Connect with us

बिषेशज्ञ लेख

किन हुन्छ जाडोयाममा डिप्रेसन बढि?

Published

on

डा. ललित कुमार मिश्र,   २० पौष। जाडोको याममा अवसादडिप्रेसन हुनु, एक मानसिक समस्याको रुपमा देखिन्छ । डिप्रेसन हुनुमा यसका अनेकौ कारणहरु छन् । यदि तपाई जाडोको माहिनामा अन्य मौसमको तुलनामा आलस्य, थकानका साथै उदासीपन महशुस गर्नु हुन्छ भने तपाईलाई सिजनल एफेक्टिव डिसार्डर (सैड) को समस्या हुनसक्छ ।
जाडो मौसममा प्राय गरि दिउँसो सुर्यको प्रकाश (घाम) कमै पाईन्छ अर्थात घामै लाग्दैन। यस्तो अवस्थामा हाम्रो मस्तिष्कमा रहेको ‘सेरोटोनिन’ नामक रसायनिक तत्व प्रभावित हुन्छ। जसले गर्दा हाम्रो मुड बिनाकारण त्यसै जतिखेर पनि खराव नै रहन्छ। यसरी बराबर मुडअफ भइरहने अवस्थाले हामीलाई अवसादडिप्रेसनको शिकार बनाउन सक्छ।
के हो सिजनल एफेक्टिभ डिसाडर्र (सैड)?
यस रोगको बारेमा चिकित्सा विज्ञानमा सर्वप्रथम सन १९८० को दशकबाट देखिएको हो। यसभन्दा अगाडि पनि कयौं चिकित्सक तथा बिरामीहरुमा यसको जानकारी थियो। जाडोको मौसम सुरु हुने बितिक्कै व्यक्तिको स्वभावमा बदलाव देखिन सुरु भैई हाल्थ्यो। यस तथ्यको बर्णन पाँचौ शदी ईशापुर्वमा आधुनिक चिकित्सा विज्ञानका जन्मदाता ‘हिप्पोक्रेटसका केहि आलेखहरुमा पनि भेटिन्छ। सिजनल एफेक्टिव डिसाडर्र (सैड)लाई विन्टर डिप्रेसन पनि भनिन्छ। विश्वमा कयौं यस्ता मुलुकहरु पनि छन्, जहाँ दिन लामो तथा घामको सर्वथा अभाव नै रहन्छ। त्यस्ता मुलुकहरुमा विन्टर डिप्रेसनका रोगीहरु भेटिनु एक आम समस्या हो। जस्तै नर्थ-नर्वे, रसियाको नर्थपोल, डेनमार्क, फिनलेन्ड, ग्रिनलेन्ड, स्विडेनमा वर्षको ६ महिना रात र ६ महिना दिन रहन्छ। त्यहाँ विन्टर डिप्रेसनका समस्याबाट पीडित व्यक्तिहरु बढि भेटिन्छन्। यहि कारण होला कि त्यहाँ का मानिसहरुमा आत्महत्या गर्नेको सँख्या सवैभन्दा बढि देखिन्छ।
सिजनल एफेक्टिव डिसआडर- (सैड) को बारेमा केहि तथ्यहरु:
(१) यो कुनै जरुरी छैन कि चिसो ठाउँमा बस्ने मानिसहरुलाई नै यो रोग लाग्छ भनेर। जहाँ चिसो कम हुन्छ, त्यस्ता ठाउँमा बस्ने मानिस बढि जाडो हुने ठाउँमा आइ बसेमा यस किसिमको समस्या हुने सम्भावना उनीहरुमा बढी हुन्छ।
(२) महिलाहरुमा यो रोग लाग्ने आशंका बढि हुन्छ।
(३) १५ देखि ५५ वर्षको उमेर भएका व्यक्तिहरुमा यो रोग लाग्ने सम्भावना बढि रहन्छ।
(४) महिला तथा पुरुष दुबैमा यो समस्या देखिन्छ।
(५) सिजनल एफेक्टिव डिसार्डर (सैड) बाट पीडित व्यक्तिको एकदम नजिक सम्पर्कमा रहने व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ।
सिजनल एफेक्टिव डिसार्डरका केहि लक्ष्णहरु :
(क) लगातार थकान महशुस हुनुका साथै दैनिक काममा मन न लाग्नु।
(ख) मनमा नकरात्मक विचारहरु बारम्बार आइरहनु।
(ग) राम्रोसित राती निन्द्रा नलाग्नु या अत्याधिक निन्द्रा लाग्नु।
(घ) कार्बोहाइड्रेडयुक्त चिजहरु खान मन लाग्नु। जस्तै: रोटी, ब्रेड, पास्ता, पिज्जा आदि।
(ङ) शरीरको तौल तिब्र गतिले बढनु।
विन्टर डिप्रेसन (सैड) बाट बच्ने ऊपाय:
सिजनल एफेक्टिव डिसार्डरबाट पीडित व्यक्तिहरुले निम्न लिखित कुरामा ध्यान दिएमा यस रोगबाट सजिलै बच्नबचाउन सकिन्छ।
(१) आफ्नो दिन चर्या निर्धारित गर्ने।
(२) नियमित रुपले प्रत्येकदिन योगाभ्यास, ध्यान र व्यायाम गर्ने।
(३) खाना थोरै खाने तर दिनको ३-४ पटक खाने, हरियो सागपात, फलफुलको जुस, माछा बढि मात्रामा खाने।
(४) बिहान अबेरसम्म नसुत्ने।
(५) दिउसो (लन्च)को खाना सम्भव भए घाममा बसेर खाने।
(६) बिदाको दिनलाई आनन्दमय बनाउने। कुनै पार्कमा गई मजाले घाम ताप्ने, यदि घरमै बसेर काम गर्नु परेमा आफ्नो टेबुललाई घरको त्यस कोठामा राख्नुस् जहाँ प्रचुर मात्रामा घाम लागोस्। युरोपीयन मुलुकहरुमा विन्टर डिप्रेसनबाट बच्नको लागि जाडोको समयमा औमेगा-३ (माछाको तेल) भएको क्यापसुल अनिवार्य रुपले खाने गर्दछन्। शाकाहारीको लागिभने आलसको तेलबाट बनेको क्यापसुल खान्छन्। जसले औमेगा-३ को जस्तै काम गर्दछ।
यस रोगको मेडिकल उपचार:
सिजनल एफेक्टिव डिसार्डरबाट प्रभावित व्यक्तिहरुको ऊपचार लाईट थिरापी अन्तर्गत २ प्रकार ले गरिन्छ। (क) ब्राईट लाईट ट्रिटमेन्ट (ख) दोश्रो डानसिभुलेसन। ब्राइट लाईट उपचार अन्तर्गत रोगीलाई लाईट बोक्सको अगाडि प्रत्येक दिन बिहान आधा घन्टासम्म बस्न लगाइन्छ भने अर्को बिधि डानसिभुलेसनमा बिहान सुतेको बेलामा रोगी छेउमा मन्द लाइट (मन्दप्रकाश) जिउमा लगाईन्छ, जुन पछि बिस्तारै २ प्रकाश तेज हुँदै जान्छ। अर्थात सुर्योदय जस्तै क्रित्रिम वातावरण तयार पारिन्छ। यसबाहेक डिप्रेसन हटाउने औषधि मनोचकित्सकको सल्लाहमा दिईन्छ। यदि बिरामी उग्ररुपमा छैन सामान्य अवस्थामा छ भने बिरामीलाई मनोपरामर्श (काऊन्सलिङ) अन्तर्गत कग्निटिभ विहेबियरल थेरापी बिधि को प्रयोग गरि उपचार गरिन्छ।
#योगाभ्यास- यसको उपचारको लागि केहि आसनहरु छन्। जसको नियमित अभ्यासले निकै फाइदा पुर्याउनुका साथै यस समस्याबाट बाहिर ल्याउन केहि हद्सम्म सहयोग गर्दछ। ति आसनहरु निम्न लिखित छन। मेडिटेशन, प्राणायाम, अनुलोमबिलोम, कपालभाति, भ्रामरी आदि। यि आसनहरु कुनै योग गुरु को सानिध्यमा बसेर गर्नुपर्ने हुन्छ।
#होमियोप्याथिक ऊपचार- यस बिधिमा रोगीको मानसिक एवं शारीरिक लक्षणलाई मध्ये नजर राखेर समष्टिगत रुपमा रोगीको अध्यन गरी उपचार गर्ने गरिन्छ। प्रायगरि सिजनल एफेक्टिभ डिसार्डर (सैड) का रोगीहरुमा परिक्षणको समय देखा पर्ने मानसिक लक्षणहरु यस प्रकार छन।
उदासीपन, निरास हुनु, हतास हुनु, जिन्दगी बेकार हो जस्तो लाग्ने, एकलै बस्न चाहने, संगीसाथी मन नपर्ने, संगीत सुन्दा रमाइलो लाग्ने, कुनै बस्तुमा ध्यान केन्द्रित गर्न नसक्ने, आत्महत्या गर्ने बारे मनमा बिचार आउने, गुलियो खाने खुब ईच्छा हुने आदि। उपरोक्त मानसिक तथा शारीरिक लक्षणहरु व्यक्ति पिच्छे फरक-फरक हुन सक्छ। तसर्थ रोगीको समष्टिगत लक्षण नै होमियोप्याथिक औषधिको चयन गर्ने एकमात्र आधार हो। जाडोको मौसममा हुने विन्टर डिप्रेसनको रोगमा प्रयोग गरिने मुख्य होमियोप्याथिक औषधिहरु निम्नलिखीत छन्:
#औषधिहरु: आरममेटालिकम, रसटक्स, फासफोरस, सिपिया, इग्नेशिया आदि।
उपरोक्त औषधिहरुको प्रयोग आफ्नो नजिक को कुनै योग्य तथा अनुभवि होमियोप्यथिक चिकित्सक को सल्लाह लिई गरेमा अत्यन्त लाभदायक हुनेछ।
अस्तु।
(लेखक होमियोप्याथिक फिजिसियन हुन्।)
Mishradr.lk@gmail.com
श्रोत कान्तिपुर दैनिक

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बिषेशज्ञ लेख

रोगको कारण नबनोस “चाडपर्व” यसरी बच्न सकिन्छ फुडपोइजनबाट

Published

on

डा. लालित कुमार मिश्र, काठमाडौं। दशै-तिहार हामि नेपालीहरुको महान चाँड हो । आफ्नो परम्परागतरुपमा सबैले आ-आफ्नो गच्छेनुसार चाडँपर्व बडोहर्षोउल्लासका साथ मनाउने गर्दछन् । खुशीको पर्व दशैं मिठोमसिनो स्वादिलो मासुका परिकार खाएर, घरमा आउने पाहुनाहरुलाई ख्वाएर मनाईन्छ। अधिकांश नेपालीलाई खानपिन गर्न, रमाईलो गर्नका साथै साथीभाई र आफन्तलाई भेटन भ्याइ-नभ्याइ हुन्छ । यसैगरी केटा-केटीहरुलाई नयाँ लुगा लगाउन, पिङ खेल्न, चँगा उडाउन मज्जा लाग्छ ।

यस चाँडपर्वमा आ-आफ्नो रितिरिवाज अनुसार खाद्यपदार्थ भोजनमा समावेश गरेतापनि विशेषत; माछा, मासु तथा मासुका बिभिन्न परिकारलाई बढि प्राथमिकता दिइन्छ । दशैँमा मासु खाईन भने दशैँ नै आएको जस्तो लाग्दैन । नेपाली समाजमा धेरैजसो मनाईने चाडँपर्वहरु बिशेषप्रकारका खाना-खाने र ख्वाउनेसँग परम्परा जोडिएका हुन्छन् । दशैँको बेलामा बोका, खसी, राँगो, भैशी, कुखुरा, हाँस, परेवा, खरायो, मृग, भेडा, च्याङग्रा आिदको मासु खाने प्रचलन छ ।

कतिपय ठाउँमा त मासु-भात, मासु-चिउरा खानकै लागि दशैँ आउनभन्दा ३/४ महिना अगाडी नै खसी, बोका, सुँगुर, बँगुर आदि पालेर राखेको हुन्छ । मिठो र स्वादिलो खानेकुराले दशैँलाइ रमाईलो त बनाउँछ । तर खानपानको संतुलन र सरसफाइमा बिशेष ध्यान दिन सकिएन भने बिरामि (अस्वस्थ्य) बनाउने तथा दिर्घरोगि ( ब्लडप्रेशर, डायबिटिज, दम, युरिकएसिड) भएका ब्याक्तिहरुलाई सिकिस्त बनाउने समय पनि चाडपर्व नै बन्न जान्छ । चाडपर्वको लागि भनेर ल्याईएका माछा, मासु, मिठाई, मिल्क प्रोडक्स तथा घरमा बिभिन्न खानेकुराहरुको परिकार बनाएर लामो समयसम्म राख्ने । पाहुनालागयत आफुहरुलेसमेत खाने तथा आफन्त कहाँ जाँदा कोशेलीको रुपमा मिठाई, फलफुलहरु लाने गरिन्छ । यसैगरी दशैँ मान्न आएका पाहुनाहरुलाई केहीदिन देखि सञ्चित गरी राखेका माछा, मासु एवं अन्य परिकारहरु खुवाएर स्वागत गर्ने गरिन्छ । खानेकुराहरुलाई उचित तापक्रममा व्यवस्थित ढंगले नराखिने हुँदा माछा, मासु तथा दुग्धजन्य पदार्थ मिठाईहरुमा चाँडै ब्याक्टेरियाहरु उत्पन्न हुन्छन् । यस्ता खाना खानाले फुडपोइजन हुने गर्दछ । यसैप्रकार स्वच्छ खानेपानी र भान्छा कोठाको सरसफाइको कमीको कारण पनि खानेकुरा संक्रमित भई मानिस बिभन्न रोगका शिकार बन्ने गरेका छन् । यसकाे शिकार हुनेमा बुढा-पाका, केटाकेटीहरु तथा दिर्घरोगीहरु पर्दछन्, जस्तै- उच्च रक्तचाप, मधुमेह, यरिकएसीडका बिरामी । यसले गर्दा चाँडपर्वका बेला धेरै मानिस बिरामी भएर अस्पताल, स्वास्थ्य चौकी वा प्राईवेट क्लिनिकमा पुग्छन् । त्यसमध्ये कतिपयको त उपचार नपाएर वा उपचारको क्रममा मृत्यु पनि हुने गरेको छ

#फुडपोईजनको कारण ;- दुषित, बासी र राम्रोसँग नपाकेको काँचो खानामा पाइने- ब्याक्टेरिया- ई-कोलाइ, स्टेफाइलोकोकस जस्ता जिवाणु युक्त खाने कुराखानाले फुडपोइजन हुने गर्दछ । यसका साथै फोहोर भन्छा कोठा, फोहोर भाँडाकुडाहरुमा बनाइएका खानाहरु पनि फुडपोईजनका कारण बन्न सक्छन् । त्यसैगरी खाना बनाउने कुक (भान्छे) को ब्याक्तिगत सरसफाइमा पनि यस्ता कुराहरु भरपर्दछ ।

# फुडपोइजनका लक्षणहरु ;- ब्याक्टेरिया- खानेकुरा- पिउनेपानी को माध्यमले शरीरमा प्रवेशगरेपछि केहिसमय मै (जिवाणु) अनुसार ढिलो या चाँडै बिभिन्न किसिमले शरिरले प्रतिक्रिया देखाउने गर्दछ । बेक्टेरिया अनुसारको जस्तै- भिव्रियोकोलेरा ( हैजा) को जिबाणुले चौलानी जस्तो पातलो दिशा जाने साथै बान्ता हुने । यसैप्रकार सिगेला (जिबाणु) ले दिशाबाट रगत जाने , अम्बिवाले चिप्लो दिशा(आउँ) जाने जस्ता समस्याहरु देखाउने गर्दछ । भने बान्ता हुने, झाडापखाला लाग्ने, उधो-उभो (मुखपेट) एकैचोटी चल्ने, रिगँटा लाग्ने, दिशामा रगत आउँ देखापर्ने, ज्वरो आईरहने, पेटमा ऐठन हुने, मुटुको धडकन अस्वाभिकरुपले बढने, शरिर झम झमाउने, औठ-मुख सुक्ने आदि जस्ता लक्षणहरु देखापर्ने गर्दछन ।

# बच्ने उपाय ;- दैनिक खाने खानाको सुरक्षा र सरसफाईलाई ध्यान दिन सकेमा फुडपोईजनबाट पुर्णरुपमा बच्न र बचाउन सकिन्छ । काँचो माछा, मासु, राम्ररी न पाकेको खाने कुरा पकाएर फ्रिजबाहिर लामोसमयसम्म राख्ने गरिएका खाने कुरा को सेवनले फुडफोईजन हुने गर्दछ । सबै ठाउँमा फ्रिज, डि-फ्रिज हुँदैन, उचित तापक्रम मिलाएर राख्ने सुबिधा न हुने भएकाले त्यस्ता खाने कुराले – झाडा-बान्ता, गेष्टाईटिसका साथै पाचनप्रणालीमा विभिन्न समस्याहरु देखापर्ने गर्दछन् । त्यसकारण चाडबाडको लागि भनेर ल्याएका खाने कुराहरुलाई पकाएर सकेसम्म लामोसमय बाहिर न राख्ने । यदि राख्नुपर्ने भएमा फ्रिज वा डि-फ्रिजमा राख्नु पर्छ । सरसफाईमा ध्यान दिने होभने दुषित खानाबाट हुने फुडपोईजनबाट बच्न सकिन्छ । अस्तु ।

mishradr.lk@gmail.com
साभार कान्तिपुर दैनिक

Continue Reading

बिषेशज्ञ लेख

‘बलात्कारी मानसिकता’ कस्तो व्यक्तिमा हुन्छ ?

Published

on

गोपाल ढकाल। पछिल्लो समय बलत्कारका घटना वाहिर आइरहेका छन् । धेरैलाई थाहा नहुन सक्छ, बलत्कारको मानसिक कारण पनि हुन्छन् । यस्ता विभिन्न मानसिक रोगी हुन्छन्, जसको दिमागमै बलत्कार हुन्छ ।

कसमा हुन्छ ?

बलत्कारमा मानसिक, स्वास्थ्य, यौन गडबडीलगायतले भूमिका खेलिरहेको हुन्छ ।

मानसिक समस्या एका मानिसमा यौनको लत हुन्छ । उनीहरुमा उत्कट यौन चाहना हुन्छ । त्यस्ता मानिसहरु कहिल्यै पनि सन्तुष्ट हुदैनन् । उनीहरुको दिमागले जहिल्यै यौनको विषयमात्र सोचिरहेको हुन्छ ।

यस्ता खालका मानिसले बलत्कार पनि गर्न सक्छन् । ठूलालाई नसकेपछि बच्चाहरुलाई पनि बलत्कार गरेर यौन प्यास मेटाउन सक्छन् । यस्तो चाहना या लत केटा-केटी दुवैमा हुन्छ । हामीले बेलाबेलामा बालबालिकालााई बलत्कार गरेका घटना पनि सुनिरहेका हुन्छौँ । यसमा पनि मानसिक कारणले पनि भूमिका खेलेको हुन सक्छ ।

मेनिया

मेनिया एक प्रकारको मानसिक रोग हो । यस्ता मानिसमा जुनसकै कुराको अधिक चाहना हुन्छ । यस्ता मानिसहरु आवेग र उत्तेजनामा आउने गर्छन् ।

यस्ता मानिसहरु अत्यन्तै चम्काउला, सेक्स चाहना व्यक्त गर्नेखालका हुन्छन् । डिप्रेशनमा गएका मानिसमा यौन चाहना कम हुन्छ भने मेनियाले ग्रस्त मानिसमा अत्याधिक हुने गर्छ । यस्ता मानिस बलत्कार गर्न पनि पछि पर्दैनन् ।

पिडोफेलिया

पीडोफेलिया अर्को मानसिक समस्या हो । यस्ता मानसिक समस्या भएका मानिसले यौन प्यास मेटाउनका लागि वालवालिकालाई प्रयोग गर्छन् । यस्ता मानिसले बालबालिकालाई यौन दुव्र्यवहार गर्ने, बालबालिकासँग बढी नजिक हुने जस्ता व्यवहार देखाउँछन् । यस्ता मानिसले बालबालिकालाई बलत्कार गर्ने अत्याधिक सम्भावना हुन्छ ।

साइको सेक्सुअल डिसअर्डर

साइको सेक्सुअल डिसअर्डरमा धेरै रोगहरु पर्छन । त्यसमध्येको एउटा रोग यस्तो हुन्छ जसले घर्षण गरेर यौन प्यास मेटाउने गर्छन् ।

यस्ता मानिसले बढी यौन दुव्र्यवहार गर्छन् । यस्ता मानिसले आफ्नो यौनागं देखाउने, बाटोमा पनि घर्षण गर्ने, घर्षणको लागि विपरित लिंगीलाई प्रयोग गर्ने जस्ता हतकण्डा अपनाउँछन् । यस्तो प्रकारको मानसिक समस्या भएका मानिसले बलत्कार गर्न पनि सक्छन् ।

डिमेन्सीया

डिमेन्सीयाको समस्या प्रौढलाई हुने गर्छ । यस्ता मसस्या भएका मानिसको मस्तिस्कले गरिरहेको काम ठिक वा वेठिक भन्ने छुट्याउन सक्दैन  ।

यस्तो समस्या भएका प्रौढले बालबालिकासँग शारिरिक सम्पर्क राख्न खोज्छन् । कहिलेकाँही आफ्नै नातीनातिनासँग यौन सम्पर्क गरेका कुरा सुनिरहेका हुन्छौँ । यस्तो घटनामा डिमेन्सीयाले पनि काम गरेको हुन सक्छ । यस्ता मानिसले आफ्नै घरका बच्चाहरुलाई यौनाअंग चलाउन भन्ने, यौन दुव्र्यवहार गर्ने जस्ता तुच्छ गतिविधिसमेत गर्छन् ।

जाड रक्सी

कति मानिसमा जाड रक्सीको लत हुन्छ । यसमा पनि  माानशकि समस्याले भूमिका खेलेको हुन्छ । कुलतमा फँसेका मानिसको सोच्ने क्षमता कमजोर भएर जान्छ । यस्ता मानिसले नशाको आवेगमा बलत्कार गर्न पनि सक्छन् । त्यसैले यस्ता मानिससँग जोगिन आवश्यक हुन्छ  ।

अन्य केही

– कतिपय मनिसले अरुलाई दुख दिएर, पिटेर जवरजस्ती गरेर यौन प्यास मेटाउने गर्छन् । यो अर्को मानसिक समस्या हो । यस्तो समस्या भएका मानिसले प्राय जवरजस्ती यौन सम्बन्ध राख्न खोज्छन् । यस्ता मानिसले बलत्कार गर्ने अत्याधिक सम्भावना हुन्छ ।

– कतिपय मानिसहरुले यौन सम्पर्क गर्दैनन्, तर हेरेर आनन्द लिने गर्छन् । यस्ता मानिसले पनि यौन दूर्व्यवहार गर्छन् । कतिपय अवस्थामा बलत्कार नै गर्न सक्छन् ।

यौन सम्पर्कको लागि अप्राकृतिक सम्बन्धको साहारा लिने मानिसहरु पनि हुन्छन् । यो पनि एउटा मानसिक समस्या हो । यस्ता मानिसहरु जनावरसँग यौन सम्पर्क राख्ने, बालबालिकालाई प्रयोग गर्ने, यौनअंगभन्दा अरु ठाउँमा सम्पर्क गर्न खोज्ने जस्ता गतिविधि गर्छन् । यस्ता मानिसले मानसिकता नै अपराधि हुन्छ । यौन मात्र नभएर अरु पनि अपराध गर्छन् ।

के उपचार सम्भव छ ?

यस्ता रोग जन्मजात  भएर पछि लाग्ने गर्छ । त्यसैले यी सबै रोगको उपचार सम्भव छ । कतिपय समस्याका उपचार अलि जटिल पनि हुन्छ । एक दुई वटा मात्र जन्मजात समस्या हुन्छन् । जसको उपचार निकै जटिल हुन्छ । तर, उपचार नै हुँदैन भन्ने चाही  होइन । यस्ता रोगको उपचार नेपालमा पनि सम्भव छ ।

कसरी बच्ने ?

