Connect with us

समाचार

शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन हुँदैन : राज्यमन्त्री यादव

Published

on

रासस, १७ असोज,भक्तपुर।  स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवले शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन नहुने बताएका छन् ।

विश्व मुटुरोग दिवसको अवसरमा आज भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले स्थानीय तहले शिक्षा र स्वास्थ्यको जिम्मा लिन नसक्ने दाबी गर्दै यसलाई जिल्लामै राख्नुपर्ने बताए ।

देशको २४ सय वडामा कुनै पनि स्वास्थ्य संस्था नरहेकाले अब ती वडामा स्वास्थ्य संस्था सञ्चालन गर्न सरकार लागिरहेको बताउँदै कुनै पनि संस्था सञ्चालन गर्न जागिरे मानसिकता त्यागेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

देशमा ८० प्रतिशत जनता गाउँमा रहेको तर गाउँमा १० प्रतिशत डाक्टर पनि नजाने गरेको बताउँदै राज्यमन्त्री यादवले यस केन्द्रका लागि भने आवश्यक डाक्टर पठाउन पहल गर्ने बताए ।

मुटु रोग, क्यान्सर, मिर्गौला, कलेजोजस्ता विभिन्न रोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले धूमपान र मद्यपानको सेवन गर्ने शिक्षित व्यक्तिको सङ्ख्या बढ्नु थप चिन्ताको विषय रहेको बताए ।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले यस अस्पतालमा अहिले मिर्गौला डायोलोसिसका लागि ६००, मिर्गौला प्रत्यारोपणका लागि ४०० र कलोजो प्रत्यारोपणका लागि १८ जना बिरामी पालो कुरेर बसेको बताए ।

बिरामीको अत्यधिक चाप बढे पनि जनशक्ति र ठाउँको अभावका कारण बिरामीलाई पालो कुराउनु पर्ने अवस्था आएको बताउँदै उनले सरकारले ठाउँ र आवश्यक जनशक्ति उपलब्ध गराए अहिलेको भन्दा तेब्बर सेवा दिन सकिने बताए ।

मुटुको ओपन हार्ट सर्जरीसहितको २४ घण्टे मुटु उपचार सेवा सञ्चालन गर्न सक्ने उच्च प्रविधिको उपकरण केन्द्रसँग रहे पनि आवश्यक चिकित्सक नहुँदा मुटुरोग उपचार सेवा २४ घण्टा सञ्चालन गर्न नसकिएको उनको भनाइ थियो । उनले सरकारसँग २४ सै घण्टा मुटु रोग उपचार गर्न सक्ने गरी जनशक्ति र ठाउँ प्रदान गर्न माग गरे ।

कार्यक्रममा मुटुरोग विशेषज्ञ डा.मोहनदेव भण्डारीले कोटेश्वरबाट पूर्व दैनिक हुने घण्टौ जामले धेरै मुटु रोगी बिरामीको ज्यान लिएको बताउँदै पूर्वका बासिन्दाका लागि नजिक एवं सहज सेवा पाउने गरी यस केन्द्रमा मुटुको २४ घण्टे उपचार सेवा सञ्चालन गर्नु अति आवश्यक रहेको बताए । केन्द्रले अहिले दैनिक मुटु रोग परीक्षणसँगै क्याथ ल्याब सेवा पनि सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. सम्पूर्णमान तुलाधर, अन्तर्राष्ट्रिय क्षेत्रका डा. एलि मियूलियर, केन्द्रका नर्सिङ इञ्चार्ज दुर्गा श्रेष्ठ, क्याथ ल्याब सेवाका नर्स सञ्चिता दुलाललगायतले केन्द्रमा रु २० करोडभन्दा बढीको सुविधा सम्पन्न उपकरणलाई जनशक्ति अभावमा नियमित प्रयोगमा ल्याउन नसकेको बताउँदै नेपालमै नभएका अत्याधुनिक उपकरणलाई प्रयोगमा ल्याउन जनशक्तिको व्यवस्था गरिदिन सरकारसँग आह्वान गरे ।

कार्यक्रममा केन्द्रको मुटु सेवामा सहयोग पुर्याउने शहीद गङ्गालाल हृदयरोग केन्द्रमा विशेषज्ञ डा.राजीवराज भण्डारी र केन्द्रकी पूर्व नर्सिङ इञ्चार्ज इन्दिरा प्रधानलाई सम्मान गरिएको थियो ।

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार