Connect with us

जीवनशैली

बलिवूडकी चर्चितअभिनेत्री श्रीदेवीको हृदयाघात बाट निधन

Published

on

१३ फाल्गुन। बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ।

५४ वर्षीया श्रीदेवी दुबाईमा एउटा वैवाहिक कार्यक्रममा सहभागी भएका बेला हृदयाघात भएको ठानिएको छ।

उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन्।

श्रीदेवीले मिस्टर इण्डिया, चाँदनी, चालबाज र सदमा जस्ता व्यावसायिक रूपमा निकै सफलसहितका डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी थिइन्।

बालकलाकार

पुरूष कलाकारको सहयोग विनै सफल चलचित्र दिने थोरै अभिनेत्रीहरूमा श्रीदेवीको नाम आउँछ।

उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो।

बालकलाकारको रूपमा उनले चार वर्षको उमेरमा एउटा तमिल चलचित्रबाट काम शुरू गरेकी थिइन्।

बालकलाकारकै रूपमा उनले तेलुगु र मलयालम चलचित्रहरूमा पनि अभिनय गरेकी थिइन्।

दक्षिण भारतीय चलचित्रहरूमा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारका रूपमा बलिवूड चलचित्र ‘सोलहवा साल’ बाट अभिनय शुरू गरिन्।

सफल

सन् १९८० को दशकलाई अभिनेत्रीहरूको दृष्टिकोणले बलिवूडलाई श्रीदेवीको दशकको रूपमा व्याख्या गर्ने गरिन्थ्यो।

उनलाई ‘लेडी अमिताभ बच्चन’ पनि भन्ने गरिन्थ्यो।

सन् १९९७ मा जुदाई नामक चलचित्रमा अभिनय गरेपछि १५ वर्षसम्म उनी चलचित्रमा देखिनन्।

सन् २०१२ मा उनले इंग्लिश-विंग्लिश नामक चलचित्रमा अभिनय गरिन्। जुन व्यावसायिक रूपमा निकै सफल रह्यो।

सन् २०१७ मा मम नामक उनको चलचित्र आएको थियो।

हृदयाघात के हो र कसरी बँच्ने ?

डा. मनोज गैरे –

लक्षण

  • एक्कासी मुटु र देब्रे हात सहनै नसक्ने गरी दुख्ने
  • श्वास फेर्न गाह्रो हुने, पसिना आउने र डर लाग्ने ।

हृदयाघातका जोखिमहरू

समयमै हृदयाघातका जोखिमहरूको पहिचान गरी जीवनशैली परिवर्तन गरेमा हृदयाघातबाट बच्न सकिन्छ ।

  • उच्च रक्तचाप
  • धूमपान
  • मधुमेह
  • निष्क्रिय जीवनशैली
  • मानसिक तनाव
  • मोटोपना
  • उच्च कोलेस्टोल
  • अस्वस्थ खाना ।

आपतकालीन अवस्थाका लागि Aspirin tablet/Clopidogrel घरमा राख्ने, हृदयाघातको लक्षण देखा पर्नासाथ सो त्बदभित खाने र उपचारका लागि अस्पताल तुरुन्त जानुपर्छ ।

वास्तविक कारण

  • मुटुमा रहेको धमनीमा बोसो जमेर धमनीलाई बन्द गरिदिन्छ त्यसपछि मुटुको मासंपेशीले अक्सिजन नपाई मृत्यु हुन्छ । यसलाई नै हृदयाघात भनिन्छ ।
  • वंशाणु

मुटु रोग छ कि छैन भनेर पत्ता लगाउन प्रत्येक ६ महिनामा निम्न जाँच गर्नुपर्छ :

  • लिपिड प्रोफाइल
  • मुटुको गति
  • ईसीजी, रक्तचापको जाँच
  • इको

मुटुलाई रक्षा गर्ने खानेकुराहरू

  • जौ
  • आल्मोन्ड
  • साग (हरियो)
  • ब्रोकाउली
  • लसुन, प्याज
  • चिया (कालो)
  • टमाटर
  • ओखर, माछा
  • गाँजर
  • सखरखण्ड
  • थुप्रै प्रकारका गेडागुडी
  • स्याउ, कालो अंगुर, अनार, मेवा, सुन्तला र अन्य फल

अपनाउनुपर्ने जीवनशैली

  • उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रणमा राख्ने
  • तनावमुक्त जीवन जिउने
  • मोटोपन घटाउन ब्यायाम तथा योगा नियमित गर्ने । कम्तीमा पनि ३० मिनेट (बिहान र साँझ)
  • चुरोट, रक्सी र सुर्तीजन्य पदार्थको सेवन नगर्ने
  • नियमित रूपमा शरीरको लिपिड ९ँबत० परीक्षण गराउने
  • नियमित रूपमा चिकित्सकको सल्लाह लिने ।

सन्तुलित आहार

  • सीमित (चिनी, मिठाइ,  सेकेको वस्तु,  चिल्लो, चिप्स)
  • साप्ताहिक (बोसोरहित मासु, अण्डा)
  • दैनिक ठिक्क मात्रामा (सिमी, केराउ, भटमासको वस्तु, माछा, ओखर, तोरीको तेल, नरिवलको तेल,  जैतुन तेल,  दुग्ध पदार्थ र कालो चिया)
  • पटक–पटक दैनिक( अन्न, गहुँको रोटी, जौ, मकै, केरा, स्याउ, अनार, खरबुजा, कालो अंगुर, बन्दा, सागपात, गाँजर, मसरुम, फर्सी, गेडागुडी, लौका, ग्रिन ब्रोकाउली, प्याज, लसुन र टमाटर ।

एक्लै हुँदा हार्टअट्याकबाट बच्ने तरिका

एक्लै भएका बेला हार्टअट्याकबाट बच्ने उपाय जानिराख्नुपर्छ । हार्टअट्याकका कारण धेरैले ज्यान गुमाउनुपरिरहेको छ । हार्टअट्याकले धनी वा गरिब भन्दैन । यो रोगले उमेर पनि भन्दैन ।

सानो तथा ठूलो जोसुकैलाई आक्रमण गर्न सक्छ । हार्टअट्याक यो समय र यति बजे आउँदै छु भनेर भनिहाल्ने बेथा पनि होइन । तर हार्टअट्याक हुनासाथै के गर्ने भन्ने उपायका बारेमा जानकारी भएको खण्डमा यो बेथालाई सजिलै जित्न सकिन्छ ।

हार्टअट्याकले आक्रमण गर्‍यो भने मानिसहरूले यसबाट बच्न अनेक संघर्ष गर्नुपर्ने हुन्छ । यदि तपाईंलाई आफ्नो मुटुको चालमा अचानक अनावश्यक परिवर्तन अर्थात गलत संकेतको अनुभव भयो र आफू फेन्ट हुन्छु जस्तो लाग्यो भने यस बखत तपाईंसँग ह्रास गुमाउनुपूर्व जम्मा दस सेकेन्ड समय रहन्छ ।

तर धेरै मानिसलाई आफैंले आफ्नो उद्धार गर्न सकिन्छ भन्ने कुरा थाहा नहुन सक्छ । यसका लागि आफू आत्तिनु र हडबडाउनु हुँदैन । साथै आफू बेहोस हुनबाट पनि जोगिनुपर्छ । र, त्यसका लागि सकेसम्म खोकी राख्नुपर्छ ।

खोक्ने तरिका

खोक्नुभन्दा पहिले ठूलो सास लिनुपर्छ । गहिरो र लामो समयसम्म खोक्नुपर्छ । यसरी खोक्नुहोस् ताकि तपाईं आफ्नो फोक्सोमा जमेको थुक, खकार तथा अन्य केही कुरालाई बाहिर फाल्न चाहँदै हुनुहुन्छ ।

प्रत्येक २ सेकेन्डमा नबिराईकन श्वास लिनुपर्छ र खोक्नुपर्छ । यो प्रक्रिया डाक्टर नआएसम्म वा मुटुको धड्कन नर्मल नभएसम्म जारी राख्नुपर्छ । खोक्ने कार्यले एक प्रकारको दबाब पैदा गर्छ ।

यसले तपाईंको मुटु र रगत सञ्चारको गतिमा नियमितता ल्याउँछ । यस प्रकारको प्रेसर अर्थात् दबाबले तपाईंको मुटुको धड्कनको गतिलाई ब्यालेन्समा ल्याउन मद्दत पुर्‍याउँछ । डाक्टर नआइपुगेन्जेलसम्मका लागि यो एकदम भरपर्दो उपाय हो जसले थप नोक्सानी हुन दिंदैन ।

 

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

जीवनशैली

बच्चाको दाँत आउदा देखिने स्वास्थ्य समस्याहरु

Published

on

२८ वैशाख, काठमाण्डौ । केहि दिन अगाडिको कुरो हो, मेरा एक जना मित्रको फोन आयो । उनले भने, डा. साब मेरो सानो नौ महिनाको छोरा, पातलो हरियो दिशा चार, पाँच पटक गर्नुका साथै ज्वरो पनि छ । स्वभाव एकदम चिडचिडापन छ । रोई रहन्छ, केहि गर्दा पनि चुप लाग्दैन । काखमा लिएर घुमाउदा मात्र चुप लाग्छ । बच्चाको डाक्टरलाई देखाएर औषधि ख्वाएको केहि भएन । के होमियोप्याथिमा यसको उपचार छ?

मैले समय लिएर आउनुस् हेरु ? भने । बच्चालाई परीक्षण गरि हेर्दा, दाँत आउने क्रममा उपरोक्त समस्या देखिएको रहेछ । लक्षण अनुसार केहि औषधि दिएर साता दिनपछि फलोअपमा आउनु होला भनेर पठाए । बच्चा अहिले ठिक छ । यो त एउटा उदाहरण मात्र हो ।
यस किसिमको समस्याबाट धेरै जसो बच्चाहरु आफु त परेशान हुन्छ नै साथै आमाबाबुलाई पनि चिन्तित बनाउछ । आज यसै सन्दर्भमा जानकारी दिने प्रयास गरेको छु । उमेरनुसार बच्चाको दाँत आउनु स्वभाविक र प्राकृतिक प्रकृया हो । यो प्रकृया कष्टरहित हुनपर्ने हो । तर यो त्यसबेला मात्र संभव छ जव तपाईको बच्चा पुर्णतया स्वस्थ्य होस् । धेरै जसो बच्चाहरुलाई दुधको दाँत निस्किने बेलामा धेरै जसो स्वास्थ्य समस्याबाट गुज्रिनु पर्दछ अर्थात सामना गर्नुपर्ने हुन्छ।
दाँतको प्रकार : बच्चाको दाँत दुई प्रकारले आउँछ । दुधे दाँत र अर्को स्थाई दाँत । पहिलो पटक बच्चा लगभग पाँच/सात महिनाको उमेरमा दुधेदाँत निस्किन शुरु हुन्छ । दुई वर्ष नौ महिनाको उमेरसम्म बच्चाको दाँत आउने क्रम जारी नै रहन्छ । जसलाई अंग्रेजीमा प्राईमरी युरुपसन अफ टिथ भनिन्छ । यो स्टेजमा तलमाथि गरी बीसवटा दाँत आईसकेको हुन्छ। त्यसपछि ६ देखि १२ वर्ष उमेरको बीच दुधेदाँत झर्न शुरु भईहाल्छ र स्थाई दाँत आउने क्रम शुरु हुन्छ । जसलाई मेडिकल भाषामा (सेकेन्डरी युरुपसन अफ टिथ) भनिन्छ । दाँत आउने समयमा धेरै जसो बच्चाहरुलाई शारीरिक एवं मानसिक कष्टको सामना गर्नुपर्ने हुन्छ ।
लक्षण : दाँत आउने बेलामा बच्चाहरुमा देखिने प्राय जसो लक्षणहरु निम्न लिखित छन्, * दाँत ढिलो गरी आउनु । * चिडचिडापन, बेचैनी, डर, रुनु र कराउनु । * ज्वरो आउनु, ज्वरोको साथै शरीर कडा हुनु, ऐठन हुनु । * टाउको दुख्नु तथा शीर गर्म हुनु । * पातलो हरियो नपचेको दिसा गर्नु । * आँखा रातो, रसिलो हुनु, चिलाउनु, कचेरा आउनु । * कान दुख्नु , कानबाट पीप आउनु । * मुखबाट अत्यधिक र्‍याल बग्नु । * गिजा सुन्निनु, गिजा समवेदनशिल हुनु । कुनै चिज मुखमा राखेर गिजाले टोक्नु । * पेट फुल्नु, दुख्नु, पातलो दिशा हुनु, कब्जियत हुनु, बान्ता हुनु, पेटमा चुर्ना पर्नु, खानमा रुचि नहुनु । *पिशाब फेर्ने बेला दर्द हुनु । *निद्रा नलाग्नु, निद्रामा तर्सिनु, रुनु, कराउनु । * छाला सम्बन्धि समस्या देखिनु आदि ।
सल्लाह/सुझाव : (क) सामान्यत केहि शारीरिक एवं मानसिक परेसानि जस्तै, हल्का ज्वरो आउनु । तीन चार पटक पातलो दिशा हुनु, बच्चाको दाँत आउने बेला हुने नै कुरा हुन् । यसै दौरान बच्चामा अलिक चिडचिडापन पनि हुन्छ । यी सबै सामान्य कुराहरु हुन् । यसको लागि कुनै औषधिको आवश्यकता पर्दैन । बच्चाको शरीरले आफै म्यानेज गर्छ । (ख) ख्याल गर्नु पर्ने कुरो के हो भने ज्वरो आएको बेला बच्चालाई नुहाउनु हुँदैन । चिसोबाट बचाउनु पर्छ । जबसम्म बालक आमाको दुध खान्छ, तबसम्म बच्चाको स्वास्थ्य आमाको स्वास्थ्यसंग गाँसिएको हुन्छ । यसकारण तनाव, डर, भय, घवराहटबाट आमाले बच्नु पर्दछ । यसको असर पनि बच्चामा देखिन्छ । अत: बच्चा बिरामी भएको बेला आमाले हड्बडाउनु हुँदैन । दुध ख्वाउने आमाले आफ्नो खानपानमा विषेश ध्यान दिनु पर्दछ । आमाले खाने कुरा जे खान्छिन्, त्यसको असर बच्चामा पनि देखिन्छ । अत: भोजन सुपाच्य र पोषिलो हुनु पर्दछ ।
होमियोप्याथिक चिकित्सा : बच्चाको दाँत आउने बेलामा हुने समस्याको लागि होमियोप्याथिकमा बिभिन्न औषधिहरु छन् । जसको प्रयोग लक्षणअनुसार गरेमा रामबाणको काम गर्दछ । होमियोप्याथिक चिकित्साले बच्चाको दाँत सजिलैसित आउनुका साथै उसको सम्पूर्ण स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । दाँत पनि बलियो र मजबुत हुन्छ । कसै-कसैमा दुधेदाँत नझरिकन स्थायी दाँत आउन थाल्छ । यि दाँतहरु बाड्गो-टिड्गो, बिकृत, रुपमा आउछन्, पछि कालो भएर जान्छ । स्थायी दाँत आउनु भन्दा अगाडि या यसको दौरान होमियोप्याथिक उपचार गराउनले यस समस्याबाट सजिलै बच्न सकिन्छ । दाँत उम्रिनसाथै कालो हुने प्रवृति हटेर जानुका साथ आउने स्थायी दाँतहरु स्वस्थ्य र बलियो हुन्छन् ।
औषधिहरु : रोगीको शारीरिक अवस्था एवं मानसिक लक्षणहरुलाई मध्ये नजर राखेर प्रयोग गरिने केहि औषधिहरु निम्न लिखित छन् : केमोमिला, बेलाडोना, पोडोफाईलम, जालपा, क्रियोजोट, फाइटोलेक्का, कल्केरियाफाँस, कल्केरिया फ्लोर, कल्केरिया कार्ब, मर्कसल, साईलिशिया, स्टेफसिग्रिया, सल्फर, थुजा , ईथुजा, टेरिबिन्थ, मेगनेशिया कार्ब, टयुबरकुलिनम आदि ।
औषधिहरुको प्रयोग आफ्नो नजिकको कुनै योग्य तथा अनुभवि चिकित्सकसंग परामर्श लिएर सेवन गर्नु लाभदायक हुन्छ ।
अस्तु !
साभार कान्तिपुरम डा. ललित कुमार मिश्र को लेख  Mishradr.lk@gmail.com

Continue Reading

जीवनशैली

गाजर खाँदा आश्चार्यजनक फाइदा

Published

on

देबराज रेग्मी, २८ चैत्र। गाजर हाम्रो लागि कुनै नौलो  खानेकुरा त होइन तर पनि यसको फाइदा सुन्दा चाही तपाइलाई अचम्म लग्न सक्छ । हामीले यसलाई सोझै सलादको रुपमा अथवा पकाएर तरकारी वा हलुवाको रुपमा  सेवन गर्दै आइरहेकाछौ। यो खानमा स्वादिसष्ट मात्र होइन शरीरलाई पनि धेरै फाइदा गर्ने गर्दछ भनेर पुष्टि पनि भएको छ। प्रति १०० ग्राम गाजरमा ८८ ग्राम पानि, ०.९ ग्राम प्रोटिन, ४.७ ग्राम गुल्कोज, २.८ ग्राम रेशा, ०.३ ग्राम बोसो र केहि मात्रामा  भिटामिन के, बिटा केरोटिन ,एन्टी अक्सिडेन्ट आदि पनी हुन्छ।

यसको दैनिक सेवनले हाम्रो आँखा र छालालाई स्वास्थ्य बनाएर हामीलाई भर्खरको जस्तो बनाउछ । यानकी उमेर ढल्केसंगै हुने चाउरिपन पनि कम गर्दछ । आउनुहोस यसको फाइदा के कस्तो छ कुरा गरौँ।

१. यसमा विटा केरोटिन हुन्छ जसले मांसपेशीहरुलाई कसिलो बनाउछ र उमेर ढल्के संगै हुने चाउरिपन पनि कम गर्दछ।

२. यसमा हुने  बिटा केरोटिनले भिटामिन ‘ए’ निर्माणमा सहयोग गर्दछ जसले गर्दा  आँखा स्वास्थ्य हुन्छ ।

३. भिटामिन- ए ले आँखाको सिलिअरि मशललाई स्वस्थ बनाएर उमेर ढल्कदै गर्दा हुने आखाको कमजोरी बाट पनि जोगाउछ।

३. यसमा भएको   विटा केरोटिनले रोग प्रतिरोधी क्षमता वृद्धि  गर्दछ। त्यसैगरी, हाम्रो शरीरको कोषहरुलाई स्वास्थ्य पनि राख्दछ।

३. यसमा एन्टी अक्सिडेन्ट गुण  हुन्छ जसले उमेर वृद्धि संगै स्वतन्त्र आयोनले गर्ने  कोष ह्रास ( कोष मर्ने क्रम )   नियन्त्रण गर्दछ । जसले गर्दा हाम्रो छालामा चमक आउनुको साथै  छालाको  चाउरीपन पनि  कम हुन्छ।

४. यसमा हुने फल्कारिनोल तत्वले हामीलाई क्यान्सर हुनबाट बचाउछ। त्यसकारण, दैनिक गाजरको सेवन गर्दा क्यान्सर हुने सम्भावना कम हुन्छ ।

५. गाजरमा  प्रशस्त मात्रामा रेशा हुने हुदा पाचन शक्ति बढ्नुको साथै  शरीरमा चिनीको मात्र कम गर्दछ र चिनीजन्य रोगको जोखिम कम हुन्छ ।

६.  यसमा भएको रेशाले हाम्रो पाचन प्रणालीले गर्ने बोसो  शोषणमा  कम गरि   शरीरको तौल बढ्न दिदैन  । जसले गर्दा हाम्रो शरीरमा हुने मोटोपन कम हुन्छ। मोटोपन कम भएपछी  मोटोपनाबाट हुने रोगहरु र मुटु संग सम्बन्धित रोगहरुको संक्रमणको जोखिम पनि कम हुन्छ।

७. यो पोटासियमको राम्रो स्रोत हो जसको सेवनले हाम्रो मानसिक थकाई कम गर्दछ ।

८. यसमा भएको भिटामिन ‘के’ ले मुटुलाई स्वास्थ्य बनाउछ अनि मुटु सम्बन्धित रोगको जोखिम कम गर्दछ। भिटामिन के   हाम्रो आयु बढाउने भिटामिन पनि हो । यसले हाम्रो छाला स्वास्थ्य बनाउछ र हामी कम उमेरको जस्तो देखिन्छौ।

९. गाजरमा भएको भिटामिन ‘के’ले रगतमा प्रोथ्रमबिन नामक प्रोटिन उत्पादन गर्न सहयोग गर्दछ र छालालाई पनि स्वास्थ्य राख्दछ। प्रोथ्रमबिन  रक्तस्राब भएको बेलामा रगतलाई जमाएर (blood clotting) रगत वग्नबाट जोगाउने एकप्रकारको रगतमा हुने प्रोटिन हो।

१०. यसमा भएको प्रोटिन र गुल्कोजले हाम्रो शरीरको कोषलाई आवस्यक पर्ने शक्ति दिनुको साथै कोष पुन निर्माणमा पनि सहयोग गर्दछन।

११.गाजरले हाम्रो शरीरको कोलेस्टेरोलको मात्रा कम गर्दछ जसले गर्दा मुटु सम्बन्धित रोगहरुको जोखिम कम हुन्छ।

यसकारण गाजरमा धेरै पौष्टिक पदार्थहरु हुने हुदा हाम्रो शरीरलाई धेरै फाइदा गर्दछ। तसर्थ, हामीले दैनिक रुपमा गाजरको सेबन गर्नु राम्रो हुन्छ। यसलाई काचै अथवा नपाकाईन सलादको रुपमा खानु ठिक हुन्छ किनकि पाकाउदा यसमा भएको पोषणको मात्रा नस्ट हुनसक्छ।

(रेग्मी चितवनका जनस्वास्थ्य कर्मी हुन् हाल  राजिव गान्धी  विश्वविद्यालयमा एमपीएच  गर्दै छन् )

 

Continue Reading

अनुसन्धान

के नेपाल लगायत अविकसित राष्ट्रहरुले स्तन क्यान्सर निदानमा लगानी गर्नुपर्दछ ?

Published

on

१९-फाल्गुन, काठमाडौँ: वर्तमान अध्ययन अनुसार नेपालमा कुल रोगको भार मध्ये नसर्ने रोगहरुको स्थान 60 प्रतिशत रहेको छ । नसर्ने रोगहरुबाट हुने कुल मृत्युदर मध्ये क्यान्सरको योगदान विश्वमै प्रमुख स्थानमा पर्दछ। यसलाई नेपाली भाषामा अर्बुद रोगले समेत चिनिन्छ । विश्वमा हुने क्यान्सर मध्ये पुरुषहरुमा प्रोस्टेट क्यान्सर र महिलाहरुमा स्तन क्यान्सरको समस्याले मुख्य स्थान लिएको छ । नेपालमा भने पुरुषमा फोक्सोको क्यान्सर तथा महिलामा पाठेघरको क्यान्सर समस्या ज्यादातर देखिएको बिभिन्न अनुसन्धानले पुस्टि गरेका छन ।

नेपाल लगायत अविकसित रास्ट्रहरुमा स्तन क्यान्सरको morbidity र disease burden  बढ्दो छ। यो रोग धनि मुलुकका महिलाहरूको रोग भएतापनि पछिल्लो समयमा जीवनस्तरमा आएको व्यापक परिबर्तन सगै बिस्तारै अविकसित मुलुकका महिलाहरुको मृत्युको प्रमुख कारण बन्दै आएको छं । नेपालमा मुख्यतः चरम आर्थिक अभाब र क्यान्सरको अन्तिम अवस्थामा आएर रोग निदान हुने कारणले गर्दा यस रोगबाट धेरै महिलाहरुको मृत्यु भएको छ । अत: स्तन क्यान्सरबाट हुने morbidity र मृत्युको जोखिमबाट बच्न अविकसित मुलुकहरुले रोग निदानमा (Disease screening) लगानी गर्नु अत्यावश्यक देखिन्छ ।

विश्वमा प्रचलित स्तन क्यान्सर निदानका  पद्दतिहरु :

Mammography:  स्तन क्यान्सर निदानमा धेरै प्रयोग हुने विधि हो । जसले क्यान्सरको morbidity घटाउन निकै मद्त गर्दछ, प्राय: धनि राष्ट्रहरुमा यो विधि प्रयोगमा छ । तर यो विधि तन्नेरी उमेरका महिलाहरुको रोग निदानमा खासै प्रभाबकारी हुन सकेको छैन । यस विधिको प्रयोगको उपयोगिता बारे अविकसित मुलुकले अनुसन्धान गर्नुपर्ने देखिन्छ । यो विधिले समग्रमा अविकसित मुलुकका महिलाहरुको मृत्युदरलाई कम गर्दैन किनभने अविकसित देशका महिलाहरुमा प्राय: तन्नेरी उमेरमा स्तन क्यान्सर देखिन सुरु गर्दछ ।

Clinical Breast Examination:  यो विधि Mammography भन्दा सस्तो र किफायती पर्न जान्छ स्तन क्यान्सर निदानमा। अत: नेपालमा यसको प्रयोग स्तन क्यान्सर निदानमा भरपुर उपयोग गर्न सकिन्छ।

Disease screening का विधिहरुको रास्ट्रिय स्वास्थ्य प्रणालीमा संयोजन गर्नपुर्ब यसको किफायती (Cost effectiveness) र औचित्यताबारे बारे व्यापक अनुसन्धान गर्नुपर्ने देखिन्छ ।अविकसित रास्ट्रहरुले स्तन क्यान्सरको भारलाई घटाउन मुख्यतः धुम्रपान नियन्त्रण कार्यक्रम, स्वस्थ्यकर खानपिन र आहार तथा स्वस्थ्यकर जिबनशैलीलाई बढावा दिने गतिबिधिहरू संचालन गर्नुपर्ने निचोड यस अनुसन्धानले निकालेको छ ।

प्रमुख अनुसन्धानकर्ता:

डा.बिशाल ज्ञवाली,MD,PhD (लेखक हार्वर्ड युनिभर्सिटीमा क्यान्सर पोलिसी विधामा अध्यनरत छन)

यस अनुसन्धानबारे बृस्तित रुपमा हेर्नु परेमा कृपया तलको लिंकमा गएर हेर्न सक्नु हुन्छ:

http://link.springer.com/article/10.1007/s10552-016-0812-8

 

Continue Reading
Advertisement " />

प्रमुख समाचार