Connect with us

समाचार

स्थानीय तहले जथाभावी राष्ट्रिय स्वास्थ्य एेन संग बाझिने नियम बनाए पछि HAAN को ध्यानाकर्षण

Published

on

साउन १३,  काठमाडौँ  । स्थानीय तहले जथाभावी राष्ट्रिय नीति नियम संग बाझिने नियम बनाए पछि हेल्थ असिस्टेन्ट संघ नेपालले आइतबार एक बिज्ञप्ति निकाल्दै  ध्यानाकर्षण भएको जनाएको छ ।

हेल्थ असिस्टेन्ट संघ नेपालले  स्थानीय तहलाई   राष्ट्रिय नीति नियम संग बाझिने गरि नीति नियम नबनाउन जोडदार माग गरेको छ ।

बिज्ञप्तीमा भनिएको छ “स्वास्थ्य चौकीको संगठन संरचना विपरित हुने गरि स्वास्थ्य चौकी प्रमुख तहगत रुपमा हुने गरि स्थानीय कानुन नीति नियम बनाएको प्रति हेल्थ असिस्टेन्ट संघ नेपालको गम्भीर  ध्यानाकर्षण भएको छ। यस्ता गैर जिम्मेवार निर्णयले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी बिच बैमनस्यता उत्पन्न भई निर्बाध रुपमा कर्मचारीले स्वास्थ्य सेवा प्रदान गर्ने र सेवा ग्राही ले सेवा प्राप्त गर्न असहज परिस्थिति सृजना भइ सेवाको गुणस्तर मा ह्रास आउने र दिगो बिकास को लक्ष्य पुरा गर्न अबरोध उत्पन्न हुने भयकोले सेवा को विद्यमान स्वास्थ्य सेवा एेन, नियम तथा कार्यविधि नबनाउन स्थानीय सरकार समक्ष हेल्थ असिस्टेन्ट संघ नेपालले जोडदार माग गर्दछ”

केहि समय अघि  भिमदत्त नगरपालिका,कन्चनपुरले  निर्माण गरेको  स्थानिय स्वास्थ्य तथा सरसफार्इ सम्बन्धि कार्यविधि २०७४ विवादित बनेको थियो। नगरपालिकाले राष्ट्रिय स्तरका ऐन तथा नियमावलीको ख्याल नगरी   योग्यता को कुरालाई  लत्याएर स्वास्थ्य चौकी तथा नगर स्वास्थ्य केन्द्रमा प्रमुख श्रेणि वा तहको आधारमा जुन वरिष्ठ हुन्छ त्यसैलाइ कार्यालय प्रमुख बनाउने व्यावस्था गरेको थियो ।

पोखरिया नगरपालिकाको कार्यालय पर्साले पनि गत साउन १ गते स्वास्थ्य चौकी प्रमुख  तह गत रुपमा जुन बरिष्ठ हुन्छ त्यस लाइ दिनु भनि पत्र काटे पछि तत्काल जिल्ला प्रशासन कार्यालय पर्साले मन्त्रिपरिषद्को स्वीकृत संगठन संरचना र स्वास्थ्य सेवा विभागको निर्णय अनुसार गर्न निर्देशन दिएको थियो ।

हेल्थ असिस्टेन्ट संघ नेपालको  बिज्ञप्ति 

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार