Connect with us

विचार

रेजिडेन्सिका सुरुका दिनहरु: स्टय्यामिना को खाँचो

Published

on

२१ जेष्ठ काठमाडौँ।  घडीमा ७ :३० बजेको रहेछ । निद्राबाट झसँग बिउँझीएछु म । बिहान अबेर भएको जस्तो लाग्यो ।  ड्युटिमा  जान अबेर भएछ भनेर छिटोछिटो नित्यकर्म गरेर रेडी भएँ ।  जिउ पूरै भारी भएको अनुभव थियो ।  जाङर रत्तिभर थिएन ।  शरीर तात्तिएको महसुस भएको थियो ।  निदार छाम्दा ज्वोरो आउँला जस्तो थियो।  रुघाखोकी  त महाराजगन्ज  टिचिङ प्राङण प्रवेश  गरेको अर्को दिन बाट सुरु भएको  थियो ।  खुट्टाका कुर्कुच्चा र पैतला हुर्किएका थिए ।  हल्का घुमाएको जस्तो पनि भएको थियो ।  जिउ  पुरै लथ्रक्क परेको थियो। सुत्न पाए त कुम्भकर्णको  ६ महिने रेकर्ड पनि  तोड्न सक्ने बिचार  आएको थियो ।  पहिले पहिले दिनभरी  हिंडेर बेलुका घर पुग्दा हुन्थ्यो यस्तो  ।  धेरै बर्षपछि बाल्यकालको झझल्को आयो ।  सदरमुकामबाट  घर हिंडेका  गोरेटा बाटा याद आए ।  आफ्नो यो डाक्टरी गोरेटोको  पनि लामो बाटो अझै तय गर्न बाँकी रहेको यथार्थ पुन स्मरण भयो। घर पुग्ने गोरेटो र डाक्टरी गोरेटो उस्तै लाग्यो ।  दुबै  सांघुरा थकानपूर्ण यात्रा ।  फरक भन्नुपर्दा चाँही डाक्टरी यात्रा कतै टुङो नभएको ।  पढ्दै दुई तिहाइ उमेर बित्ने ।
एप्रन  लगाएर झ्याल लगाउँछु भनेर  लागेको  थिएँ ।  बाहिर  हेर्दा त  राती पर्न लागेको रहेछ ।  समयचक्रसँग  म झुक्किएको रहेछु । अघिल्लो दिन बिहान  ७ बजेदेखि त्यो दिनको ४:३० सम्मको गतिबिधी एकपछि अर्को सम्झना हुन थाल्यो ।  म त ड्युटिबाट कोठामा आएर बेडमा पल्टिएपछी दुई घण्टामा उठेको रहेछु ।  अब भोली ड्युटि खबर गरेर नजाने बिचार  गरेको थिएँ ।  अनी  फेरि सुत्ने प्रयास गरे ँ ।  कुन दिनमा यो डाक्टरी बिधा पढ्न पुगिएछ भन्ने महसुस भएको थियो ।  त्यो रात एक ट्याब्लेट सिटामोल र सेट्रिजिनको शरण ।  जे होस् केही काम गरेछ त्यसले ।  बिहान हल्का ठीक भएको थियो ।  भन्नुपर्दा ज्वरो आएनछ कस्सो ।  एक मनले त भर्सेला परोस्   भनेर आराम गर्न मन लागेको पनि थियो।
पढेर कहिल्यै  सकिने रहेनछ  ।  ६ बर्षको एम बि बि एस पढेर तीन बर्ष दुर्गम जिल्लाहरुमा बितिसकेपछि नेपालको केन्द्र मानिने काठमाडौको महाराजगन्जमा यम् डि अध्ययन गर्ने अवसर प्राप्त भयो ।  पढ्ने बानी पूरै मन्द भइसकेको थियो ।  प्रबेश परिक्षाको केही महिना पूर्व  पढाइको गति तिब्र बढेको थियो ।  नाम निस्केपछि  फेरि एक महिना ब्रेक लाग्यो ।  मस्तिका दिनहरु थिए ति ।  अब मस्तीका  दिनहरु सकिदै छन र ब्यस्तताको जात्रा सुरु हुँदै छ भनेर रारासम्मको यात्राको समय जुराएको थिएँ  ।  ३ बर्षलाई अबको  घुम्ने ठाउँ भनेको अस्पातल परिसर मात्र ! रेजिडेन्सी प्रबेश गरेको पहिलो दिनमा दिमाग पूरै  रणभुल्लमा परेको थियो ।  गाउबाट  शहर प्रबेश गरेका  सुरुका दिनहरु  जस्ता ।  नयाँ ठाउँ नयाँ परिबेश ।
बिहानको ९ बजेको थियो। ।  कन्फरेन्स हलमा कुनै एउटा बिरामीको केसको बारेमा प्रस्तुत भैरहेको थियो ।कता कता त्यो बातावरणमा   पहिले कतै बसेको जस्तो लागिरहेको थियो ।  ड्युटी भएको डाक्टरले भर्ना गरिएको बिरामीका बारेमा बिस्त्रित रुपमा बरिष्ठ  डाक्टरहरु तथा  तैनाथ सबै रेजिडेन्ट डाक्टरहरुलाई प्रस्तुत गर्नुपर्ने रहेछ ।  एकदम फरक महसुस हुँदै थियो ।  एकै दिनमा बिध्ह्यर्थी भएको अनुभव भएको थियो। सेतो कोट अर्थात् यप्रन नलगाएको धेरै नै भएछ ।  जिल्लातिर काम गर्दा डाक्टर सजिलै चिनिने भएर नलगाउँदा फरक पर्थेन ।  करिब ४५ मिनेटमा त्यो प्रस्तुतिकरण सकिएको थियो। हामी पहिलो बर्षका रेजिडेन्टहरु सबै अाइनपुगेकोले त्यो पहिलो दिन बिदा मिलेको थियो ।  प्रस्तुत गर्दै गरेका रेजिडेन्टको अनुहार हेर्दा दार्हीले लटरम्म  ढाकेको ,फुर्सद नपाएको र आँखाका माथि तलका  परेलाहरु टाँस्सिन खोजेको जस्तो देखिन्थ्यो ।  अब आफ्नो हालत पनि त्यस्तै हुनेवाला छ भनेर फिल्म हलतिर गएको थिएँ म त्यो दिन ।  त्यस्पछि अस्पतालको  परिसरबाट बाहिर स्वतन्त्र  कदम राख्ने सौभाग्य प्राप्त भएको छैन ।
बिहान ८ बजे वार्डमा पुगेको थिएँ ।  पहिलो औपचारिक दिन थियो त्यो ।  वरिपरी  हेर्दा कुनै एउटा सरकारी अस्पतालको    समुन्नत रुप जस्तो लागेको थियो ।  वार्डहरुको बारेमा केही थाहा हुने कुरा भएन ।  मैले चिनेको कोही पनि देखिन ।  त्यसैले बिधीपूर्बक  बिरामीको बिहानी राउन्डमा सहभागि भएको थिएँ ।  वार्डमा धेरै जसो सोमरसको महिमाले पीडित बिरामी देखियो ।  त्यो दिन सिस्टम र ल्याब जाँचका  कागजका बारेमा बुझ्दैमा बित्यो ।  अर्को दिन ड्युटी परेको थियो ।  जसलाई “माइनर” भनेर नामाकरन गरिने रहेछ ।
नामले “ माइनर ”  राखेकोले  हल्का किसिमको ड्युटी होला भन्ने अनुमान गरेको थिएँ ।  तर मेरो अनुमान पूरै   गलत साबित हुने वाला रहेछ ।  ड्युटी डा हरि सँगै  परेको थियो ।  हरी दाइसँग मेरो पहिलेदेखिको चिनाजानि थियो ।  ड्युटीको बारेमा एकदम बिस्तारका साथ भन्दै हुनुन्थ्यो ।  बोलिले मिजासिला कामले पक्का  ।  बिरामी त पक्कै दंग पर्दा हुन्  ।  माइनर भनेको त वार्डमा कुद्ने काम रहेछ । कस्सो उकालो कुद्नु परेन ! आकाशबानीको पनि ब्यबस्था रहेछ ।  कतै भर्ना गरिएका बिरामीलाई समस्या परेमा कल आउने कि त ठाउँठाउमा राखिएका माइकबाट आवाज आउने रहेछ । मेरो फोनमा चार्ज धेरै टिक्दैन ।  सँगै ड्युटी भएकोले फोन सबै हरी दाइकोमा अाइरहेको थियो ।  दाइ अगाडि अगाडि म पछाडि पछाडि कुदिरहेका थियौँ ।  त्यती धेरै फोन आएको देखेर नयाँ चार्ज टिक्ने मोबाइलको टडकारो  थियो मलाई अब ।  कतै के रगतको रिपोर्ट राम्रो आएन ।  कतै पोटासियम र सोडियम भन्ने रगतको रिपोर्ट धेरै बेसी धेरै कम ।  कतै बिरामीले नाकबाट पाइप निकाले ।  कतै बिरामीलाई ज्वरो आयो ।  कतै प्रेसर बढ्यो ।  आदि आदि   ।  यो सबै दौडधुपले आफ्नै प्रेसर बढ्ने जस्तो थियो ।  त्यही नेफ्रो वार्डमा बसेर रिपोर्ट हेर्दै गरेको  बेलामा ००१ भन्दै आकाशबानि भएको थियो ।  अर्थात् तुरन्तै दौडिनुपर्ने सिरियस बिरामीको अवस्था हेर्न ।  त्यसपछि  हस्याङ्फस्याङ गर्दै श्वासप्रश्वास रोगको वार्ड पुगेको थिएँ ।  सबै जम्मा भइसकेका थिए ।  हरी दाइ पहिल्यै पुगिसक्नभएको  रहेछ ।
पहिलो ड्युटिमै बिरामीको मृत्‍युको सर्टिफिकेट बनाउन परेको थियो ।  यस्तै दौड गर्दा गर्दै २ बजिसकेको थियो शायद ।  सरिरले  आराम खोजिराखेको थियो ।  ड्युटि रुममा गएर पल्टिएको थिएँ ।  जिउ पुरै दुखेको थियो ।  आँखा पोलेका थिए ।  आँखाले खबरदारी गर्दै थिए आरामको लागि ।  दिमागका कोशीकाले सोच्न बन्द गर्दै थिए ।  त्यसैले बिहान आफ्नो कोठामा गएर पल्टिन मन लागेको थियो ।  तर अर्को दिनको बिहानको राउन्ड बसेर काम सकेर जानुपर्ने रहेछ ।  राउन्डमा बिरामीको रोगका बारेमा छ्लफल हुने रहेछ ।  जे होस् आफ्नो हालत जस्तो भएपनि    बिरामीको लागि भने राम्रै हुने जस्तो लाग्यो ।  तर आराम नपाएको दिमागले सोच्न भने भ्याउने रहेनछ ।  सुरुका दिन भएर होला ।  केही पनि मेसो पाइरहेको थिइन  ।  थकाइ पनि लागेको थियो ।  यस्तो ड्युटि पुरै अबैज्ञानिक लागेको थियो ।   हरि  दाइलाई देख्दा स्ट्यामिना प्रचुर भएको जस्तो लाग्यो ।  म भन्दा बढी दौडिएपनी हरि दाइमा थकान कम देखिन्थ्यो ।  शायद सबैलाई  समयसङै बानी पर्ने होला ।  खुट्टाले कतै ठाउँ छोड्ने हो कि भन्ने डर पनि थियो ।  जिउ पुरैगलेको थियो ।  आरामदायी  सोफामा अडेस लगाएर नदीको किनारामा बसेर प्रकृति नियालिरहेको सपना आए हुने जस्तो लागेको थियो ।  तर सपना सम्म डराएर भागिछन् शायद ।  बिहान ५ बजे उठ्दा सपना केही याद आएन ।  यो रेजिडेन्सीले मेरो स्ट्यामिना जाँच्न लागेको जस्तो लाग्यो ।   बिहान ८ बजेसम्म सुत्ने बानी परेकोमा एक्कासी २ ३ घण्टाको मात्र आरामले ३६ घण्टा धान्न त कठिन हुनेँै भयो ।  कतिखेर त किन यो बिषय रोजिएछ भनेर दिक्क नलागेको पनि हैन ।
साथीहरुलाई फोन नगरेको धेरै भएछ ।  फोन गरेको पनि रिप्लाई गर्न बिर्सिएको रहेछ ।  आराम खानाभन्दा पनि महत्वपूर्ण भएको छ ! त्यो फोन र मेसेज त प्राथमिकतामा पुछरमा धकेलिएको हुन्छ ।  ।  मेसेन्जर आदिका मेसेजको रिप्लाई ३ ४ दिनमा मात्र दिँदा कस्तो मान्छे होला भन्दा हुन्  ।  नदेखेसम्म धेरैले पत्यौन्नन् पनि ।  सबैलाई  ए म् डि पढ्ने भनेको टेबुलमा किताब कपी राखेर  कुर्सिमा बसेर क्लासमा पढाई हुन्छ भन्ने लाग्दो रहेछ । हुन पनि मेडिकल कलेज भनेपछी प्लस टु कालेजको जस्तै  पढाई सबैको लागि ।  हल्का मैलो सेतो कोटको दाहिने खल्तिमा एउटा नोट बुक,  पेपर ,ह्याम्मर, टेप  आदी र बाँया खल्तिमा सानो किताब वा ठुलो आकारको मोबाइल बोकेर घाँटीमा आला झुन्ड्याइ हिंडेका डाक्टरको क्लास भनेको बिरामी हेर्ने, ड्युटी  गर्ने र बिरामीको रोगको बारेमा केस प्रस्तुती गर्ने हो ।  यो क्लासमा कुर्सी टेबलमा बसेर ४० मिनेटको क्लास हुँदैन ।  यसमा क्लास भनेको बिरामीको बेड, बिरामीको फाइल, बिरामिसँगको रोगको  भलाकुसारी र एक आपसमा छलफल हो ।
भोली पुन: ड्युटिमै जानुपर्ने हुँदा कलम यत्तिमै बिसाउने अनुमती पाऊँ ।  धन्यवाद ।
उही
थकित रेजिडेन्ट
साभार : डा.शम्भु खनालको ब्लग बाट

विचार

नियन्त्रण

Published

on

१९ मङ्सिर,निरज के.सि। 

स्वतन्त्रको यात्रा हो यो जीवन
बगैँचाको फुलबारी हो यो जीवन
हो त्यसैले
फतफतिरहने महत्वकाँक्षालाई
मन र शरीर थकाउने तनाबलाई
मष्तिस्क जलाउने ईर्ष्य लाई
जीवनको रंग हराउने रिसलाई
नियन्त्रण गरौँ
अनि
जति सकिन्छ बेस्सरी हासौँ।
जति सकिन्छ बेस्सरी नाचौँ।

प्रकृतिको कानुनमा चलेको छ जीवन यहाँ
कर्मको गोरेटोमा हिँडेको छ जीवन यहाँ
हो त्यसैले
दौडिरहने मनलाई
पर्खिरहने तनलाई
व्याकुल बनाईरहने धनलाई
छटपटिरहने चैनलाई
नियन्त्रण गरौँ
अनि
जति सकिन्छ मनको कुरा बेस्सरी बाडौँ।
जति सकिन्छ मस्तिष्कको चिन्तन बेस्सरी खोलौँ।

आफ्नै प्रशासनमा चलेको छ जीवन यहाँ
आफ्नै सेवामा बाँचेको छ जीवन यहाँ
हो त्यसैले
पाचन यात्रा विगार्ने खानपिनलाई
मस्तिष्क थिच्ने नकारात्मक सोचलाई
आयु छोटयाउने रोगलाई
अंग अंग पोल्ने ब्लड प्रेसरलाई
नियन्त्रण गरौ
अनि
जति सकिन्छ व्यायम बेस्सरी गरौँ।
जति सकिन्छ सकारात्मक बेस्सरी सोचौँ।

(के.सि जनस्वास्थ्यकर्मी हुन् )

Continue Reading

विचार

त्यो तीन पानिको महिमा

Published

on

डा शम्भु खनाल। मनको शान्ति र अनुहारको कान्ति उडेको जस्तो देखिने कालो कालो अनुहारमा अरुण ऊपत्याका जस्तै खाल्टो परेको गाला , सुकेर हड्डी देखिएका हातहरु , पेट डम्म  सुन्निएको , खुट्टा सुन्निएको , लामो लामो सुस्केरा सहित श्वास   तान्ने प्रयासमा बेड न. ४ मा बेडको  छेउमा खुट्टा झुन्ड्याएर बसिरहेकी   अन्दाजी ४५ बर्षकी  महिला देखेर सुरुमा फेरी अर्को सोमरसको महिमाले जिर्ण तुल्याएको शरीरको अवस्था टुलुटुलु  हेरेर निरीह बस्नुपर्ने जस्तो लाग्यो ।  “कति  दिन भयो भर्ना भएको ?” मैले सोधे ।  ” २ दिन भयो ” , बिरामीको आफ़न्तिले उत्तर दिए ।  ” पेट सुन्निएको रहेछ ।  पहिले तिनपानी धेरै लिनुभएछ जस्तो छ ।  यो तिनपानिको महिमा अपरम्पार छ ।  ”

“डा. साब ।  मैले आज सम्म रक्सि कस्तो हुन्छ थाहा छैन ।  ” , लामो सुस्केरा तान्दै भनिन् ।  त्यसपछि भने मलाइ झस्यांग भयो ।  आफ्नै दिमाग पनि मन्द गतिमा अग्लो फलामे डन्डिमा झुन्डिएको सलाइनको बोत्तलबाट थोपा थोपा गरि झरिरहेको जस्तै सुस्त लाग्यो ।  कस्तो पुर्बाग्रह सहित र हेयले मैले त्यो पूर्वनुमान लगाएर मदिराको  महिमा ठानेको रहेछु ।  फाइल पल्टाएर हेर्दा पो बल्ल वास्तविक कुरो थाहा भयो। उनको त रोगको निदान नै हुन गर्हो परेको रहेछ ।  जे भये पनि कालेजोको समस्याका कारण उनको त्यो अवस्था भएकोमा भने संका थिएन। कुरो के भने रक्सिको कारण भने थिएन।

उनको  जिवन पल पल द्रुत हुँदै अन्त्यतिर लागिरहेको थियो र त्यो मन्द गतिमा प्रबेश गरिरहेको सलैनको थोपामा भने आयुको रफ्तार कम गर्ने तागत भने थिएन ।  प्रेसर निकै   कम भएर डोपामिन नामको औषधीले उनको रक्तसन्चारमा टेवा दिएको रहेछ ।  तर त्यो औषधीले २ दिन सम्म  पनि प्रेशर राम्रो सँग सुनिएको थिएन ।  कस्सो जीवन भने अडिएको थियो ।  केही दिनको बसाइपछि तिहार अगाडि बिदा मागिन ।  ” डा. साब ।  मलाई छुट्टी दिनुपर्‍यो ।  अब जे पर्ला घर जानुपर्‍यो ।  ” बिदा त मागिन ।  तर मलाई भने पठाउन आफ्नो धर्मले दिदैनथ्यो ।  डोपामिनको झिनो बलमा अडिरहेको जीवन घर पठाउदा इहलीला समाप्त हुने प्रबल सम्भावना थियो ।  तथापी बिरामीको इच्छाको  पनि कदर गर्नुपर्ने हुँदा घर पठाउनुपर्‍यो ।

यो सानो घटना भयतापनी मेरो लागि भने एउटा अन्तस्करनमा चसक्क पारेर छाप छोड्यो ।  धेरै जसो मदिराको महिमास्वरुप त्यस्तो देखिने हुँदा अरु कारण सुचीमा पछाडि परेर त्यस्तो प्रतिकृया आयो कि जस्तो पनि लाग्छ। रक्सी सेवान गरेर कालेजो बिग्रेकाहरु प्रती त्यती सहानुभुति  भने मलाई कहिलै नाअएको चाँही पक्कै हो ।  त्यस्तो सहानुभुति  नभए पनि उपचार  गर्न भने कहिलै आनाकानी भने गरेको छैन ।  आफु पूर्वग्राही भएर सोच्दा ब्यबहार पनि समान नहुने कुरो भने पक्क हो ।  ति बिरामीको अवस्था झट्ट हेर्दा भने रक्सिको कारण भनी नसोची पहिलाउनु भनेको मेरो गल्ती थियो  मेरो पुर्बाग्रह  थियो मेरो भ्रम थियो ।  र यो घटना मेरो लागि एउटा आँफैलाई बुझ्ने मौका थियो भन्ने लाग्छ ।  यस दिपावलिको अबसरमा मेरो सदबुद्धीको ग्राफ उकालो लागिरहोस् ।

उही
ज्ञानको खोजकर्ता
समय : २०७३कात्तिक १९ गते ;९ बजे राती ।

साभर डा शम्भु खनाल को ब्लग  बाट

Continue Reading

विचार

दशैँमा सेतो कोटको व्यथा 

Published

on

२६ असोज। घटस्थापनाको  दिन ।  बिदाको दिन ।  रमाइलो दिन ।  दशैँ प्रारम्भ हुँदाको तिथि ।  जमराले अस्तित्व पाउने दिन ।  खुशीको चाड ।  उमङको चाड ।  स्कुल पढ्दाका  दिनहरु झल्झल्ती याद आउने कहिलेकसो अचेल ! तम्घासबाट एक दिनको बाटो हिंडेका दिनहरु स्‍मृतिमा अझै ताजा छन् ।

पहाड घर जाँदा सार्है रमाउने मन हुन्थ्यो ।  रौँदिको उकालो चढ्दा  आसिनपसिन हुन्थ्यो ।  साँझमा घर पुगिन्थ्यो ।  समय सँगै बिस्तारै  बिदा घट्दै गए ।  हेर्दा हेर्दै घटस्थापनाबाट सर्दै सर्दै सप्तमी कि अस्टमिमा घर जाने दिन आए ।  जती बिदा कटौती भए पनि देशको प्रगती त उस्तै होला !!

समय बित्दै गए ।  रितुहरु फेरिदै गए ।  दशैँहरु आउँदै जाँदै गरे । दसैं त सधैं उस्तै त हो । शरद रितुमा सधैं आउँछ अनि जान्छ पूरा   चहलपलसाथ  । मेरो लागि न त यो चाड पर सर्छ  न त अगाडि ।  न अरु कसैका लागि ।  परिवर्तन त केबल आफ्नो अवस्था र परिस्थितीमा हुने रहेछ ।  ।

बिदाका दिन कट्दै कट्दै  अचेल शून्य भएको छ ।  पहिले पहिले छुट्टीमा घर गइन्थ्यो ।  अचेल छुट्टीमा घरबाट छुट्टी माग्नुपर्छ ।

“ कहिलेको टिकेट लिइस् त बाबु ।  “  घरबाट  आमाले फोन गर्नुहुन्छ  बिहानै  ।  पूरा आशाका साथमा ।

“ छुट्टी मिल्दैन ममी ।  आउन सकिन्न जस्तो छ ।  “ म भन्छु ।  पूरा मलिन स्वरका साथमा ।

“ पाँच दिनको छुटी मिलाउनु जसरी भएपनि ।  भैरवस्थान जानुपर्छ सपरिवार ।  धेरै बर्ष भयो जाने भनेको ।”  द्रिढताका साथ स्वर सुनिन्छ ।

“ मिल्दैन ममी ।  छुट्टी भन्ने हुँदैन ।  काम छोड्न मिल्दैन ।  नाइट ड्युटि आदि छन् ।  तिहार र दशैँमा एउटा रोज्नुपर्ने अवस्था छ ।  “ म आफ्नो अवस्था सुनाउँछु ।

“ मिलाएसी जे पनि मिल्छ ।  जसरी भएपनि मिलाउनु ।  “ पूर्ण आदेशसरह सुनिन्छ अब ।  अब बुझाउन खोजेर सफल भइन्छ जस्तो लागेन ।

“मिल्यो भने आउँछु “ भनेर वार्तालाप मोड्छु ।  र अरु कुरा गरेर फोन काट्छु । मिल्ने त कुनै हालतमा  थिएन ।

दशैँ नजिकिँदै गर्दा यो गतिलो जिनिस पढिएछ जस्तो लाग्दैन हरेक वर्ष   ।  चाडपर्व  दिन रात भन्न नपाइने तर सबैलाई सानैदेखि   चाखलाग्ने जिनिस रहेछ  ” डाक्टर “ ।  रहर लागेर नै पढेको हो ।  अब जे छ त्यसलाई आत्मसात गर्नुको बिकल्प त छैन।

छोराछोरी  डाक्टर भयो भनेर खुशी हुने मनहरु कति  धेरै छन् ।  चाडपर्व आउँदा मलिन हुन्छन् ।  तर अरुले लगाएको जुत्ता कत्तिको सजिलो छ भन्ने कुरा आँफै नलगाएसम्म बुझ्न् सकिन्छ जस्तो लाग्दैन । कागजमा मात्रै मिति मिलाएर ड्युटि गर्न नमिल्ने ।  के गर्नु ? न दशैँको ड्युटि पछि  गर्दिन्छु भनेर हुने ।  दशैँमा नागरिकता नबाँडे पनि हुन्छ ।  प्रशासन बन्द भए पनि केही फरक पर्दैन ।   ।  बैन्क पनि बन्द भए हुन्छ ।  केही दिन ढिला भएर केही हुँदैन ।  तर दशैँमा मान्छे बिरामी हुन्नन् भन्ने छैन ।  सिकिस्त हुदैनन् भन्ने पनि छैन।

अमेरिका भएको छोराछोरीको आशा भन्दा नेपाल भित्रै बढी आशा हुनु स्वाभाबिक नै हो ।  यति सानो नेपालमा पनि २०० कि मि तय  गर्न एक दिन नै लाग्छ ।  बुलेट ट्रेन हुन्थ्यो त बिहान बेलुका घरबाट आउन सकिन्थ्यो होला ।  भबिश्यमा कल्पनामा रमाउनु बाहेक अहिले कुनै उपाय छैन ।

सानोमा रामायण र महाभारत धेरै हेरिएछ ।  त्यसैले कहिले कसो त जादु र चमत्कारले चुट्की भरमा सबै समस्या समाधान गरेको कल्पना गर्न मन लाग्थ्यो  ।  आज पनि मलाई कल्पनामा डुब्न मन लाग्छ ।  नारद मुनीले श्रीक्रिश्णले त्यति धेरै गोपिनिहरुलाई समय कसरी दिन्छन् त भनेर खोजिनिती गर्दा हरेक गोपिनिसँग एकै समयमा श्रिक्रिष्न पाएका थिए रे ।  हजारौँ अवतार लिएर सबैसँग एकैसाथ समय ब्यतित गर्न सक्थे रे। भगवान राम पनि सबै प्रजाका घरमा  एकैपटक पुग्थे रे। मलाई पनि दुई जना मात्र हुन सके त काम नै फत्ते हुने ।  आँखा चिम्लिन्छु ।  ध्यान गर्छु ।  द्रिढ  इच्छा   गर्छु ।  र आँखा खोल्छु ।  सबै उस्तै छ ।  म एउटै छु ।  आँखा चिम्लिदैँमा सिरियलमा जस्तो चमत्कार के हुन्थ्यो र !!

………….  “ के छ बाबु ।  आउने भइस् ।  “ बुवाको फोन आउँछ ।

“ उम् ।  आउन सकिन यसपटक ।  पेशा नै त्यस्तै पर्‍यो ।  “ म भन्छु बाध्यता झल्काउँदै ।

“ त्यसो भनेर कहाँ हुन्छ ।  यतिका  महिना भइसक्यो ।  दशैमात आउन पर्‍यो  ।  ब्यक्तिगत जीवन मिलाउन नसके त सन्तुलन बिग्रिन्छ ।  “  दिब्यज्ञान  दिन खोज्दै हुनुन्छ बुवा ।
ब्यक्तिगत जीवनको स्वाद कस्तो हुन्छ ! तीन बर्ष भइसक्यो  त्यती मजाले चाख्न पाएको छैन ।  खानाको सन्तुलन मिलाउन त हम्मे हम्मे हुन्छ ।

“ अब नमिल्ने  कुरामा के कुरा गर्नु ।  ९९ प्रतिशत म आउन सक्दिन ,बुवा  ।  आदि…….. “  म भन्छु निराशाका साथ । ..”……….. ।

यी कुराहरु सोच्दै थिएँ ।  सम्झना हुन्छ झट्ट ।  आज त मेरो मनप्रिय साथी प्युठान  जान लागेको दिन ।  स्वास्थ्य शिबिर सन्चालन  गर्न र घुम्न । उनलाई भनेको त थिएँ हिंड्ने बेला कल गर्नु भनेर ।  शायद उनले बिर्सिछन् होला ।  मैले अलिक ढिला सम्झिएँ ।  उत्त्निखेर कल गर्ने प्रयास गरे ।  टावर लागेन ।  अनि  मेसेज गरेँ ” शुभ यात्रा ।  “  हिंड्ने बेलामा प्रार्थना र शुभकामना गर्‍यो भने भगवानको खातामा पुग्छ रे सुरक्षाको जिम्मा  ।  जे होस् मैले मनबाटै प्रार्थना गरेँ ।

फिल्टर भएर बचेको थोरै मूल्यवान समयको सदुपयोग कसरी गर्ने भनेर चिन्तन गर्छु बेलामौकामा ।  अन्तर सम्बन्धलाई सुधार गर्नुपर्ला  भन्ने सोचले मनप्रिय साथीलाई सम्झिएँ ।  उनी पनि ब्यस्त छिन्  अचेल ।  फिल्टर  भएको समयमा मलाई कतै अटाउँछिन भन्ने आस छ ।  इष्टमित्रलाई सम्झिएँ । शुभकामनाका शब्दहरु उपहारस्वरुप पठाएँ ।  शब्दहरुमा खेल्ने प्रयास गर्दै छु । कनिकुथी शब्दहरु टपक्क टिपेर लेख्ने प्रयास गर्दै छु ।  ।  यसपटक दशैँमा म रमाउँदै छु ।  कलम ,आला, सेतो कोटका  साथमा ।  समयसँगै बोध हुँदैछ ” मानव  सेवा नै भगवानको  सेवा ।  विजया दशमीको  शुभकामना ।
#स्वास्थ्यजीवन
#स्वस्थ विचार।

साभार डा. शम्भु खनालको ब्लग बाट

Continue Reading
Advertisement " />

प्रमुख समाचार