Connect with us

समाचार

नेशनल मेडिकल कलेजद्वारा विद्यार्थीसँग १६ लाख थप शुल्क माग

Published

on

श्रावण २२, २०७४- वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आईओएमबाट एमडीको लागि दोस्रो मेरिट लिस्टमा नाम निकालेका विद्यार्थीहरुसँग थप रकम माग गर्दै भर्ना लिन अस्वीकार गरेको छ । वीरगञ्ज महानगरपालिकाको मेयर पदका दाबेदार बसुरुद्दिन अन्सारी यो कलेजका प्रबन्ध निर्देशक हुन् । उनी एमालेबाट मेयर पदकाे टिकटका दाबेदार हुुन् ।

कलेजले त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको शूल्यक ३१ लाख बाहेक थप १६ लाख रकम विद्यार्थीसँग माग गरेको हो । त्रिविले एमडीको लागि अधिकतम शुल्क ३१ लाख रुपैयाँ लिन पाउने सीमा तोकेको छ ।

थप शुल्क माग गर्दै विद्यार्थीलाई भर्ना लिन अस्वीकार गर्नु त्रिविको नियम विपरीत हो । बढी शुल्क लिनु सर्वोच्च अदालतले दिएको आदेश विपरीत समेत हो । सर्वोच्चले साउन ५ गते मेरिट लिस्टको आधारमा भर्ना लिनुपर्ने र त्रिविले तोकेको शुल्कभन्दा बढी रकम कलेजले लिन नपाउने फैसला

१३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको एक प्रमुख मागमध्ये मेडिकल कलेजले विद्यार्थीहरुलाई मेरिटका आधारमा भर्ना लिनुपर्ने भन्ने पनि हो ।

दोस्रो मेरिट लिस्टमा नाम भएका ८ विद्यार्थीले शुक्रबार कलेज प्रशासनसँग भर्नाको लागि सम्पर्क गरे पनि उनीहरुलाई थप शुल्क नदिए भर्ना नलिने भन्दै फर्काइएको थियो ।

‘भर्ना हुन गएका हामी त्यसै काठमाडौं फर्कियौं, कलेजले थप १६ लाख मागेको छ’, दोस्रो मेरिट लिस्टमा नाम भएका एक विद्यार्थीले नाम नखुलाउने शर्तमा भने ।

उक्त १६ लाख रुपैयाँ कलेजले सामुदायिक शुल्क, खेलकुद, परीक्षा शुल्क, पुस्तकालय, तालिमजस्ता बिषयमा राखेर लिन खोजेको हो ।

पलिलो मेरिट लिस्टमा नाम निस्किएका विद्यार्थीहरु भर्ना नभएपछि आईओएमले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्नाको लागि दोस्रो मेरिट लिस्टबाट १७ जनाको नाम सिफारिस गरेको थियो । आईओएसम बाहेक त्रिविमा एमडी/एमएस कार्यक्रम सञ्चालनको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज र भैरहवास्थित यूनिभर्सल कलेज अफ मेडिकल साईन्सले मात्रै आवद्धता लिएका छन् ।

असारमा आईओएमले मेरिटको आधारमा प्रथम सूची निकाल्दा दुवै कलेजले आफूले पहिल्यै विद्यार्थी भर्ना गरिसकेको भन्दै ती विद्यार्थीलाई भर्ना लिन अस्वीकार गरेका थिए ।  कलेजले भर्ना लिएका विद्यार्थीहरुबाट ८० लाख रुपैयाँसम्म असुलेका थिए । लगत्तै, आईओएमको चेतावनी र सर्वोच्च अदालतको आदेशपछि दुवै कलेज मेरिट लिस्टमा भएका विद्यार्थीलाई भर्ना लिन तयार भएका थिए ।

मेरिटको आधारमा विद्यार्थी भर्ना लिंदा आफूलाई अन्याय हुने भन्दै यी कलेजमा पहिल्यै भर्ना भएका विद्यार्थीले हालेको रिट सर्वोच्चले खारेज गरिदिएको थियो । सर्वोच्चको यी निर्णयले मेडिकल कलेजमा मेरिटको आधारमा भर्ना हुन विद्यार्थीलाई बाटो खोलिदिएको थियो ।

आईओएसमका डीन जगदीश प्रसाद अग्रवालले आफूलाई विद्यार्थीबाट बढी शुल्क मागेको बिषयमा कुनै उजूरी नआएपनि विद्यार्थीसँग तोकिएको भन्दा बढी शुल्क लिनु गैरकानुनी भएको बताए । ‘हामी घटनाबारे तत्काल छानबिन गर्छौ । मेरिट लिस्टमा भएका विद्यार्थीलाई तोकिएको शुल्क भित्रै भर्ना लिनुबाहेक मेडिकल कलेजसँग अन्य विकल्प छैन्’, उनले भने ।

Source http://kantipur.ekantipur.com/news/2017-08-06/20170806191417.html

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार