Connect with us

समाचार

चिकित्सा शिक्षा विधेयक संसोधन हुनुपर्ने,स्वास्थ्य सरोकारवालाहरूको माग

Published

on

कमल रानाभाट,२५ भदाै। चिकित्सा तथा स्वास्थ्य सुधारका निम्ति हाल ब्यबस्थापिका संसदमा छलफलमा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ ले स्वास्थ्यका सम्पूर्ण क्षेत्र तथा संकायको पेशागत स्वतन्त्रता, हकअधिकार तथा पेशागत वृद्धिविकास लाई समेट्न नसकेको भन्दै ब्यबस्थापिका संसद अन्तर्गत सुशासन तथा अनुगमन समितिका सदस्य माननीय अमन लाल मोदी तथा विधायान समितिका सदस्य माननीय हिरा के.सी लाई संसोधनको निम्ति संयुक्त स्वास्थ्य सुधार संघर्ष समिति ले ध्यानाकर्षण गराएको छ।

प्रस्तावित विधेयकले स्वास्थ्यको सबै विधाहरुलाई अधिकार सम्पन्न बनाउनु पर्ने भन्दै चिकित्सा बाहेकका सबै राष्ट्रिय स्वास्थ्य संगठनको तदर्थ समितिकी (संयुक्त स्वास्थ्य सुधार संघर्ष समिति) संयोजक तथा नेपाल नर्सिङ एशोसियसनकी अध्यक्ष तारा पोख्रेलले बताईन ।

उक्त संसोधन पत्रमा नेपालको संबिधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धि हकको मर्म अनुसार स्वास्थ्यका सबै विधाहरु लाई समेट्न प्रस्तावित विधेयकको नाम “राष्ट्रिय स्वास्थ्य शिक्षा विधेयक २०७३ हुनुपर्ने प्रमुख माग रहेको संयुक्त स्वास्थ्य सुधार समितिका सचिब तथा जनस्वास्थ्यकर्मी कमल रानाभाटले बताए । साथै देश सङ्घीयतामा गएकोले सम्पूर्ण केन्द्रीय अधिकारहरु स्थनीय तहमा विकेन्द्रित भएको अवस्थामा उक्त प्रस्तावित विधेयक चिकित्सा संकायमा मात्र केन्द्रीकृत रहेको भन्दै स्वास्थ्यका सबै विधाहरुलाई (Nursing, Public Health, Pharmacy, Medical Laboratory Technology, Optometry, Radiology, Dental Hygiene etc.) अधिकार सम्पन बनाउन संसोधनको विकल्प नरहेको नेपाल पब्लिक हेल्थ एशोसियसनका प्रतिनिधि विनोद रेग्मीले बताए ।

प्रस्तावित विधेयक केन्द्रिकृत भएको भन्दै उक्त विधेयकमा वर्तमान स्वास्थ्यका परिषद्हरुले नै प्रयोग गरिआएका काम कर्तव्य र अधिकारहरु नै प्रस्ताब गरिएकोले भविस्यमा अधिकार प्रयोगमा विबाद आउने देखिने हुदा अधिकार बाडँफाडमा स्पस्ट सीमांकन गरिनु पर्ने भन्दै मेडिकल ल्याबरेटोरी एशोसियसन अफ नेपालका महासचिब राजेन्द्र खड्का तथा नेपाल फर्मासिउटिकल एशोसियसनका महासचिब ललित मोहन पन्तले बताए । साथै नेपालको संबिधान २०७२ ले अधिकारहरुको विकेन्द्रिकरण गरेकोमा स्वास्थ्य शिक्षाका बिभिन्न संकायहरुमा समेत त्रिभुवन विस्वविधालय अन्तर्गत स्कुल अफ मेडिसिन, स्कुल अफ पब्लिक हेल्थ, स्कुल अफ नर्सिङ एंड मिडवाईफ्री तथा स्कुल अफ अलाइड साइन्सेसको ब्यवस्था गरि स्वास्थ्य शिक्षाको विकास तथा गुणस्तर कायम गर्न प्रस्तावित विधेयकमा यस सुझाबलाई समाबेश गर्न नितान्त आवश्यक रहेको भन्दै स्वतन्त्र विधार्थी यूनियन, महाराजगंज नर्सिङ क्याम्पसकी अध्यक्ष बिमला धमलाले बताईन ।

साथै त्रि.वि चिकित्सा शास्त्र अध्ययन सस्थांनमा स्नातोकोत्तर तहमा केवल MD/MS/MDS विषयहरु मात्र मात्र नि:शुल्क रहेकोमा स्वास्थ्यका अन्य समानान्तर स्नातोकोत्तर तहका शैक्षिक कार्यक्रमहरु (MN/MPH/MLT/MIT etc.) लाई समेत नि:शुल्क गर्दै उच्च शिक्षा अध्ययनको पहुचमा सबै संकाय र विधाको सुनिश्चितता हुनुपर्ने भन्दै स्वतन्त्र विधार्थी यूनियन, महाराजगंज मेडिकल क्याम्पसका प्रतिनिधि घनश्याम पाण्डे सहित आधा दर्जन भन्दा बढी मेडिकल विधाका राष्ट्रिय विधार्थी संगठनका प्रतिनिधिहरुले जोड दिएका छन् ।
आफ्नो पेशागत हक अधिकार तथा वृद्धिविकास लाई लत्याएर एक पक्षीय रुपमा प्रस्तवित विधेयक हुबहु पास गरेमा भविस्यमा यसले स्वास्थ्य क्षेत्रमा ठुलो Disaster ल्याउने तथा आन्दोलनको विकल्प नरहेको भन्दै स्वास्थ्यका सबै राष्ट्रिय पेशागत तथा विधार्थी संगठनका सरोकारवालाले चेतावनी दिएका छन् । संसोधन पत्र बुझाउनेमा नर्सिङ, पब्लिक हेल्थ, फार्मेसी, मेडिकल ल्याबरेटोरी टेक्नोलोजी, अप्टोमेट्रि, डेन्टल हेल्थ हाईजिन, रेडियोलोजी क्षेत्रका प्रतिनिधिहरु रहेका छन ।

ध्यानाकर्षण पत्र

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार