Connect with us

समाचार

नेफाको चुनावमा सरकार निकट जनस्वास्थ्यकर्मीका १७ बुँदे प्रतिवद्धता

Published

on

काठमडौँ, ५  असोज ।असोज १३ गते हुन गैरहेको नेपाल  जनस्वास्थ्य  संघ (NEPHA) को चुनावको लागि  सरकार  निकट जनस्वास्थ्यकर्मीहरुको प्रगतिशील समुहले १७ बुँदे प्रतिवद्धता पत्र सार्बजनिक गरेका छन् ।

सरकार  निकट जनस्वास्थ्यकर्मीहरुको प्रगतिशील समुहको  अध्यक्षको उम्मेदवारीमा डा मोहनकृष्ण श्रेष्ठ रहेका छन् भने उपाध्यक्षमा सुदर्शन पौडेल, महासचिवमा चित्रजंग शाही रहेका छन् । साथै  सचिवमा दीपेन्द्र खड्का, कोषाध्यक्षमा रमेश भट्ट र सह कोषाध्यक्षमा डा नरेन्द्रकुमार झा रहेका छन् ।

सदस्यहरुमा  दुर्गा खड्का मिश्र, केशव चापागाई, कैलाश तिमिल्सिना, कैलाश श्रेष्ठ, कमल रानाभाट र बसन्त देवकोटा, दुर्गा बजगाई, प्रजिता माली र डा बीरेन्द्रकुमार सिंह रहेका छन् 

सरकार निकट जनस्वास्थ्यकर्मीका १७ बुँदे प्रतिवद्धताहरु 

  • जनस्वास्थ्य परिषद्को स्थापना गर्न अग्रसर हुने ।
  • संघीय, प्रादेशिक र स्थानीय सरकार अन्तर्गत जनस्वास्थ्यकर्मी हरुको दरबन्दी लाइ कायम राख्दै थप पुनसंरचना र नयाँ सृजना गर्न सक्रिय रहने ।
  • जनस्वास्थ्यकर्मी को क्षमता अभिवृद्दि  गर्नको लागि कार्यक्रम संचालन गर्ने ।
  • दक्ष जनशक्ति उत्पादन गर्न  समय सापेक्ष्य पाठ्यक्रम विकास गर्ने ।
  • नेपालको संविधान  प्रदत्त निशुल्क आधारभुत स्वास्थ्य र आकस्मिक स्वास्थ्य सेवा को सुनिश्चितता गर्न राष्ट्रिय नीति, अन्तराष्ट्रिय स्तर मा गरिएका प्रतिवद्धताहरु को अन्तरवस्तुलाइ समेत आत्मसात गर्दै स्वास्थ्य प्रणालीमा सुधार गर्ने ।
  • समुदायमा संचालित जनस्वास्थ्य कार्यक्रमको प्रभावकारीताको अध्ययन, अनुसन्धान गरि नीति निर्माणमा पैरवी गर्ने ।
  • नियमित रुपमा जनस्वास्थ्य जर्नल, समाचार बुलेटिन लेख तथा रचना प्रकाशन गर्ने ।
  • जनस्वास्थ्य संघको पेशागत प्रतिवद्धता, पारदर्शीता, तथा वैज्ञानिक मान्यता अनुरुप अगाडी जाने ।
  • जनस्वास्थ्य संघलाइ पेशागत एवम् अध्ययन अनुसन्धान तथा नीतिगत विषयमा नेतृत्व दिन सक्ने सस्थाको रुपमा परिचित गराउने ।
  • जनस्वास्थ्यसंग  प्रत्यक्ष सरोकार राख्ने नेपाल सरकार द्वारा स्थापित परिषद तथा आयोगहरुमा संघको प्रतिनिधित्व गराउन वहस पैरवी र पहल गर्ने ।
  • उत्कृष्ट तथा  नेतृत्वदाइ जनस्वास्थ्यकर्मी र संघ सथा लाइ सम्मान गर्ने ।
  • खाद्यपदार्थ, पिउने पानि औषधि उपचारमा उपभोक्ता संरक्षण नीतिलाइ प्राथमिकताका साथ बहस पैरवी गर्ने ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संग संघियताको सम्बन्धमा बन्दै गरेको र बनेको नयाँ संरचनामा   जनस्वास्थ्यको   नेतृत्व हुनुपर्ने संघ, प्रदेश र स्थानीय तह सम्मको नेतृत्व हरेक कार्यक्रम र संरचना जनस्वास्थ्यको योग्यता अनुसारको पद निर्धारण गरि सोहि अनुसार कार्यन्वयन गराउन पहल गर्ने ।
  • जनस्वास्थ्य सेवा एेनको मूल मर्म, गुणस्तरीय जनस्वास्थ्य सेवा र जनस्वास्थ्य संग सम्बन्धित मुलभूत विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
  • जनस्वास्थ्य विषयको अध्ययनमा भैरहेको व्यपारिकरण शुल्कको अनियमितता विषय मा आवाज उठाउने ।
  • स्वास्थ्य सेवा प्रविधि प्रवर्धनको लागि जनस्वास्थ्य सुचना केन्द्र स्थापना गर्न पहल गर्ने।
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय जनस्वास्थ्य संस्थाहरु संग आवद्दताको लागि पहल गर्ने ।

 

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार