Connect with us

समाचार

प्रधानन्याधिशलाई महाअभियोग नलगाए डा. गोविन्द केसी अनसन बस्ने चेतावनी

Published

on

१९-फाल्गुन, काठमाडौँ: स्वास्थ्य तथा चिकित्सा शिक्षा सुधारको लागि पटक पटक अनसन बस्दै आएका डा. गोविन्द केसीले संसदले प्रधानन्याधिश गोपाल पराजुली माथि महाअभियोग नलगाए पुन: अनसन बस्ने भन्दै विज्ञप्ति मार्फत ब्यबस्थापिका ससंदलाई ध्यानाकर्षण गराएका छन ।

विज्ञप्तिको पूर्ण पाठ:

प्रेस विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरु

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा सुशासनका मुद्दामा हामी निरन्तर लडि आएको विदितै छ । त्यसै क्रममा न्यायालय लगायत देशका संवैधानिक निकायका पदाधिकारीहरुलाई समेत जवाफदेही बनाएर ती निकायको कार्य सम्पादन निष्पक्ष र प्रभावकारी हुनुपर्छ भनेर हामीले बारम्बार भन्दै आएका छौं ।

त्यसै क्रममा प्रधान न्यायधीश गोपाल पराजुलीले गरेको भ्रष्टाचार र चरम् पदीय दुरुपयोगका कारण नेपालको न्यायालयको मर्यादामा गहिरो आँच पुगेकाले न्यायालयको मर्यादा फर्काउनका लागि पनि उनले पद छाड्नुपर्छ भनेर हामीले यस अघि एक चरण सत्याग्रह गरिसकेका छौं । त्यस क्रममा रातारात अवैध रुपमा हामीमाथि धरपकड गरिए पनि अन्ततः सर्वोच्च अदालतको इजलासले प्रधान न्यायधीश पराजुलीको विवादित नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाएर अनुसन्धान गर्ने आदेश दियो । त्यो अवस्थामा निष्पक्ष न्याय सम्पादनका लागि उनले पद छाड्नुपर्छ भनेर हामीले निरन्तर भन्दै आएका छौं ।

यसैबीच पराजुलीचाहिं हाम्रा तर्फका वकिललाई आफैं ज्यान मार्ने धम्की दिनेसम्मका कुकृत्यमा संलग्न मात्र भएनन्, मिडियामाथि सेन्सरसीप लगाएर आफ्ना कुकर्महरु छोप्ने प्रयासमा लागिरहेका छन् । लोकतान्त्रिक व्यवस्थामा योभन्दा लाजमर्दो अवस्था अर्को हुन सक्दैन ।

त्यसैले अब न्यायालयको छवि थप धमिलिन र न्याय सम्पादनमा थप भ्रष्टाचार संस्थागत भएर निरपेक्ष दण्डहीनता आउने अवस्था रोक्नका लागि लगत्तै बस्ने संसदले उनीमाथि महाभियोग लगाएर हटाउनुको विकल्प छैन । साथै संसदले चिकित्सा शिक्षा अध्यादेशलाई पनि यथाशीघ्र ऐनमा परिणत गर्नेछ भन्ने विश्वास हामीले लिएका छौं । समयमै सही रुपमा ऐन पारित नभएको खण्डमा त्यसका लागि उचित कदम चाल्न हामी बाध्य हुनेछौं ।

तत्काल चाहिं गोपाल पराजुलीको भ्रष्टाचार र दुष्कर्मका कारण देशको न्यायालय नै बन्धक बनिरहेको र पराजुलीले पदमा बसेर निरन्तर न्यायको संहार गरिरहेकाले त्यो अवस्था अन्त गर्नका लागि हामी सत्याग्रहसहित विरोधका कार्यक्रम ल्याउन बाध्य भएका छौं । त्यसैले निम्न मागहरु पूरा नभएको खण्डमा यही फाल्गुण २९ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गर्दर्छौं ।

सत्याग्रहका मागहरुः

१) न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने, न्यायालयको मर्यादा गिराउने, सिंगो न्यायालयलाई आफ्नो स्वार्थको बन्धक बनाउने तथा लोकतान्त्रिक संविधानको मर्ममा प्रहार गर्दै मिडियामा सेन्सरसीप लगाउन प्रयास गर्ने प्रधान न्यायधीश गोपाल पराजुलीबाट तत्काल राजीनामा दिइयोस्, नदिएको अवस्थामा तत्काल महाभियोगको प्रक्रियाबाट उनलाई पदबाट हटाएर उनीमाथि कानुनी छानविन र कारवाही गरियोस् ।

२) चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै दोषी ठहर्याइएका पदाधिकारीहरुलाई तत्काल आयोगको सिफारिशबमोविम कारवाही गरियोस् ।

डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज
२०७४।११।१९

साभार:

https://www.facebook.com/SolidarityForProfGovindaKc/

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार