Connect with us

समाचार

‘मैले कसरी आफ्नो शुक्राणु बेच्न थालेँ’

Published

on

२७ असोज, बिबिसि। पहिलो पटक मैले निकै असहज महसुस गरिरहेको थिएँ। आफ्नो कोठाभित्र हस्तमैथुन गर्नु र शुक्राणु बेच्नका लागि त्यो गर्नुबीच धेरै फरक हुँदोरहेछ।
शौचालयमा एउटा प्लास्टिकको भाँडामा मेरो नाम लेखिएको थियो। हस्तमैथुनपछि मैले शुक्राणु त्यही छाडेँ र त्यस बापत चार सय भारु पाएँ।

हाल म २२ वर्षको छु र म इन्जिनियरिङको विद्यार्थी हुँ।

यो उमेरमा केटीसाथीको चाहना हुनु र यौन आकर्षण हुनु स्वभाविक नै हो।

यौनसुख

तर तपाईँ जो कोहीसँग पनि शारीरिक सम्बन्ध बनाइहाल्नूस् भन्ने यसको अर्थ होइन।

म जुन शहरबाट आएको हुँ त्यहाँ बिहेअघि केटा मान्छेले शारीरिक सम्बन्ध बनाउन सजिलो छैन। मलाई लाग्छ महिलाको हकमा पनि त्यस्तै अवस्था छ।

यस्तो अवस्थामा पुरुषहरूका लागि हस्तमैथुन यौनसुखका लागि एउटा विकल्पको रूपमा हुन्छ।

तर मलाई लाग्यो हिजोसम्म मैले जे खेर फालिरहेको थिएँ आज त्यसलाई विक्री गर्न पाएको छु।

शुक्राणुदानबारे मैले पत्रिकामा एउटा समाचार देखेँ। त्यसअघि मैले रक्तदानबारे मात्रै सुनेको थिएँ। पत्रिकामा समाचार देखेपछि ममा कौतुहलता बढ्यो र मैले पूरै समाचार पढेँ।

समाचार पढेपछि मैले थाहा पाएँ भारतमा यस्ता लाखौँ दम्पती छन् जो स्वस्थ शुक्राणु अभावमा बच्चा जन्माउन सक्दैनन्। र, सोही कारण शुक्राणुदानको दायरा तीव्र गतिमा बढ्दो छ।

मैले थाहा पाएँ म दिल्लीको जुन क्षेत्रमा बसिरहेको छु त्यहाँदेखि नजिकै एउटा शुक्राणु सङ्कलन केन्द्र रहेछ। त्यहाँ गएर एकचोटि हेरौँ भन्ने विचार मेरो मनमा आयो।

म गोरो वर्णको छु, मेरो उचाइ ठिक्कको छ र म बास्केट बल खेल्छु।

शुक्राणु सङ्कलन केन्द्र पुगेर मैले शुक्राणु दिने प्रस्ताव गरेपछि त्यहाँका डाक्टरहरू मुस्कुराए।

सिलसिला

मेरो व्यक्तित्व हेरेर उनीहरू खुशी भएजस्तो लागिरहेको थियो र उनीहरूको त्यस्तो प्रतिक्रिया पाएर मैले केही अहसज महसुस गरेँ।

तर त्यो विषय म कस्तो देखिन्छु भन्ने कुरासँग मात्रै सम्बन्धित थिएन।

म शुक्राणु बेच्न लागेको थिएँ। अतः मैले यो साबित गर्नुपर्ने थियो कि म बाहिरबाट जति स्वस्थ छु भित्रबाट पनि उत्तिकै तन्दुरुस्त छु।

डाक्टरले मैले केही परीक्षणहरू गराउनुपर्ने भने। मेरो रगतको नमुना लिइयो। मलाई एचआईभी, मधुमेह लगायत छ कि छैन भनेर जाँच गरियो।

म सबैकुरामा खरो उत्रिएपछि पर्सिपल्ट मलाई बिहान नौ बजे बोलाइयो। मलाई एउटा फारम भर्न लगाइयो जसमा गोपनीयतासम्बन्धी केही शर्त थिए।

त्यसपछि मलाई प्लास्टिकको एउटा भाँडा दिइयो र शौचालयको बाटो देखाइयो। त्यसपछि शुरू भयो यो सिलसिला।

म आफ्नो नाम लेखिएको प्लास्टिकको भाँडा लिएर शौचालय जान्थेँ र त्यसमा शुक्राणु दिइ पैसा लिएर फर्किन्थेँ।

मलाई यो कुराले सन्तोष लागिरहेको थियो कि मेरो शुक्राणुबाट कोही त आमा बन्न सक्छन्।

मलाई यो पनि भनिएको थियो कि शुक्राणु दिएको तीन दिनपछि अर्को पटक दिन सकिन्छ अर्थात् एकचोटि दिएपछि कम्तीमा त्यसको ७२ घण्टापछि फेरि दिन सकिनेरहेछ।

ठगिएको महसुस

केही महिनापछि मेरो मनमा एउटा प्रश्न आयोः के मैले आफ्ना शुक्राणुका लागि पर्याप्त रकम पाइरहेको छु त?

चलचित्र ‘विक्की डोनर’का अभिनेता त शुक्राणु बेचेरै धनी बन्छन्, तर मैले एकचोटि शुक्राणु दिँदा जम्मा चार सय भारु पाउँछु।

हप्तामा दुई पटक दिँदा आठ सय रुपैयाँ हुन्छ अर्थात् महिनामा ३२ सय रुपैयाँ मात्र हुन्छ। मैले आफू ठगिएको महसुस गर्न थालेँ।

शुक्राणु सङ्कलन केन्द्र गएर ‘विक्की डोनर’को चर्चा गर्दै मैले पाउने गरेको रकमबारे असन्तोष जनाएँ।

तर आफूप्रतिको मेरो भ्रम त्यतिबेला टुट्यो जब सङ्कलन केन्द्रका कम्प्युटरमा ईमेलहरू देखाइयो जसबाट मानिसहरू शुक्राणु बेच्न पालो कुरिरहेको थाहा भयो।

अनि मैले आफूलाई सम्झाएँ म पनि त अभिनेता आयुष्मान खुराना होइन। शायद थोरै रकम पाउने भएर होला हामी जस्तालाई शुक्राणुदाता भन्ने गरिन्छ न कि विक्रेता।

भलै कम रकम पाउने गरेको छु, तर मेरो जीवनमा यसको सकारात्मक असर परेको छ। मलाई लाग्छ आफ्नो शुक्राणु त्यसै खेर फाल्न हुँदोरहेनछ।

अर्को कुरा हस्तमैथुन गर्ने मेरो बानी अहिले छुटिसकेको छ। मलाई थाहा छ कि मैले गलत गरिरहेको छुइनँ। तर म यो कुरा सबैलाई भन्न सक्दिनँ।

यसको अर्थ यो पनि होइन कि म कसैसित डराउँछु। तर मलाई लाग्दैन हाम्रो समाज यति परिपक्व भइसकेको छ जसले यो विषयलाई सम्वेदनशीलताका साथ बुझ्न सकोस्।

मलाई कुनै अपराधबोध भएको छैन। तर मानिसहरूलाई यसबारे बताउन जोखिममुक्त पनि छैन।

यसबारे म आफ्नो घरमा कसैलाई भन्न सक्दिनँ किनकि मेरा आमाबुवालाई यसको नराम्रो असर पर्न सक्छ।

प्रभाव

हुन त मेरा साथीहरूमाझ यो विषय अपाच्य होइन र उनीहरूका लागि पनि यो सामान्य कुरा नै हो। समस्या मेरो परिवार र नातागोतामा छ।

भविष्यमा मेरी केटीसाथी (गर्लफ्रेण्ड) लाई पनि यसबारे बताउन मलाई कुनै समस्या हुनेछैन। हुन त अहिले मेरी केटीसाथी छैन।

तर जो हुनेछ, ऊ शिक्षित हुनेछ र उसले यसलाई सहज रूपमा लिने मेरो विश्वास छ।

मलाई लाग्छ यो विषयलाई श्रीमतीहरूले सहज रूपमा लिन नसक्लान् किनकि उनीहरू नचाहलान् आफ्ना श्रीमान्‌ले कसैलाई शुक्राणुदान गरून्।

उसो त शुक्राणु किन्नेहरू अविवाहित पुरुषलाई नै प्राथमिकता दिँदारहेछन् र २५ वर्ष उमेरसम्मका लागि राम्रो मान्दारहेछन्।

शुक्राणुदाताको नाताले यो विषयमा मलाई धेरथोर ज्ञान भएको छ। शुक्राणुको मूल्य त्यसको गुणस्तरबाट मात्रै निर्धारण हुँदैन।

तपाईँको पारिवारिक पृष्ठभूमि, शैक्षिक योग्यता लगायतका कुराले पनि अर्थ राख्दोरहेछ। यदि तपाईँलाई अङ्ग्रेजी भाषा आउँछ भने तपाईँको शुक्राणुको मूल्य पनि बढी आउनेरहेछ।

हुन त अङ्ग्रेजी जान्ने व्यक्तिको शुक्राणुबाट जन्मिने बच्चामा त्यसको के प्रभाव पर्छ त्यो मलाई थाहा छैन, तर कैयौँले त्यस्ता पुरुषको शुक्राणु खोज्दारहेछन्।

मलाई थाहा छ शुक्राणुदाताका रूपमा मेरो परिचय सधैँभरि मसँग हुनेछैन किनकि सधैँभरि त्यो दिइरहने अवस्था पनि रहँदैन।

यो कुरा मेरो आमाको निम्ति लाजको विषय हुनसक्छ र मसँग बिहे गर्न कुनै युवतीले अस्वीकार गर्न पनि सक्छिन्।

तर शुक्राणुदानलाई लाजको विषय मान्ने हो भन्ने हस्तमैथुन पनि त लज्जाको विषय हुनुपर्छ। तर मेरो लागि यी दुइटै कुरा लाजका विषय होइनन्।

(बीबीसी हिन्दीका सम्वादाता रजनीश कुमारले तयार पारेको एक युवकको जिन्दगीमा आधारित सत्य घटना। ती युवकको आग्रहमा उनको नाम गोप्य राखिएको छ।)

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार