Connect with us

समाचार

चिकित्सा शिक्षा विधेयक ‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

Published

on

बिबिसि, २९ असोज।चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्।

संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन भन्दै डा. गोविन्द केसीले अनशन जारी नै राखेकाले त्यो बाटो रोज्नुपर्ने बाध्यता आइपरेको कानूनमन्त्रीले बताए।

प्रमुख प्रतिपक्षी एमाले सरकारले विधेयकमा गर्न खोजेको परिमार्जनको विपक्षमा उभिदै आएको थियो।

संसद्‍मा छलफलका लागि पटक-पटक राखिएपनि प्रमुख दलहरुबीच सहमति जुट्न नसकेपछि चिकित्सा शिक्षासम्बन्धी विधेयक अघि बढ्न सकेन।

निकास

संसद्को अन्तिम कालतिर परिमार्जन गरेर विधेयक पारित गर्ने सरकारको तयारीमा विपक्षी एमाले बाधक बनेपछि सरकार पछि हटेको थियो।

संसद्को अन्तिम कालतिर परिमार्जन गरेर विधेयक पारित गर्ने सरकारको तयारीमा विपक्षी एमाले बाधक बनेपछि सरकार पछि हटेको थियो।

संसद् विघटनसँग सरकार अध्यादेशको बाटोमा अघि बढ्ने कानूनमन्त्री ‍यज्ञबहादुर थापाले बताए।

उनले भने, “डा. केसीका माग सम्बोधन गर्न जिम्मेवार पार्टीहरु एकै ठाउँमा आएर निर्णय नगरी सुखै छैन। त्यसैले अध्यादेशमार्फत हामी उपयुक्त निकास दिन्छौँ।”

आफ्नो माग विपरीत विधेयक पारित गर्न खोजिएको सार्वजनिक भएपछि डा. केसीले १३ औं अनशन थालेको आइतवार ८ दिन पुगेको छ।

परिमार्जन

शिक्षामन्त्री र डा. केसीका प्रतिनिधिबीचको छलफलपछि विधेयकमा परिमार्जन गर्न सरकार तयार भएको थियो।

तर सरकारकै अर्को संयन्त्र र डा. केसीका प्रतिनिधिबीचको छलफल सहमतिमा पुग्न सकेको छैन।

डा. केसीका तर्फबाट वार्ता टोलीमा संलग्न सदस्य डा. अभिषेकराज सिंह भन्छन्, “शनिवारसम्म संसद्‍मा यो विधेयक जाने वा नजाने विषय टुंगो नलागेकोले वार्ता टोलीसँग त्यसबारे कुरा भएन। आइतवार पुनः वार्ता हुँदैछ। त्यहाँ हामीले अध्यादेशमार्फत भएपनि कानून ल्याउनुपर्छ भन्ने नै हो। ”

संसद् नभएको अवस्थामा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने संवैधानिक व्यवस्था छ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार