Connect with us

समाचार

हेल्थ असिस्टेन्ट संघले आफ्ना माग पुरा गर्न स्वास्थ्य मन्त्रालयलाई दियो ३ दिन को अल्टिमेटम

Published

on

काठमाण्डाै, ७ असोज।  हेल्थ असिस्टेन्ट संघले आफ्ना माग पुरा गर्न स्वास्थ्य मन्त्रालयलाई ३ दिनको अल्टिमेटम दिएको छ । संघका उपाध्यक्ष प्रकाश परियारले आइतबार उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई संघको तर्फ बाट भेटि ६ बुँदे मागहरु रहेको ध्यानाकर्षण पत्र पेस गरेका छन्। संघले आफ्ना मागहरु पुरा नगरे जस्तोसुकै कदम चाल्न वाध्य हुने जनाएको छ।

संघका माग हरुमा कर्मचारीलाई कार्य/जिम्मेवारी दिदा सेवा प्रवेश गरेको नियुक्ति पत्रमा उल्लेखित पद अनुसार मात्र दिनु पर्ने , स्थानीय तहको लागि प्रस्तावित संगठन संरचनामा शाखा र उपशाखा तथा इकाई प्रमुख पदीय जेष्ठता र शैक्षिक योग्यताको आधारमा हुनुपर्ने, संघीय निजामति सेवाको गठन ,संचालन र सेवाका सर्तहरुको व्यवस्था गर्न बनेको विधेयकमा केहि संशोधन गर्नु पर्ने दफा / उपदफामा यस संघले तयार परेको प्रस्ताव अनुरुप हुनुपर्ने लगायतका छन् ।

ध्यानाकर्षण पत्र हेरौ 

माननीय उप प्रधान तथा  स्वास्थ्य जनसंख्या मन्त्री ज्यू,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

शाह पथ ,काठमाडौं

विषय : ध्यानाकर्षण सम्बन्धमा l           

        स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७५/०५/१४ गतेको च.न. ०२ को पत्र मार्फत सङ्घीय मामिला तथा सामान्य प्रशासान मन्त्रालयमा स्थानीय तह गाउ/नगर/उप/महानगर पालिका स्तरमा स्वास्थ्य सस्थामा कार्यरत कर्मचारी भन्दा कनिष्ट कर्मचारीहरुलाई खटाउन प्रस्ताव गरिएको संगठन संरचना, दरवन्दी तेरिज साथै हाल मन्त्रिपरिषद्मा छालाफालमा रहेको निजामति सेवाको गठन, संचालन र सेवाका सर्तहरुको व्यवस्थापन गर्न बनेको विधेयकको मस्यौदा प्रति यस हेल्थ असिस्टेन्ट संघको गम्भीर ध्यानाकर्षण भएको छ l

सेवा प्रवेश गर्दाको पद, तह ,सेवा प्रवेश गर्न चाहिने आवश्यक न्युनतम शैक्षिक योग्यता जस्ता मुलभूत विषयलाई ख्याल नै नगरी केवल तहगत रुपमा मात्र कर्मचारीको खटनपटन गर्दा स्वास्थ्य सेवामा माथिल्लो तहबाट सेवा प्रवेश गर्ने कर्मचारीको मनोभावनामा चोट त पुग्छ नै  त्यसको साथसाथै त्यसरी खटाईएका कर्मचारीबाट गर्नु पर्ने व्यवस्थापकीय कार्य पनि कम्जोर हुने र जनताले गुणस्तरीय सेवा पाउन बाट वन्चित हुने निश्चित छ l त्यसै गरि माथिल्लो पदमा कार्यरत कर्मचारीको अनुगमन तथा सुपरिवेक्षण कनिष्ट पदको कर्मचारीबाट गर्नु गराउनु पर्ने अवस्था सृजना हुने भएकोले सस्थागत सु-शासन कायम रहन नसक्ने स्पष्ट छ l

नेपाल स्वास्थ्य व्यवसायी परिषद् नियमावली २०५६ को दफा ३ को उपदफा १ र २ मा स्वास्थ्य व्यवसायीहरुको तह र नाम दर्ताको लागि आवश्यक न्युनतम शैक्षिक योग्यता र योग्यता अनुसारको भिन्न भिन्न तहमा वर्गीकरण गरिने व्यवस्था रहे अनुरुप योग्यता अनुसारको जिम्मेवारी पनि फरक फरक छ भने विद्यमान स्वास्थ्य सेवा ऐन २०५३,स्वास्थ्य व्यवसायी परिषद् ऐन २०५३ , विभिन्न समयमा सम्मानित सर्वोच्च अदालत तथा पुनरावेदन अदालतहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोग,मिति २०७१/९/२४  को मन्त्रिपरिषद्को निर्णय तथा विभिन्न समयमा मन्त्रालय, विभाग , निर्देशनालय तथा जिल्ला तहबाट गरिएका निर्णय तथा पत्राचारहरुलाई लत्याउँदै सिमित समूहको स्वार्थ पूर्ति एवं दवावमा परि शैक्षिक योग्यता, नीति, नियम र लोकसेवाको प्रचलित प्रक्रिया बिना नै कनिष्ट कर्मचारीलाई जिम्मेवारी प्रदान गर्दा सिंगो स्वास्थ्य सेवा प्रणाली नै धरासायी बन्नेमा दुईमत छैन l

स्वास्थ्य सेवा एन २०५३ को दफा ९ (१) अनुसार स्तर वृद्दी भएका स्वास्थ्य सेवाका प्राविधिक कर्मचारीहरु ले सोहि दफा ९ को ४ मा उल्लेख भए बोमोजिम जुन तह बाट स्तर   वृद्दी भएको हो सोहि तहको काम गर्नु पर्ने छ भनि स्पष्ट व्यवस्था गरेको छ साथै सि.अ.हे.व अधिकृत छैटौ तह (विशेष पदस्थापन समेत) सेवा निवृत हुदा चौथो तह अ.हे.व पदको दरबन्दी खाली हुनु को साथ साथै सरुवा प्रावधानमा पनि  सि.अ.हे.व अधिकृत छैटौ तह (विशेष पदस्थापन समेत) मा चौथो अथवा पाँचौ तहमा कार्यरत अ.हे.व/ सि.अ.हे.व ले निज को पद पूर्ति गर्ने स्पष्ट व्यावस्था रहेको छ ।

स्वास्थ्य सेवामा सहायक दोस्रो,तेस्रो,चौथो र पाँचौ तहमा सेवा प्रवेश गरेका कर्मचारीहरुलाई केवल स्तारवृद्दीलाई मात्र आधार बनाई माथिल्लो तहको जेष्ठता मानि जिम्मेवारी दिएमा राज्यले कस्तो जनशक्ति बाट स्वस्थ्य सेवा प्रवाह गर्न खोजेको हो भन्ने कुरा घाम जस्तै छर्लंग हुनेछ र स्वास्थ्य नीति २०४८ तथा २०७१ अनुसार नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिईने कुरा केवल कागजमा मात्र सिमित रहनेछ l तसर्थ स्वास्थ्य सेवा जस्तो अति संवेदनशील क्षेत्रमा शैक्षिक योग्यताका आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनु बढी वैज्ञानिक र प्रक्रिया सम्मत हुन्छ l  कर्मचारीको सेवा र सुविधाको लागि दिइएको स्तर वृद्दी अनुसारको जिम्मेवारी दिनु भनेको दिर्घकालिन समय सम्म स्वास्थ्य सेवालाई धरासायी बनाई नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पाउने संविधान प्रदत मौलिक हकबाट वन्चित गरिएको हुनेछ l

तसर्थ स्वास्थ्य सेवाका कर्मचारी समायोजन तथा कामकाज गर्न खटाउँदा निम्न अनुसार गर्नु हुन राय सुझाव पेश गरिन्छ साथै हाम्रो मागको सुनुवाई नभएमा यस संघ जस्तोसुकै कदम चाल्न वाध्य हुनेछ ।

  • कर्मचारीलाई कार्य/जिम्मेवारी दिदा सेवा प्रवेश गरेको नियुक्ति पत्रमा उल्लेखित पद अनुसार मात्र दिनु पर्ने ।
  • स्थानीय तहमा कर्मचारी खटाउदा वा समायोजन गर्दा तहगत रुपमा नभई जिम्मेवारी तथा कार्य प्रकृति हेरी Chain of Command र  Hierarchy मा कुनै असर नहुने गरि सेवा प्रवेश गरेको नियुक्तिपत्रमा उल्लेखित पद अनुसार मात्र गर्नु पर्ने  (किनकि हाल सम्म सरकारी सेवामा कार्य सम्पादन गर्न तोकिएको न्युनतम शैक्षिक योग्यता/तालिम प्राप्त गरि नियमानुसार भएको नियुक्ति पत्रमा उल्लेखित पद अनुसारको कार्य सम्पादन गर्न पाईने व्यवस्था छ ।)
  • स्थानीय तहको लागि प्रस्तावित संगठन संरचनामा शाखा र उपशाखा तथा इकाई प्रमुख पदीय जेष्ठता र शैक्षिक योग्यताको आधारमा हुनुपर्ने ।
  • कर्मचारी खटाउदा सेवामा रहँदाको ऐन नियममा उल्लेखित सेवा, सुविधा र सुरक्षाको सर्तमा कुनै परिवर्तन नहुने गरि खटाउनु पर्ने ।
  • संघीय निजामति सेवाको गठन ,संचालन र सेवाका सर्तहरुको व्यवस्था गर्न बनेको विधेयकमा केहि संशोधन गर्नु पर्ने दफा / उपदफामा यस संघले तयार परेको प्रस्ताव अनुरुप हुनुपर्ने l (समग्र स्वास्थ्य सेवा प्रणालीलाई फाइदा पुग्ने गरि तयार पारिएको ।)
  • Non Academic तालिमलाई निरुत्साहित गरी कर्मचारीको शैक्षिक योग्यताको बाटोलाई स्पष्ट तय गरिनु पर्ने ।
  • हेल्थ असिस्टेन्ट संघ नेपालका मागहरु तिन दिन भित्र  सम्बोधन गर्न आवश्यक पहल गरिनु पर्ने।

 

प्रकाश परियार

उपाध्यक्ष

हेल्थ असिस्टेन्ट संघ, नेपाल (HAAN), केन्द्रीय समिति

 

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार