Connect with us

समाचार

सुरक्षित गर्भपतनका बारेमा खुलेर छलफल गर्न थाले महिला र किशोरी

Published

on

 अर्घाखाँची १९ वैशाख । अर्घाखाँची जिल्लाका बिभिन्न ठाउँका युवा युवती, किशोरी, र महिलाहरुले, प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतनका बारेमा खुलेर छलफल गर्न थालेका छन् । पर्यावरण सचेतन समूहले अर्घाखाँची जिल्लाका विभिन्न ठाउँमा सञ्चालन गरेको सुरक्षित गर्भपतन र प्रजनन् स्वास्थ्य सम्वन्धी अन्तरक्रया कार्यक्रमका सहभागीलहरुले खुलेर छलफल गर्न थालेका हुन । जिल्लाको भुमिकास्थान नगरपालिकाको ढाकावाङ्ग, धारापानी, र मालारानी गाउँपालिको हसंपुर र वाँगीमा भएको प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन बारेमा सहभागी सुरुमा लजाउने गरे पनि कार्यक्रमको महत्व र फाइदा बुझेपछि खुलेर वहस र छलफल गर्न थालेका हुन ।

सुरक्षित गर्भपतन र प्रजनन् स्वास्थ्यका बारेमा खुल्ला रुपमा छलफल गर्नु हँुदैन भन्ने मानसिकता थियो । यस्तो महत्वपूर्ण पक्षलाई लाज र घृणाको रुपमा हेरीयो यस्ता विषयमा स्थानीय स्तरमा सचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा सहभागीहरुले थप जोड दिए । कार्यक्रममा सहभागी महिला र किशोरीहरुले भने–‘गाउँमा सुरक्षित गर्भपतन र प्रजनन् स्वास्थ्य सम्वन्धी कार्यक्रम भएका थिएनन् हामीले महसुस गरे पनि खुल्ला छलफल गर्ने अवर पाएका थिएनाँै , यो हामीलाई अवसर हो । यस्ता कार्यक्रम टोल टोलमा पु¥याउनुपर्छ । कार्यक्रमका सहभागी भुमिकास्थान नगरपालिका–४ धारापानीकी यमकला बञ्जाडेले भनिन् ‘हामी महिला स्वास्थ्य स्वायम सेविका भए पनि सुरक्षित गर्भपत, यसको कानुनी व्यवस्थाका बारेमा जानकार थिएनाँै । यस विषयमा ग्रामिण स्तरका महिलाहरुलाई बुझाउन सकिएको थिएन् । कार्यक्रमबाट हामीलाई पनि प्रयाप्त ज्ञान भयो । अव गाउँ स्तरका महिलाहरुलाई यस बारेमा बुझाउने उनले प्रतिवद्धता गरिन् ।

मालारानी गाउँपालिका–६ हसंपुरकी सहभागाी पत्रित्रा आचार्यले ‘हामीहरुलाई सुरक्षित गर्भपतनको बारेमा ज्ञान थिएन् । कति हप्ता सम्मको सुरक्षित गर्भपतन गर्न सकिन्छ,? कानुनी व्यवस्था के छ ? सुरक्षित गर्भपतन सेवा कहाँ उलब्ध छ ? भन्ने ज्ञानको अभाव थियो । यो कार्यक्रमले हामीलाई सचेत गरायो । यस्तो महत्वपूर्ण विषयमा हामीले पाएको जानकारी, र ज्ञान सीपलाई लक्षित वर्गसम्म पु¥याइ प्रतक्ष्य फाइदा लिने उनले बताइन ।

भुमिकास्थान नपा–१ की मनिता नेपालीले २४ घण्टे प्रसुती सेवा र सुरक्षिति गर्भपतनको बिषयलाई सँगै जोडेर लैजानुपर्ने बताइन । २४ घण्टे प्रसुती सेवा सञ्चालन भएको स्वाथ्य संस्थाबाट सुरक्षित गर्भपतनको सेवा दिन सके सेवा प्रभावकारी हुने र लक्षित बर्गले सेवा राम्रो पाउनेमा उनको जोड थियो ।

पर्यावरण सचेतन समूहका सचिव नारायण भुसालले गाउँ स्तरका महिलालाई प्रजनन् स्वास्थ सुरक्षित गर्भपत जस्ता विषयमा सचेत गराउन आवश्यक रहेको बताए । कानुनी ज्ञानको अभावले घरमा दुइ तीन जना वच्चा हुँदाहुँदै महिलाहरु बच्चा जन्माउन बाध्य छन् । उनले भने कानुनी व्यस्था अनुसार महिलाहरुलाई आफनो अधिकारको बारेमा सचेत गराइ उनीहरुको इच्छाका आधारमा राज्यले सुरक्षित गर्भपतन सेवा प्रदान गर्नुपर्छ । कार्यक्रमको सहजीकरण स्थानीय स्वास्थ्य संस्थाका इन्चार्जहरुले गरेका थिए । स्थानीय जनप्रतिनिधि तथा मालारानी गाउँपालिकाका वडा नं. ६, ७, ८, र ५, भुमिकास्थान नगरपालिका १, २ , र ४ स्थानीय जनप्रतिनिधिहरुले कार्यक्रम समय सान्दर्भिक भएकोले ग्रामिणस्तरमा अभियान सञ्चालन गर्न आग्रह गरे । उनीहरुले यो कार्यक्रम स्थानीय स्तरमा सञ्चालन गर्नको लागि अनुरोध गर्दै सवै किमिका सहयोग गर्ने समेत प्रतिवद्धता व्याक्त गरे ।

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार