साउन ७, काठमाण्डाै। प्रदेश नं. ३ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य तर्फको बजेट आकर्षक र महत्वाकांक्षी देखिएको छ। सामाजिक विकास मन्त्रालयकोस्वास्थ्य तर्फको जम्मा बजेट ९० करोड ९ लाख रहेको छ । सामाजिक विकास मन्त्रालयको आ.ब २०७५/०७६ को बजेटमा भएका केहि महत्वपूर्ण कार्यक्रमहरु यसप्रकार छन्
मुख्य मन्त्रि जनता स्वास्थ्य परिक्षण कार्यक्रम
मुख्यमन्त्रि जनता स्वास्थ्य कार्यक्रममा नसर्ने रोगहरुलाई छिटो पत्ता लगाउनको र समयमानै रोगको उपचार गर्ने उदेश्य लिएको छ यस शिर्षक मा ३ करोड २० लाख बजेट को व्यबस्था गरिएको छ ।
स्थानीय तहमा रहेका हरेक स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा आर्युवेद केन्द्रलाई १ लाख बजेट को व्यबस्था
स्थानीय तहका स्वास्थ्य कार्यालयलाई ५० हजार चालु र ५० हजार पुँजीगत खर्च गर्न पाउने गरि छुट्याइएको छ। उक्त बजेट बाट स्थानीय तहमा थोरै रकमको व्यबस्था बाट गर्न सकिने कार्यहरु गरि गुणस्तरीय सेवा प्रवाहामा सहयोग गर्ने लक्ष्य लिएको बताइएको छ ।
नमुना सरकारी विद्यालयमा एक नर्स को व्यबस्था
प्रदेश नं. ३ अन्तर्गत रहेका २० नमुना विद्यालयहरुमा एक नर्स को व्यबस्था गरि विद्यालयबाट नै स्वास्थ्य प्रवर्धन गर्ने लक्ष्य लिएको छ ।
मोवाइल अस्पताल संचालन
ल्याब तथा X Ray राख्न मिल्ने गाडी खरिद गरि विशेषज्ञ सहितको सेवा दुर्गम गाउँहरुमा पुर्याउनको लागि मोवाइल अस्पताल संचालन गर्ने त्यसको लागि १ करोड १३ लाख को व्यबस्था गरिएको छ ।
१६ स्थानीय तह मा १५ बेड को अस्पताल स्थापना
आ.ब २०७५/०७६ भित्र १६ स्थानीय तहमा १५ बेडको अस्पताल संचालनमा ल्याउने तयारी मन्त्रालयले गरेको छ।
२० स्थानमा सहरी स्वास्थ्य केन्द्र र २० स्थान मा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना
मन्त्रालयले नगरपालिकाका २० स्थानमा सहरी स्वास्थ्य केन्द्र र गाँउपलिकाका २० स्थानमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना तथा संचालनको लागि बजेटको व्यबस्था गरेको छ।
शनिवारको दिन स्वास्थ्य प्रवर्धनको दिन अभियान कार्यक्रम
शनिवारको दिन स्वास्थ्य प्रवर्धनको दिन अभियान कार्यक्रम संचालन गर्ने हरेक शनिवार सार्इकल बाहेक स्थानिय तहमा चल्ने सम्पूर्ण सवारी साधन बन्द गरी हिडने कार्य लाई प्रोत्साहान गर्ने मन्त्रालयको योजना रहेको छ ।
सीमातकृत र लोपोमुख जातीको उच्च बसोबास रहेको स्थानीय तहमा Roving अ.न.मि.
स्वास्थ्य सेवाको पहुँच बढाउन सीमातकृत र लोपोमुख जातीको उच्च बसोबास रहेको स्थानीय तहमा १० जना अ.न.मि. राखी तिनीहरुलाई आवश्यकता अनुसार परिचालन गर्नको लागि बजेट को व्यबस्था गरिएको छ ।
महिला स्वास्थ्य स्वयम सेविका लाइ संचार खर्च
मन्त्रालयले महिला स्वास्थ्य स्वयम सेविकालाई संचार खर्च बापत वार्षिक २५०० को दरले वितरण गर्नको लागि वजेटको व्यबस्था गरिएको छ ।
प्रदेश नं. ३ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य तर्फ को पूर्ण बजेट को लागि यहाँ click Province 3 health Budget गर्नुहोस्