Connect with us

समाचार

नेपाल जनसांङ्खिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ सार्वजनिक: मातृ मृत्युदर मा सुधार भएन

Published

on

काठमाण्डाै, २८ कार्तिक।   २०१६ नेपाल जनसांङ्खिक तथा स्वास्थ्य सर्वेक्षण सोमबार राजधानीमा सार्वजनिक गरिएको छ । स्वास्थ्य मन्त्रालयद्धारा आयोजित एक कार्यक्रबीच  सर्वेक्षणको नतिजा सार्वजनिक गरियको हो । सर्वेक्षणको नतिजाहरुले नेपालमा विगत २० वर्ष यता उल्लेखनीय प्रगति भएको देखाएको छ ।
२०१६ नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षणमा ११ हजार ४० घर परिवार, १५ देखि ४९ वर्षका १२ हजार ८ सय ६२ महिला तथा १५ देखि ४९ वर्षका ४ हजार ६३ पुरुषसँग सफलतापूर्वक अन्तर्वार्तामा समावेश गरिएको थियो ।
सर्वेक्षणमा छानिएकामध्ये ९९ प्रतिशत घर परिवार, ९८ प्रतिशत महिला र ९६ प्रतिशत पुरुषहरुले अन्तर्वाता दिएका थिए ।
यस सर्वेक्षणले राष्ट्रियस्तर ग्रामीण तथा शहरी क्षेत्र, तीन भौगोलिक क्षेत्र, पाँच विकास क्षेत्र र ७ प्रदेशहरुको स्वास्थ्य तथा जनसांखिक तथ्यांक दिन्छ ।

मातृ स्वास्थ्य
नेपालमा गर्भवती सेवा लिनेहरुको संख्यामा बृद्धि भएको छ । सन् २००१ यता धेरै महिलाहरुले दक्ष स्वास्थ्यकर्मीहरु डाक्टर, नर्स र अनमीहरुबाट गर्भवती सेवा लिँदै आएका छन् । धेरै महिलाहरुले चार वा सो भन्दा बढी पटक यो सेवा लिने गरेका छन् । धेरै महिलाहरु बच्चा जन्माउने अवस्थामा जोखिममा हुन्छन् । विगत २० वर्षयता स्वास्थ्य संस्थामा बच्चा जन्माउने महिलाहरुको संख्या बढ्दो छ । सन् १९९६ मा जम्मा ८ प्रतिशत बच्चाहरुमात्र स्वास्थ्य संस्थामा जन्मिन्थे भने सन् २०१६ मा सो संख्या बढेर ५७ प्रतिशत पुगेको छ ।
यो सुखद पक्ष भएपनि अझै ४१ प्रतिशत बच्चाहरु घरमा नै जन्मिन्छन् । यो आमा र बच्चा दुवैका लागि जोखिमपूर्ण हुन्छ ।

मातृ स्वास्थ्य क्षेत्रमा ठुलो लगानि भए पनि मृत्युदर घटाउन भने  नसकेको सर्भेक्षणले देखाएको छ। यो सर्वेक्षणको नतिजा अनुसार, नेपालमा मातृमृत्युदर प्रति एक लाख जिवित जन्म मा २३९ हुने गरेको छ। २००६ को जनसांखिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार मातृमृत्युदर प्रति एक लाख जिवित जन्ममा २८१  रहेको थियो। नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०१६—२०२१ ले मातृ मृत्युदर प्रति एक लाख जिवित जन्ममा १२५ मा घटाउने लक्ष्य राखेको छ ।

परिवार नियोजन 
नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०१६—२०२१ ले कुल प्रजना दरलाई प्रति महिला २.१ मा झार्ने लक्ष्य राखेको छ ।  हाल नेपालमा एउटा महिलाले औषतमा २.३ बच्चा जन्माउने गरेका छन् । धेरै महिलाहरुले परिवार नियोजनका विभिन्न साधन तथा सेवाहरु अपनाइरहेका छन् । आधाभन्दा बढी बिवाहित महिलाले परिवार नियोजनका विभिन्न साधन तथा सेवाहरु प्रयोग गरिरहेका छन् । सन् १९९६ मा २९ प्रतिशतले मात्र परिवार नियोजनका विभिन्न साधन तथा सेवा प्रयोग गर्ने गरेको तथ्याङ्क थियो ।यसको दाँजोमा हाल परिवार नियोजनका विभिन्न साधन तथा सेवाहरू प्रयोग गर्नेहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भएको छ ।
सबैभन्दा बढी प्रयोग हुने परिवार नियोजनका साधन तथा सेवाहरुमध्ये महिला बन्ध्याकरण, तीन महिने सुई तथा पुरुष बन्ध्याकरण प्रमुख रहेका छन् ।

बाल स्वास्थ्य
नेपालमा विगतका दिनहरुभन्दा अहिले बाल मृत्युदरमा धेरै नै कमी आए पनि हाल नेपालमा प्रत्येक २५ बालबालिकाहरुमध्ये एक बच्चाको पाँच बर्षको जन्मदिन मनाउन नपाउँदै मृत्यु हुने गरेको छ । दिगो विकास लक्ष्यले सन् २०३० सम्म नेपालमा नवजात शिशु र पाँच बर्षमुनिका बच्चाहरुको बाल मृत्युदर प्रति एक हजार जीवित जन्ममा क्रमश १२ र २० मा झार्ने लक्ष्य राखेको छ ।

२०१६ नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षणको प्रतिवेदनको नतिजा हेर्दा धेरै क्षेत्रमा प्रगति भएको देखिएता पनि चुनौतिहरु अझै बाँकी छन् । सन् १९९६ मा १२ देखि २३ महिनाका ४३ प्रतिशत बालबालिकाहरुले पूर्ण खोप पाएका थिए । सो संख्या क्रमिक रुपमा बढ्दै आएता पनि सन् २०११ को तुलनामा सन् २०१६ मा घट्न गएको छ । नेपालमा तीन चौथाई बालबालिकाहरुले सिफारिस गरिएका सम्पूर्ण खोपहरु पाउने गरेका छन् । २०१६ नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षणका नतिजाहरुले नेपालमा धेरै बालबालिकाहरु न्यून पोषणबाट पीडित भएको पाइएको छ ।
पुड्कोपन वा उमेर अनुसारको उचाई नमिल्ने कुराले दीर्घकालीन पोषणको जानाकारि प्रदान गर्दछ ।
नेपालमा पाँच वर्ष मुनिका ३६ प्रतिशत बालबालिकाहरु पुड्को भएको पाइएको छ । विगत २० वर्षयता नेपालका बालबालिकाहरुमा पुड्कोपन घट्दै गएता पनि अझै एक तिहाइ भन्दा बढी बालबालिकाहरुमा पुड्कोपन भएको पाइएको छ ।

रक्तचाप
नेपालमा पहिलोपटक २०१६ नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षणअन्तर्गत १५ वर्षदेखि माथि उमेरका महिला एवं पुरुषहरुको रक्तचापको मापन गरिएको थियो जसमा १७ प्रतिशत महिला र २३ प्रतिशत पुरुषहरुमा उच्चरक्तचाप भएको पाइएको छ ।

यो नेपालको जनसंख्या तथा स्वास्थ्य नीतिको अनुगमनका लागि तथ्यांक उपलब्ध गराउन तयार गरिएको राष्ट्रियस्तरको पाँचौं सर्वेक्षण हो
यस सर्वेक्षणबाट प्राप्त तथ्यांकले कार्यक्रम व्यवस्थापक तथा नीति निर्माताहरुलाई तथ्यमा आधारित स्वास्थ्य सम्बन्धि योजना तर्जुमा गर्न मद्धत पु¥याउँछ।
यो सर्वेक्षणले नेपालको जनसंख्या तथा स्वास्थ्य स्थितिको बारेमा बृहत जानकारी दिन्छ । सर्वेक्षणका परिणामहरुले कुन क्षेत्रमा प्रगति भएको छ साथै कुन क्षेत्रमा अझै सुधार ल्याउनुपर्ने आवश्यक छ भन्ने बारे जानकारी दिन्छ । २०१६ नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण स्वास्थ्य मन्त्रालयको नेतृत्वमा न्यु एराले सम्पन्न गरेको थियो । यो सर्वेक्षण गर्नको लागि अमेरिकी अन्तर्राष्ट्रिय नियोग (युएआइडी) बाट आर्थिक सहयोग प्राप्त भएको थियो भने आईसिएफद्धारा प्राविधि सहयोग उपलब्ध भएको थियो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार