Connect with us

समाचार

नेपाल चिकित्सक संघले साउन ३ गतेबाट देशभरका सबै अस्पतालको अाकस्मिक बाहेकका सेवा ठप्प पार्ने

Published

on

काठमाडौं ३२ असार। नेपाल चिकित्सक संघले साउन ३ गतेबाट देशभरका सबै अस्पतालको अाकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ। डा गोविन्द केसीको मागप्रति एेक्यबद्धत जनाउँदै संघले सरकारलार्इ माग पुरा गर्न ४८ घण्टाको समय दिएको हो।

तोकिएको समयसिमा भित्र पनि माग पुरा नभए संघले बिहिबारबाट देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गरिने निर्णय भएको महासचिव लोचन कार्कीले जानकारी दिएका छन् ।

संघले आज भएको निर्णयको विषयमा विज्ञप्ति पनि जारी गरेको छ।

विज्ञप्तिको पूर्णपाठ

असार १६ गतेदेखि जुम्लामा अत्यन्त जोखिमका साथ अनसनमा बस्नु भएका यस संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी. को जीवन रक्षाका निम्ति सम्माननीय प्रधानमन्त्री, शिक्षा मन्त्री, स्वास्थ्य मन्त्री लगायत राजनीतिक दलका शिर्षस्थ नेताहरुलाई उहाँहरुको पार्टी कार्यालय तथा घरदैलोमा भेटी जीवन रक्षाको निम्ती अपिल गर्दा समेत नेपाल सरकारले डा. के.सी.को जीवनरक्षाका लागि कुनै चाँसो नदेखाएको, सरकारको तर्फबाट कुनै पनि जिम्मेवारी बोध नगरिएको परिस्थितिप्रति नेपाल चिकित्सक संघ गम्भिर चिन्ता व्यक्त गर्दै गर्दछ ।

आमरण अनसनको १७ औं दिनसम्म नेपाल सरकारले गम्भिरता प्रदर्शन नगर्नु, जीवन रक्षाका लागि कुनै पनि कदम अगाडी नबढाउनु, चिकित्सक, स्वास्थ्यकर्मी तथा सर्वसाधारण नागरिकहरुले देखाएको ऐक्यबद्धता, धैर्यता र शान्तिपूर्ण आवाजलाई सम्बोधन नगर्नु जस्ता गम्भिर प्रकारका गतिविधिले नेपाल चिकित्सक संघ डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि आजैको मितिदेखि लागू हुने गरी ४८ घण्टा भित्र नेपाल सरकारलाई अविलम्ब वार्ताटोली बनाई डा. के.सी.को जीवन रक्षा गर्न जोडदार माग गर्दछ ।

अन्यथा, मिति २०७५ साउन ३ गते बिहीबार विहानै देखि देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गरिने निर्णय भएकोले सो अनुुसार गर्नुु गराउनुु हुन नेपाल चिकित्सक संघका सम्पूूर्ण शाखाहरु एवं देशभरका सम्पूूर्ण स्वास्थ्य संस्था, चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु एवं स्वास्थ्यसंस्था आवद्ध कर्मचारीहरुमा यसै विज्ञप्ती मार्फत हार्दिक अपिल गरिन्छ । देशभरका सम्पूूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने परिस्थितिको सिर्जना नेपाल सरकारले नै गराएकोले यसबाट आम सर्व साधारणहरुमा पर्न जाने असुुविधाप्रति नेपाल चिकित्सक संघ गहिरो दुुःख व्यक्त गर्दछ ।

डा. लोचन कार्की
महासचिव

 

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार