Connect with us

समाचार

हेल्थ असिस्टेन्ट द्धारा सि.अ.हे.व सहजकर्ता भएको तालिम बहिष्कार

Published

on

कपिलवस्तु, १७ कार्तिक। जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तु ले अयोजना गरेको क्षयरोग अधारभुत तालिम हेल्थ असिस्टेन्टहरू (हे.अ) ले बहिष्कार गरेका छन्। हेल्थ असिस्टेन्टहरू लाइ तालिम दिने सहजकर्ताहरू हे.अ भन्दा कनिष्ठ सि.अ.हे.व रहेको भन्दै तालिममा सहभागि हे.अ हरूले तालिम बहिष्कार गरेका हुन्।

तालिम सुरू भए लगतै हे.अ हरूले तालिम गुणस्तरीय हुनु पर्ने तथा सहजकर्ता तालिम प्राप्त हे. अ तथा हे. अ भन्दा बरिष्ठ हुनु पर्ने लगाएतका माग राखेपछि विवाद उत्पन्न भएको थियो।

बहिष्कार पछि हे.अ हरूले तालिम गुणस्तरीय हुनु पर्ने, सहजकर्ता तालिम प्राप्त हे. अ तथा हे. अ भन्दा बरिष्ठ हुनु पर्ने तथा तालिम सोहि समुह लाइ तत्काल हुनु पर्ने तगाएतका माग राखेर उपस्थित सम्पुर्ण हे.अ हरूले संयुक्त रूपमा हस्ताक्षर संकलन गरि जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु मा डेलिकेसन गएका थिए।

जिल्ला स्वास्थ्य प्रमुख योगेन्द्र प्रसाद भगत ले उक्त कार्यक्रम तत्कालको लागि स्थगित गरिएको र केही समयमा नै क्षेत्रिय स्वास्थ्य निर्देशनालय संग सहकार्य गरि हे.अ भन्दा वरिष्ठ सहजकर्ता बाट कार्यक्रम संचालन गर्ने जानाकारी गराएका छन्।

तालिम प्रेमसागर होटल गोरूसिंगे कपिलवस्तुमा मिति २०७४।०७।१६ गते देखि १८ गते सम्म संचालन गर्ने तय गरिएको थियो। उक्त तालिममा कपिलवस्तु जिल्ला अन्तरगत कार्यरत १९ जना हे. अ हरू सहभागि भएका थिए।

यसै बिच हेल्थ असिस्टेन्ट संघ नेपाल कपिलवस्तु का अध्यक्ष दुर्गेसलाल चाैधरी ले कपिलवस्तु जिल्ला अन्तरगतका सम्पुर्ण हे अ साथिहरूलाइ उक्त तालिममा हे.अ का माग सम्बोधन नहुदा सम्म सहभागी नहुन र आफ्नो स्वास्थ्य चाैकि अन्तरगतका स्वास्थ्यकर्मी हरू लाइ समेत सहभागिता नगराइ दिनुहुन सम्पुर्ण साथिहरू मा अनुरोध गरेका छन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार