Connect with us

समाचार

नयाँ स्वास्थ्य नीति मस्यौदा २०७४ माथि अन्तरक्रिया : संसोधन गर्नुपर्ने माग

Published

on

कमल रानाभाट,३० पाैष।  सङ्घीयतामा स्वास्थ्य प्रणालीलाई व्यबस्थपन गर्न बनेको नयाँ स्वास्थ्य नीतिको मस्यौदामा स्वास्थ्यका विभिन्न सरोकारवालाले नर्सिङ एशोसियसन अफ नेपालमा अन्तरक्रिया कार्यक्रम संचालन गरेका छन । उक्त अन्तरक्रिया कार्यकर्ममा तत्कालिन स्वास्थ्य मन्त्रि गिररिाजमणि पोखेरलको समयमा बनेको समितिको मस्यौदा र हाल बहालवाला स्वाथ्य मन्त्रि दिपक बोहोराको कार्यकालमा बनेको स्वास्थ्य मस्यौदा उपर तुलनात्मक अध्ययन गरि थप समाबेश गर्नुपर्ने विषयलाई उजागर गरिएको छ ।

कार्यकर्ममा अथितिको रुपमा बोल्दै प्रदेश ३ का माननीय सभासद डा. रामकुमार अधिकारीले नेपाललाई युरोप जस्तै सभ्य रास्ट्र बनाउन जनस्वास्थ्य क्षेत्र राज्यको प्रमुख प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । साथै स्वास्थ्य क्षेत्रमा हुने बैदेशिक परनिर्भरता हटाउन अहिलेको स्वाथ्य नीतिमा कम्तीमा राज्यले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप कुल बजेटको दश प्रतिशत लगानी गर्नु पर्ने बताउनु भयो ।

अथितिको रुपमा बोल्दै नेपका एमालेका पोलिटब्युरो सदस्य एबं पुर्ब स्वास्थ्य मन्त्रि बंसिधर मिश्रले नयाँ स्वास्थ्य नीतिको मस्यौदामा आधाभुत स्वाथ्य सेवाको परिभाषालाई स्पस्ट पारिनु पर्ने, निजि अस्पताल तथा सहकारी अस्पताललाई समेत स्वास्थ्य बिमाको दयारामा ल्याउनुपर्ने बताउनु भएको छ । संबिधानमा जस्तै सरकारी- निजि तथा सहकारीको योगदानलाई नयाँ स्वास्थ्य नीतिमा समेटिनु पर्ने बताउनुभयो ।

अथितिको रुपमा बोल्दै नेकपा माओवादी केन्द्रकी स्वास्थ्य इन्चार्ज अन्जना बिशंखेले जलबायु परिवर्तनको नकारात्मक असरबाट जुध्न अनकुलनका पद्दति लाई नयाँ स्वाथ्य नीतिमा समेटिनु पर्ने तथा चिकित्सा मात्र नभै अन्य वैकल्पिक स्वाथ्यका पद्दतिको विकाश गर्नुपर्ने बताउनुभयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय स्तरका एकदर्जन भन्दा बढी पेशागत संगठनका प्रतिनिधिहरुले आफ्नो धारणा राख्दै छलफल बाट निम्न बुदाहरुलाई नयाँ स्वास्थ्य नीतिमा समाबेस गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई नयाँ स्वास्थ्य नीति मस्यौदा २०७४ संसोधन गर्नुपर्ने माग राख्दै ध्यानाकर्षण गराएका छन् ।

  • नर्सिङ र मिडवाईफ्री शिक्षालाई नयाँ स्वस्थ्य नीतिमा समाबेश गरिनुपर्ने तथा नर्सिङ पेशालाई चिकित्सा शाखाको परिधिमा नभै अलग शाखामा समेटिनु पर्ने । साथै स्कुल नर्सको अनिबार्य व्यवस्था गर्नुपर्ने ।
  • संक्रामक रोग तथा नसर्ने रोगलाई उचित ब्यबस्थापन गर्न अर्ध-स्वायत्त निकायका सरकारी संरचनाको स्थापना गर्नुपर्ने उदाहरणको लागि अमेरिकाको Centers for Disease Control and Prevention (CDC) लाई लिन सकिन्छ ।
  • प्रत्येक सात प्रदेशमा प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् स्थापना गरिनुपर्ने ।
  • Primary Health care को एउटा core component को रुपमा रहेको Oral Health को आवश्यकता र पेशागत वृद्धि विकाशलाई समेटिनु पर्ने ।
  • नेपालको Eye Health क्षेत्र सरकारको प्राथमिकतामा नपरेको तथा केवल गैर सरकारी सँस्थाबाट मात्र नियमन हुने हुदा राज्यको स्वास्थ्य प्रणाली भित्र समेटिनु पर्ने ।
  • फिजियोथेरापी चिकित्सा पद्दतिको पेशागत वृद्धि विकाशलाई नयाँ स्वास्थ्य नीतिमा समेट्दै लोकसेवाले अनिबार्य दरबन्दी कायम गर्ने ब्यबस्थाको सुनिश्चितता गर्नुपर्ने ।
  • नेपालको संबिधानसभाको राज्यको नीतिमा उच्च शिक्षालाई क्रमसः निशुल्क गर्ने भनेकोमा नयाँ नीतिमा चिकित्सा लगाएत स्वास्थ्यका अन्य समानान्तर शैक्षिक कार्यक्रमहरु( नर्सिङ, जनस्वास्थ्य, प्रयोगशाला फार्मेसी आदि) क्रमशः निशुल्क बनाउनु पर्ने ।
  • प्रत्येक प्रदेशमा प्रदेश स्तरीय मेडिकल विश्व विद्यालय स्थापना हुनुपर्ने ।
  • विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप बिरामी र अस्पताल बेडको अनुपातमा वृद्धि गर्नुपर्ने ।
  • विषद (pesticides) व्यबस्थापन लाई केवल component को रुपमा मात्र नलिएर छुट्टै रणनीति बनाएर ब्यबस्थापन गर्नुपर्ने ।
  • वंशानुगत रोगहरुको व्यवस्थापनको लागि छुट्टै रणनीति बनाएर समेटिनु पर्ने ।
  • स्वास्थ्यका सम्पूर्ण क्षेत्रका सबै निकाय हरुमा समान तहका लागि समान तलब सुबिधाको ब्यबस्था गर्नुपर्ने ।
  • Health Care Technology को विकाशको लागि नयाँ नीतिमा अनिवार्य समेटिनु पर्ने ।
  • स्वस्थ मन्त्रालय तथा शिक्षा मन्त्रालयको अन्तरसम्बन्धलाई समवन्य गर्दै स्वास्थ्यको उत्पादन र खपत लाई सन्तुलन बनाउनु पर्ने ।

उक्त अन्तरक्रिया कार्यकर्ममा नयाँ स्वास्थ्य नीति मस्यौदाका पुर्ब सदस्य डा. सुजन बाबु मरहठ्ठाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । संयुक्त स्वास्थ्य सुधार संघर्ष समितिका सचिब कमल रानाभाटले कार्यक्रम संचालन गर्नु भएको उक्त कार्यक्रममा नर्सिङ एशोसियसन अफ नेपालकी कार्यबाहक अध्यक्ष गंगा थापाले कार्यक्रमको समापन गर्नु भएको थियो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार