Connect with us

समाचार

कञ्चनपुर: डाक्टर माथि पूर्व कांग्रेस सभासदद्धारा आक्रमण

Published

on

कञ्चनपुर, २७ असोज । श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा कार्यरत डा. अमित पण्डित माथि कुटपिट भएको प्रति नेपाल मेडिकल संघ धनगढि शाखा ले भत्सना गरेको छ  । संघले घटनाको छानवीन गरी दोशीमाथि कडा कारवाही गर्न माग गरेको छ ।

पूर्व सभासद समेत रहेका नेपाली कांग्रेसका नेता दिवानसिंह विष्टले डा पण्डित माथि कुटपिट गरेकको श्रीपुर स्वास्थ्य केन्द्र व्यवस्थापन समितिले जनाएको छ ।

स्वास्थ्य केन्द्र नजिकैको थलकेदार क्लिनिकमा उपचारका लागि ल्याइएकी २५ बर्षीय महिला चन्दा थापाको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई डा पण्डीत र क्लिनिकमा कार्यरत स्टाफ नर्सको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र ल्याई अक्सिजन दिइएको थियो ।तर स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई धनगढि रिफर गर्न लागिएको  थियो । सोही बेला पुगेका नेता विष्टले एक्कासी डा पण्डीत माथि आक्रमण गरेका  थिए ।डा पण्डीतलाई   स्वास्थ्य केन्द्रअगाडीको पिचरोडबाट  पिटदै केन्द्र भित्र ल्याएको स्वास्थ्य केन्द्र जानकारी दिएको छ  ।

डाक्टरमाथि कुटपिट भएको घटनालाई श्रीपुर स्वास्थ्य केन्द्र व्यवस्थापन समितिले गम्भीर रुपमा लिदैँ छानवीन गरी दोषीमाथि कारवाही गर्न माग गरेको छ ।

समाचार

स्वास्थ्य सेवा तर्फका नीति तथा कार्यक्रमहरु

Published

on

काठमाडौँ, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष आ.ब. २०७७/७८ को लागि सरकारले तय गरेको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेकी   छन् ।

स्वास्थ्य सेवा तर्फका नीति तथा कार्यक्रमहरु

१. स्वास्थ्य क्षेत्रको पुनर्संरचना तथा स्वास्थ्य संस्थाहरुको गुणस्तर बृद्धि गरिने।
२. हरेक स्थानीय तहमा १५ शैयाको अस्पतालको स्थापना गरिने।
३ . प्रदेशस्तरमा रहेका साविकका जिल्ला अस्पतालहरुलाई २५ देखि ५० शैयाको अस्पताल र अञ्चल अस्पताललाई २०० शैयाको जनरल अस्पतालमा   स्तरउन्नती गरिने।
४ .सरकारले पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिषठान तथा कोशी, नारायणी, भरतपुर, भेरी र डडेल्धुरा अस्पताललाई ५०० सैय्याको विशेषज्ञ अस्पतालको रुपमा विकास गरिने।
५ . सरुवा रोग रोकथाम नियन्त्रण र उपचार गर्न प्रयोगशाला परीक्षण सेवा सहितको ३०० शैयाको केन्द्रीय र न्युनतम ५० सैयाको प्रदेशस्तरको अत्याधुनिक सुविधासम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिने ।
६ . ठूला राजमार्गमा निश्चित दूरीमा ट्रमा सेन्टर को स्थापना गरिने।
७ .त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नेफ्रोलोजी र युरोलोजी विभाग स्थापना गरिने ।
८ .कान्ति बाल अस्पताल लाई बालबालिकाको रोग सम्बन्धी अध्ययन अनुसन्धान गर्ने स्थान को रूपमा विकास गरिने।
९ . मनमोहन कार्डियोथोरासिक अस्पताललाई बाल मुटुरोग अध्य्यन गर्ने अस्पतालको रूपमा पनि विकास गरिने।
१० . स्वास्थ्य सेवा विभाग खारेज गरी रोग नियन्त्रण केन्द्र नेपाल (NCDC) को स्थापना गरिने।
११. औषधि औजार उपकरण मेडिकल तथा सर्जिकल सामग्री चिकित्सकीय प्रयोगमा आउने इलेक्ट्रोनिक डिभाइस, प्रयोगशाला सामग्री पोषण खाद्य सामग्री, सौन्दर्य सामग्री समेतको गुणस्तर जाँच तथा नियमन गर्न नेपाल खाद्य तथा औषधि एडमिनिस्ट्रेसन एफडीए(FDA) स्थापना गरिने।
१२. स्वास्थ्य संस्थाहरु र स्वास्थ्य सेवाको गुणस्तरलाई मापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्राधिकरण को स्थापना गरिने।
१३ . विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमास्थल तथा सीमा नाकामा अन्तर्राष्ट्रिय स्तरको हेल्थ डेस्क र क्वारेन्टाइन स्थल स्थापना गरिने।
१४ . तीन वर्ष भित्र सबै नागरिकलाई पुग्ने गरी स्वास्थ्य बीमा कार्यक्रम लागू गरिने ।
१५ .नेपालभरको जुनसुकै स्थानबाट ३ अंकको टेलिफोनमा सम्पर्क गरी नागरिकले सहज र सरल रुपमा एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइने छ
१६ . ४० वर्ष माथिका नागरिकको कम्तीमा ६ महिनामा १ पटक अल्बुमिन तथा ग्लूकोज निःशुल्क जाँच गरिने ।
१७ .स्वास्थ्य परिषद् सम्बन्धी ऐनलाई व्यवस्थित गर्न एकीकृत छाता ऐन बनाइने।
१८.मेडिकल कलेजहरूले कम्तीमा महिनामा १ पटक स्याटलाइट क्लिनिक सञ्चालन गर्नु पर्ने।

 

Continue Reading

समाचार

नेपालगञ्जमा थप ७ जना कोरोना भाइरसका संक्रमित

Published

on

काठमाडौं । नेपालगञ्जमा मंगलबार ७  जना कोरोना भाइरसका संक्रमित  भेटिएका छन्।

मंगलबार ७ जना  कोरोनाभाइरसको संक्रमण पुष्टी भएको  स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीले  जानकारी दिएका छन्  । उनका अनुसार नेपालगञ्जमा संक्रमण देखिएकामध्ये ३  जना पुरूष र ४ जना महिला छन्। उनीहरू ९  देखि ५५  वर्ष उमेरका छन्।

गत आइतबार  नेपालगञ्जमा १५ जनामा कोरोना देखिएको थियो।

संक्रमितको उपचारका लागि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोभिड १९ अस्पताल तयार गरिएको छ।

यससँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ८२  पुगेको छ ।

Continue Reading

समाचार

नेपाल निजामती कर्मचारी संगठन स्वास्थ्य विभागीय कार्यसमितीले कोरोना रोकथामको लागि गर्यो ५१ हजार सहयोग

Published

on

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठन स्वास्थ्य विभागीय कार्यसमितीले “कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष”मा ५१ हजार एक सय रुपैयाँ सहयोग गरेको छ ।

नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले एक कार्यक्रमका बीच  चेक माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई  हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष कोइरालाले रोकिएको स्तरबृद्दी गरि स्वास्थ्यकर्मीलाइ उत्साहित गर्नु पर्ने,  न्यायोचित तरिकाले जोखिम भत्ताको  व्यावस्था गर्ने तथा  पिपिइ लगायत स्वास्थ्य उपकरण आवश्यक मात्रामा उपलब्ध गराउन माग गरेका थिए ।

कार्यक्रममा बोल्दै माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले अहिले सरकारले असामान्य परिस्थितिको सामना गरिरहेकोले सम्पूर्ण कर्मचारीहरुले सरकारलाई सहयोग गर्न अपिल गरेका छन् ।

कायक्रममा  मा. राज्यमन्त्री नवराज रावत, नेपाल निजामती कर्मचारी संगठन स्वास्थ्य विभागिय कार्यसमिति अध्यक्ष लक्ष्मी पौडेल, आधिकारिक ट्रेडयुनियन स्वास्थ्य मन्त्रालय अध्यक्ष नमराज के सी, पेशागत महासंघ वाग्मतीका महासचिव सेखरनाथ दहाल नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय सदस्य इश्वर ओझा,  केन्द्रिय प्रतिनिधि प्रकाश शर्मा लगायतको उपस्थिति रहेको थियो।

 

Continue Reading
Advertisement " />

प्रमुख समाचार