Connect with us

समाचार

पिण्डेश्वर बाबाधाममा श्रावण महिना भर हप्तामा दुई दिन नि :शुल्क स्वास्थ्य शिविर

Published

on

धरान, २० श्रावण । रोटरी क्लब अफ धरान घोपा र रोटर्‍याकट क्लब अफ धरान घोपाले प्रत्येक बर्षझै यस बर्ष पनि बोलबम महिना अन्तर्गत पिण्डेश्वर बाबाधाम मा  नि : शुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन् । यो स्वास्थ्य शिविर श्रावण महिनाको प्रत्येक आइतबार र सोमबार हुने गर्दछ।जसमा बि. पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका चिकित्सकहरु तथा रोटर्‍याकटरहरुको सहभागिता हुन्छ ।

पिण्डेश्वर बाबाधाम आएका श्रद्धालु भक्तजनहरुलाई लक्षित गरि यो नि : शुल्क स्वास्थ्य को अायोजना गरिएको हो। शिविरमा चोटपटक लागेका , जलवियोजन भएका , झाडापखाला लागेका , बेहोस भएका भक्तजनहरुलाई नि : शुल्क स्वास्थ्य जाँच गरि नि : शुल्क औषधि वितरण गरिदै अाएको छ।

गम्भीर घाइते वा बिरामी भएका भक्तजनहरुलाई रेड क्रसको एम्बुलेन्सद्वारा बि. पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षसम्म नि : शुल्क पुर्‍याउने सुविधा रहेको जानकारी प्रतिष्ठानमा एम.बि.बि.एस. दोस्रो बर्षमा अध्ययनरत क्लबका प्रवक्ता रोटर्‍याकटर शुभम कुमार अग्रवालले दिएका छन्।

यो बर्ष श्रावण १/२, ८/९ र १५/१६ गते शिविर भब्यताका साथ सम्पन्न भइसकेको र आगामी २२/२३ र २९/३० गतेहरुमा पनि हुने जानकारी अग्रवालले दिएकाछन् ।

मन्दिर समितिको सहयोगमा विगत आठ बर्षदेखि मन्दिर प्राङ्गणमा निरन्तर आयोजना गरिएकोे सो शिविरमा यस पालि अहिले सम्म १२३ जना श्रद्धालु भक्तजनहरुलाई स्वास्थ सेवा दिइएको छ।

आफ्नो ब्यस्तताका बावजुद पनि समय निकालेर प्रतिष्ठानका डा. राहुल कर्ण , डा. न्युटन रानाभाट तथा रोटर्‍याकटरहरू शुभम कुमार अग्रवाल,  गिरेन्द्र यादव , बोलबम रज्ज्क र विजयानन्दले सो शिविरमा भक्तजनहरुलाई अहोरात्र स्वास्थ सेवा प्रदान गर्दै अाएका छन्।

प्रतिष्ठानमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुले स्थापना गरेको रोटर्‍याकट क्लब अफ धरान घोपाले हरेक दुई हप्तामा रेडियो कार्यक्रम ” रोटर्‍याकट स्वास्थ दर्पण ” प्रसारण, विद्यालयहरुमा नि : शुल्क “पुनर्जीवन” प्राथमिक उपचार तालिम , नि : शुल्क प्रौढ शिक्षा कार्यक्रमहरु, जनचेतना मुलक सडक नाटकहरु, सडक बालबालिकाहरुको नि : शुल्क स्वास्थ जाँच शिविरहरु, नि : शुल्क स्वास्थ शिविरहरु तथा विविध शिक्षा र स्वास्थसङ्ग सम्बन्धित कार्यक्रम आयोजना गर्दै आएको छ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार