Connect with us

समाचार

हेल्थ असिस्टेन्ट संघ द्वारा अध्ययन बिदामा MBBS/BDS/BPH अध्ययन गर्ने व्यावस्था गर्न माग

Published

on

काठमाण्डाै,२०  असोज। हेल्थ असिस्टेन्ट संघले अध्ययन बिदामा MBBS/BDS/BPH अध्ययन गर्ने व्यावस्था गर्न माग गरेको छ।

हेल्थ असिस्टेन्ट संघको तर्फबाट  संघका केन्द्रीय उपाध्यक्ष प्रकाश परियारको नेतृत्वको टोलीले   शुक्रबार उप प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रि उपेन्द्र यादव र  स्वास्थ्य तथा जनसंख्या राज्य  मन्त्रि डा. सुरेन्द्र कुमार यादवलाई भेट गरि दुर्गम गाउँमा सेवा पुराउदै आएका हेल्थ असिस्टेन्ट हरुलाई अध्ययन बिदामा BPH/MBBS/BDS/ B.Pharmacy/ B.Optometry/Bsc MLT/ Bsc Nursing लगायत अन्य विषय अध्ययन गर्ने वातावरण मिलाइदिन अनुरोध गरेको छ।

संघले  नेपाल सरकारको मातहतमा रहेका विभिन्न प्रतिष्ठानहरूमा अध्ययनको लागि कर्मचारी छात्रवृत्ति कोटा निर्धारणमा समेत पहल गरिदिनु हुन अनुरोध गरेको छ।

भेटको क्रममा उप प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रि  यादवले आफु यस विषयमा सकारात्मक रहेको र अध्ययन बिदामा उच्च शिक्षा अध्ययन गर्ने व्यावस्था गर्न पहल गर्ने बताएका छन्।

 

माग पत्र हेरौ 

माननीय उप प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रि ज्यू,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

रामशाह पथ, काठमाण्डौ

                                                                 विषय – मागपत्र सम्बन्धमा

महोदय,

उपरोक्त विषयमा हेल्थ असिस्टेन्ट संघ नेपाल (HAAN) सामान्य चिकित्सा प्रमाण पत्र तह उतीर्ण गरि देश भर कार्यरत (सरकारी तथा गैह्रसरकारी) स्वास्थ्यकर्मीहरुको हकहितको लागि काम गर्ने साझा सङ्गठन रहेको कुरा यहाँलाई जानकारी नै छ l स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कार्यरत हेल्थ असिस्टेन्टहरुको नेतृत्वमा संचालन भएका सम्पूर्ण स्वास्थ्य चौकी तथा अन्य स्वास्थ्य निकायबाट प्रदान गरिने स्वास्थ्य सेवाहरु प्रवाह गर्ने सम्बन्धमा हे.अ. पदका स्वास्थ्यकर्मीहरुले गरेको योगदानको यस मन्त्रलयले गरेको मुल्यांकन र कदर प्रति यस संघ हार्दिक कृतज्ञ छ l यस संगै स्वाश्य सेवा ऐनको मूल मर्म,ऐनले सोचेको कर्मचारीको पेशागत विकास तथा संरक्षण र ज्ञानको विकासका सम्बन्धमा मन्त्रालयबाट प्रदान गरिने सेवा सुविधामा हे.अ./ज.स्वा.नि. पद सदैव वन्चित रहेको कुरा यस संघ स्मरण गराउन चाहन्छ l अत माथि उल्लेखित अभाव सम्वोधन गर्न हे.अ./ज.स्वा.नि. पदमा कार्यरत कर्मचारीहरुलाई माथिल्लो शैक्षिक योग्यता (BPH/MBBS/BDS/B.Pharmacy/B.Optometry/Bsc MLT/ Bsc Nursing लगायत अन्य विषय) अध्ययन गर्नको लागि छात्रवृत्ति कोटा सहित तलवी अध्ययन विदाको व्यवस्था गरि प्राकृतिक न्यायको सिद्दान्त अनुसार अन्य पदमा कार्यरत कर्मचारिहरुलाई जस्तै हे.अ./ज.स्वा.नि. पदमा कार्यरत कर्मचारीहरुलाई पनि सो सुविधा प्रदान गरि कर्मचारीहरुको वृत्ति विकासलाई मार्ग प्रशस्त गरि दिनुहुन साथै नेपाल सरकारको मातहतमा रहेका विभिन्न प्रतिष्ठानहरूमा अध्ययनको लागि कर्मचारी कोटा निर्धारणमा समेत पहल गरिदिनु हुन यस संघ मन्त्रालयलाई यो माग पत्र पेश गर्दछ l

………………………………….

हेल्थ असिस्टेन्ट संघ नेपाल (HAAN)

केन्द्रीय कार्यसमिति

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार