Connect with us

समाचार

प्राध्यापकहरू मेडिकल काउन्सिलको बेसिक साइन्स ‘स्टाण्डर्ड’ विरूद्ध सर्वोच्चमा

Published

on

काठमाण्डाै, १३ भाद्र। नेपाल मेडिकल काउन्सिलले एमबीबीएस तर्फको ‘बेसिक साइन्स’ विषयको अध्यापनका लागि  हालै जारी गरिएको ‘एक्रिडिटेशन स्ट्यान्डर्ड फर एमबिबिएस २०१७’ मापदण्ड  माथेमा प्रतिवेदनको मर्म विपरित जारि भएको र अाफुहरूलाइ अन्याय गरेको भन्दै प्राध्यापकहरू नेपाल मेडिकल काउन्सिलको बेसिक साइन्स ‘स्टाण्डर्ड’ विरूद्ध सर्वोच्चमा पुगेका छन्।

मेडिकल काउन्सिलले जारी गरेको  ‘एक्रिडिटेशन स्टयान्डर्ड फर एमबिबिएस २०१७ ’ मा बेसिक साईन्स विषयहरुमा एम. एस्सी./पि.एचडी. प्राध्यापक एक जना मात्रै राख्ने निणर्य गरेको छ। उक्त निर्णय  प्रति बेसिक साईन्स प्रोफेसरहरुले आपत्ति जनाउँदै  सर्वोच्चमा रिट दायर गरेपछि सर्वाेच्चले नेपाल मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य व्यवसायी परिषदका नाममा उत्प्रेषण आदेश जारी गरेको हो।

पहिले  एक फ्याकल्टीमा कम्तीमा पनि ३ देखि ४ जनासम्म प्राध्यापकहरु राखिरहेको तर अहिले एम. एस्सी./पि.एचडी. प्राध्यापक १ जना मात्रै राख्ने   निणर्य भएको प्रति बेसिक साईन्सका प्रोफेसरहरुले विरोध गरेको  एसोसिएशन अफ बेसिक एण्ड एप्लाइड मेडिकल साइन्सेज नेपाल का सदस्य राजिव कुमार मुखिया ले बताएका छन्। उनले उक्त निर्णय लागु भए धेरै  एम. एस्सी./पि.एचडी. प्राध्यापकहरूको रोजिरोटि गुम्ने र दक्ष जनशक्ति विदेश पलायनको विकल्प नहुने भएकोले तत्काल उक्त निर्णय सच्याउनु पर्ने अथवा सरकार ले एम. एस्सी./पि.एचडी. प्राध्यापक व्यावस्थापन को लागि जिम्मा लिनुपर्ने जोडदार माग गरेका छन्।

विगतमा एमडी/एमएस अध्ययनरतलाई सुपरीवेक्षण गर्ने प्राध्यापकलाई अयोग्य ठहराउनुको कारण एसोसिएशन का सचिव मुकेश कुमार झ ले मागेका छन् ।झ ले प्राध्यापकहरु पाठ्यक्रम विकास देखि अध्ययन अनुसन्धानमा ठुलो योगदान पुरयाएको तर काउन्सिलको नयाँ नियम पूर्वाग्रही र एमएस्सी पिएचडी होल्डरलाई अवमुल्यन गर्ने देखिएको जनाएका छन् ।

प्रेस विज्ञप्ति

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार