Connect with us

पोषण

चितवनको चेपाङ बस्तीमा विश्व स्तनपान सप्ताह

Published

on

माधव खनाल,भरतपुर १७ साउन। संञ्जीवनी फाउण्डेसन नेपाल र चितवन मेडिकल कलेजको संयुक्त आयोजनामा कालिकानगर नगरपालिको  चेपाङ  बस्तीमा एक कार्यक्रम गरि विश्व स्तनपान सप्ताह मनाउन  सुरु गरिएको छ ।

“सबै मिली स्तनपानलाई दिगो बनाऔँ” भन्ने मुल नारालाई आत्मसाथ गर्दै २५ अाैं स्तनपान सप्ताह मनाउन सुरु गरिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले बजारमा पाइने सेरलेक, ल्याक्टाजीन जस्ता बस्तुको प्रयोग बढेको भन्दै त्यसलाई निरुत्साहीत गर्न स्तनपानको महत्व गर्भवती तथा सुत्केरी महिलाहरूलाइ  बुझाउन जरुरी भएको बताउनु भयो ।

फाउण्डेसनका उपाध्क्षय उन्नता तिमिलसिनाले नेपालमा ६६ प्रतिशत महिलाले मात्र पुर्ण स्तनपान गराउने गरेको र जन्मेको १ घण्टाभित्रै स्तनपान गराउने महिलाको संख्या  ५५ प्रतिशत मात्र  रहेको  को ले पुर्ण स्तनपान गराउने र जन्मेको १ घण्टा भित्र स्तनपान गराउने महिलाको संख्या मा वृद्धि गर्नुपर्ने कुरा मा जोड दिनु भयो।

उक्त कार्यक्रममा स्तनपानको महत्व झलकिने गरि नाटक पनि प्रर्दशन गरीएको थियो । नाटकले सहभागीहरू लाइ मनोरन्जनात्मक तरिकाले स्थनपानका अासन,सम्पर्क तथा यसको महत्वका बारेमा स्पष्ट पारेको थियो।   कार्यक्रममा स्तनपान गराइरहनुभएका आमा तथा सुत्केरी महिलाहरुलाई स्तनपानको महत्व र पोषण सम्बन्धी विषयमा परार्मश पनि दिइएको थियो।

कार्यक्रमका केहि तस्विरहरू

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

जीवनशैली

गाजर खाँदा आश्चार्यजनक फाइदा

Published

on

देबराज रेग्मी, २८ चैत्र। गाजर हाम्रो लागि कुनै नौलो  खानेकुरा त होइन तर पनि यसको फाइदा सुन्दा चाही तपाइलाई अचम्म लग्न सक्छ । हामीले यसलाई सोझै सलादको रुपमा अथवा पकाएर तरकारी वा हलुवाको रुपमा  सेवन गर्दै आइरहेकाछौ। यो खानमा स्वादिसष्ट मात्र होइन शरीरलाई पनि धेरै फाइदा गर्ने गर्दछ भनेर पुष्टि पनि भएको छ। प्रति १०० ग्राम गाजरमा ८८ ग्राम पानि, ०.९ ग्राम प्रोटिन, ४.७ ग्राम गुल्कोज, २.८ ग्राम रेशा, ०.३ ग्राम बोसो र केहि मात्रामा  भिटामिन के, बिटा केरोटिन ,एन्टी अक्सिडेन्ट आदि पनी हुन्छ।

यसको दैनिक सेवनले हाम्रो आँखा र छालालाई स्वास्थ्य बनाएर हामीलाई भर्खरको जस्तो बनाउछ । यानकी उमेर ढल्केसंगै हुने चाउरिपन पनि कम गर्दछ । आउनुहोस यसको फाइदा के कस्तो छ कुरा गरौँ।

१. यसमा विटा केरोटिन हुन्छ जसले मांसपेशीहरुलाई कसिलो बनाउछ र उमेर ढल्के संगै हुने चाउरिपन पनि कम गर्दछ।

२. यसमा हुने  बिटा केरोटिनले भिटामिन ‘ए’ निर्माणमा सहयोग गर्दछ जसले गर्दा  आँखा स्वास्थ्य हुन्छ ।

३. भिटामिन- ए ले आँखाको सिलिअरि मशललाई स्वस्थ बनाएर उमेर ढल्कदै गर्दा हुने आखाको कमजोरी बाट पनि जोगाउछ।

३. यसमा भएको   विटा केरोटिनले रोग प्रतिरोधी क्षमता वृद्धि  गर्दछ। त्यसैगरी, हाम्रो शरीरको कोषहरुलाई स्वास्थ्य पनि राख्दछ।

३. यसमा एन्टी अक्सिडेन्ट गुण  हुन्छ जसले उमेर वृद्धि संगै स्वतन्त्र आयोनले गर्ने  कोष ह्रास ( कोष मर्ने क्रम )   नियन्त्रण गर्दछ । जसले गर्दा हाम्रो छालामा चमक आउनुको साथै  छालाको  चाउरीपन पनि  कम हुन्छ।

४. यसमा हुने फल्कारिनोल तत्वले हामीलाई क्यान्सर हुनबाट बचाउछ। त्यसकारण, दैनिक गाजरको सेवन गर्दा क्यान्सर हुने सम्भावना कम हुन्छ ।

५. गाजरमा  प्रशस्त मात्रामा रेशा हुने हुदा पाचन शक्ति बढ्नुको साथै  शरीरमा चिनीको मात्र कम गर्दछ र चिनीजन्य रोगको जोखिम कम हुन्छ ।

६.  यसमा भएको रेशाले हाम्रो पाचन प्रणालीले गर्ने बोसो  शोषणमा  कम गरि   शरीरको तौल बढ्न दिदैन  । जसले गर्दा हाम्रो शरीरमा हुने मोटोपन कम हुन्छ। मोटोपन कम भएपछी  मोटोपनाबाट हुने रोगहरु र मुटु संग सम्बन्धित रोगहरुको संक्रमणको जोखिम पनि कम हुन्छ।

७. यो पोटासियमको राम्रो स्रोत हो जसको सेवनले हाम्रो मानसिक थकाई कम गर्दछ ।

८. यसमा भएको भिटामिन ‘के’ ले मुटुलाई स्वास्थ्य बनाउछ अनि मुटु सम्बन्धित रोगको जोखिम कम गर्दछ। भिटामिन के   हाम्रो आयु बढाउने भिटामिन पनि हो । यसले हाम्रो छाला स्वास्थ्य बनाउछ र हामी कम उमेरको जस्तो देखिन्छौ।

९. गाजरमा भएको भिटामिन ‘के’ले रगतमा प्रोथ्रमबिन नामक प्रोटिन उत्पादन गर्न सहयोग गर्दछ र छालालाई पनि स्वास्थ्य राख्दछ। प्रोथ्रमबिन  रक्तस्राब भएको बेलामा रगतलाई जमाएर (blood clotting) रगत वग्नबाट जोगाउने एकप्रकारको रगतमा हुने प्रोटिन हो।

१०. यसमा भएको प्रोटिन र गुल्कोजले हाम्रो शरीरको कोषलाई आवस्यक पर्ने शक्ति दिनुको साथै कोष पुन निर्माणमा पनि सहयोग गर्दछन।

११.गाजरले हाम्रो शरीरको कोलेस्टेरोलको मात्रा कम गर्दछ जसले गर्दा मुटु सम्बन्धित रोगहरुको जोखिम कम हुन्छ।

यसकारण गाजरमा धेरै पौष्टिक पदार्थहरु हुने हुदा हाम्रो शरीरलाई धेरै फाइदा गर्दछ। तसर्थ, हामीले दैनिक रुपमा गाजरको सेबन गर्नु राम्रो हुन्छ। यसलाई काचै अथवा नपाकाईन सलादको रुपमा खानु ठिक हुन्छ किनकि पाकाउदा यसमा भएको पोषणको मात्रा नस्ट हुनसक्छ।

(रेग्मी चितवनका जनस्वास्थ्य कर्मी हुन् हाल  राजिव गान्धी  विश्वविद्यालयमा एमपीएच  गर्दै छन् )

 

Continue Reading

जीवनशैली

कागतीपानी पिउनुका के छन् फाइदा ?

Published

on

काठमाण्डाै, १ भाद्र। कागतीपानी पिउने बानी कत्तिको छ रु छ भने खुसीको खबर छ । कागतीपानी पिउनेहरूका लागि फाइदैफाइदा छन् । लेमनमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने भएकाले कागतीपानी खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो हुन्छ । यति मात्रै हैन, शरीरमा स्फूर्ति पनि बढ्छ । कागतीपानी पिउनुको मुख्य फाइदा यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यसले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन त मद्दत गर्छ नै, रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीका लागि समेत कागतीपानीले फाइदा गर्छ ।

बिहान खाली पेटमा कागतीपानी पिएमा शरीरबाट विषालु पदार्थ निष्कासनमा सहयोग पुग्छ ।

भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ ।

कागतीपानीले पाचनमा सहयोग पुग्छ ।

कागतीपानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

रुघाखोकीको उपचारमा कागतीपानी उपयोगी हुन्छ ।

मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।

कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ, किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ ।

एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ ।

कागतीपानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।

हरेक दिन कागतीपानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ ।

नयाँ पत्रिकाबाट

Continue Reading

पोषण

स्तनपानको महत्त्व र दिगो विकासको लक्ष्यमा यसको भुमिका

Published

on

रक्षा गिरी,जनस्वास्थ्यकर्मी

२० साउन। विश्व स्तनपान दिवस हरेक वर्ष अगस्ट १ देखि अगस्ट ७ गते सम्म विश्वका सम्पूर्ण देशहरुमा मनाउने गरिन्छ । स्तनपान सप्ताह सर्वप्रथम सन् १९९२ मा डव्लु.ए.बि.ए (World Alliance for Breast feeding Action)  ले सुरुवात गरेको हो । पछि विश्वका १२० भन्दा बढि देशहरुमा युनिसेफ  (United Nations International Children Emergency Fund), डब्लु. एच. ओ ( World Health Organization) ले मनाउन थाल्यो । नेपालमा पनि २०७४ श्रावन १७ देखि २३ गते सम्म २५ औ विश्व स्तनपान सप्ताह Sustaining Breast Feeding Together” अर्थात “सबै मिली स्तनपानलाई दिगो बनाऔ भन्ने नाराको साथ मनाइदै छ ।

स्तनपान भनेको एउटा प्रक्रिया हो जसमा आमाको दुध बच्चालाई चुसाइन्छ। आमाको दुध बच्चाको पहिलो खोप हो । आमाको दुध बाट बच्चालाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु प्राप्त गर्दछ जसबाट उसको वृद्धि र विकासमा हुन्छ । स्तनपान बच्चाको स्वास्थ्य भविष्यको लागि पहिलो खुडकीला हो । बच्चा जन्मेपछि आमाको पहिलो पटक आउने पहेलो बाक्लो दुधनै विगौती दुध भनिन्छ । बच्चा जन्मेको जति सक्यो चाडो आमाको दुध चुसाउनु पदर्छ । आमाको दुधमा बच्चालाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु उचित रुपमा मिलेको हुन्छ । बच्चा जन्मेको ६ महिना सम्म आमाको दुधले नै उसको शरिरको खानाको आपूर्ती गर्ने हुदा, ६ महिना सम्म आमाको दुध मात्र खुवाउनु पर्दछ । बच्चा ६ महिना पुरा भए देखि कम्तिमा २ वर्ष सम्म आमाको दुधको साथसाथै अन्य खानेकुराहरु पनि उचित मात्रामा खुवाउनु पर्दछ ।

नेपालमा स्तनपानको अवस्था

नेपाल जनसंखिक सर्वेक्षणले गरेको २०१६ को सर्भे अनुसार एक घण्टा भित्र स्तनपान गराउने महिला ५५ प्रतिशत रहेका छन् भने ६ महिना सम्म स्तनपान गराउने महिलाहरु ६६ प्रतिशत रहेका छन् । मिक्स (MICS) २०१४ अनुसार नेपालमा पुर्ण स्तनपान गराउने ५७ प्रतिशत रहेका छन् ।

१. E = Early Initiation ( बच्चा जन्मेको जति सक्यो छिटो वा शिशु जन्मेको एक घण्टा भित्र स्तनपान गराउन शुरु गर्ने )
२. E = Exclusive Breast Feeding   (पुर्णस्तनपान – ६ महिना पुरा नभए सम्म शिशुलाई आमाको दुध मात्रै चुसाऔ बच्चालाई अन्य खानेकुरा वा पानी पनि दिनुहुदैन् )
३. E = Extended ( बच्चा ६ महिना पुरा भएपछि थप पौष्टिक आहार दिनु पर्छ र कम्तिमा २ वर्ष वा सो भन्दा बढि समय सम्म बच्चालाई स्तनपान गराउन पर्दछ । )

बच्चालाई स्तनपान गराउने उपयुक्त आसनका ४ संकेतहरु

१. बच्चाको टाउँको आमाको नाडीको माथिल्लो भागमा हुनु पर्दछ ।
२. बच्चाको ढाड/चाक आमाको हत्केलामा हुनु पदर्छ ।
३. बच्चाको पेट आमाको पेट संग जोडिएको हुनु पर्दछ ।
४. बच्चाको एक हात आमाको कम्मर पछाडी हुनुपर्दछ ।

स्तनपान गराउदन ध्यान दिनुपर्ने सहि सम्पर्कका ४ संकेतहरु
१. बच्चाको मुख पुरा खोलेको हुनुपर्दछ ।
२. बच्चाको तल्लो ओठ बाहिन फर्केको हुनुपर्छ ।
३. बच्चाको चिउँडोले आमाको स्तन छोएको हुनुपर्छ ।
४. स्तनको धेरै जसो कालो भाग बच्चाको मुख भित्र पसेको हुनुपर्दछ ।

बच्चाले प्रभावकारी रुपले दुध चुसीरहेको चिन्हहरु
१. विस्तारै भित्रसम्म /गहिराइ सम्म चुस्दै विश्राम लिदै गर्छ ।
२. शिशुले दुध निलेको देख्न वा सुन्न सकिन्छ ।
३. गाला पुक्क फुलेको र गोलो भएको देखिन्छ ।
४. बच्चालाई एउटा दुध निखारेर मात्र अर्को दुध चुसाउनु पर्दछ । ( स्तनबाट पहिला आउने दुधमा पानिको मात्रा बढी हुन्छ , जसले शिशुको प्यास मेटाउछ भने पछि आउने दुधमा बढी चिल्लो पदार्थ साथै बच्चालाई चाहिने पौष्टिक तत्व हुन्छ ।)

विगौती दूधको महत्त्व

  • विगौती दूधमा विभिन्न रोगहरूसंग लड्ने प्रतिरोधात्मक तत्त्वहरू हुने भएकोले यसले शिशुलाई रोगहरूबाट बचाउँछ ।
    ड्ड विगौती दूधले शिशुको शरीरबाट विलिरुबिन नामक तत्त्वलाई निष्काशन गर्न मद्दत गर्छ जसले गर्दा कमलपित्त (जन्डिस) हुन दिँदैन् ।
  • विगौती दूधले शिशुलाई खाना नपच्ने वा एलर्जी हुने समस्या हुन दिँदैन् ।

शिशुको लागि स्तनपानको (आमाको दूधको) महत्त्व

  • आमाको दूध शिशुको लागि अमृत समान हो । यसले शिशुको जीवन रक्षा गर्छ ।
  • शिशुको लागि यो पूर्ण खाना हो । यसमा शिशुलाई छ महिना पूरा नभएसम्म आवश्यक पर्ने सम्पूर्ण पोषक तत्त्वहरू प्रर्याप्त मात्रामा हुन्छ ।
  • यो सधै सफा र सुरक्षित हुन्छ ।
  • यो सधैं तयारी अवस्थामा र उपयुक्त तापक्रममा उपलब्ध हुन्छ ।
  • यसले शिशुको उपयुक्त वृद्धि तथा विकास हुन मद्दत गर्छ ।
  • यो शिशुले सजिलै पचाउन सक्छ । यसमा रहेका पोषक तत्त्वहरू शरीरले राम्ररी सोस्न सक्छ ।
  • यसले गिजा र दाँतको विकास गर्न सहयोग गर्छ तथा दूध चुसाइले अनुहारको मांशपेशिकाको विकास गर्न सहयोग गर्छ ।
  • आमासँग पटक–पटक टाँसेर राख्ने गरेमा स्नेहपूर्ण सम्बन्ध हुन्छ, जसले शिशुको मानसिक, शारीरिक तथा सामाजिक विकास गर्न पनि सहयोग गर्छ ।

आमाका लागि स्तनपानको महत्त्व

  • शिशु जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छिटै बाहिर निस्कन्छ ।
  • आमाको कामको भारलाई घटाउँदछ । पानी उमाल्न, इन्धन जुटाउने, दूध बनाउने आदि काम गर्नु पर्दैन । आमाको दूध जुनसुकै बेला र जहाँ पनि खुवाउन सकिन्छ । यो सधैं सफा, पोषिलो र ठीक तापक्रमको हुन्छ । यो कम खर्चिलो हुन्छ ।
  • आमा र शिशु बीचको माया ममता बढ्छ । बच्चाले आफूलाई सुरक्षित महसुश गर्छ ।
  • महिलालाई हुने स्तन र पाठेघर सम्बन्धी क्यान्सरको खतरालाई घटाउँदछ ।
  • महिनावारी नफर्किएको अवस्था तथा शिशु जन्मेको पहिलो छ महिनासम्म प्रभावकारी पूर्ण स्तनपान गराएमा ९८ प्रतिशत गर्भनिरोधकको रूपमा काम गर्छ ।

परिवारका लागि स्तनपानको महत्त्व

  • अन्य दूध खुवाउँदा शिशु बिरामी भएर लाग्ने औषधि खर्च हँुदैन । आमा र शिशु दुबै स्वस्थ रहन्छन् ।
  • समयको बचत हुन्छ, किनभने आमाको दूध साधै तयारी र भनेको समयमा पाइन्छ ।

समुदाय वा राष्ट्रका लागि स्तनपानको महत्त्व

  • स्वस्थ शिशु पछि स्वस्थ नागरिक बन्छ र देशको विकासमा सहयोग पुर्‍याउँछ ।
  • बाल रोगहरूमा आउने कमीले यसको उपचारमा हुने राष्ट्रिय खर्च घटाउँछ । बाल मृत्युदर घटाउँछ ।

स्तनपान नगराँउदा शिशुलाई पर्न सक्ने जोखिमहरू

  • शिशुको मृत्यु हुने जोखिम उच्च हुन्छ (पहिलो ६ महिनासम्म स्तनपान गरेको शिशुमा भन्दा स्तनपान नगरेको शिशु मर्ने सम्भावना १४ गुणा बढी हुन्छ)
  • एक घण्टाभित्र शिशुलाई स्तनपान नगराउँदा शिशुको मृत्यु हुने सम्भावना तीन गुणा बढी हुन्छ ।
  • अन्य दूधमा रोग प्रतिरोधात्मक क्षमता हुँदैन । साथै पचाउन पनि गाह्रो हुन्छ ।
  • आमाको दूध नखुवाउनाले शिशुमा पोषण न्यून हुने जोखिम बढि हुन्छ ।
  • वौद्धिक क्षमताको परीक्षणमा कमी, स्कूलमा सिक्न सक्ने क्षमतामा कमी, सिकाएको कुरा बुझने क्षमतामा कमी र दिमागको विकासमा कमी आउँछ ।
  • पछि गएर मुटु रोग, मधुमेह, क्यान्सर, दम, जस्ता रोगहरूको जोखिम उच्च हुनुको साथै दाँत सम्बन्धी समस्याहरू देखा पर्दछ ।

स्तनपान सम्बन्धी सिफारिस गरिएका व्यवहारहरू

  • शिशु जन्मने वित्तिकै आमाको नाङ्गो छातीमा टँसाएर राख्ने ।
  • जन्मेको एक घण्टाभित्र स्तनपान गराउन सुरु गर्ने ।
  • शिशुलाई ६ महिनासम्म स्तनपान मात्र/पूर्ण स्तनपान गराउने (अरु कुनै खानेकुरा वा झोल पर्दाथ नदिने)
  • नवजात शिशुलाई दिन र रातमा गरी कम्तिमा पनि १० देखि १२ पटकसम्म स्तनपान गराउन ।
  • माग अनुसार वा ठीक समयमा स्तनपान गराउने ।
  • शिशुले दूध पुरै चुसिसकेपछि आफै मुन्टा छोडे पछि मात्र अर्को स्तनमा चुसाउने ।
  • शिशु २ वर्ष वा सो भन्दा बढि उमेरसम्म लगातार स्तनपान गराइ राख्ने ।
  • शिशु वा आमा बिरामी पर्दा पनि स्तनपान गराइ रहनु पर्दछ ।
  • आमाले भोक र तिर्खा मेटाउनको लागि खाना र झोल पर्दाथ खानु आवश्यक छ ।
  • बोतलको प्रयोग गरी दूध नखुवाउने ।

स्तनपानसंग सम्बन्धित नीति र नियमहरू
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री, वितरण, नियन्त्रण) ऐन २०४९ तथा नियमावली २०५१ ।
यस ऐन तथा नियमावलिले स्तनपान (आमाको दूध) प्रतिस्थापन तथा पाउडर दूध आम रूपमा विक्रीवितरण गर्न नपाईने, महिला आमा वा परिवारका सदस्यहरूलाई प्रभावित पार्ने उद्देश्यले स्वास्थ्यकर्मीलाई उपहार (आर्थिक, भौतिक) नमूना र अन्य कुरा लिन नपाइने, उत्पादकले शिशिबाट खुवाउनु आमाको दूध बराबर छ वा सो भन्दा विशिष्ट छ भनी जनाउने गरी विश्वास पर्ने गरी कुनै पनि प्रकारको विज्ञापन गर्न पाइने छैन भन्ने जस्ता महत्त्वपूर्ण कानूनी व्यवस्था गरेको छ ।

स्तनपान र दिगो विकासको लक्ष्य (SDG)
दिगो विकासको लक्ष्य प्राप्तीको लागि स्तनपान प्रमुख आधार हो । उपयुक्त समयमा स्तनपान गराउदा भोकमरी, असमानता, गरिबि घटाउन मद्दत पुर्याउछ । स्तनपानले बच्चाको स्वास्थ्य राम्रो बनाउछ । जो बच्चालाईृ स्तनपान गराइएको छ, उसको बौद्धिक क्षमता राम्रो पाइएको छ जसले गर्दा उनिहरु राम्रोसँग शिक्षा लिन सक्षम हुन्छन् । स्तनपान लैगिक समानता सँग प्रत्यक्ष सम्बन्धित छ । आमा र बच्चामा थोरै लगानी गर्दा पनि यसका तत्कालीन र दिर्घकालीन फाइदाहरु धेरै छन् जसले देशलाई दिगो विकास तर्फ अग्रसर गर्नुका साथै त्यहाँका नागरिक स्वास्थ्य हुन मदत गर्छ । अन्ततः स्तनपानले दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न प्रतक्ष्य भुमिका खेलिरहेको छ ।

स्तनपान प्रबद्धनमा स्थानीय निकायको भूमिका के हुन सक्छ ?
– स्थानीय निकायका कार्यक्रम, विशेष गरी स्वास्थ्य र पोषण संग सम्बन्धित हरेक कार्यक्रममा स्तनपानलाई प्राथमिकतामा राखी कार्य गर्ने ।
– स्तनपान सम्बन्धी सिफारिस गरिएका व्यवहार लागू गराउन वकालत गर्ने ।
– स्तनपानसँग सम्बन्धित समस्यहरूको लागि नि:शुल्क उपचारको व्यवस्था मिलाउने ।
– आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको विक्रीवितरणलाई नियमन, नियन्त्रण गर्ने ।
– सरकारी तथा गैरसरकारी संघ/संस्थाहरूमा स्तनपान मैत्री कक्षको निर्माण गराउने ।
– राष्ट्रिय नीतिलाई अवलम्वन गरी कार्यान्वयन गर्ने ।

 

Continue Reading
Advertisement " />

प्रमुख समाचार