Connect with us

अनुसन्धान

विवाहपछि मोटाउनुको कारण

Published

on

काठमाण्डाै,१९ साउन। विवाहपूर्व करिना कपूर वा शिल्पा सेट्टीको जस्तो स्लिम फिगर भएका युवतीहरू पनि विवाहपछि मोटाउँछन् । हाम्रो परिवेशमा मात्र होइन, विदेशी युवतीहरू पनि विवाहपछि मोटोपनको सिकार हुन्छन् । यस्तो किन हुन्छ, भन्ने कुरा बुझ्न युनिभर्सिटी अफ क्विन्सल्यान्डका शोधकर्ताहरूले एउटा अनुसन्धान गरेका थिए । आफ्नो उक्त शोधका लागि उनीहरूले लगभग ६ हजार ५ सय जना महिलालाई छनोट गरे । छनोट गरिएका ती महिलाहरूको विवाहपूर्वको ६–७ वर्ष र विवाहपछि २–३ वर्षको तौल अध्ययन गरियो । ती महिलाहरूको शारीरिक तौलको तुलना गर्दा लेट ट्वेन्टिज र थर्टिज एज समूहका महिलाहरू अविवाहित युवतीको तुलनामा चाँडै मोटाएको पाइयो । यो ग्रुप स्टडीमा दुवै ग्रुपका महिलाका सन्तान थिएनन् ।

यो अध्ययनका क्रममा सन्तान भएको अवस्थामा केही वर्षमा ९–१० केजी तौल बढेको कुरा पनि अगाडि आयो । अर्कातिर सन्तान नजन्माएकाहरूमा तौल ५–६ केजीसम्म बढेको देखियो । विवाहित, सन्तान भएका र सन्तान नभएका महिलाहरूको शारीरिक तौलको अन्तरलाई लिएर संचालित यो शोधका प्रमुख ऐनेट डोब्सनका अनुसार विवाहपछि जीवनसाथीबाट प्राप्त हुने हेरचाह र गहिरो प्रेमको प्रभावबाट महिलाहरूको जीवनका साथै उनीहरूको शारीरिक संरचनामा पनि परिवर्तन आउँछ । विवाहपछि जीवनसाथीबाट प्राप्त हुने प्रेमले महिलाहरूको जीवनलाई रंगीन मात्र बनाउँदैन, सुरक्षाको अनुभूतिका साथै मोटो पनि बनाउँछ । जुन महिलालाई विवाहको ५ वर्षमा मातृत्व सुख प्राप्त हुन्छ, त्यस्ता महिलाहरूको तौल विवाहित भएर पनि सन्तान नभएका महिलाको तुलनामा बढी वृद्धि हुन्छ किनभने मातृत्व सुखले ती महिलाहरूमा पूर्णताको अनुभूति सञ्चार गर्छ अर्थात् सुखमय र सन्तुष्ट जीवन पनि उनीहरूको तौल वृद्धिको कारण बन्छ ।

यो अनुसन्धानसित जोडिएका शोधकर्ता बेन्डी ब्राउनका अनुसार अविवाहित युवतीहरूमा प्राय:जसो जे प्राप्त भयो, जसरी प्राप्त भयो र जब प्राप्त भयो, त्यतिबेला खाने बानी हुन्छ । आफ्नो भोजनलाई लिएर उनीहरू गम्भीर हुँदैनन् तर विवाहपछि स्थिति परिवर्तन हुन्छ । विवाहपछि ती युवतीहरू आफ्नो जीवनसाथीको खानपानको बानीअनुरूप आफूलाई ढाल्नुपर्ने स्थितिमा पुग्छन् । त्यसैले उनीहरू आफ्ना श्रीमान्को रुचिअनुरूप भोजन ग्रहण गर्छन् तर त्यसबाहेक आफ्नो भोजन पनि ग्रहण गर्छन् । खाना खाँदा जीवनसाथीलाई साथ दिन आवश्यकता नभई लिइएको अतिरिक्त भोजन महिलाहरूको मोटोपनको कारण बन्छ । आफ्नो जीवनसाथीको प्रेमका कारण मोटा हुँदै गएका महिलाहरूका लागि वा मोटा भैसकेकाहरूलाई शोधकर्ताहरूको एउटै सल्लाह छ–प्रत्येक दिन पर्याप्त पानी पिउनुपर्छ ।
शोधकर्ताहरूका अनुसार दिनहुँ प्रशस्त पानी पिउने हो भने केही महिनामै ५ केजी तौल कम गर्न सकिन्छ । यो उपायबाट महिलाहरूको शरीर स्फुर्त रहनुका साथै मेटाबोलिज्म सुधार्न र राम्रो सँग काम गर्ने कारणले तौल बढे पनि त्यो नियन्त्रणमा रहन्छ । एकैपल्ट धेरै पानी पिउनुभन्दा थोरै–थोरै गरी समयको अन्तरालमा पानी पिउनुपर्छ । सदैव ताजा पानी नै पिउनुपर्छ । सुन्दर तथा सुगठित शरीरका लागि पनि पर्याप्त पानी पिउनुपर्छ ।

बढ्दै गएको वा बढिसकेको तौलका बारेमा चिन्ता गर्नुको साटो तौल नियन्त्रणमा ल्याउने उपाय अपनाउनुपर्छ । यसका लागि आफ्ना लागि ‘फुड डायरी’ बनाउनुपर्छ । फुड डायरीलाई सही तरिकाले अवलम्बन गर्न डाइटमा सन्तुलन ल्याउनुपर्छ । डाइट स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने खालको हुनुहुँदैन । डाइट त्यस्तो पनि हुनुहुँदैन जसका कारण तौल तीव्र गतिमा घटोस् । तौल बिस्तारै घटाउनुपर्छ । डाइटमा न्युट्रिसन्स र प्रोटिन सन्तुलनमा रहनुपर्छ भने दैनिक व्यायाम गर्नुपर्छ ।
फुड डायरी फलो गरे आफूले मोटोपन बढाउने भोजन ग्रहण गरिरहेको छु कि छैन भन्ने जानकारी हुन्छ । यसबाट इमोसनल इटिङ ह्याबिटमा पनि रोक लाग्छ । विवाहपछि तौल नबढोस् भनेर फुड डायरी बनाइयो भने आफ्नो तौल आफै नियन्त्रणमा राख्न सकिन्छ । त्यसबाहेक विवाहपछि आफूभित्र लुकेको बालापनलाई पनि बिर्सनुहुँदैन । यसो गर्दा आफूभित्र ‘म स्लिम थिएँ र पछि पनि स्लिम नै रहन सक्छु’ भन्ने भाव जन्मन्छ, जसबाट सदैव चुस्त, दुरुस्त र उत्साही रहन सकिन्छ ।

किन बढ्छ मोटोपन ?

  • अनियमित दिनचर्या तथा खानपानमा लापरबाही ।
  • तारेको, भुटेको तथा मसलेदार भोजन ।
  • ढिलो सुत्ने र बिहान ढिलो उठ्ने बानी ।
  • दिनचर्यामा व्यायामलाई समावेश नगर्नु अथवा शारीरिक श्रम नगर्नु ।
  • कम पानी पिउनु ।
  • बजारमा पाइने विभिन्न परिकार तथा फास्टफुड, जंक फुड आदि ।
  • फुड डायरी मेन्टेन नगर्नु ।
श्रोत नारी

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अनुसन्धान

किन पायो क्यान्सर उपचार गर्ने विधिले नोबेल पुरस्कार?

Published

on

बिबिसी १७, असोज।  शरीरको रोगप्रतिरोधी क्षमताको प्रयोग गरेर क्यान्सरको उपचारविधि पत्ता लगाएका दुई वैज्ञानिकहरूले संयुक्त रूपमा सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन्।

अमेरिकाका प्राध्यापक जेम्स पी एलिसन र जापानका प्राध्यापक तासुकु होन्जोको अनुसन्धानले छालाको डरलाग्दो क्यान्सरको उपचारमा सम्भावनाको नयाँ बाटो खोलिदिएको थियो

नोबेल पुरस्कार प्रदान गर्ने स्वीडिश अक्याडमीले ‘इम्युन चेक्प्वाइन्ट थेरपी’ले क्यान्सरको उपचारमा क्रान्ति ल्याइदिएको बताएको छ।

विज्ञहरूका अनुसार सो उपचारविधि ‘अतिप्रभावकारी’ प्रमाणित भएको छ।

युनिभर्सटी अफ टेक्ससका प्राध्यापक एलिसन र क्योटो युनिभर्सिटीका प्राध्यापक होन्जोले ९० लाख स्वीडिश क्रोनर अर्थात् १०.१ लाख अमेरिकी डलर बराबरको पुरस्कारराशि आपसमा बाँड्नेछन्।

आफूले नोबल पुरस्कार स्वीकार गरेको जानकारी दिँदै प्राध्यापक होन्जोले सोमवार सञ्चारकर्मीहरूसँग भने, “म मेरो अनुसन्धानलाई निरन्तरता दिन चाहन्छु …। यो रोगप्रतिरोध उपचारविधिले पहिलेभन्दा बढी क्यान्सर रोगीहरूलाई बचाउन सकियोस् भनेर।”

प्राध्यापक एलिसनले भने, “इम्युन चेक्प्वाइन्ट ब्लकेड पद्धतिबाट सफल उपचार गरिएका क्यान्सरपीडितहरूलाई भेट्न पाउनु भावनात्मक गौरवको विषय हो। उनीहरू आधारभूत विज्ञानको शक्ति, हाम्रो सिक्ने चाहना र विभिन्न कुराहरूले कसरी काम गर्छन् भन्ने बुझ्नका लागि जीवन्त उदाहरण हुन्।”

उपचारै नहुनेको उपचार

शरीरमा भएको रोगप्रतिरोधक्षमताले हामीलाई रोग लाग्नबाट जोगाउँछ। बाह्य जीवाणु वा कोषलाई आक्रमण गर्दा आफ्नै तन्तुलाई जोगाउने नैसर्गिक गुण पनि हाम्रो प्रतिरोधपद्धतिमा हुन्छ।

केही क्यान्सरहरूले त्यही गुणको फाइदा लिन्छन् र प्रतिरोधप्रणालीलाई झुक्याइदिन्छन्।

एलिसन र होन्जोले ट्युमरका कोषहरूलाई आक्रमण गर्ने गुण भएका विशेष कोषहरू प्रतिरोधप्रणालीबाट निकाल्ने उपाय पत्ता लगाएका हुन्।

ती विशेष कोषहरू उत्पादन हुन नदिने प्रोटिनलाई अवरोध गर्ने उपाय पत्ता लागेपछि नयाँ औषधिहरूको विकास सम्भव भयो। यसले गम्भीर चरणमा रहेको क्यान्सर र पहिला उपचार गर्न नसकिने क्यान्सरको पनि उपचार हुने आशा बढेको छ।

संयुक्त अधिराज्यको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले ‘इम्युन चेक्प्वाइन्ट थेरपी’ भनिने सो उपचारविधि मेलनोमा भनिने गम्भीर खालको छालाको क्यान्सरको उपचारमा प्रयोग गर्छ।

यो विधिले सबैमा काम गर्दैन। तर केही बिरामीमा भने शरीरभरि फैलिएको ट्युमर निर्मूल गरिदिएर अविश्वसनीय रूपमा काम गरेको छ।

यस्तो उपलब्धि यसअघि क्यान्सर भएका बिरामीमा पहिला कहिल्यै देखिएको थिएन।

चिकित्सकहरूले अन्तिम चरणको फोक्सोको क्यान्सर भएका बिरामीको उपचारमा पनि यो विधि प्रयोग गरेका छन्।

क्यान्सर रिसर्च यूकेका प्राध्यापक चार्ल्स स्यान्टनले नोबेल विजेता वैज्ञानिकहरूलाई बधाई दिँदै भने, “यो अभूतपूर्व कामका लागि धन्यवाद। हाम्रो आफ्नै रोगप्रतिरोध प्रणालीको क्यान्सर रोक्ने नैसर्गिक शक्ति पत्ता लागेको छ र बिरामीहरूको जीवन बचाउने उपचारविधि बनेको छ।”

“अन्तिम चरणका मेलनोमा एवम् फोक्सो र मिर्गौला आदिको क्यान्सरमा प्रतिरोधक्षमतालाई बढाउने औषधिले निरुपाय भएका धेरै बिरामीहरूप्रतिको दृष्टिकोण फेरिदिएको छ।”

थप अनुसन्धानले रोगप्रतिरोध प्रणाली उपयोग गर्ने उपचारविधिमा नयाँ अवसर देखिने उनको विश्वास छ।

प्रत्येक वर्ष विभिन्न विधामा दिइने नोबल पुरस्कारमध्ये चिकित्साशास्त्रतर्फका विजेताको नाम पहिला घोषणा गरिन्छ।

एउटा यौनदुर्व्यवहारको घटना सार्वजनिक भएपछि यो वर्ष साहित्यतर्फ नोबेल पुरस्कार दिइनेछैन।

चिकित्साशास्त्रतर्फ असअघि नोबल पुरस्कार कसले पाएका थिए?

२०१७ – जेफ्री हल, माइकल रोस्ब्याश र माइकल यङ्। शरीरले कसरी सर्केडियन रिदम अर्थात् ‘जैविक घडी’ कायम राख्छ भन्ने अनुसन्धानका लागि

२०१६ – योशिनोरी ओहसुमी। विकार पुनर्प्रयोग गरेर कोषहरू कसरी स्वस्थ रहन्छन् भनेर पत्ता लगाउने अनुसन्धानका लागि

२०१५ – विलियम सी क्याम्पबेल, सातोशी ओमुरा र यूयू टू। परजीवी नियन्त्रण गर्ने औषधिका लागि

२०१४: जन ओ’कीफ, मे-ब्रिट मोजर र एड्वार्ड मोजर। मस्तिष्कको परिगमन प्रणाली पत्ता लगाउने अनुसन्धानका लागि

२०१३ – जेम्स रथ्म्यान, र्‍यान्डी शेक्म्यान र थोमास स्युड्होफ। कोषले कसरी पदार्थहरू परिवहन गर्छन् भने अनुसन्धानका लागि

२०१२: जन गर्डन र शिन्या यामानाका। कोषलाई स्टेम सेल बनाउन सफल भएकोमा

Continue Reading

अनुसन्धान

खराब हाकिम चुराेट भन्दा बढी हानिकारक

Published

on

काठमाडाैं, ७ असोज । यदि तपाई कुनै नोकरीमा आवद्ध हुनुहुन्छ भने तपाईको काम गर्ने क्षमता दुई गुणाले वृद्धि भएर जान्छ जब तपाईको कार्यालय प्रमुखले तपाईसँग राम्रो व्यवहार गर्छ। क्वार्टर म्यागेजिनमा प्रकाशित एक अनुसन्धानले अमेरिकाका करिव ७५ प्रतिशत कामदारहरुको डिप्रेसनको मुख्य कारण उनीहरुको हाकिम भएको खुलासा भएको छ। हावर्ड विजनेश स्कुल र स्ट्यानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको २ सय भन्दा बढी अध्ययनले कामका क्रममा लिइने तनावले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउने र यो चुरोट भन्दा बढी हानिकारक हुने देखाएको हो। तनावको मुख्य कारण भने खराब प्रवृत्तिको हाकिम रहेको छ।

अनुसन्धानमा भनिएको छ की ‘खराब प्रवृत्तिको हाकिमले चुरोट भन्दा बढी हानी गर्छ, तपाई जती दवाव दिइराख्ने हाकिमसँग बसेर काम गर्नुहुन्छ त्यती तपाईको शारिरिक तथा मानसिक स्वास्थ्यमा नकरात्मक असर पर्छ।’ यस्तै केहि कर्मचारिहरु आफुले गर्दै आएको नोकरी जान्छ की भन्ने पिरले समेत तनावमा रहने गरेका अध्ययनले सार्वजनिक गरेको छ। अध्ययनले भनेको छ ‘तपाईको हाकिम राम्रो छ हरेक कुरामा सघाउँछ तपाईसँग सकारात्मक व्यवहार प्रदर्शन गर्छ भने तपाई हरेक काममा सफल बन्न सक्नुहुन्छ तर खराब छ भने तपाईको भविष्यनै खतरामा पर्न सक्छ।’

नराम्राे प्रवृत्तिको हाकिम सधै रिसालु र हिंस्रक हुने जसले सधै ‘मैले यस्तो गरेको त्यस्तो गरेको तिमीहरु यत्ति काम पनि गर्न नसक्ने’ भन्दै झर्कने ‘तिमीहरुसँग अहिले सम्म नोकरी छ आफुलाई भाग्यमानी ठान’ भन्ने तथा ‘एकछिन समेत म यहाँ भएन भने तिमीहरुले सम्पुर्ण कुरा विगार्छौ’ भन्दै कर्मचारीसँग झर्कने गरेका अनुसन्धानमा उल्लेख छ।

साभार नागरिक न्युज

Continue Reading

अनुसन्धान

अभिभावकले गरेको धुम्रपानले छोराछोरीमा गम्भीर असर

Published

on

भाद्र ४,  बिबिसि। एउटा अमेरिकी अनुसन्धानका अनुसार धूम्रपान गर्ने बाबुआमासँग हुर्किएका चुरोट नपिउने छोराछोरी वयस्क अवस्थामा पुगेपछि उनीहरूमा फोक्सोसम्बन्धी गम्भीर रोगका कारण मृत्यु हुने जोखिम उच्च छ।

हरेक वर्ष प्रत्येक एक लाखको दरले धूम्रपान नगर्ने वयस्कहरूले ज्यान गुमाइरहेका छन् र बाल्यकालमा हुने ‘प्यासिभ स्मोकिङ’ अर्थात् चुरोट पिउने मानिसहरूको वरपर रहेर हुर्किएमा त्यसले सो संख्यामा ‘थप सातजनाको मृत्यु’ पनि थपिदिने अनुसन्धानकर्ताहरू बताउँछन्।

अमेरिकी क्यान्सर सोसाइटीले ७० हजार ९०० चुरोट नपिउने पुरुष तथा महिलामा गरिएको अध्ययनको नेतृत्व गरेको थियो।

‘धूम्रपान परित्याग’

विज्ञहरू भन्छन्- बालबालिकालाई जोगाउने सबैभन्दा उत्तम तरिका भनेको धूम्रपान त्याग्नु हो।

वयस्क अवस्थामा धूम्रपान गर्नेसँग बसेका सहभागीहरूमा स्वास्थ्यसम्बन्धी अन्य समस्याहरू पनि देखिएको सो अध्धयनले पत्ता लगाएको छ।

प्रत्येक हप्ता १० वा त्योभन्दा धेरै घण्टा चुरोटको धुवाँको सम्पर्कमा आएमा त्यसले ‘इस्कीमिक मुटु रोग’ का कारण ज्यान जाने जोखिम २७ प्रतिशतले बढ्छ।

‘इस्कीमिक मुटु रोग’ लाग्दा मुटुको धमनी साँघुरो भई रगत वा अक्सिजन कम प्रवाह हुनसक्ने अवस्था देखिन्छ। त्यस्तै चुरोट नपिउनेभन्दा चुरोट पिउनेहरू माझ हुर्किएका वयस्कमा मस्तिष्कघातका कारण २७ प्रतिशत तथा दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोगका कारण मृत्यु हुने जोखिम ४२ प्रतिशत रहेको उक्त अध्ध्यनले देखाएको छ।

‘अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिन’मा उक्त अध्धयन प्रकाशित छ।

अध्ययनका क्रममा सहभागीहरूलाई उनीहरू जीवनभर चुरोटको धुवाँको कत्तिको सम्पर्कमा रहे भनेर प्रश्न गरिएको थियो र त्यसपछि अर्को २२ वर्षसम्म उनीहरूको स्वास्थ्य अवस्थालाई निगरानीमा राखिएको थियो।

एक्सन अन स्मोकिङ एण्ड हेल्थ नामक अभियान समूहकी हेजल चिजम्यानले भनिन्, “बालबालिकालाई जोगाउन उनीहरूको सम्पर्कभन्दा बाहिर रहेर चुरोट पिउनु पर्ने पछिल्लो अध्धयनले देखाएको छ। सबैभन्दा सही तरिका भनेको आमाबाबुले चुरोट पिउन नै छाड्नु हो।”

‘जीवनभर जोखिम’

ब्रिटिश लङ फाउण्डेशनका स्वास्थ्य सल्लाहकार डाक्टर निक होपकिनसनले ‘प्यासिभ स्मोकिङ’ को बाल्यकालपछि सम्म पनि एकदमै गहिरो असर हुने बताए।

चुरोट पिउने आमाबाबुका छोराछोरी दम तथा फोक्सो राम्रोसँग विकास नहुने समस्याको जोखिममा हुन्छन्। सो अध्ययनले बाल्यकालमा चुरोटको धुवाँको सम्पर्कमा रहे त्यसको असर वयस्क अवस्थासम्म रहने जसकारण श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोग लाग्ने देखाएको छ।

सो अनुसन्धानका एकजना लेखक डाक्टर रायन डाइभरले भने, “प्यासिभ स्मोकिङसँग बाल्यकालमा हुने सम्पर्क तथा अधबैँसे अवस्था र त्यसपछि कडा खालको फोक्सोसम्बन्धी रोगका कारण मृत्यु हुने सम्बन्ध देखाउने यो पहिलो अध्ययन हो।”

उनले भने, “हाम्रो खोजले जीवनभर ‘प्यासिभ स्मोकिङसँग हुने सम्पर्क घटाउन थप प्रमाण दिन्छ।”

Continue Reading
Advertisement " />

प्रमुख समाचार