Connect with us

समाचार

प्रकृतिक विपद् पछि स्वास्थ्यमा आउने जोखिम नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयका १० निर्देशन

Published

on

काठमाडौँ,२९ साउन।– अविरल वर्षा पछि देशैभरि आएको बाढी तथा पहिरोका कारणले स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्नको लागि स्वास्थ्य मन्त्रालयले निर्देशन जारी गरेको छ।

स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलको निर्देशनअनुसार स्वास्थ्य सचिवको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन निर्देशन समितिको बैठकले देशभरिका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई १० वटा निर्देशन जारी गरेको हो।

१. सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र सम्पूर्ण कर्मचारी समेत आफ्नो कार्यक्षेत्रमा रही कार्य गर्न निर्देशन दिने। बिदा बसेकाहरू सबै बिदा छोट्ट्याई कार्यक्षेत्रमा फर्किने।

२. यस विपदको व्यवस्थापन गर्न स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणी भण्डारीको संयोजकत्वमा विपद व्यवस्था कमिटी बनाई कार्यान्वयन गर्ने। सो कमिटिले हाल लाई चार वटा टोली बनाई प्रभावित क्षेत्रमा समन्वयका लागि विराटनगर, जनकपुर, रौतहट र नेपालगञ्ज पठाउने। कमिटीले दैनिक बिहान साढे  ९ बजे र साँझ ५ बजे स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमा भए/गरेका काम र जिल्लाको अवस्थाबारे जानकारी दिने।

३. यस विपदबाट पर्न गएको क्षतिको तत्काल मूल्यांकन प्रतिवेनद अनुरूप कार्ययोजना बनाई विपद व्यवस्था कमिटीलाई कार्ययोजना दिन प्राविधिक सल्लाहकार समितिले प्राविधिक सहजीकरण गर्ने।

४. विपदको समयमा नियमित सम्पर्कमा रहनका लागी स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमा उपसचिव २४सै धन्टा सम्पर्कमा रहन सत्य आचार्य, भीम सापकोटा, लक्ष्मी मरासिनि, सञ्जिव गौतम र उपेन्द्र केसीलाई खटाउने।

५. जिल्लाका स्वास्थ्य संस्थाहरूबाट स्कुलहरू र अन्य क्षेत्रमा शिबिरमा बसेका जनताको स्वास्थ्य अवस्था र उनीहरूलाई रोग लाग्न नसक्ने गरी स्वास्थ्य सुरक्षा विधिको नियमित अनुगमन गर्ने र सोको जानकारी र अवस्थको प्रतिवेदन क्षेत्र र स्वास्थ्य सेवा विभागको विपद व्यवस्थापन केन्द्रमा दैनिक रूपमा गराउने।

६. रोगको रोकथाम र स्वास्थ्य सुदृढीकरण सम्बन्धमा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा सञ्चार केन्द्रले सूचना प्रवाह गर्ने।

७. प्रभावित जिल्लाका सबै अस्पतालमा ७ दिन प्रभावितहरूका लागि निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्न जिल्लाहरूलाई निर्देशन दिने।

९. बाढीपछि देखिने रोगहरू (जस्तैः झाडा पखाला, हैँजा, आउ, हेपाटाइटिस, टाइफाइड र सर्पदंश) देखापर्न सक्ने हुँदा आवश्यक, औषधि र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्ने।

१०. विपदमा खटिने स्वास्थ्यकर्मीहरूका लागी रेस्क्यु ज्याकेटको व्यवस्था गर्ने।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार