Connect with us

समाचार

नेपाल जनस्वास्थ्य संघको निर्वाचनमा सरकार निकटका स्वास्थ्यकर्मीको प्यानल घोषणा

Published

on

काठमडौँ, ३ असोज । असोज १३ गते हुन गैरहेको  जनस्वास्थ्यकर्मी संघको चुनावको लागि  छुट्टा छुट्टै उम्मेद्धारी दिएका सरकार निकट जनस्वास्थ्यकर्मीहरुले  एउटै आधिकारिक समूह बनाएका छन् । छुट्टा छुट्टै उम्मेद्धारी दिएका तत्कालिन नेकपा एमाले निकटका स्वास्थ्यकर्मी र माओवादी केन्द्र निकट स्वास्थ्यकर्मीहरुको आज बसेको  संयुक्त बैठकले  एउटै प्यानल बानाएका हुन् ।

उम्मेदवारी दिनु भन्दा पहिले  पटक पटक बसेको बैठकले निकास दिन नसकेपछि  एमाले निकटका स्वास्थ्यकर्मी र माओवादी केन्द्र निकट स्वास्थ्यकर्मीहरु आफ्ना आफ्ना प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका थिए  । तर  उम्मेदवारी दिए पछि पनि समितिका लागि पटक पटक बसको बैठक ले अन्तत  साझा समिति तयार परेको हो ।

साझा समितिको अध्यक्षको उम्मेदवारीमा डा मोहनकृष्ण श्रेष्ठ रहेका छन् भने उपाध्यक्षमा सुदर्शन पौडेल, महासचिवमा चित्रजंग शाही रहेका छन् । साथै  सचिवमा दीपेन्द्र खड्का, कोषाध्यक्षमा रमेश भट्ट र सह कोषाध्यक्षमा डा नरेन्द्रकुमार झा रहेका छन् ।

सदस्यहरुमा खुल्ला तर्फ दुर्गा खड्का मिश्र, केशव चापागाई, कैलाश तिमिल्सिना, कैलाश श्रेष्ठ, कमल रानाभाट र बसन्त देवकोटालाई साझा उम्मेद्धवार भनिएको छ । भने  दुर्गा बजगाई, प्रजिता माली र डा बीरेन्द्रकुमार सिंहलाई समावेसी सदस्यको कोटाबाट साझा उम्मेद्धार भनिएको छ ।

यसअघि केन्द्रीय निर्वाचन समितिले ३० भदौमा उम्मेदवारीको सूचि प्रकाशित गरिसकेको छ । सो अनुसार दुबै समूहका उम्मेदवारीको नाम भने मतपत्रमा हुनेछ । तर यसमा आजको बैठकले दुई समूहका उम्मेदवारी भित्रैबाट साझा उम्मेदवारी बनाएको हो ।

प्रगतिशील समूहबाट यसअघि महासचिवको उम्मेदवारी बनेका डा झलक शर्मा गौतम भन्छन्, ‘आजको निर्णयपछि दुई वटा प्यानलबाट आधिकारिक उम्मेद्धारको सूचि तयार गरिएको छ । अव सबै प्रगतिशील साथीहरुले यहि आधिकारिक उम्मेद्धारलाई मतदान गर्नुहुनेछ ।’

नेपाल जनस्वास्थ्य संघको निर्वाचनको लागि ५५ जनाको उम्मेद्धवारी परेको छ । नेपाल जनस्वास्थ्य संघको निर्बाचन समितिले प्रकाशन गरेको  तालिका अनुसार आगामी १० गते १२  बजे सम्म प्रचार प्रसार को लागि समय तोकेको छ  ।

नेपाल जनस्वास्थ्य संघको निर्बाचन समितिले  चुनाबको लागि सातै प्रदेशको अस्थायी/स्थाई राजधानी र काठमाण्डाैमा एक एक मतदान केन्द्र  रहने जनाएको छ । र मतदानको लागि आउदा आफ्नो परिचय खुल्ने नागरिता अथवा मतदाता परिचय पत्र अथवा लाइसेन्स अथवा पासपोर्ट लिएर आउन अनुरोध गरेको छ ।

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार