Connect with us

समाचार

स्वस्थ मानिसहरु को रक्तचाप नाप्ने अभियानमा स्वास्थ्यकर्मीहरु

Published

on

काठमाडौँ ,३१  बैशाख । नेपालका  विभिन्न स्वास्थ्य संग सम्वन्धित संघ  संस्थाहरु  नेपाल विकास समाज, Institute of Medicine  का  स्वतन्त्र विद्यार्थी युनियन लगाएत स्वास्थ्यका अन्य संगठनहरु ( PSRN, YDA, PHSN, PHYSoN, NPHSS) ले  May Measurement Month(MMM-२०१८) अन्तर्गत स्वस्थ मानिसहरु को रक्ताचाप नाप्ने  अभियान सञ्चालन गरि  रहेका छन् ।
यो अभियान निरन्तर मे महिना भरि  देश भरका  विभिन्न जिल्ला तथा सहरहरु काठमाडौँ, भक्तपुर, धादिंग,चितवन, हेटौडा,नेपलगंज, बिराटनगर लगायत का ठाउँ हरुमा ४०० भन्दा बढी स्वयम  सेवक परिचालन गरि कार्यक्रम संचालन  भैरहेको मे मापन महिना का नेपाल संयोजक डा. दिनेश न्यौपानेले जनाएका छन्।
यो अभियान को मुख्य उदेश्य रक्तचापको अवस्था पत्ता लगाई उच्च रक्तचाप भएकाहरु लाइ समयमा नै उपचारमा ल्याउने र यसको नियन्त्रणबारे जनचेतना अभिवृद्धि गरि नसर्ने रोगको भारलाई कम गर्ने  उद्देश्य रहेको मे मापन महिना का प्रमुख  संयोजक कमल रानाभाट ले  बताएका छन ।
यस अघि वैशाख १९गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री माननीय पद्मा कुमारी अर्याललको रक्तचाप मापन गरेर ‘मे मापन महिना’ नेपाल २०१८ अभियान सुरु भएको थियो । यसवर्ष कम्तिमा १० हजारको  रक्तचाप मापन गरिने अभियानको लक्ष्य रहेको छ ।
कार्यक्रममा  उत्साहाजनक रुपमा स्वास्थ्यकर्मी, स्वास्थ्य संकायका विद्यार्थीहरु  तथा सर्बसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएका छन्। कार्यक्रमबाट साइलेन्ट किलरका रुपमा परिभाषित गरिएको उच्च रक्तचाप बारे समयमा नै जानाकारी गराएर  रक्तचापबाट हुने क्षति न्यूनिकरण गर्न सहयोग पुग्ने अपेक्ष्या  लिएको  छ ।

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार