Connect with us

समाचार

२४ जिल्लामा फाल्गुन १२ गते देखि १४ सम्म हात्तीपाइलेको औषधि खुवाइँदै

Published

on

काठमाडौं- सरकारले फाल्गुन १२ गते अर्थात भोलि   देखि १४ गते सम्म  हात्तीपाइलेको जोखिमयुक्त २४ जिल्लाका ९१ लाख ५४ हजार जनसंख्यालाई हात्तीपाइले विरुद्धको औषधी खुवाउने भएको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले  तीन दिने आम औषधि वितरण कार्यक्रम गर्न लागेको हो।

महाशाखाको तथ्यांक अनुसार नेपालमा अहिले हात्तीपाइलेका ३० हजार बिरामी छन्। यो रोगका कारण कतिपय अपांग भएका छन् भने धेरैमा हाइड्रोसिलको समस्या पनि देखिएको छ । यसका साथै महिलामा स्तन सुन्निने, खुट्टा हात्तिको जस्तो ठुलो  हुने समस्या पनि देखिएको छ।

विशेषज्ञहरू का अनुसार वर्षमा एक पटकका दरले ६ वर्षसम्म यो रोगको औषधि अामरूपमा खाएमा  यो रोग निवारण  हुन्छ । यो औषधि सुरक्षित भएकोले  ढुक्कसँग सेवन गर्न सकिन्छ। औषधि सेवनपछि केहीमा  सामान्य साइडइफेक्ट हुनसक्छ। यो औषधि खाली पेटमा खानुहुँदैन। शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिहरुको हातीपाइले रोग  विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको  टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ। यदि त्यसो भएमा औषधिले प्रभावकारी  काम गर्दैछ भन्ने बुझ्नु पर्छ। ती लक्षणहरु केही घण्टाभित्रमा आफैं हराएर जाने हुन्छ। केहीगरी ती लक्षणहरु लामो समयसम्म रहिरहेमा नजिकको स्वास्थ्य संस्थामा आवश्यक सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्छ।।

सन् २०२० सम्ममा विश्वबाटै हात्तीपाइले रोग उन्मुलन गर्ने लक्ष्यका साथ नेपालमा सन् २००३ देखि निःशुल्क औषधि वितरण हुँदै आएको छ। दुई वर्ष नपुगेका बालबालिका, गर्भवती महिला, सात दिन भित्रका सुत्केरि, दीर्घरोगी (कुनै कडा रोग लागि औषधि  सेवन गरिरहेकाहरु, जस्तै क्यान्सर, मुटु रोगी, कलेजो रोगी, फोक्सोको दीर्घ  रोगी), छारे रोगीहरु, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले भने औषधि खान नहुने विशेषज्ञहरू बताउँछन्।

नेपालमा सुरुको तथ्याकं हेर्ने हो भने ६१ जिल्लामा यो रोग जनस्वास्थ्य समस्याको रूपमा रहेको  थियो । सन् २००३ बाट आम औषधि सेवन कार्यक्रम सुरु भएदेखि हाल सम्म ३७ जिल्लामा यो रोग निवारण भैसकेको छ।

 

हात्तीपाइले रोग विरुद्धको औषधि खान को लागि आम औषधि सेवन कार्यक्रम लागु भएका जिल्लाहरुमा तालिम  प्राप्त स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरुले तपाईंको घर नजिकैको बुथमा औषधि खुवाउने हुदा त्यहाँ जानु पर्दछ।

 

 

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार