Connect with us

समाचार

स्वास्थ्य चौकीको नेतृत्व हेल्थ असिस्टेन्ट लाइ दिन पुन: निर्देशन

Published

on

सदिप रमण पुरी, कपिलवस्तु,२८ साउन। स्वास्थ्य चौकीको नेतृत्व हेल्थ असिस्टेन्ट(हे.अ) ले गर्ने कि सीअहेवले गर्ने भन्ने विवाद पटक पटक देखिदै आएको छ । यसै विषयलाइ लिएर जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले स्वास्थ्य चौकीको नेतृत्व हेल्थ असिस्टेन्ट लाइ तत्काल दिन   पुन: निर्देशन दिएको हो।

स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५(२),स्तरविृद्धि सम्बन्धी दफा ९(४) र स्वास्थ्य सेवा नियमावली २०५५ को अनुसुचि ५ तथा स्वास्थ्य मन्त्रालयको स्वास्थ्य चौकीको संगठन संरचना  अनुसार स्वास्थ्य चौकी प्रमुख हेल्थ असिस्टेन्ट (हे.अ) हुने प्रावधान रहे पनि सिअहेब हरुले स्वास्थ्य सेवा ऐन, स्वास्थ्य सेवा नियमावली तथा स्वास्थ्य चौकीको संगठन संरचना विपरति नँया हेल्थ असिस्टेन्ट  हरु लाई केही स्वास्थ्य चौकीमा प्रमुखको जिम्मेवारि दिएका थियनन्।

स्वास्थ्य चौकी प्रमुखको विवादको विषय लाइ लिएर हेल्थ असिस्टेन्ट संघ नेपाल जिल्ला कार्यसमिति कपिलवस्तु का अध्यक्ष दुर्गेसलाल चाैधरिले  गत असार ८ गते प्रस विज्ञप्ती  नै जरि गरि सीअहेबलेहरुले स्वास्थ्य सेवा ऐन, स्वास्थ्य सेवा नियमावली तथा स्वास्थ्य चौकी संगठन संरचना विपरति स्वास्थ्य चौकीको नेतृत्व गर्दै सरकारी छापको दुरुपयोग गरेको भन्दै  गम्भिर ध्यानाकर्षण भएको जनाएका थिए।

असिस्टेन्ट संघ नेपालका सदस्य कासिराम रेग्मि लगायतको टोलिले जिल्ला स्वास्थ्य कार्यालय (जि.स्वा.का) कपिलवस्तुमा विवादको विषय लाइ पटक पटक जानाकारि गराए पछि जि.स्वा.का ले स्वास्थ्य सेवा विभाग संग  स्पष्ट   निर्देशन  माग गरेको थियो।

स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु लाइ स्विकृत संगठन संरचानको प्रतिलिपि सहित सोहि अनुसार गर्न निर्देशन दिए पछि जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्ला अन्तरगत का सम्पुर्ण स्वास्थ चौकी, नगरपालिका र गाँउपालिका लाइ पत्रचार गर्दै स्वास्थ्य चौकी प्रमुख हेल्थ असिस्टेन्ट हुने भएकोले तत्काल कार्यान्वयन गराउन र वरबुजारत समेत गराउन निर्देशन दिएको छ।

यसै बिच हेल्थ असिस्टेन्ट संघ नेपाल जिल्ला कार्यसमिति कपिलवस्तुकाअध्यक्ष दुर्गेसलाल चाैधरिले  विवाद मिलाउने क्रममा सक्रिय भुमिका खेल्ने कासिराम रेग्मि लाइ विशेष धन्यवाद दिदै सम्पुर्ण हेल्थ असिस्टेन्टहरू लाइ  अाफ्नो मातहतका सम्पुर्ण स्वास्थ्यकर्मिहरू लाइ मिलाएर लैजान र गणस्तरिय स्वास्थ्य सेवा प्रवाहमा जोड दिन अनुरोध गरेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको पत्र

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार