Connect with us

समाचार

एमबीबीएस परीक्षामा चिट चोरी : पक्राउ पर्नेको संख्या २२ पुग्यो

Published

on

जनकराज सापकोटा,२९ आसोज।  सिमकार्डजडित डिजिटल डिभाइस प्रयोग गरेर एमबीबीएस प्रवेश परीक्षामा चिट चोराउने गिरोहका थप सदस्य पक्राउ परेका छन् । गिरोहका दुई सदस्यलाई नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले र ६ जनालाई प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेका हुन् । महाशाखाले शनिबार प्रवेश परीक्षामा डिभाइस प्रयोग गरेर चिट चोर्ने विद्यार्थी र चोराउन सहयोग गर्ने गिरोहका सदस्यसहित १४ जनालाई पक्राउ गरेको थियो ।

शनिबार चिकित्साशास्त्र अध्ययन संस्थानले एमबीबीएसको प्रवेश परीक्षाका निम्ति १७ परीक्षा केन्द्र तोकेको थियो । प्रहरीका अनुसार गिरोहका सदस्यले प्रविधिको प्रयोग गरी सेटिङमा चिट चोराउने काम अधिकांश केन्द्रमा गरेका थिए ।

प्रहरीका अनुसार अधिकांश अभिभावक नै आफ्ना छोराछोरीलाई जसरी पनि डाक्टर बनाउने उद्देश्य राखेर चिट चोराउने गिरोहसँग मोलमलाइमा पुगेको देखिन्छ । प्रवेश परीक्षा पास गराइदिएबापत गिरोहका सदस्यलाई दुईदेखि पाँच लाखसम्म बुझाएको विद्यार्थीहरूले बताएका छन् । काठमाडौं प्रहरी परिसरले पक्राउ परेकामध्ये दस जनालाई विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाउने भएको छ । सौरभ कुमार, समीर कुमार झा, नवराज निरौला, देवेशकुमार झा, शैलेशकुमार झा, आशुतोषकुमार झा, अजय यादव, हिरेन्द्र शर्मा, मुकेश झा र सुविस देवमाथि मुद्दा चलाइने भएको छ । प्रहरीले डिभाइससहित पक्राउ परेका चार विद्यार्थीलाई भने जाहेरवाला बनाएको छ ।

यस्तै, पप्पु यादवका नाममा नक्कली विद्यार्थी बनेर जाँच दिइरहेका ज्ञानेन्द्र ठाकुर र उनलाई सहयोग गर्ने सञ्जयकुमार यादवलाई भने किर्तेको आरोपमा मुद्दा चलाइने भएको छ । काठमाडौं प्रहरी परिसरले सबैलाई पाँच दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने भएको छ ।

एमबीबीएसको प्रवेश परीक्षामा सिमकार्डयुक्त अत्याधुनिक उपकरण प्रयोग गरेर चिट चोर्ने चार विद्यार्थी शनिबार पक्राउ परेका थिए । महानगरीय प्रहरी अपराध महाशाखाले तीन विद्यार्थीलाई बौद्धस्थित परीक्षा केन्द्रबाट र एकजनालाई तीनकुनेबाट पक्राउ गरेको हो । प्रहरीले विद्यार्थीका निम्ति उपकरण उपलब्ध गराउने, परीक्षा केन्द्रबाट भाइबरमार्फत प्रश्नपत्र आउट गराउने, विद्यार्थी खोज्ने र होटलको कोठामा बसेर फोनमार्फत उत्तर टिपाउने गिरोहका १८ सदस्यलाई शनिबार र आइतबार गरेर पक्राउ गरेको हो । पक्राउ परेकामा धेरैजसो भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चिट चोर्न परीक्षार्थीले यस्तो टिसर्ट लगाएका हुन्छन्, जसमा सिलाएर राखिएको सलाईको बट्टा आकारको सिमकार्डयुक्त डिभाइस हुन्छ । त्यस्तै, विद्यार्थीले कानभित्र सानो आकारको वायरलेस एयरफोन पनि राखेका हुन्छन् । यन्त्रजडित टिसर्ट लगाएर विद्यार्थी परीक्षा हलमा बसेको केही बेरपछि गिरोहका सदस्यले यन्त्रमा फोन गर्छन् । साइलेन्ट मोडमा रहेको उक्त यन्त्रमा एक घण्टी जानेबित्तिकै फोन आफंै रिसिभ हुने अटोमेटिक सिस्टम हुन्छ । त्यसैको सहारामा गिरोहका सदस्यले परीक्षा हलबाहिर बसेर उत्तरहरू फटाफट भन्दै जान्छन् । त्यही सुनेर परीक्षार्थीले सजिलै उत्तर मिलाउन सक्छन् ।

पक्राउ परेका शैलेश झा सुविधानगरमा एमबीबीएसको तयारी कक्षासमेत दिने कन्सल्टेन्सी चलाएर बसेका छन् । शैलेशले आफूकहाँ आउने कमजोर विद्यार्थीलाई प्रविधिमार्फत चिट चोराइदिने गिरोहको सम्पर्कमा पुर्‍याइदिने गर्थे । पक्राउ परेका सुविस देव भने भारतमा एमबीबीएस तयारी कक्षा सञ्चालन गरिरहेको कन्सल्टेन्सीका सञ्चालक हुन् । प्रवेश परीक्षाभन्दा केही दिनअघि मात्रै तारतम्य मिलाउन देव काठमाडौं आएको देखिन्छ । पक्राउ परेका सौरभ कुमार भने सुविस देवका सबभन्दा नजिकका मान्छे मानिन्छन् । उनी काठमाडौंमै रेडियोलोजीमा एमडी अध्ययनरत छन् ।

प्रहरीका अनुसार एमबीबीएसको तयारी कक्षा दिने भारतीय विद्यार्थीलाई टार्गेट बनाएर चलाइएको गिरोहले पछिल्लो समय नेपाली विद्यार्थीलाई समेत चिट चोराएको देखिन्छ । महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार तीन/चार वर्षदेखि यस्तो धन्दा चलिरहेको देखिन्छ । लाखौं रुपैयाँ खर्चेर चिट चोरी पास हुने परिपाटीले मिहिनेत गर्ने र असल विद्यार्थी निरुत्साहित हुने लोहनी बताउँछन् ।

कान्तिपुर बाट

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार