Connect with us

समाचार

घरमै सुत्केरी भए तीनपुस्ते सार्वजनिक

Published

on

श्रावण ९, २०७४- पाटन नगरपालिका–८ खोड्पेस्थित सिद्धेश्वर स्वास्थ्य चौकीको भित्तामा नागरिक बडापत्रसँगै एउटा फरक खाले सूची देखिन्छ। त्यो हो– स्वास्थ्य चौकी नआएर घरमै सुत्केरी गराउनेको तीनपुस्ते विवरण। जहाँ ठूला अक्षरमा लेखिएका छन्– घरमै सुत्केरी गराउने महिला, पति र ससुरा/बाबुको नाम तथा ठेगाना। साथमा सुत्केरी भएको मिति पनि।

प्राय: स्वास्थ्य संस्थामा आफूकहाँ प्रसूति सेवा लिनेको विवरण अद्यावधिक गरिन्छ, तर यहाँ भने उल्टो छ। ‘प्रसूतिका लागि स्वास्थ्य संस्थामै आउने संस्कार विकास गर्न यस्तो उपाय अपनाइएको हो,’ स्वास्थ्य चौकी प्रमुख मदनसिंह महराले भने, ‘तीनपुस्ते विवरण सार्वजनिक गर्न थालिएपछि सामाजिक मर्यादामा आँच आउने डरले स्वास्थ्य संस्थामै सुत्केरी हुन आउनेको संख्या बढेको छ।’

गतवर्ष साउनयता यस क्षेत्रका १२ जना घरमै सुत्केरी भएको तथ्यांक छ। अघिल्लो वर्ष यो संख्या २४ थियो। ‘भौगोलिक विकटता र पारिवारिक समस्याले गर्दा सबैलाई स्वास्थ्य संस्थाको पहुँचमा ल्याउन सकेका छैनौं,’ महराले भने, ‘अघिल्लो वर्षको तुलनामा अभियान प्रभावकारी देखिएको छ, अब व्यवस्थापन समिति बैठकबाट नयाँ रणनीति बनाउने योजना छ।’ गाउँलाई पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न स्वास्थ्य संस्थाबाहिर थप एउटा सुरक्षित प्रसूति केन्द्र खोल्ने तयारी भएको उनले बताए। स्वास्थ्य चौकी पुग्न असहज रहेका बस्तीमा पायक पर्ने गरी केन्द्र स्थापना गर्न लागिएको हो। संस्थाले गर्भवतीको प्रसवको अनुमानित मितिसहित महिला स्वास्थ्य सेविकालाई फोनबाट खबर गर्ने व्यवस्था गरेको छ। उनीहरूले गर्भवतीको घरमै गएर स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहित गर्दै आएका छन्।

टाढा घर भएका र पति बाहिर रहेका महिलाहरू घरमै सुत्केरी हुने गरेको स्वास्थ्य चौकी व्यवस्थापन समिति सदस्य मोहनसिंह ऐरले बताए। गतवर्ष स्वास्थ्य कार्यालयले २०७४ असारभित्र पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएको थियो। तर घरमै सुत्केरी हुने क्रम नघटेकाले लक्ष्य पूरा हुन सकेन। अब २०७५ असारभित्र लक्ष्य हासिल गर्न गाउँका संस्थाहरू परिचालन गरिएको उनले बताए। सुरक्षित मातृत्व र पूर्ण संस्थागत सुत्केरी बनाउन जिल्लाका १२६ ठाउँमा सुरक्षित प्रसूति केन्द्र सञ्चालन गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा. गुणराज अवस्थीले बताए।

 source http://kantipur.ekantipur.com/news/2017-07-24/20170724073315.html

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार