Connect with us

समाचार

चिकित्सा शिक्षा अध्यादेश संसोधन गर्न स्वास्थ्य राज्य मंत्रीलाई ध्यानाकर्षण:

Published

on

काठमाडौँ-६ वैशाख:

अध्यादेशमार्फत जारी राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७३ ले चिकित्साबाहेक अन्य स्वास्थ्यका सम्पूर्ण क्षेत्र तथा संकायको पेशागत स्वतन्त्रता, हकअधिकार तथा पेशागत वृद्धिविकास लाई समेट्न नसकेको , विश्वविद्यालय तथा काउन्सिलको अधिकारलाई संकुचित गरिएको, स्वदेशी लगानिलाई निरूत्साहित गरि विदेशी लगानिलाई प्रोत्साहित गरेको जस्ता विविध कारणले  प्रतिस्थापन विधेयक मार्फत  संसोधन गर्न माननीय स्वास्थ्य राज्य मन्त्री पद्मा अर्याललाई ध्यानाकर्षण गराएका छन ।

स्वास्थ्यका सबै राष्ट्रिय पेशागत तथा विधार्थी संगठनका सरोकारवालाले गठन गरेको संयुक्त स्वास्थ्य सुधार संघर्ष समितिले स्वास्थ्य राज्य मंत्रीको ध्यनाकर्षण गराएको हो ।

चिकित्सा शिक्षा आयोगकी सदस्य तारा पोख्रेल संयोजक रहेको उक्त टोलीले संसोधन पत्रमा नेपालको संबिधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको मर्म अनुसार स्वास्थ्यका सबै विधाहरुलाई समेट्न प्रस्तावित विधेयकको नाम “राष्ट्रिय स्वास्थ्य विज्ञान शिक्षा ऐन हुनुपर्ने प्रमुख माग रहेको संयुक्त स्वास्थ्य सुधार समितिका सचिब तथा जनस्वास्थ्यकर्मी कमल रानाभाटले बताए ।

चिकित्सा शिक्षा अध्यादेशमा संसोधन गर्नुपर्ने प्रमुख बुदाहरु:

  • नेपालको संबिधान धारा १८ अन्तर्गत समानताको हकको मर्म अनुसार चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष जस्तो प्रशासक पदमा मनोनित हुन स्वास्थ्यका जुनसुकै संकायका वरिस्ठ स्वास्थ्यकर्मी हुने प्रावधान कायम गरियोस ।
  • चिकित्सा शिक्षा अध्यादेश नामको सट्टामा स्वास्थ्य विज्ञान शिक्षा अध्यादेश हुनुपर्ने । जुन नेपालको संबिधानको धारा ३५ मा “स्वास्थ्य सम्बन्धी हक” को मर्म अनुसार देखिन्छ साथै माथेमा आयोगले health profession शब्द उच्चारण गरेको छ जसको नेपाली अनुवाद चिकित्सा नभै स्वास्थ्य भन्ने बुझिन्छ ।
  • आयोगको सदस्य संख्या निर्धारण गर्दा जुन संकायको जनसंख्या धेरै छ सोहि अनुपातमा सदस्य संख्या निर्धारण गरियोस ।
  • आयोगको सदस्यमा महिला अनिबार्य गर्ने भनिएकोमा नर्सिङ संकायको महिला अनिबार्य राख्ने प्राबधान गरियोस ।
  • माथेमा आयोग प्रतिबेदनको मर्म अनुसार सम्पूर्ण स्वास्थ्यका स्नातकोत्तर (MN/MPH/MLT/MPharm etc.) तहका स्वास्थ्यका सम्पूर्ण शैक्षिक कार्यक्रमहरु निशुल्क गरियोस । हाल MD/MS मात्र निशुल्क भएको अवस्था रहेको अवगत गराईन्छ ।
  • यस अध्यादेशको दफा १३ मा नेपालमा नभएको शैक्षिक कार्यक्रमको नाममा विदेशीले नेपालमा लगानी गर्न पाउने प्राबधान रहेको छ । दीर्घकालीन रुपमा यस प्राबधानले नेपालको चिकित्सा शिक्षा प्रणाली विदेशीको हातमा जाने खतरा रहेको हुदा यस दफामा यथाशीघ्र पुनर्विचार गरियोस ।
  • देश संघीयतामा गैसकेको र अधिकारहरु तल्लो तहमा विकेन्द्रित भएको सर्बबिदितै छ । संघियताको मर्म अनुरुप त्रि.वि विश्वविधालय लगाएत अन्य विश्वविधालयको मेडिकल शिक्षा विकास तथा स्वायत्तको लागि Institute of Medicine, Institute of Nursing, Institute of Public Health तथा Institute of Allied Health को संरचना स्थापनाको लागि पहल गरियोस ।
  • प्रत्येक प्रदेशमा न्युनतम रुपमा एउटा प्रदेश स्तरीय प्रतिष्ठान या मेडिकल विश्वविध्यालय हुनु पर्नेछ सो भित्र Institute of Medicine, Institute of Nursing, Institute of Public Health तथा Institute of Allied Health को संरचना स्थापनाको लागि पहल गरियोस ।

यस अघि संयुक्त स्वास्थ्य सुधार संर्घष समितिले काठमाडौँमा गरेको ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशमाथिको विशेष बहस’ मा  भएको राष्ट्रिय अन्तरक्रियामा बोल्दै स्वास्थ्य तथा कानुनका अधिकांस विज्ञहरुले उक्त अध्यादेश फिर्ता लिन सुझाव दिएका थिए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार