साउन ५, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललको रक्तचाप मापन गरेर शुरु भएको मे मापन महिना अभियान २०१८ को प्रारम्भिक नतिजा सार्वजनिक गरिएको छ। शुक्रवार चिकित्सा शात्र अध्ययन संस्थान, महाराजगंज मेडिकल क्यम्पसमा एक कार्यक्रमका विच नतिजा सार्वजनिक गरिएको हो।
कार्यक्रममा अभियानको क्रममा २२,४१९ जना मानिस लाभान्वित भएको जानकारी दिएको छ। प्रारम्भिक नतिजा को लागि ११८४९ जना को तथ्यांक विश्लेषण गरिएको जनाकरी दिएको छ । प्रारम्भिक नतिजामा ३२% नेपालीमा उच्च रक्तचाप रहेको देखिएको छ भने २९% मा पुर्व उच्च रक्तचाप रहेको र ३९% मा सामान्य रहेको देखिएको छ। नेपालमा उच्चरक्त चाप भएका ६३% ले औषधि प्रयोग नगरेको तथ्यांकमा देखिएको छ । कार्यक्रममा समग्र अभियानका तथ्यांकको प्रतुतीकरण नेपाल विकास समाजका प्रवक्ता हरि कृष्ण भट्टराई ले गरेका थिए।

कार्यक्रममा बोल्दै प्रा. डा. भगवान कोइरालाले स्वास्थ्य सम्बन्धि खर्च को सबभन्दा बढी उच्च रक्तचाप नियन्त्रणमा भैरहेको जनाउदै ३ मिमि अफ एच जी मात्र उच्च रक्तचाप कम गर्दा १०% हृदय घात हुने सम्भावना कम हुने बताए।
कार्यक्रममा बोल्दै प्रा. डा. सुजन बाबु मरहठ्ठाले विद्यार्थीहरुले गरेको यो ठुलो अध्ययन भएको बताउदै यस ले अन्तर्राष्ट्रिय स्तरमा नै अनुसन्धानमा नयाँ आयम थपेको बताए।
कार्यक्रममा अनुसन्धानको अधिकतम फाईदा लिनको लागि अनुसन्धानका महत्वपूर्ण नतिजा संचारको माध्यम बाट जनता सम्म पुगे मात्र अनुसन्धानको महत्व बढ्ने डा. सुर्य पराजुली जिकिर गरे।
यो अभियान को मुख्य उदेश्य रक्तचापको अवस्था पत्ता लगाई उच्च रक्तचाप भएकाहरु लाइ समयमा नै उपचारमा ल्याउने र यसको नियन्त्रणबारे जनचेतना अभिवृद्धि गरि नसर्ने रोगको भारलाई कम गर्ने उद्देश्य रहेको मे मापन महिना का प्रमुख संयोजक कमल रानाभाट ले बताएका छन ।
अभियानलाई अन्तराष्ट्रिय उच्च रक्तचाप समाजले नेतृत्व गरेको थियो भने नेपालमा विभिन्न संघ संस्थाहरु त्रिवि शिक्षण संस्थान महाराजगन्ज मेडिकल क्याम्पस तथा महाराजगन्ज नर्सिङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन, नेपाल पब्लिक हेल्थ स्टुडेन्ट सोसाइटी तथा फिजिसियन फर सोसल रेस्पोन्सिविलिटी नेपाल लगायतले संयुक्तरुपमा कार्यक्रम संचालन गरेका थिए। उक्त अभियानलार्इ नेपाल विकास समाज, एन. पी. एल. सामाजिक कल्याण संस्था, जयन्ती मेमोरिल ट्रस्ट, मृगेन्द्र मेमोरिल ट्रस्ट लगायतले प्राविधिक तथा आर्थिक सहयोग गरेका थिए।
कार्यक्रममा चिकित्सा शात्र अध्ययन संस्थानका डिन प्रा. डा. जगदीश अग्रवाल, क्याम्पस प्रमुख प्रा. डा.प्रताप नारायण प्रसाद, प्रा. डा. भगवान कोइराला,प्रा. डा. सुजन बाबु मरहठ्ठा तथा सह प्रा. डा. प्रदीप ज्ञावली लगायत को उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्
राज्यमन्त्री अर्यालले अाफ्नै प्रेसर नाप्दै सुरु गरिन मे मापन महिना
स्वस्थ मानिसहरु को रक्तचाप नाप्ने अभियानमा स्वास्थ्यकर्मीहरु