेज गरेँ ” शुभ यात्रा ।  “  हिंड्ने बेलामा प्रार्थना र शुभकामना गर्‍यो भने भगवानको खातामा पुग्छ रे सुरक्षाको जिम्मा  ।  जे होस् मैले मनबाटै प्रार्थना गरेँ ।

फिल्टर भएर बचेको थोरै मूल्यवान समयको सदुपयोग कसरी गर्ने भनेर चिन्तन गर्छु बेलामौकामा ।  अन्तर सम्बन्धलाई सुधार गर्नुपर्ला  भन्ने सोचले मनप्रिय साथीलाई सम्झिएँ ।  उनी पनि ब्यस्त छिन्  अचेल ।  फिल्टर  भएको समयमा मलाई कतै अटाउँछिन भन्ने आस छ ।  इष्टमित्रलाई सम्झिएँ । शुभकामनाका शब्दहरु उपहारस्वरुप पठाएँ ।  शब्दहरुमा खेल्ने प्रयास गर्दै छु । कनिकुथी शब्दहरु टपक्क टिपेर लेख्ने प्रयास गर्दै छु ।  ।  यसपटक दशैँमा म रमाउँदै छु ।  कलम ,आला, सेतो कोटका  साथमा ।  समयसँगै बोध हुँदैछ ” मानव  सेवा नै भगवानको  सेवा ।  विजया दशमीको  शुभकामना ।
#स्वास्थ्यजीवन
#स्वस्थ विचार।

साभार डा. शम्भु खनालको ब्लग बाट

Continue Reading
Advertisement " />

प्रमुख समाचार