Connect with us

समाचार

सकारको सच्चिएर आएको निर्णय सकारात्मक तर अान्दोलन यथावत नेपाल चिकित्सक संघ

Published

on

काठमाण्डाै, ६ असोज। नेपाल चिकित्सक संघ ले एक प्रत्रकार सम्मेलन गरि “विभिन्न संचार माध्यममा प्रकाशित समाचारलाई लिएर चिकित्सकहरु आन्दोलित भएको” भन्ने वाक्यांश प्रति संघले घोर आपत्ति प्रकट गर्दै नेपाल सकारको सच्चिएर आएको निर्णयलाई सकारात्मक रुपमा लिइएको जानएको छ । यद्यथी अन्य मागहरुका सम्बन्धमा कुनै पनि कदम अगाडी नबढाइएका कारण बन्दको कार्यक्रमलाई अर्को सूचना जारी नभएसम्मका लागि निरन्तरता रहने जनाएको छ।

संघले अाज देखि देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द आह्वान गरेको थियो। सम्मेलनमा पहिलो दिनको बन्द कार्यक्रम पूर्ण सफल भएकले सरोकारवाला सबैप्रति  कृतज्ञता व्याक्त गरिएको थियो।

आन्दोलनका कार्यक्रमका क्रममा हुन सक्ने कुनै पनि घटनामा नेपाल सरकार पूर्ण जिम्मेवार हुने संघले बताएको छ।

प्रत्रकार सम्मेलन मा जारि गरिएको प्रेश विज्ञप्ती
यस पत्रकार सम्मेलन कार्यक्रममा यहाँहरू सबैमा म लगायत नेपाल चिकित्सक संघ कार्य कारिणी समितिको तर्फबाट हार्दिक स्वागत गर्दछु ।
आदरणिय पत्रकार बन्धुहरु,
आज हामी अत्यन्तै बिषमपूर्ण परिस्थितिमा आन्दोलनको दौरानबीच यस पत्रकार सम्मेलनमा भेला भएका छौं । मन्त्रीपरिषद्को मिति २०७४ आश्विन २ गते बसेको बैठकले चिकित्सकीय पेशालाई नै कलंकीत पार्ने उद्देश्य बमोजिम, गरिएको गैर जिम्मेवारपूर्ण निर्णयले हामीलाई स्तब्ध तुल्याएको छ । स्वास्थ्य सेवाजस्तो अत्यन्तै संवेदनशिल क्षेत्रमा काम गर्दै आएका चिकित्सकहरुलाई राज्यको तर्फबाट गैर नागरिकको रुपमा व्यवहार गर्नुले हामी आजित भएका छौं । चिकित्सकीय मर्यादा पालना गरि रहेको अवस्थामा शारीरिक हातपात हुन्छ, कार्यरत स्वास्थ्य संस्था नै तोडफोड हुन्छन्, यस्तो अवस्थामा हामीलाई राज्यले सुरक्षा प्रदान गर्ने तर्फ उन्मुख हुनुको साटो चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लापरवाहीको नाममा राज्य संयन्त्रबाट निरुत्साहित तथा अपहेलना गर्ने चेष्टा बारम्बार हुने गरेको छ ।
विज्ञ सहितको टोलीले छानबिन गर्दा गल्ती वा लापरवाही भएको अवस्थामा विधि र विधान अनुसार सजाय दिने प्रावधान रहिरहेको अवस्थामा चिकित्सकहरुलाई मात्रै लक्षित गरी कानूनी राज्यको उपहास गर्दै गरिएको विवादास्पद निर्णयलाई अबिलम्ब सच्चाउनुको कुनै बिकल्प छैन । यस्तो निर्णयबाट कुनै पनि स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा प्रदान गर्न सक्ने अवस्था रहँदैन ।
नेपाल सरकारका प्रबक्ता तथा संचारमन्त्रीले क्याविनेटको निर्णयहरु सार्वजनिक गरेको कुरालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आजै जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको “विभिन्न संचार माध्यममा प्रकाशित समाचारलाई लिएर चिकित्सकहरु आन्दोलित भएको” वाक्यांशप्रति यस संघ घोर आपत्ति प्रकट गर्दछ । तथापी नेपाल सकारको सच्चिएर आएको निर्णयलाई सकारात्मक रुपमा लिइएको जानकारी गराउँदछु । यद्यथी अन्य मागहरुका सम्बन्धमा कुनै पनि कदम अगाडी नबढाइएका कारण बन्द कार्यक्रमलाई अर्को सूचना जारी नभएसम्मका लागि निरन्तरता प्रदान गरिदिनु हुन संघका सम्पूर्ण शाखा कार्यालयहरु, नेपाल भरीका सम्पूर्ण स्वास्थ्यसंस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई यसै पत्रकार सम्मेलन मार्फत सूचित गराउँदछु । साथै आज गरिएको बन्द कार्यक्रम पूर्ण सफल भएकोमा सरोकारवाला सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।
हाम्रा मागहरु
१) २०७४ आश्विन २ गते बसेको मन्त्री परिषद्को बैठकले चिकित्सकहरुलाई मात्रै लक्षित गरी कानूनी राज्यको उपहास गर्दै गरिएको विवादास्पद निर्णयलाई अबिलम्ब सार्वजनिक रुपमा फिर्ता लिनु पर्ने ।
२) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई आवश्यक परिमार्जन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथी हातपात गर्ने व्यक्ति वा समूहहरुलाई “Jail without Bail (बिना धरौटी जेल चलान) को प्रावधानको उक्त ऐन तथा नियमावलीमा थप गर्नु पर्ने ।
३) नेपाल चिकित्सक संघसँग नेपाल सरकारले विगतका गरेका सम्झौताहरुको अक्षरस कार्यान्वयन हुनु पर्ने जस्तै चिकित्सा शिक्षा ऐन पारित हुनु पर्ने, विरामीहरुमाथी थुपारिदै आएको ५ प्रतिशत अतिरिक्त स्वास्थ्य सेवा शुल्क खारेज हुनु पर्ने ।
हाम्रो यस आन्दोलनको कार्यक्रमबाट देशभरका स्वास्थ्य संस्थामा हुन सक्ने कुनै पनि घटनाका सम्बन्धमा नेपाल सरकार नै पूर्ण जिम्मेवार हुने भएको हुँदा सम्पूर्ण स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थामा घट्न सक्ने संभावित घटनाहरुको कुनै पनि जिम्मेवारी नलिन समेत सूचित गरिन्छ । यस्तो गैरजिम्मेवारपूर्ण निर्णयको विरुद्धमा संघबाट गरिने विरोधका कार्यक्रमबाट आम सर्व साधारणहरुमा पर्न जाने असुुविधाप्रति यस संघ दुख व्यक्त गर्दछ

डा. लोचन कार्की
महासचिव

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार