Connect with us

समाचार

किशोर किशोरीले भेनः जीवनमा नयाँ कुरा सिकियो

Published

on

अर्घाखाँचि, वैशाख १६।  भुमिकास्थान नगरपालिकाका वडा नं.१ ढाकावाङ्ग, अर्घाखाँचि का किशोर किशोरीले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्व सम्वन्धी एक अन्तरक्रिया कार्याक्रम बाट जीवनमा उपयोगी हुने नयाँ कुरा पहिलो पटक सिकेको बताएका छन्। उनिहरूले यस भन्दा पहिला सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यका बारेमा यति धेरै कुरा नसिकेको र यस कार्यक्रमले ले जीवनमा नयाँ कुरा सिकाएको बताएका हुन्।   पर्यावरण सचेतन समूह–एग नेपाल र मेरी स्टोप सेन्टर सन्धिखर्कको आयोजनामा गरेको प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्व सम्वन्धी अन्तरक्रिया कार्याक्रममा सहभागीले यस्तो बताएका हुन् ।

किशोरी मञ्जु नेपालीले बिद्यालयमा किशोर  किशोरी प्रजनन् स्वास्थ्यका बारेमा पढे पनि बिद्यालयमा पढनु र यस्तो कार्यक्रममा सिक्नु फरक भएको बताइन्। बिद्यालयमा भन्दा यस्ता कार्यक्रमबाट धेर्रै कुरा सिकिदो रहेछ उनले भनिन् । अर्का सहभागी सागर पौडेललले भुमिकास्थान नगरपालिका १ नम्वर वडा लाई किशोर किशोरी मैत्री बनाउनु पर्नेमा जोड दिए । साथै उनले किशोर किशोरीको विषय कसैको प्राथामिकातामा परेनन् अव भुमिकास्थान नगरपालिका र १ नं. वडाले किशोर किशोरी लक्षित कार्यक्रममा गर्न वडा अध्यक्ष लाइ आग्रह गरे ।

कार्यक्रममा पर्यावरण सचेतन समूहका सचिव नारायण भुसालले  यो कार्यक्रम कसैको सहयोग नलिइ, किशोर किशोरीलाई जीवनमा केहि उपयोगी हुने हेतुले  किशोर किशोरीका लागि प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वको बारेमा जनचेतना अभियान सञ्चालन गरेको जानाकारि गराएका थिए।

अन्तरक्रिया कार्यक्रमको सहजीकरण मेरी स्टोप सेन्टरका दीपक शार्माले गरेका थिए । भुमिकास्थान नगरपालिका वडा नं. १ का अध्यक्ष भोजराज खनालले किशोर किशोरीलाई प्रथामिकतमा राखेर ढाकावाङ्गमा कार्यक्रममा गर्न लागेकोमा पर्यावरण सचेतन समूहलाई धन्यवाद दिए । हामि जनप्रतिनिधिको पनि किशोर किशोरी प्रति धेरै चासो थिएन । वास्तवमा यो विषय महत्वपूर्ण विषय हो यो उमेरका किशोर किशोरीलाई सहि बाटो दिन आवश्यक छ । यो हाम्रो जिम्मेवारी र दायित्व पनि हो । भविश्यमा कस्तो बन्ने भन्ने कुरा यहि समयले निर्धारण गर्ने हुदा अव वडाका कार्यक्रममा किशोर किशोरीको बिषयलाई समेटेर कार्यक्रम तयार गर्ने प्रतिवद्धता व्याक्त गरे ।

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार