Connect with us

समाचार

राज्यमन्त्री अर्यालले अाफ्नै प्रेसर नाप्दै सुरु गरिन मे मापन महिना

Published

on

काठमाडौं,१९ वैशाख । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललको रक्तचाप मापन गरेर ‘मे मापन महिना’ नेपाल २०१८ अभियान सुरु भएको छ ।

सन २०१७ देखि नेपालमा सञ्चालनमा आएको अभियानलाई अन्तराष्ट्रिय उच्च रक्तचाप समाजले नेतृत्व गरेको छ भने नेपालमा विभिन्न संघ संस्थाहरुसँग मिलेर त्रिवि शिक्षण अस्पतालको स्वतन्त्र विद्यार्थी युनियन लगाएत स्वास्थ्यका अन्य संगठनहरु ( PSRN, YDA, PHSN, PHYSoN, NPHSS, Nepal Development Society ) ले   अभियान सञ्चालन गरेका हुन ।

स्वास्थ्य मन्त्रालयमा आयोजित अभियानको उद्घाटन कार्यक्रममा बोल्दै राज्यमन्त्री अर्यालले नेपाल नसर्ने रोगको जोखिममा रहेको र यसतर्फ सरकार सचेत रहेको भन्दै आधारभूत स्वास्थ्य सेवालाई सहज बनाउन सकेमात्र यसको जोखिम कम हुने बताएकी छन्। उनले आधारभूत स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरीकको नैसर्गिक अधिकार रहेको बताउँदै यसका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छिन ।
कार्यक्रममा माननीय सांसदहरु, Institute of Medicine का डीन ज्यू, स्वास्थ्य सेवा बिभागका महानिर्देशक, मन्त्रालय तथा स्वास्थ्य सेवा बिभागका प्रमुखहरु, पत्रकार लगाएत स्वास्थ्य संकायका विधार्थीहरुको सहभागिता रहेको थियो ।

विश्वभर उच्च रक्तचापको  screening गर्नु तथा यसको नियन्त्रणबारे जनचेतना अभिवृद्धि गर्नु यस अभियानको प्रमुख लक्ष्य रहेको छ । गत वर्ष यस अभियानमा १ सय भन्दा बढि देशले भाग लिएका थिए भने १२ लाख भन्दा बढि व्यक्तिहरुले आफ्नो रक्तचाप मापन गराएका थिए ।

यसको नेतृत्व स्वास्थ्यकर्मीहरुले गरिरहेका छन् ।  यसवर्ष कम्तिमा १० हजारको  रक्तचाप मापन गरिने अभियानको लक्ष्य रहेको अायोजकले जनाएका छन्। साइलेन्ट किलरका रुपमा परिभाषित गरिएको उच्च रक्तचापबारे समयमा नै जानाकारि गराइएर उच्च रक्तचाप बाट हुने क्षति न्यूनिकरण गर्न सहयोग पुग्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार