Connect with us

जीवनशैली

दाह्री काट्न आउँछ ?

Published

on

अतुल मिश्र, काठमाडौं, २३ पाैष— हामीले नियमित रूपमा दाह्री काट्ने गरेका छौं । तर दाह्री कसरी काट्दा स्वस्थकर एवं वैज्ञानिक हुन्छ भन्ने जानकारी कमैलाई हुन सक्छ । हामीमध्ये धेरैजसोले दाह्री काट्ने तरिका आफ्ना बुवा, काका, दाइ वा कुनै आफन्तबाट सिकेका हुन्छौं ।

विदेशमा छुरा/ब्लेड वा मेसिनले दाह्री काट्ने गरिन्छ भने हाम्रो मुलुकमा अझै पनि छुरा/ब्लेडकै प्रयोग बढी हुने गर्छ । ‘गलत रूपले दाह्री काट्दा सबैभन्दा बढी फलिक्युलाइटिस अर्थात् हाम्रो रौंको जरो (रोमछिद्र) मा संक्रमण हुन्छ,’ छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, ‘दाह्री काट्न नजान्दा हामीले धेरै प्रकारका संक्रमण, छालासम्बन्धी समस्या निम्त्याउन सक्छौं ।’
थुप्रै व्यक्तिका लागि दाह्री काट्नु पीडादायक प्रक्रियासमेत हुने गर्छ । उनीहरू दाह्री काट्ने सही तरिका थाहा नभएर वा छिटछिटो त्यो काम सम्पन्न गर्ने निहुँमा आफूलाई नोक्सान पुर्‍याउँछन् । दाह्री काट्नका लागि व्यक्तिविशेषले आफूअनुकूल उपयुक्त समय, ब्लेड, साबुन र प्रक्रिया चयन गर्नुपर्ने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘अनुहारमा डन्डीफोर/एक्ने भएकाहरू, रूखो वा संवेदनशील छाला भएकाहरू, विभिन्न प्रकारका एलर्जी लगायतका समस्यासँग जुध्नेहरूले आफूलाई अनुकूल हुने गरी दाह्री काट्ने सामग्री र तरिका अपनाउनुपर्छ ।’
डन्डीफोर भएकाहरूले विशेष सावधानी अपनाउनुपर्छ । नत्र समस्या अझ गम्भीर हुन सक्छ । यस्ता व्यक्तिले इलेक्ट्रिक रेजरले दाह्री काट्ने गर्नुपर्छ, यद्यपि यसो गर्दा ब्लेडले काट्दा जस्तो चिल्लो नहुन सक्छ ।
अर्को कुरा, दाह्री काट्नलाई परम्परागत रूपको एउटा ब्लेड भएको रेजरको दाँजोमा घुम्ने टाउको भएको, न्यूनतम दुई वा योभन्दा बढी ब्लेडसहितको रेजर उपयुक्त हुन्छ । केही वर्षयता आएका दुई, तीन, चार वटा ब्लेड भएका रेजरहरू चलाउन सजिलो हुनुका साथै जोखिमको सम्भावना पनि कम हुन्छ ।
धारिलो नभएको वा धेरैपटक प्रयोगमा आइसकेको ब्लेडले दाह्री काट्दा समस्या हुन सक्छ । यस्तो अभ्यासले छाला रातो हुन सक्छ । साथै गाला वा घाँटीमा छाला ताछिने, कालाकाला दाग आउने पनि हुन सक्छ ।
‘यति मात्र नभई धार नभएको ब्लेडले रौंसँगै तपाईंको छालाको केही मात्रासमेत खौरेर बाहिर निकाल्छ,’ डा. कर्ण आंैल्याउँछन्, ‘रेजरलाई छालामा बेस्सरी नभएर हल्का दबाब दिएर दाह्री खौरनुपर्छ ।’
उपयुक्त ब्लेड चयनपछि दाह्री काट्नका लागि सही साबुन अर्थात् सेभिङ जेल वा फोम रोज्नुपर्छ । ‘दाह्री काट्नुअघि अनुहारलाई पानीले राम्ररी भिजाएर साबुन लगाउनुपर्छ । यसले छाला/रौं र ब्लेडबीच हुने घर्षण चिप्लो बनाउँछ र अनुहारमा हुन सक्ने नोक्सानलाई कम गर्छ ।’ डा. कर्णका अनुसार बास्ना आउने विभिन्न प्रकारका सेभिङ क्रिम, जेल, फोम वा साबुनले एलर्जीसमेत हुन सक्ने भएकाले आफूलाई कुन उपयुक्त हुन्छ भन्ने थाहा पाउनुसमेत आवश्यक हुन्छ ।
अनुहारमा दाह्री कुन दिशाबाट उम्रेको छ र कतातर्फ गइरहेको छ भन्ने बारेसमेत विशेष ध्यान दिनुपर्छ । जुन दिशामा रौँ उम्रेको छ, सधैंभरि त्यही दिशामा काट्ने प्रयास गर्नुपर्छ । धेरैजसो व्यक्तिले अनुहार चिटिक्क पार्न भनेर दाह्री उम्रेको दिशाविपरीत काटने गर्छन् । यसो गर्दा अनुहार बढी सफा त देखिन्छ तर छालाभित्र भएको रौँसमेत काटिन्छ । दाह्री उम्रेको दिशाविपरीत काट्दा अनुहारमा जलन, रातोपना, धब्बा, दाग, संक्रमण आदि हुने सम्भावना बढ्छ ।
दाह्री काट्दा छालामा भएको प्राकृतिक तेल, मोइस्चराइजर आदिसमेत खुर्किने हुन्छ । त्यसैले दाह्री काटिसकेपछि अनुहारमा एन्टिसेप्टिक पदार्थ लगाउनुपर्छ । मोइस्चराइजर तेल आदि लगाउँदा पनि राम्रै हुन्छ । यसो गर्नालेअनुहारको छाला थप सुक्खा हुन पाउँदैन ।
दाह्री के हो ?
प्राय: पुरुष अनुहारमा मुखमाथिवरिपरि बाक्लै आउने रौँलाई दाह्रीजुँगा भनिन्छ । जुँगा माथिल्लो ओठमाथि पलाउँछ भने दाह्री तल्लो ओठको तलदेखि चिउँडो र घाँटी हुँदै दुवै कानको जरासम्म फैलिन्छ । दाह्रीजुँगा शरीरको अन्य रौँजस्तै प्रोटिन (क्याराटिन) र प्रोटिनसँग मिल्दोजुल्दो वस्तुबाट बन्ने गर्छ । हाम्रो शरीरमा दाह्रीजुँगाको रौं नै सबैभन्दा बढी लचिलो र बलियो हुन्छ । एक व्यक्तिको अनुहारमा औसत करिब २५ हजारजति रौं हुन्छन् । अनुहारको रांै एक
दिनमा आधा मिलिलिटरको गतिले बढ्ने गर्छ ।
कुन समय उपयुक्त ?
कतिपय व्यक्तिले बिहान उठ्नासाथ त, कतिले साँझतिर वा केहीले त बिहान र साँझ दुवै समयमा दाह्री काट्ने गर्छन् । अमेरिकन एकेडेमी अफ डर्मेटोलजी (एएडी) का अनुसार दाह्री नुहाएलगतै काट्नु उपयुक्त हुन्छ । यो समय छाला पानीले राम्ररी भिजेको हुन्छ ।
अझ मनतातो पानीले नुहाएपछि दाह्री काट्नु निकै राम्रो मानिन्छ । मनतातो पानीले राम्ररी भिजाएर दाह्री काट्दा मासंपेशीले आराम पाउँछ, रोमछिद्रसमेत खुला हुन्छ ।
दाह्री काट्दा
  • मनतातो पानीले अनुहार राम्ररी भिजाउनुपर्छ ।
  • उपयुक्त सेभिङ क्रिम, जेल वा साबुन लगाएर अनुहारमा सेभिङ ब्रसको सहयोगले राम्ररी दल्नुपर्छ । यसो गर्दा दाह्री नरम मात्र हँुदैन, छालामाथिको मृतकोषिकासमेत हट्छ ।
  • जेल वा फोम औँलाले होइन, सेभिङ ब्रसले अनुहारमा लगाउनुपर्छ । यसो गर्दा मजाले पिँmज आउँछ, छालाको रक्तसञ्चार बढ्छ, अनुहारको व्यायामसमेत हुन्छ । क्रिम राम्ररी लागेपछि दाह्री काट्न सजिलो हुने भइहाल्यो ।
  • दाह्री काट्नुभन्दा अघि नै ब्लेड धारिलो छ कि छैन भन्ने सुनिश्चित गर्नुपर्छ । ब्लेडको गुणस्तर हेरेर, प्रयोग गर्दा दुखाएको छ कि, यो कुरा विचार गरेर निश्चित अन्तरालमा ब्लेड बदल्नुपर्छ ।
  • रेजरले अनुहारमा लामो स्ट्रोक्स लगाउनुपर्छ । यसो गर्दा ब्लेडमा दबाब कम पर्छ, राम्रो सेभिङ हुन्छ ।
  • दाह्री काट्दा रेजरलाई बारम्बार पानीले सफा गर्नुपर्छ । यसो गर्दा रेजरमा अडकेको रौँ निस्किन्छ र राम्ररी काट्छ ।
  • रेजरको प्रयोग रांै उम्रने दिशातिर गर्नुपर्छ । घाँटी, गाला, ओठ तल लगायत भागमा रांै उम्रने दिशा फरकफरक हुन्छ ।
  • दाह्री काटेपछि अनुहार मनतातो वा सामान्य पानीले राम्ररी धोएर एन्टिसेप्टिक लोसन, फिटकिरी अनि जाडो याम भए मोइस्चराइजर लगाउनुपर्छ ।
  • दाह्री काट्दा हुन सक्ने संक्रमणबाट जोगिन रेजरलाई सधैँ राम्ररी धोएर सुक्खा राख्नुपर्छ । सातामा एक पटक तातो पानीमा उमाल्ने वा घाममा केही बेर राख्ने गर्दा संक्रमणको सम्भावना कम हुन्छ ।
  • आफूले उपयोग गर्ने रेजर अरूलाई दिनु हुँदैन । सैलुनमा दाह्री बनाउँदा ब्लेड नयाँ भएको र औजार संक्रमणमुक्त भएको सुनिश्चित गर्नुपर्छ ।
दाह्री
  • एक व्यक्तिको दाह्रीको औसत लम्बाइ वार्षिक रूपमा ५.५ इन्च हुन्छ ।
  • तपाईंले कहिल्यै काट्नुभएन भने दाह्री २७.५ फिटसम्म लामो हुन सक्छ ।
  • एक व्यक्तिको जीवनकालमा दाह्री काट्नमा औसत रूपमा करिब ६२ दिन बित्ने गर्छ ।
  • एक महिनामा रांै एक सेन्टिमिटरले बढ्छ ।
  • दाह्री रातिभन्दा दिनमा बढी छिटो बढ्ने गर्छ ।
  • दाह्रीले प्रदूषण र धूलोसम्बन्धी एलर्जीबाट जोगाउँछ ।
  • दाह्रीजुँगाले सूर्यबाट निस्किने ९५ प्रतिशतसम्म परावैजनी किरणबाट जोगाउँछ ।
  • दाह्री पाल्दा छाला सुक्खा हुन पाउँदैन ।
atulmishra7@gmail.com
श्रोत कान्तिपुर दैनिक

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

जीवनशैली

बच्चाको दाँत आउदा देखिने स्वास्थ्य समस्याहरु

Published

on

२८ वैशाख, काठमाण्डौ । केहि दिन अगाडिको कुरो हो, मेरा एक जना मित्रको फोन आयो । उनले भने, डा. साब मेरो सानो नौ महिनाको छोरा, पातलो हरियो दिशा चार, पाँच पटक गर्नुका साथै ज्वरो पनि छ । स्वभाव एकदम चिडचिडापन छ । रोई रहन्छ, केहि गर्दा पनि चुप लाग्दैन । काखमा लिएर घुमाउदा मात्र चुप लाग्छ । बच्चाको डाक्टरलाई देखाएर औषधि ख्वाएको केहि भएन । के होमियोप्याथिमा यसको उपचार छ?

मैले समय लिएर आउनुस् हेरु ? भने । बच्चालाई परीक्षण गरि हेर्दा, दाँत आउने क्रममा उपरोक्त समस्या देखिएको रहेछ । लक्षण अनुसार केहि औषधि दिएर साता दिनपछि फलोअपमा आउनु होला भनेर पठाए । बच्चा अहिले ठिक छ । यो त एउटा उदाहरण मात्र हो ।
यस किसिमको समस्याबाट धेरै जसो बच्चाहरु आफु त परेशान हुन्छ नै साथै आमाबाबुलाई पनि चिन्तित बनाउछ । आज यसै सन्दर्भमा जानकारी दिने प्रयास गरेको छु । उमेरनुसार बच्चाको दाँत आउनु स्वभाविक र प्राकृतिक प्रकृया हो । यो प्रकृया कष्टरहित हुनपर्ने हो । तर यो त्यसबेला मात्र संभव छ जव तपाईको बच्चा पुर्णतया स्वस्थ्य होस् । धेरै जसो बच्चाहरुलाई दुधको दाँत निस्किने बेलामा धेरै जसो स्वास्थ्य समस्याबाट गुज्रिनु पर्दछ अर्थात सामना गर्नुपर्ने हुन्छ।
दाँतको प्रकार : बच्चाको दाँत दुई प्रकारले आउँछ । दुधे दाँत र अर्को स्थाई दाँत । पहिलो पटक बच्चा लगभग पाँच/सात महिनाको उमेरमा दुधेदाँत निस्किन शुरु हुन्छ । दुई वर्ष नौ महिनाको उमेरसम्म बच्चाको दाँत आउने क्रम जारी नै रहन्छ । जसलाई अंग्रेजीमा प्राईमरी युरुपसन अफ टिथ भनिन्छ । यो स्टेजमा तलमाथि गरी बीसवटा दाँत आईसकेको हुन्छ। त्यसपछि ६ देखि १२ वर्ष उमेरको बीच दुधेदाँत झर्न शुरु भईहाल्छ र स्थाई दाँत आउने क्रम शुरु हुन्छ । जसलाई मेडिकल भाषामा (सेकेन्डरी युरुपसन अफ टिथ) भनिन्छ । दाँत आउने समयमा धेरै जसो बच्चाहरुलाई शारीरिक एवं मानसिक कष्टको सामना गर्नुपर्ने हुन्छ ।
लक्षण : दाँत आउने बेलामा बच्चाहरुमा देखिने प्राय जसो लक्षणहरु निम्न लिखित छन्, * दाँत ढिलो गरी आउनु । * चिडचिडापन, बेचैनी, डर, रुनु र कराउनु । * ज्वरो आउनु, ज्वरोको साथै शरीर कडा हुनु, ऐठन हुनु । * टाउको दुख्नु तथा शीर गर्म हुनु । * पातलो हरियो नपचेको दिसा गर्नु । * आँखा रातो, रसिलो हुनु, चिलाउनु, कचेरा आउनु । * कान दुख्नु , कानबाट पीप आउनु । * मुखबाट अत्यधिक र्‍याल बग्नु । * गिजा सुन्निनु, गिजा समवेदनशिल हुनु । कुनै चिज मुखमा राखेर गिजाले टोक्नु । * पेट फुल्नु, दुख्नु, पातलो दिशा हुनु, कब्जियत हुनु, बान्ता हुनु, पेटमा चुर्ना पर्नु, खानमा रुचि नहुनु । *पिशाब फेर्ने बेला दर्द हुनु । *निद्रा नलाग्नु, निद्रामा तर्सिनु, रुनु, कराउनु । * छाला सम्बन्धि समस्या देखिनु आदि ।
सल्लाह/सुझाव : (क) सामान्यत केहि शारीरिक एवं मानसिक परेसानि जस्तै, हल्का ज्वरो आउनु । तीन चार पटक पातलो दिशा हुनु, बच्चाको दाँत आउने बेला हुने नै कुरा हुन् । यसै दौरान बच्चामा अलिक चिडचिडापन पनि हुन्छ । यी सबै सामान्य कुराहरु हुन् । यसको लागि कुनै औषधिको आवश्यकता पर्दैन । बच्चाको शरीरले आफै म्यानेज गर्छ । (ख) ख्याल गर्नु पर्ने कुरो के हो भने ज्वरो आएको बेला बच्चालाई नुहाउनु हुँदैन । चिसोबाट बचाउनु पर्छ । जबसम्म बालक आमाको दुध खान्छ, तबसम्म बच्चाको स्वास्थ्य आमाको स्वास्थ्यसंग गाँसिएको हुन्छ । यसकारण तनाव, डर, भय, घवराहटबाट आमाले बच्नु पर्दछ । यसको असर पनि बच्चामा देखिन्छ । अत: बच्चा बिरामी भएको बेला आमाले हड्बडाउनु हुँदैन । दुध ख्वाउने आमाले आफ्नो खानपानमा विषेश ध्यान दिनु पर्दछ । आमाले खाने कुरा जे खान्छिन्, त्यसको असर बच्चामा पनि देखिन्छ । अत: भोजन सुपाच्य र पोषिलो हुनु पर्दछ ।
होमियोप्याथिक चिकित्सा : बच्चाको दाँत आउने बेलामा हुने समस्याको लागि होमियोप्याथिकमा बिभिन्न औषधिहरु छन् । जसको प्रयोग लक्षणअनुसार गरेमा रामबाणको काम गर्दछ । होमियोप्याथिक चिकित्साले बच्चाको दाँत सजिलैसित आउनुका साथै उसको सम्पूर्ण स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । दाँत पनि बलियो र मजबुत हुन्छ । कसै-कसैमा दुधेदाँत नझरिकन स्थायी दाँत आउन थाल्छ । यि दाँतहरु बाड्गो-टिड्गो, बिकृत, रुपमा आउछन्, पछि कालो भएर जान्छ । स्थायी दाँत आउनु भन्दा अगाडि या यसको दौरान होमियोप्याथिक उपचार गराउनले यस समस्याबाट सजिलै बच्न सकिन्छ । दाँत उम्रिनसाथै कालो हुने प्रवृति हटेर जानुका साथ आउने स्थायी दाँतहरु स्वस्थ्य र बलियो हुन्छन् ।
औषधिहरु : रोगीको शारीरिक अवस्था एवं मानसिक लक्षणहरुलाई मध्ये नजर राखेर प्रयोग गरिने केहि औषधिहरु निम्न लिखित छन् : केमोमिला, बेलाडोना, पोडोफाईलम, जालपा, क्रियोजोट, फाइटोलेक्का, कल्केरियाफाँस, कल्केरिया फ्लोर, कल्केरिया कार्ब, मर्कसल, साईलिशिया, स्टेफसिग्रिया, सल्फर, थुजा , ईथुजा, टेरिबिन्थ, मेगनेशिया कार्ब, टयुबरकुलिनम आदि ।
औषधिहरुको प्रयोग आफ्नो नजिकको कुनै योग्य तथा अनुभवि चिकित्सकसंग परामर्श लिएर सेवन गर्नु लाभदायक हुन्छ ।
अस्तु !
साभार कान्तिपुरम डा. ललित कुमार मिश्र को लेख  Mishradr.lk@gmail.com

Continue Reading

जीवनशैली

गाजर खाँदा आश्चार्यजनक फाइदा

Published

on

देबराज रेग्मी, २८ चैत्र। गाजर हाम्रो लागि कुनै नौलो  खानेकुरा त होइन तर पनि यसको फाइदा सुन्दा चाही तपाइलाई अचम्म लग्न सक्छ । हामीले यसलाई सोझै सलादको रुपमा अथवा पकाएर तरकारी वा हलुवाको रुपमा  सेवन गर्दै आइरहेकाछौ। यो खानमा स्वादिसष्ट मात्र होइन शरीरलाई पनि धेरै फाइदा गर्ने गर्दछ भनेर पुष्टि पनि भएको छ। प्रति १०० ग्राम गाजरमा ८८ ग्राम पानि, ०.९ ग्राम प्रोटिन, ४.७ ग्राम गुल्कोज, २.८ ग्राम रेशा, ०.३ ग्राम बोसो र केहि मात्रामा  भिटामिन के, बिटा केरोटिन ,एन्टी अक्सिडेन्ट आदि पनी हुन्छ।

यसको दैनिक सेवनले हाम्रो आँखा र छालालाई स्वास्थ्य बनाएर हामीलाई भर्खरको जस्तो बनाउछ । यानकी उमेर ढल्केसंगै हुने चाउरिपन पनि कम गर्दछ । आउनुहोस यसको फाइदा के कस्तो छ कुरा गरौँ।

१. यसमा विटा केरोटिन हुन्छ जसले मांसपेशीहरुलाई कसिलो बनाउछ र उमेर ढल्के संगै हुने चाउरिपन पनि कम गर्दछ।

२. यसमा हुने  बिटा केरोटिनले भिटामिन ‘ए’ निर्माणमा सहयोग गर्दछ जसले गर्दा  आँखा स्वास्थ्य हुन्छ ।

३. भिटामिन- ए ले आँखाको सिलिअरि मशललाई स्वस्थ बनाएर उमेर ढल्कदै गर्दा हुने आखाको कमजोरी बाट पनि जोगाउछ।

३. यसमा भएको   विटा केरोटिनले रोग प्रतिरोधी क्षमता वृद्धि  गर्दछ। त्यसैगरी, हाम्रो शरीरको कोषहरुलाई स्वास्थ्य पनि राख्दछ।

३. यसमा एन्टी अक्सिडेन्ट गुण  हुन्छ जसले उमेर वृद्धि संगै स्वतन्त्र आयोनले गर्ने  कोष ह्रास ( कोष मर्ने क्रम )   नियन्त्रण गर्दछ । जसले गर्दा हाम्रो छालामा चमक आउनुको साथै  छालाको  चाउरीपन पनि  कम हुन्छ।

४. यसमा हुने फल्कारिनोल तत्वले हामीलाई क्यान्सर हुनबाट बचाउछ। त्यसकारण, दैनिक गाजरको सेवन गर्दा क्यान्सर हुने सम्भावना कम हुन्छ ।

५. गाजरमा  प्रशस्त मात्रामा रेशा हुने हुदा पाचन शक्ति बढ्नुको साथै  शरीरमा चिनीको मात्र कम गर्दछ र चिनीजन्य रोगको जोखिम कम हुन्छ ।

६.  यसमा भएको रेशाले हाम्रो पाचन प्रणालीले गर्ने बोसो  शोषणमा  कम गरि   शरीरको तौल बढ्न दिदैन  । जसले गर्दा हाम्रो शरीरमा हुने मोटोपन कम हुन्छ। मोटोपन कम भएपछी  मोटोपनाबाट हुने रोगहरु र मुटु संग सम्बन्धित रोगहरुको संक्रमणको जोखिम पनि कम हुन्छ।

७. यो पोटासियमको राम्रो स्रोत हो जसको सेवनले हाम्रो मानसिक थकाई कम गर्दछ ।

८. यसमा भएको भिटामिन ‘के’ ले मुटुलाई स्वास्थ्य बनाउछ अनि मुटु सम्बन्धित रोगको जोखिम कम गर्दछ। भिटामिन के   हाम्रो आयु बढाउने भिटामिन पनि हो । यसले हाम्रो छाला स्वास्थ्य बनाउछ र हामी कम उमेरको जस्तो देखिन्छौ।

९. गाजरमा भएको भिटामिन ‘के’ले रगतमा प्रोथ्रमबिन नामक प्रोटिन उत्पादन गर्न सहयोग गर्दछ र छालालाई पनि स्वास्थ्य राख्दछ। प्रोथ्रमबिन  रक्तस्राब भएको बेलामा रगतलाई जमाएर (blood clotting) रगत वग्नबाट जोगाउने एकप्रकारको रगतमा हुने प्रोटिन हो।

१०. यसमा भएको प्रोटिन र गुल्कोजले हाम्रो शरीरको कोषलाई आवस्यक पर्ने शक्ति दिनुको साथै कोष पुन निर्माणमा पनि सहयोग गर्दछन।

११.गाजरले हाम्रो शरीरको कोलेस्टेरोलको मात्रा कम गर्दछ जसले गर्दा मुटु सम्बन्धित रोगहरुको जोखिम कम हुन्छ।

यसकारण गाजरमा धेरै पौष्टिक पदार्थहरु हुने हुदा हाम्रो शरीरलाई धेरै फाइदा गर्दछ। तसर्थ, हामीले दैनिक रुपमा गाजरको सेबन गर्नु राम्रो हुन्छ। यसलाई काचै अथवा नपाकाईन सलादको रुपमा खानु ठिक हुन्छ किनकि पाकाउदा यसमा भएको पोषणको मात्रा नस्ट हुनसक्छ।

(रेग्मी चितवनका जनस्वास्थ्य कर्मी हुन् हाल  राजिव गान्धी  विश्वविद्यालयमा एमपीएच  गर्दै छन् )

 

Continue Reading

अनुसन्धान

के नेपाल लगायत अविकसित राष्ट्रहरुले स्तन क्यान्सर निदानमा लगानी गर्नुपर्दछ ?

Published

on

१९-फाल्गुन, काठमाडौँ: वर्तमान अध्ययन अनुसार नेपालमा कुल रोगको भार मध्ये नसर्ने रोगहरुको स्थान 60 प्रतिशत रहेको छ । नसर्ने रोगहरुबाट हुने कुल मृत्युदर मध्ये क्यान्सरको योगदान विश्वमै प्रमुख स्थानमा पर्दछ। यसलाई नेपाली भाषामा अर्बुद रोगले समेत चिनिन्छ । विश्वमा हुने क्यान्सर मध्ये पुरुषहरुमा प्रोस्टेट क्यान्सर र महिलाहरुमा स्तन क्यान्सरको समस्याले मुख्य स्थान लिएको छ । नेपालमा भने पुरुषमा फोक्सोको क्यान्सर तथा महिलामा पाठेघरको क्यान्सर समस्या ज्यादातर देखिएको बिभिन्न अनुसन्धानले पुस्टि गरेका छन ।

नेपाल लगायत अविकसित रास्ट्रहरुमा स्तन क्यान्सरको morbidity र disease burden  बढ्दो छ। यो रोग धनि मुलुकका महिलाहरूको रोग भएतापनि पछिल्लो समयमा जीवनस्तरमा आएको व्यापक परिबर्तन सगै बिस्तारै अविकसित मुलुकका महिलाहरुको मृत्युको प्रमुख कारण बन्दै आएको छं । नेपालमा मुख्यतः चरम आर्थिक अभाब र क्यान्सरको अन्तिम अवस्थामा आएर रोग निदान हुने कारणले गर्दा यस रोगबाट धेरै महिलाहरुको मृत्यु भएको छ । अत: स्तन क्यान्सरबाट हुने morbidity र मृत्युको जोखिमबाट बच्न अविकसित मुलुकहरुले रोग निदानमा (Disease screening) लगानी गर्नु अत्यावश्यक देखिन्छ ।

विश्वमा प्रचलित स्तन क्यान्सर निदानका  पद्दतिहरु :

Mammography:  स्तन क्यान्सर निदानमा धेरै प्रयोग हुने विधि हो । जसले क्यान्सरको morbidity घटाउन निकै मद्त गर्दछ, प्राय: धनि राष्ट्रहरुमा यो विधि प्रयोगमा छ । तर यो विधि तन्नेरी उमेरका महिलाहरुको रोग निदानमा खासै प्रभाबकारी हुन सकेको छैन । यस विधिको प्रयोगको उपयोगिता बारे अविकसित मुलुकले अनुसन्धान गर्नुपर्ने देखिन्छ । यो विधिले समग्रमा अविकसित मुलुकका महिलाहरुको मृत्युदरलाई कम गर्दैन किनभने अविकसित देशका महिलाहरुमा प्राय: तन्नेरी उमेरमा स्तन क्यान्सर देखिन सुरु गर्दछ ।

Clinical Breast Examination:  यो विधि Mammography भन्दा सस्तो र किफायती पर्न जान्छ स्तन क्यान्सर निदानमा। अत: नेपालमा यसको प्रयोग स्तन क्यान्सर निदानमा भरपुर उपयोग गर्न सकिन्छ।

Disease screening का विधिहरुको रास्ट्रिय स्वास्थ्य प्रणालीमा संयोजन गर्नपुर्ब यसको किफायती (Cost effectiveness) र औचित्यताबारे बारे व्यापक अनुसन्धान गर्नुपर्ने देखिन्छ ।अविकसित रास्ट्रहरुले स्तन क्यान्सरको भारलाई घटाउन मुख्यतः धुम्रपान नियन्त्रण कार्यक्रम, स्वस्थ्यकर खानपिन र आहार तथा स्वस्थ्यकर जिबनशैलीलाई बढावा दिने गतिबिधिहरू संचालन गर्नुपर्ने निचोड यस अनुसन्धानले निकालेको छ ।

प्रमुख अनुसन्धानकर्ता:

डा.बिशाल ज्ञवाली,MD,PhD (लेखक हार्वर्ड युनिभर्सिटीमा क्यान्सर पोलिसी विधामा अध्यनरत छन)

यस अनुसन्धानबारे बृस्तित रुपमा हेर्नु परेमा कृपया तलको लिंकमा गएर हेर्न सक्नु हुन्छ:

http://link.springer.com/article/10.1007/s10552-016-0812-8

 

Continue Reading
Advertisement " />

प्रमुख समाचार