यस्तो समस्याबारे परिवारको आफ्नै सदस्यबारे पनि सचेत  हुन जरुरी हुन्छ । कसैसँग व्यवहार गर्दा र सडकमा हिड्दा पनि ख्याल गर्नुपर्ने हुन्छ । मानिसले गर्ने गतिविधि सामान्य हो वा दुव्र्यवहार हो भनी बुझेर मात्र प्रतिक्रिया जनाउनुपर्छ । यस्ता  मानसिक समस्या भएका मानिस नेपालमा मात्र नभएर संसारभर नै हुने गर्छन् । त्यसैले सबैभन्दा पहिले आफु नै सुरक्षित रहनुपर्छ ।

लेखक ढकाल  मनोसेवा केन्द्र   का साइकोलोजीष्ट हुन्

साभार अनलाइन खबर

Continue Reading

जीवनशैली

बच्चाको दाँत आउदा देखिने स्वास्थ्य समस्याहरु

Published

on

२८ वैशाख, काठमाण्डौ । केहि दिन अगाडिको कुरो हो, मेरा एक जना मित्रको फोन आयो । उनले भने, डा. साब मेरो सानो नौ महिनाको छोरा, पातलो हरियो दिशा चार, पाँच पटक गर्नुका साथै ज्वरो पनि छ । स्वभाव एकदम चिडचिडापन छ । रोई रहन्छ, केहि गर्दा पनि चुप लाग्दैन । काखमा लिएर घुमाउदा मात्र चुप लाग्छ । बच्चाको डाक्टरलाई देखाएर औषधि ख्वाएको केहि भएन । के होमियोप्याथिमा यसको उपचार छ?

मैले समय लिएर आउनुस् हेरु ? भने । बच्चालाई परीक्षण गरि हेर्दा, दाँत आउने क्रममा उपरोक्त समस्या देखिएको रहेछ । लक्षण अनुसार केहि औषधि दिएर साता दिनपछि फलोअपमा आउनु होला भनेर पठाए । बच्चा अहिले ठिक छ । यो त एउटा उदाहरण मात्र हो ।
यस किसिमको समस्याबाट धेरै जसो बच्चाहरु आफु त परेशान हुन्छ नै साथै आमाबाबुलाई पनि चिन्तित बनाउछ । आज यसै सन्दर्भमा जानकारी दिने प्रयास गरेको छु । उमेरनुसार बच्चाको दाँत आउनु स्वभाविक र प्राकृतिक प्रकृया हो । यो प्रकृया कष्टरहित हुनपर्ने हो । तर यो त्यसबेला मात्र संभव छ जव तपाईको बच्चा पुर्णतया स्वस्थ्य होस् । धेरै जसो बच्चाहरुलाई दुधको दाँत निस्किने बेलामा धेरै जसो स्वास्थ्य समस्याबाट गुज्रिनु पर्दछ अर्थात सामना गर्नुपर्ने हुन्छ।
दाँतको प्रकार : बच्चाको दाँत दुई प्रकारले आउँछ । दुधे दाँत र अर्को स्थाई दाँत । पहिलो पटक बच्चा लगभग पाँच/सात महिनाको उमेरमा दुधेदाँत निस्किन शुरु हुन्छ । दुई वर्ष नौ महिनाको उमेरसम्म बच्चाको दाँत आउने क्रम जारी नै रहन्छ । जसलाई अंग्रेजीमा प्राईमरी युरुपसन अफ टिथ भनिन्छ । यो स्टेजमा तलमाथि गरी बीसवटा दाँत आईसकेको हुन्छ। त्यसपछि ६ देखि १२ वर्ष उमेरको बीच दुधेदाँत झर्न शुरु भईहाल्छ र स्थाई दाँत आउने क्रम शुरु हुन्छ । जसलाई मेडिकल भाषामा (सेकेन्डरी युरुपसन अफ टिथ) भनिन्छ । दाँत आउने समयमा धेरै जसो बच्चाहरुलाई शारीरिक एवं मानसिक कष्टको सामना गर्नुपर्ने हुन्छ ।
लक्षण : दाँत आउने बेलामा बच्चाहरुमा देखिने प्राय जसो लक्षणहरु निम्न लिखित छन्, * दाँत ढिलो गरी आउनु । * चिडचिडापन, बेचैनी, डर, रुनु र कराउनु । * ज्वरो आउनु, ज्वरोको साथै शरीर कडा हुनु, ऐठन हुनु । * टाउको दुख्नु तथा शीर गर्म हुनु । * पातलो हरियो नपचेको दिसा गर्नु । * आँखा रातो, रसिलो हुनु, चिलाउनु, कचेरा आउनु । * कान दुख्नु , कानबाट पीप आउनु । * मुखबाट अत्यधिक र्‍याल बग्नु । * गिजा सुन्निनु, गिजा समवेदनशिल हुनु । कुनै चिज मुखमा राखेर गिजाले टोक्नु । * पेट फुल्नु, दुख्नु, पातलो दिशा हुनु, कब्जियत हुनु, बान्ता हुनु, पेटमा चुर्ना पर्नु, खानमा रुचि नहुनु । *पिशाब फेर्ने बेला दर्द हुनु । *निद्रा नलाग्नु, निद्रामा तर्सिनु, रुनु, कराउनु । * छाला सम्बन्धि समस्या देखिनु आदि ।
सल्लाह/सुझाव : (क) सामान्यत केहि शारीरिक एवं मानसिक परेसानि जस्तै, हल्का ज्वरो आउनु । तीन चार पटक पातलो दिशा हुनु, बच्चाको दाँत आउने बेला हुने नै कुरा हुन् । यसै दौरान बच्चामा अलिक चिडचिडापन पनि हुन्छ । यी सबै सामान्य कुराहरु हुन् । यसको लागि कुनै औषधिको आवश्यकता पर्दैन । बच्चाको शरीरले आफै म्यानेज गर्छ । (ख) ख्याल गर्नु पर्ने कुरो के हो भने ज्वरो आएको बेला बच्चालाई नुहाउनु हुँदैन । चिसोबाट बचाउनु पर्छ । जबसम्म बालक आमाको दुध खान्छ, तबसम्म बच्चाको स्वास्थ्य आमाको स्वास्थ्यसंग गाँसिएको हुन्छ । यसकारण तनाव, डर, भय, घवराहटबाट आमाले बच्नु पर्दछ । यसको असर पनि बच्चामा देखिन्छ । अत: बच्चा बिरामी भएको बेला आमाले हड्बडाउनु हुँदैन । दुध ख्वाउने आमाले आफ्नो खानपानमा विषेश ध्यान दिनु पर्दछ । आमाले खाने कुरा जे खान्छिन्, त्यसको असर बच्चामा पनि देखिन्छ । अत: भोजन सुपाच्य र पोषिलो हुनु पर्दछ ।
होमियोप्याथिक चिकित्सा : बच्चाको दाँत आउने बेलामा हुने समस्याको लागि होमियोप्याथिकमा बिभिन्न औषधिहरु छन् । जसको प्रयोग लक्षणअनुसार गरेमा रामबाणको काम गर्दछ । होमियोप्याथिक चिकित्साले बच्चाको दाँत सजिलैसित आउनुका साथै उसको सम्पूर्ण स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । दाँत पनि बलियो र मजबुत हुन्छ । कसै-कसैमा दुधेदाँत नझरिकन स्थायी दाँत आउन थाल्छ । यि दाँतहरु बाड्गो-टिड्गो, बिकृत, रुपमा आउछन्, पछि कालो भएर जान्छ । स्थायी दाँत आउनु भन्दा अगाडि या यसको दौरान होमियोप्याथिक उपचार गराउनले यस समस्याबाट सजिलै बच्न सकिन्छ । दाँत उम्रिनसाथै कालो हुने प्रवृति हटेर जानुका साथ आउने स्थायी दाँतहरु स्वस्थ्य र बलियो हुन्छन् ।
औषधिहरु : रोगीको शारीरिक अवस्था एवं मानसिक लक्षणहरुलाई मध्ये नजर राखेर प्रयोग गरिने केहि औषधिहरु निम्न लिखित छन् : केमोमिला, बेलाडोना, पोडोफाईलम, जालपा, क्रियोजोट, फाइटोलेक्का, कल्केरियाफाँस, कल्केरिया फ्लोर, कल्केरिया कार्ब, मर्कसल, साईलिशिया, स्टेफसिग्रिया, सल्फर, थुजा , ईथुजा, टेरिबिन्थ, मेगनेशिया कार्ब, टयुबरकुलिनम आदि ।
औषधिहरुको प्रयोग आफ्नो नजिकको कुनै योग्य तथा अनुभवि चिकित्सकसंग परामर्श लिएर सेवन गर्नु लाभदायक हुन्छ ।
अस्तु !
साभार कान्तिपुरम डा. ललित कुमार मिश्र को लेख  Mishradr.lk@gmail.com

Continue Reading
Advertisement " />

प्रमुख समाचार