Connect with us

समाचार

मेलानको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न

Published

on

२७ फाल्गुन, काठमाण्डौ। मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) को ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनले राजेन्द्र खड्काको नेत्रित्वमा नयाँ कार्यसमिति चयन गरेको छ। माननीय वातावरण तथा जनसंख्या मंत्री लालबाबु पण्डितको प्रमुख आथित्यमा  उक्त सम्मेलन सम्पन्न भएको छ । मुलुक संघीयतामा गएपछि प्रयोगशाला क्षेत्रको विकेन्द्रीकरण प्रदेश र स्थानीय स्तरसम्म हुनुपर्ने मर्मलाई आत्मसात गर्दै संगठनिक स्वरुपलाई केन्द्र, प्रदेश तथा स्थानीय तहमा लैजाने मेलान स्वास्थ्यको पहिलो पेशागत सङ्गठन बन्न सफल भएको छ ।

नवनिर्बाचित अध्यक्ष खड्काका अनुसार मेलानले प्रयोगशाला क्षेत्रलाई व्यवस्थित तथा वैज्ञानिक बनाउन अनुसन्धानमा आधारित प्रयोगशाला सेवालाई जोड दिनुपर्ने, प्रयोगशालाहरुको भौतिक पूर्वाधारहरुको स्तरोन्नति, र यस क्षेत्रमा प्रयोग हुने केमिकल्स तथा यन्त्र उपकरणहरुको प्रमाणीकरणलगायतका मुद्दा सशक्त रुपमा उठाउँदै आएको बताए। त्यस्तै मेलानले स्वास्थ्य सेवामा विकसित हुँदै आएको विशिष्टीकरण प्रणालीलाई स्वास्थ्य प्रयोगशाला क्षेत्रमा समेत लागू गर्न जनशक्ति उत्पादन र उत्पादित जनशक्तिहरुको व्यवस्थापन र निजी क्षेत्रमा प्रयोगशाला शिक्षा अध्यापन गराउने वातावरण सिर्जना गरिनुका साथै अध्ययनको नाममा चर्को शुल्क तथा यस क्षेत्रमा भएका गलत प्रवृतिको अन्त्यको लागि संगठन कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन ।

मेलानद्वारा जारी कार्यपत्रमा संघीय संरचना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय केन्द्रमा मात्रै रहेकाले प्रदेश सरकार अन्तर्गत स्वास्थ्यका कार्यक्रमहरु स्थानीय तहसम्म विकेन्द्रीकृत गरी ग्रामीण समुदायबीच पुर्‍याउन स्वास्थ्य प्रयोगशाला विभाग र परिषद् स्थापना गर्न स्वास्थ्य मन्त्रालयसँग माग गरेको साथै संघीय संरचना अनुसार स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन स्थानीय तह, प्रदेश तथा केन्द्रमा आवश्कता अनुसार दरबन्दी सिर्जना गरी अनुकूल नीतिनियम बनाउन मेलानले माग गरेको छ। साथै मेलानले निजी क्षत्रमा संञ्चालित प्रयोगशाला सेवालाई गुणस्तरीय, जनपक्षीय, व्यवस्थित र मर्यादित बनाउन सरकारी तवरबाट समन्वय गरी ती कार्यक्रमहरुमा निजी क्षेत्रलाई पनि सहभागी गराउन नेपाल सरकारलाई माग गरेको छ। संस्थापक तथा निवर्तमान केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद रिजालको सभापतित्वमा उक्त सम्मेलन सम्पन्न भएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार