Connect with us

समाचार

सीटी स्क्यान गर्नुभन्दा पहिले ध्यान दिनुपर्ने कुराहरु

Published

on

राजेश कुमार दास, ४ साउन, काठमाण्डाै। सीटी स्क्यान शरीरका अङ्गहरुको जाँच गर्ने एउटा प्रक्रिया हो । यसको पुरा नाम कम्प्यूटराइज्ड टोमोग्राफी स्क्यान (सीटी स्क्यान) अथवा कम्प्यूटेड एक्सिअल टोेमोग्राफी हो । । यो जाँच सामान्य एक्स–रे जस्तै हुन्छ तर एक्स – रे को तुलनामा सीटी स्क्यान धेरै नै आधुनिक हो र एक्स – रे भन्दा बढी जानकारी दिने गर्दछ । सीटी स्क्यान को सहायताले शरीरभित्रका हड्डी, नसा र सफ्ट टिशूजको जाँच गरिन्छ ।

कसरी गरिन्छ सीटी स्क्यान ?
सीटी स्क्यानको लागि विरामीलाई मसिनभित्र सुताउने गरिन्छ । यो मसिनको आकार सुरुङ जस्तै हुने गर्दछ । यो मसिनको भित्री भाग विभिन्न एंगल बनाई घुम्ने गर्दछ र जाँच गर्नुपर्ने अङ्गहरुको जाँच गरिन्छ । जाँचमा स्क्यानर अथवा सीटी मसिनले शरीरका भित्री भागहरुको अलग–अलग लेवलमा चित्र लिने गर्दछ र त्यसपछी कम्प्यूटरको सहायताले अलग–अलग लेवलमा लिइएको चित्रहरुलाई मिलाएर अङ्गहरुको मल्टी डाइमेंशनल इमेज बनाउने गरिन्छ र विरामीको जाँच गरिन्छ । सामान्य एक्स–रे जहाँ यो कुरा मात्र बताईन्छ की अङ्गहरु कुन अवस्थामा छ र त्यही सीटी स्कैनको माध्यमबाट अङ्गहरुको स्थितिको अलावा रोग कुन स्टेजमा छ भन्ने पत्ता लगाउने गरिन्छ ।

सीटी स्क्यान गर्नुभन्दा पहिले ध्यान दिनुपर्ने कुराहरु
१. सीटी स्क्यान गर्ने रेडियोग्राफर टेक्नोलोजिष्टलाई पेसेंन्टको सम्पूर्ण मेडिकल हिष्ट्री थाहा हुनुपर्छ ।
२. यदी जाँच बिहान ८ बजे देखि ९ बजेको बीचमा छ भने त्यो दिनभन्दा पहिले नै राती १२ बजे पछि खुवाउनु हुँदैन । (विशेषतः औषधी दिएर जाँच गर्ने बिरामीको हकमा यो लागु हुन्छ  ।)
३. बिरामीको जाँच गर्नु भन्दा पहिले रगत , युरिया र क्रिएटिनिन को जाँच  गर्नु पर्दछ । (विशेषतः औषधी दिएर जाँच गर्ने विरामको हकमा यो लागु लागु हुन्छ।)
४. यदि मधुमेहको विरामी छ भने सुगर लेवल १०० भन्दा बढी हुनु हुँदैन ।
५. विरामको जाँचगर्नुपर्ने ठाउँको कपडा मेटल फ्री हुनुपर्छ ।
६. मसिनभित्र सुत्ने बेलामा डराउनुहुँदैन र रेडियोग्राफर टेक्नोलाजिष्टले बतएअनुसार गर्दैजानुपर्छ ।
७. सीटीमा एउटा अङ्गको स्क्यानिङ्ग गर्नको लागि ५ देखि ३० मिनेट सम्मको समय लाग्न सक्छ ।
८ यदि जाँच गर्ने रोग बाहेकको शरीरमा कुनै अर्को रोग अथवा कुनै पनि रोगको औषधी खाइरहनु भएको छ भने रेडियाग्राफर टेक्नोलाजिष्टलाई जाँच गर्नुभन्दा पहिले नै बताइदिनुपर्छ ।
९. कहिलेकाही आमाशय अथवा आन्द्राको जाँचको लागि जाँच भन्दा पहिले विरामीलाई औषधी खुवाउने गरिन्छ । यो औषधीले विरामीलाई कहिलेकाही एलर्जी हुनसक्छ । त्यस्तो अवस्थामा आतिनु हुँदैन र रेडियोग्राफर टेक्नोलोजिष्टलाई बताइदिनुपर्छ । यो औषधी शरीरको लागि हानिकारक हुँदैन । वास्तवमा यो आयोडिनको घोल हुने गर्दछ ।
१०. अन्य अङ्गहरुको जाँचका लागि नशाको शिराभित्र कन्ट्रास्ट औषधि दिने गरिन्छ तर यसको नकारात्मक असर पनि हुने भएकोले रेडियोग्राफर टेक्नोलोजिष्टले भने बमोजिम सावधानी अपनाउनुपर्छ । यो औषधी तीन चार दिनमा शरीरबाट बाहिर आफै जाने गर्दछ ।
११. विरामीको जाँच गर्नुभन्दा पहिले विरामीको सम्बन्धित व्यक्तिबाट मंजुरीनामा लिई जाँच प्रक्रिया अगाडि बढाइन्छ ।

के हो सीटी कन्ट्रास्ट ?
सीटी कन्ट्रास्ट एक रंगहिन पदार्थ हो जुन विरामीको शरीर भित्र बगिरहेको रगतमा इन्जेक्सनद्धारा पठाइन्छ । यो कन्ट्रास्ट औषधीले शरीर भित्र कुनै दाग देखिदैन । सीटी स्क्यान प्रक्रियालको दौरान यसलाई प्रयोग गरिन्छ । ताकि शरीरको भित्री भाग अत्यन्तै स्पष्ट रुपले देख्न सकियोस् । तसर्थ रोगको पत्ता लगाई निदान गर्न सजिलो हुन्छ ।

लेखक  राजेश कुमार दास त्रि.वि. शिक्षण अस्पताल महाराजगंज स्थित रेडियोलोजिको विद्यार्थी हुन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार