Connect with us

समाचार

नेफाको चुनावमा कांग्रेस निकट जनस्वास्थ्यकर्मीहरुको ११ बुँदे प्रतिबद्धता पत्र

Published

on

काठमडौँ, ४  असोज ।असोज १३ गते हुन गैरहेको नेपाल  जनस्वास्थ्य  संघ (NEPHA) को चुनावको लागि  कांग्रेस निकट जनस्वास्थ्यकर्मीहरुको पेशागत समुहले आफुहरुले गर्ने कार्यको प्रतिबद्धता पत्र सार्बजनिक गरेका छन् ।

पेशा गत समुहको  अध्यक्षको उम्मेदवारीमा अध्यक्षमा श्री कृष्ण भट्ट रहेका छन् भने उपाध्यक्षमा कृष्णमान शाक्य, महासचिवमा महेश्वोर श्रेष्ठ  रहेका छन् । साथै  सचिवमा रामानन्द पण्डित, कोषाध्यक्षमा बिनोद जैसी र सह कोषाध्यक्षमा संजिव साह  रहेका छन् ।

सदस्यहरुमा  बिमला भट्ट , रामचन्द्र सिन्हा, श्रीकृष्ण बस्नेत , निधु दंगाल,गजेन्द्र प्रसाद यादव ,  रोशन लामा, राजनबाबु सिलवाल र जितेन्द्र नायक रहेका छन्

पेशागत समुहका उम्मेदवारहरु हेरौ ँ

पेशागत समुहले प्रभावकारी जनस्वास्थ्य सेवा हाम्रो दायित्व, व्यावसायिक हकहित र बिकासका लागि गतिशील नेतृत्व भन्ने मूल नारा लाइ आत्मसात गर्दै तिन तहमा आफ्ना प्रतिबद्धता प्रस्तुत गरेकको छन्।

जनस्वास्थ्यको पेशागत प्रबर्धन  

  • जनस्वास्थ्य व्यावसायिका लागि रोजगारीका अवसर सिर्जना गर्ने संघीय  संरचना अनुसार संघ प्रदेश र स्थानीय तह मा जनस्वास्थ्यको दरबन्दी सृजना गर्न पैरवी गर्ने
  • जनस्वास्थ्यमा पेशागत सिप र दक्षताको विकासका कार्यक्रम संचालनका साथै गैर सरकारी सस्थामा नवप्रवेशीहरुलाई इन्टरनसिपको लागि समन्वय गर्ने
  • सरकारी तथा गैर सरकारी संस्थाहरुमा जनस्वास्थ्य व्यबसायीहरुलाई जनस्वास्थ्य क्षेत्रमा रोजगारीको लागि प्राथमिकता दिन पैरवी गर्ने
  • जनस्वास्थ्यका सान्दर्भिक विषयमा  अध्ययन अनुसन्धान प्रबर्धन गरि नियमित रुपमा Journal of Public Health   प्रकाशन गर्ने

संगठनात्मक विकास तथा संचार  

  • स्नातक/स्नातकोत्तर तथा विद्यावारिधि सबै जनस्वास्थ्य व्यबसाई लाइ संघमा आबद्ध गरि संघीय ढांचा अनुसार संघ प्रदेश र स्थानीय तहमा जनस्वास्थ्य संघ को संगठन विस्तार गर्ने
  • स्वास्थ्यका महत्वपूर्ण विषयमा सर्बसाधारणमा संचार गर्ने
  • जनस्वास्थ्यका विविध मुद्दाहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय  जनस्वास्थ्य संगठनहरु संग समन्वय तथा संजाल स्थापना गरि सहाकार्य गर्ने

नीतिगत तथा व्यावसायिकताको विकास 

  • जनस्वास्थ्य परिषद स्थापना गर्न सशक्त पहल गर्ने जनशक्तिको प्रभावकारी उपयोगका लागि आवश्यक नीतिनिर्माण तथा त्यसको कार्यन्वयन गर्न सरकार तथा सरोकारवाला निकाय संग पैरवी गर्ने
  • विभिन्न संघ तथा प्रदेश तह मा वार्षिकरुपमा सभा गरि त्यस क्षेत्रको अबस्था, सफलता, समस्या तथा चुनौतीहरु बारे बहसगरि जनस्वास्थ्यको नीति तथा कार्यक्रम मा योगदान पुर्याउने
  • जनस्वास्थ्य शिक्षासेवा को गुणस्तर कायम गर्न पहल गर्ने

११ बुँदे प्रतिबद्धता पत्र हेरौँ 

 

 

 

 

 

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार