Connect with us

समाचार

आँखा सेवामा नेत्र सहायकको भूमिका

Published

on

बिमल पौड्याल,१७ माघ। नेपालमा नेत्र सहायकको बिकास सन् १९८१ मा नेपालमा गरिएको पहिलो नेपाल अन्धोपन सर्वेक्षण भएबाट नै भएको हो । सन् १९७८ सम्ममा नेपाल सरकारको मातहतमा बिराटनगर, बिरगञ्ज, काठमाडौ र पोखरामा मात्र आँखा सेवा सिमीत थियो । काठमाडौ स्थित बीर अस्पतालमा रहेको नाक कान घाँटी तथा आँखाको संयूक्त बिभागमा आउने आँखा रोगीहरुको चाप तथा हटाउन सकिने अन्धोपनाका कारण रहेर पनि अनाहकमा धेरै मानिसहरु दृष्टिविहिन हुने गरेको र देशमा अन्धोपना कमी गर्न यो सेवाको विकास गर्नु पर्ने आवश्यकता महसुस गरि डा. रामप्रसाद पोख्रेलको नेतृत्वमा नेपाल आँखा अस्पतालको शुरुवात गैह् सरकारी संस्थाको रुपमा भएको थियो । सन् १९८० को अन्त्यतिर बिश्व स्वास्थ्य संगठन लगायत अन्य दात्री संस्थाहरुको सहयोग तथा डा. निकोल ग्रासेटको पहलमा नेपालमा अन्धोपनको सर्वेक्षण भयो जस्बाट नेपालमा अन्धोपन एउटा सख्त जनस्वास्थ्य समस्यको रुपमा रहेको पाईयो फलस्वरुप देशमा आँखा सेवाको बिकास को शुरुवात गैह् सरकारी संस्थाको रुपमा भयो ।
आँखा सेवा को शुरुवात आँखा डाक्टरहरुबाट मात्र संभव थिएन । सेवा सुचारु गर्नका लागि मध्यम स्तरिय आँखा जनशक्तिको विकासको खाँचो टड्कारो रुपमा देखियो र यसैको फलस्वरुप नेत्र सहायकको जन्म भयो ।

सन् १९८१ को मई महिनाबाट काठमाडौको बीर अस्पतालबाट ४० जनाको दरले नेत्र सहायक जनशक्तिको शुरुवात गरिएको थियोे भने हाल आएर यो जनशक्तिको माग बढ्न गई नेपाल का ८ वटा आँखा अस्पतालहरु (नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर, तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा, सगरमाथा चौधरी आँखा अस्पताल, लहान, लुम्वीनी आँखा अस्पताल, भैरहवा, भरतपुर आँखा अस्पताल, चितवन, फत्तेवाल आँखा अस्पताल, नेपालगञ्ज, राप्ती आँखा अस्पताल, दाङ र हिमालय आँखा अस्पताल, पोखरा) मार्फत नेत्र सहायकको प्रमाण पत्र तहको पठन पाठन भईरहेको छ । अफ्थाल्मीक साईन्स प्रमाणपत्र तहको यो पढाई एक बर्ष बेसिक साइन्स र दुई बर्ष ल्किनिकल अफ्थाल्मोलोजी गरि कूल तीन बर्षको पाठ्यक्रम अनुशार पठनपाठन हुने गर्छ । हाल संख्याको हिसावले ८०० जनाको हाराहारीमा रहेको नेत्र सहायक नेपालको आँखा सेवामा मेरुडण्डको रुपमा स्थापीत भैसकेको छ र आँखा अस्पतालहरुको अलावा देशको ७७ वटै जिल्लामा बिभिन्न गैह् सरकारी संस्थाहरुबाट सञ्चालित आँखा अस्पतालहरु, प्राथमिक आँखा उपचार केन्द्रहरु र निजी तहमा सञ्चालित आँखा उपचार केन्द्रहरु तथा निजी क्लिनीकहरुमा यो जनशक्ति सेवामा संलग्न रहेको तथ्याकंले देखाउँदछ ।

नेत्र सहायकले आँखा अस्पतालहरुमा नेत्र बिशेषज्ञको सहायकको रुपमा आँखा जाँच, उपचार, सामान्य शल्यक्रिया तथा चश्मा जाँच कार्यमा संलग्न छन् भने आँखाको जुनसुकै अपरेशनमा नेत्र बिशेषज्ञलाई सघाउने र आँखाको अनुसन्धनात्मक कार्यहरुमा सहभागिता जनाएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् बाट उत्पादित नेत्र सहायक नेपाल स्वास्थ्य व्यावसायी परिषद्मा दर्ता भएपछि परिषद्ले तोकेको आचार संहिताको आधारमा बिभिन्न तह र तप्कामा कार्यरत छन् । अहिलेकै स्थितिमा पनि आउँदा बर्षबाट बार्षिक ३०० जनाको दरले नेत्र सहायकको संख्यामा वृद्धि हुने हुँदा एकातर्फ नेत्र सहायकको पहुँचमा बृद्धि भई अन्धोपन निवारण कार्यमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ भने अर्को तर्फ नेत्र सहायकको बृद्धि बिकास, न्यायोचित वितरण, गुणात्मक उत्पादन तथा आँखा स्वास्थ्य सेवाको निति निर्माण र कार्यान्वयनको तहमा पनि सहभागिता हुनु पर्ने देखिन्छ ।

नेपालमा आँखा सेवा गैह् सरकारि संस्थाहरुको वाहुल्यतामा नै चलेका छ जस अन्तर्गत नेपाल नेत्र ज्योति संघ, तिलगंगा आँखा प्रतिष्ठान, नेपाल आँखा अस्पताल, नेपाल रेडक्रस सोसाईटी, लायन्स, मेची आइ फाउण्डेसन र केहि निजि क्षेत्रहरु रहेका छन् । आँखा को क्षेत्रमा केहि नेत्र सहायकहरु उच्च नेतृत्व तहमा समेत पुगेका छन् र संबन्धित निकायहरुबाट नेत्र सहायकको बिकासका लागि आवश्यक पहल भईरहेको पनि देखिन्छ तथापी नेत्र सहायकको हाल देखिएको चुनौतीहरुमा पदोन्नतीको समान अवसर नपाउनु, नयाँ आँखा बिषयक ज्ञान र शिपमूलक तालिमहरुको निरन्तरतामा कमी हुनु र पदिय स्थायित्वको बिश्वासमा कमी रहेको पाईएको छ ।

नेपालमा सञ्चालित आँखा अस्पताल, प्राथमिक तथा सामुदायिक आँखा उपचार केन्द्र र अन्य आँखा सम्बन्धी सेवा प्रदान गर्ने संघ, संस्थाहरुमा सेवारत समस्त नेत्र सहायकहरुको पेशागत हक हित र अधिकार तथा पदीय मर्यादाको प्रवर्धन तथा संरक्षण गरी उनीहरुको मनोवल सदा सर्वदा उच्च राख्न र राष्ट्रिय बिकास धारामा अन्य पेशाका नागरिक सरह समग्र रुपले प्रवाहित गर्न नेपालको संबिधान र ऐन कानुन अन्र्तगत रही नेपाल नेत्र सहायक परिवारको बिधान २०४८ प्रथम संशोधन २०६४ भै कार्यान्वयनमा रहेको छ तथापी नेपालको वर्तमान संबिधान र देशको राजनितिक विभाजनका आधारमा बिद्यमान नेत्र सहायक परिवारको बिधानलाई परिमार्जित गरि समय सामयिक बनाउन पनि उत्तिकै आवश्यक देखिन्छ ।

यसैगरि नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्र्तगतको आँखा स्वास्थ्यको लागि सर्वोच्च एकाइ (Apex Body for Eye Health) बाट तयार पारि कार्यान्वयनका लागि प्रक्रियामा रहेको आँखा स्वास्थ्य एैन २०७३ अन्तर्गतको प्रश्तावित संस्थागत संरचना नेपाल सरकार बाट लागु हुन गएमा देशमा आँखा सेवाको बिस्तार हुनुका साथै नेत्र सहायकको माग बढ्न जाने र अन्धोपन निवारण कार्यमा स्वास्थ्य चौकी तह सम्म पद स्थापन हुनजाने हुँदा यो पेशा अझ जिम्मेवारी पूर्ण र गरिमामय हुने कुरा स्पष्ट छ । अन्त्यमा नेपालका नेत्र सहायकहरु एक भई आफ्नो वृद्धि बिकासका साथै राष्ट्रको अन्धोपन निवारण कार्यमा अनुशाशित र मर्यादित भई नेपालको आँखा सेवाको मेरुडण्डकै रुपमा आफुलाई स्थापीत गर्नु पर्ने कुरामा कसैको दुई मत हुनु हुदैन ।

 

पौड्याल नेपाल नेत्र सहायक परिवार का अध्यक्ष हुन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार