Connect with us

समाचार

एक कुशल डाक्टरको प्रयासले फेरियो शिवराज अस्पतालको काचुलि

Published

on

सदिप रमण पुरी,१ पाैष। मुलुकको दोस्रो जेठो शिवराज अस्पताल जँहा दुइ वर्ष अघि सम्म न राम्रो ओ.पि.डि चल्ने गर्दथ्यो न त बिरामि भर्ना गर्नको लागि इन्डोरको व्यावस्था नै थियो। बिरामिहरूले सामान्य प्राथमिक उपचार पाउन को लागि पनि भारतको बढ्नी अथवा लखनउ नै जानुपर्ने बाध्यता थियो। मुलुककै दोस्रो जेठो भनि चिनिएको अस्पताल बिरामिको उपचार गर्नु भन्दा पनि कहिले डाक्टर नबस्ने, कहिले डाक्टर नआउने, कहिले पर्याप्त नर्स तथा स्वास्थ्यकर्मि नहुने, कहिले औषधि नहुने, कहिले सामान्य उपकरण नहुने तथा कहिले कुशल व्यावस्थापक नहुने जस्ता समस्याले आफै बिरामि परिरहेको थियो।

नाम मात्रको अस्पताल तर सेवा भने एउटा स्वास्थ्य चौकि जति मात्र दिइरहेको बेला निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा डा. राहुल झा को अस्पताल मा प्रवेश ले अस्पतालको स्वरूप नै परिवर्तन गरायो। वास्तवमा डा. झा ले बिरामी जाँच्ने काम मात्र गरेनन् पूरै अस्पताल को प्रणालीमा नै सुधार ल्याउन सफल भए। उनले अस्पतालको ओ.पि.डि सन्चालन मा मात्र सुधार ल्याएनन् उनले इन्डोरको व्यावस्था, इमर्जन्सिमा सामाग्रि तथा औजार को व्यावस्था, अस्पतालकै फर्मेसिको व्यावस्था, औषधिको नियमित आपुर्ति, एम्बुलेन्स को व्यावस्था,  अस्पतालमा क्यान्टिन को व्यावस्था, बगैँचा निर्माण जस्ता उल्लेखनिय कार्यहरू गरे।                                                                                                                                                                                                                                                                                                                              डा. झा ले सरकारसँग माग गरी अस्पतालमा एक्सरे, भिडियो एक्सरे तथा ल्याव सेवामा विस्तार ल्याए पश्चात सामान्य जाँच गर्न पनि बिरामिहरूलाइ भारत जानु पर्ने र महंगो शुल्क तिर्नु पर्ने समस्याको समाधान गरेको अस्पतालका इमर्जन्सि इन्चार्ज दुर्गेशलाल चौधरी ले बताएका छन्।
कपिलवस्तुमा गत भदौ मा झाडापखाला तथा भाइरल ज्वरोको माहामारि का कारण २ जनाको मृत्यु भएपनि उक्त माहामारि नियन्त्रणमा ल्याउन डा. झा को नेतृत्वमा रहेको  टोलि ले विशेष योगदान गरि धेरै जना बिरामिको ज्यान बचाउन सफल भएको थियो।

अजिगरा स्वास्थ्य चौकि का प्रमुख अनिल कुमार विश्वकर्माले जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु मा औषधि को अभाव हुदा समेत स्वास्थ्य चौकि हरू लाइ औषधि उपलब्ध गराएर डा. झा ले अस्पतालमा मात्र सेवा प्रवाहा नगरि स्वास्थ्य चौकि मा समेत गुणस्तरिय सेवा प्रवाहमा सहयोग गरेको बताएका छन्।

अस्पतालमा गुणस्तर सुधार भए संगै अस्पताल प्रतिको विश्वास सर्बसाधरणमा बढ्न गएको स्वयम स्थानिय बासिन्दाहरू  नै बताउछन् भने  अहिले अस्पतालमा कपिलवस्तुका  बिरामि मात्र नभइ बाहिरि जिल्ला तथा भारत बाट समेत बिरामि अाउने क्रम बढेको मेडिकल अधिकृत डा. आलोक थैब ले जनाएका छन्।

डाक्टर झा ले मेरो सिकिस्त बिरामि परि माया मारि सकेको छोरिलाइ  उपचार गरेर पुनर्जीवन दिएको भन्दै  एक जना स्थानीय गोपाल प्रसाद तेलि ले उनको सेवा गर्ने शैलि को मुक्तकण्ठ ले प्रशंसा  गदै  भने, “बिरामीको सेवामा निद्रा तथा भोक  त्याग गर्न सक्ने उहाँजस्तो डाक्टर मैले अहिलेसम्म भेटेको थिएन ।”

बिहिवार एक कार्यक्रमका बिच डा. राहुल झा, डा. लकेन्द्र थापा र अ. हे.व धनलक्ष्मी श्रेष्ठ ले अस्पताल बाट विदाइ लिएका छन्। उक्त कार्यक्रममा बोल्दै डा. झा ले आफ्नो एक्लो प्रयासले मात्र अस्पताल सुधार नभइ अस्पतालको सम्पुर्ण टिम को अथक प्रयास ले मात्र सम्भव भएकोले सम्पुर्ण टिमले गरेको सहयोग लाइ आफुले कहिल्लै नविर्सनि भन्दै अस्पताल विकास समिति, नर्स, स्वास्थ्यकर्मि लगाएत सम्पुर्ण लाइ धन्यवाद दिएका थिए। डा. आलोक थैब ले उक्त कार्यक्रममा बोल्दै दुर्इ जना डाक्टर बिदाइ भएसंगै यस अस्पतालमा सेवा प्रवाहमा समस्या पर्ने भएकोले तत्काल मेडिकल अधिकृत को व्यावस्था गर्न माग गर्नु का साथै अस्पतालको गुणस्तर तथा विकासका कार्यहरू लाइ निरन्तरता दिने र अस्पताल लाइ नँया  उचाइमा पुर्याउने प्रतिवद्दता समेत व्याक्त गरे।

सोहि कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष दिपक कुमार शुक्ला ले अस्पताल बाट विदाइ लिने सम्पुर्ण लाइ सम्मान पत्र, मायाको चिनो तथा प्रगतिको शुभकामना दिदै अस्पताल सुधारको अभियानमा नँया नि. मे.सु डा. आलोक थैब लार्इ सहयोग गर्न सम्पुर्ण कर्मचारीमा अनुरोध गरे।

 

 

 

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार